डा.चन्द्रबहादुर गुरुङ/राजेश राई

आवसीय भिसा,ब्रिटिस ब्रम्हलुटको नया ‘परियोजना’
[2013-01-21 오전 11:56:00]

बाग्लुङ गलकोटका ७३ वर्षीया टेकबहादुर पुन भदौका पहिलो साता बेलायत जान ब्रिटिस भिसा आवेदन केन्द्र नक्सालमा भिसा पेश गर्न आएका थिए । बेलायत जान खुट्टा उचालेर बसेका २११५११३८ नम्बरका अवकाश प्राप्त यी गोरखा इन्जिनियर पुनमा कुनै उत्साह थिएन । जीवनका सबै उर्वर समय दिएको मुलुक जानलाई पनि ऋण काढ्ेर जानु पर्ने भएकामा उनी दिक्क र निराश थिए । छोराको सहयोगमा कागजपत्र बोकेर गेसोका कार्यालयमा आएका पुनले पश्चतापको शैलीमा भने मर्ने बेलामा ऋण काढर बेलायत जानु पर्दा दु:ख लागेको छ । जवानीमा बेलायतको सेवा गरियो, अहिले यत्रो पैसा तिरेर जानुपर्छ, खै हामी कस्तो सेवक ? उनले भिसा शुल्क बापत लाग्ने १ लाख १९ हजार ८ सय ५० ऋण खोजेर जुटाएका रहेछन् । बेलायतमा पाउने भत्ताबाट गास काटेर यो ऋण तिर्ने योजना छ उनको । तर, यस्तो बुढेसकालमा ऋण काटेर बेलायत जानुपर्दा उनको मन नराम्ररी कुडिाएको छ ।

झामा दमकका ६९ वर्षीया शिवकुमार लिम्बु घर बेचेर कार्तिकको पहिलो साता बेलायत जादैंछन् । बेलायती भिसा आवेदन केन्द्र नक्सालमा असोजको पहिलो साता भेटिएका लिम्बुले श्रीमती सहित बेलायत जान लागेको सुनाए । दुई जनालाई बेलायत जान करिब साढे दुई लाख जुटाउन नसकेपछि लिम्बु दमकमा भएको दुई तले चिटिक्कको घर बेच्न बाध्य भएका छन् । घर बेच्न त मनै थिएन तर बेलायत जाादा केहि सुविधा पाइएला भनेर घरै बेचें कागजपत्र देखाउादै भने भान्जा घर बेचेको दिन त रातभर रुन मात्रै मन लागिरहयो । जीवनभर जुन देशको सेवा गर्नुभयो, त्यही जान पैसा तिर्नुपर्दा कस्तो लागेको छ ? कस्तो लाग्नु र ? दु:ख लागेको छ मेरो प्रश्नमा उनी डराए भान्जा तपाईलाई मात्रै भनेको हो है । लेखिदिनु भयो भने अप्ठयारो पर्छ होला मलाई । लिम्बुले सबै कागजपत्र देखाएर पनि आर्मी नम्बर र पुरा विवरण भनि नलेखी दिनु भनेर बारम्बार सम्झाइरहे । उनलाई केहि गरी ब्रिटिस रिसाएर भिसा पाइएन भने बर्बाद भईन्छ भन्ने त्रास रहेछ । उनले भने बेलायत जानकै लागि मैले घरखेत बेचें, फेरि जान दिएन भने म त बर्बाद हुन्छु नि ! उनले आफ्नो वास्तविक नाम लेख्न पनि अस्वीकार गरे । घरखेत बेचेर गयो भनेर अरुले थाहा पाउादा इज्जत जाने त्रास रहछ । सबै लाहुरे भन्छन् लाहुरेले नै बेचेर गयो भन्छन् होला उनले निराशाको शैलीमा भने कति कुरा त लुकाउन पनि पर्ने रहेछ । उनको पराजित मनोदशले ब्रिटिसले दिएको पीडा सुनाएरहेको थियो ।

बाग्लुङ गलकोटका टेकबहादुर पुन र झापा दमकका शिवकुमार लिम्बु अपवाद भने होइनन्, उनीहरु भूतपूर्व गोरखा सैनिकका प्रतिनिधि पात्र हुन् । यी दुई लाहुरेले पाएका पीडा र बेहोरोका सास्ती पचासौ हजार गोरखा सैनिक र तिनका परिवारको साझा हो । बेलायत जानका लागि हजारौ लाहुरेहरुले आफ्नो घरखेत बेचिसकेका छन् र अहिले पनि जारी छ । लाखौ– लाख गोरखा सैनिकहरुको जीवन र जवानी लुटेर नयाा परियोजना बनाएइको छ । जसको जवानी र जीवन लुट्यो तिनै गोरखा सैनिकहरुको घरखेत लुट्ने नयाा ब्रिटिस परियोजना हो । आवासीय भिसा । आवासिया भिसाको नाममा लाखौं रकम लिएर ब्रिटिस अधिकाशं गोरखा सैनिकहरुलाई नेपालमा सुकुम्बासी र बेलायतमा शरणार्थी छन् ।

यसरी सुरु गरे ब्रम्हलुटको शृङ्खला :
गोरखा भुतपूर्व सैनिक संघ (गेसा) लामो आन्दोलनपछि ब्रिटेनको गृह मन्त्रालयले गोरखा सैनिकहरुलाई आवासीय भिसा र नागरिकताको सुविधा दिने कपटपूर्ण नीति अख्तियार गरेको थियो । तत्कालिन प्रधानमन्त्रि टोनी ब्लेयरले ३० सेक्टेम्बर २००४ मा १ जुलाई १९९७ पछि सेवानिवृत्त भएका गोरखाहरुका हकमा मात्रै आवासीय भिसा र नागारिकताको सुविधा दिने घोषण गरे । गेसोले यस्ता कपटपूर्ण निर्णयको विरोध गर्दै दबबको प्रक्रियालाई तेज बनायो ।

गेसोले बेलायती उच्च अदालतमा मुद्दा दायर गर्‍यो । ब्रिटिस उच्च अदालतले ३० सेकेम्बर २००८ मा ब्रिटिश सरकारले गोरखा सम्बन्धी बनाएको नीित अन्लफुल, इलीगल एन्ड इरानल छ र समानताको सिद्धान्तका आधारमा नीीत बनाई समानता देउ भन्ने आदेश जारी गर्‍यो । ब्रिीटश उच्च अदालतको घोषणापछि पनि फेरि ब्रिटिस सरकारले बीस वर्ष सेवा गरेको र महत्वपूर्ण पदक पाएकाले मात्रै सुविधा पाउने भनेर २४ अप्रिल २००९ मा कपटपूर्ण नीति ल्यायो । त्यही दिन यस्तो कपटपूर्ण नीतिको विरुद्धमा ब्रिटिश लिबरल डेमोक्रोटिक पार्टीले सरकारको घोषणा विरुद्ध संकल्प प्रस्ताव दर्त गरायो । यसपछि २९ अप्रिल २००९ मा ब्रिीटस संसदमा हाउस अफ कमन्समा समेत गोरखालीहरुलाई समानता दिने कि नदिने भन्ने सम्बन्धमा चार घण्टासम्म बहस चल्यो । सदनमा मतदान हुादा गोरखाको पक्षमा २ सय ६७ र ब्रिटिश सरकार समानताको नीति ल्याउन बाध्य भयो । त्यसपछि बाध्य भएर प्रधानमन्त्री टोनी ब्लेयरले २१ मे २००९ मा नयाा घोषणा गर्दै न्युनतम चार वर्ष सेवा गरेका सबै गोरखाहरुले आवासीय भिसा पाउने घोषणा गरे ।

गेसोको आन्दोलनको दबाबका कारण ब्रिटिस सरकार आवासीय भिसा दिन सहमत त भयो । तर, नाफाखोर ब्रिटिसले गोरखाहरुमाथि लुट्ने नया परियोजना बनाइछोडे । उसले भूपूबाट भिसा सुल्क बापत रु. १ लाख ज्ञढ हजार ९ सय पचास, १८ वर्षभन्दा माथि पुगेगा छोराछोरीबाट २ लाख ६८ हजार १ सय ५० र १८ भन्दा तलका भूपूका छोराछोरीबाट १ लाख १९ हजार ९ सय पचास असुल्न सुरु गर्‍यो । यतिसम्म कि भर्खरै जन्मेका बच्चाबाट समेत उसले १ लाख १९ हजार ९ सय असुल्ने नीति बनायो । सामान्य पेन्सनको भरमा नेपालमा बााचिरहेका गोरखा सैनिक र तिनका परिवार बेलायत जान अग्रसर भए । तर आफू र आफ्ना परिवारको लागि लाग्ने त्यति ठूलो रकम उनीहरुले जुटाउन सकेनन् । अन्तत: उनीहरु भएको भौतिक सम्पत्ति बेच्न बाध्य भए । करिब दुई सय वर्ष अघिदेखि आफ्नो स्वार्थ र विस्तारको लागि लड्दै आइरहेको सैनिकलाई राहत दिनुको साटो नेपालमा सुकुम्बासी बनउाने नयाा परियोजना अख्तियार गर्‍यो । आवासीय भिसा दिने घाषणा गरिसकेपछि परराष्ट्रविदहरु बताउाछन् ।

तर ब्रिटिश साम्राज्यले यी सबैको खिल्ली उडाउादै नेपालमा रहेको गोरखा सैनिकहरुलाई घरखेत बेच्न बाध्य बनायाने । बेलायतले लुटको नया परियोजना सुरु गरेदेखि यता करिब ५० हजार गोरखा सैनिक र तिनका परिवार बेलायत पुगेका छन् । भिसा शुल्कबाट ब्रिटिसले कति ब्रह्मलुट गर्‍यो ? अहिलेसम्म ब्रिटिश दूताबास र ब्रिटिश सरकारले सार्वजनिक गरेको छैन । तर विभिन्न सेतहरुका अनुसार ब्रिटिशले भिसा शुल्कबाट गोरखाहरु बापत करिब ४० अर्ब असुलिसकेका छन् । यो चालीस अर्ब तिनै निरीह सैनिकहरुका हुन्, जसले उर्वर समय ब्रिटिश साम्राज्यको सेवामा खर्च गरे, अहिले त्यही मुलुक पुग्न घर खेत बेचे । गोरखा सैनिकहरुको रगत पसनिा र आासुको समुन्द्रमा पानी जहाज दौडाएर समृद्धिको पानी जहाज दौडाइरहेको ब्रिटिश साम्राज्यले उनीहरुको घरखेत पनि बाकी राखेन ।

भिसा अस्वीकृत : लुटको पराकाष्ठा, भविष्य माथि खेलवाड:
कास्की स्थयी घर भई हाल काठमाडौं बसिरहेका भूपूका छोरा सरोज मगर (नाम परिवर्तन, सही नाम लेखे दूतावासले सिधै अस्वीकृत गरिदिन्छ) ले २ लाख ६८ हजार १ सय ५० तिरेर आवासीय भिसाका लागि आवेदन दिएको ३ वर्ष पुग्यो । उसले तीन वर्ष अघि सो रकम ऋण काडेर दुताबासमा बुझाएका थिए । तर विभिन्न कारण देखाउादै दुतावासले भिसा दिएको ैन र दिन्न पनि भनेको छैन । उनको त्यो २ लाख ६८ हजार १ सय ५० को ब्जाय करिब दोब्बर हुन लाग्यो । सरोज ऋणमा चुर्लुम्म डुबिसकेका छन् भने अर्कातिर भविष्य पनि अन्धकार बन्दै गएको छ । किनभने, नेपालमा कुनै पनि स्थायी जागिर खाएको थाहा पाए दुतावासले भिसा अस्वीकृत गरिदिने गरेको छ । उनले त्यही डरले नेपालमा स्थायी जागिरको लागि प्रयास गरेको छैन । यता नेपालमा स्थयी जागिर खाएको थाहा पाए भिसाा अस्वीकृत गरिदिन्छ । तीन वाषर्् भइसक्यो भिसा पनि दिादैन मगरले सुनाए, मेरो त भविष्य बर्बादै भयो ।

यता भोजपुरका रमेश राईले चार वाषर्् अघि २ लाख ६८ हजार १ सय ५० ऋण खोजेर आवासीय भिसाका लागि आवेदन दिए । तर, ब्रिटिश दुतावासले सिधै अस्वीकृत गरेको सूचन ादियो । उनी बेलायत जान त पाएनन् नै नेपालमा पनि बस्न सकेनन् । २ लाख ६८ हजार १ सय ५० तिर्नका लागि अरब जान बाध्य भए उनी । भर्खर अरबबाट फर्किएका राईले अझै ऋण तिरी नसकेको बताए। बुबाले ब्रिटिशको लागि त्यतिका वर्ष सेवा गर्नुभयो, हामीलाई आवास्य भिसा दिने नाममा छादाखाादाको जिन्दगी बिगारिदियो उनले सुनाए, दु:ख गरेर भए पनि बााचिरहेको थिएा, सुख होला भनेर ऋण खोजेर आवेदन दिएको आखिर डुबायो । ब्रिटिशले दु:ख गरेर नेपालमा बाच्न पनि नदिएको उनको गुनासो थियो ।

यहा पनि कास्कीका सरोज मगर र भोजपुरका रमेश राई अपवाद होइनन्, पूर्व गोरखा सैनिकका छोराोरुहिरुका प्रतिनिधि पात्र हुन् उनीहरु । मगरजस्ता भिसाको पर्खामा रहेका धेरै युवाहरु ऋणमा डुबेका छन् र भविष्य अन्योलमा परेको छ । राई जस्ता करिब २० हजारभन्दा बढी युवाहरुको भिसा अस्वीकृत गरेर बेलायतले अरबौ लुटेका छन् । बेलायत बाहेक अन्य मुलुकहरुले भिसा स्वीकृत नभएसम्म शुल्क लिादैनन् ।त र, बेलायत यस्तो मुलुक हो, जसले भिसा नदिई पनि पैसा असुल्छ । अनि, हजारौंको भिसा अस्वीकृत गरिदिन्छ । आफूलाई मानवअधिकारको जजनी ठान्ने बेलायतले यस्तो लुट मच्चाउन पाउाछ ? कास्कीका सरोज सोध्छन्, आफ्ना लागि लडिदिने सैनिकहरुको घरबार उजाड पार्ने बेलायतको कस्तो मानवअधिकार हो ?

नेपालमा सुकुम्बासी : बेलायतमा शरणार्थी
गेसो आन्दोलनपछि ब्रिटिश उच्च अदालतले बेलायत सरकारले गोरखा सम्बन्धी बनाएको नीति अन्लफुल, इलिगल एण्ड इराशनल छ र समानताको सिद्धान्तका आधारमा नीीत बनाइ समानता देउ भन्ने आदेश जारी गर्‍यो । बेलायती संसदमा समेत गोरखालीहरुलाई समानता दिने कि नदिने भन्ने सम्बन्धमा चारघण्टासम्म बहस चल्यो । सदनमा मतदान हुादा गोरखालीहरुको पक्षमा २१ मत बढी पर्‍यो र ब्रिटिश सरकार समानताका नीति ल्याउन बाध्य भयो । गोरखाली र तिनका परिवारहरु बेलायत जान थाले । उनीहरुले सुविधा पनि पाउन थाले । तर, ब्रिटिश सरकारले कपटपूर्ण निर्णय गरेर गोरखालीहरुलाई दिइएको सुविधा सैनिक सेवाको नभई शरणार्थीलाई दिइने सुविधा मात्रै दियो । हामी शरणार्थी होइएनौं, हामी त दुइई सय वर्ष अघिदेखि बेलायतका लागि लड्दै आएका बेलायती राष्ट्रसेवक हौं गेसो सभापति पदमबहादुर गुरुङ सोध्छन्, आफ्नो लागि लड्दै आएका राष्ट्र सेवकहरुलाई शरणार्थीको दर्जामा राख्नु बेलायती शासकको कस्तो मानव अधिकार हो ? ब्रिटिश सरकारले अन्य देशका कुनै प्नि नागरिक बेलायतमा चार वर्ष बसे शरणार्थी सुविधा दिने गरेको छ । तर, दजुई सय वर्षदेखि उसको मुलुकको रक्षा गरिदिने पनि त्यही सुविधा दिनु कहाासम्को विडम्बना हो ? अन्य देशका लाखौ नगारिकहरुले बेलायतमा आउर बेोबास गरे सबै सुविधा पाउने तर गोरखालीहरुले त्यो सुविधा पाउन एक्काइस वर्षसम्म यति ठुलो कठोर संघर्ष गर्नुपर्ने कारण के ? सभापति गुरुङ भन्छन्, यो चरम शोषण र अन्यायको पराकाष्ठा हो ।

यता आफ्नो माटो र मुकुट बचाइदिने सैनिकहरुलाई लुट्ने ब्रिटिशको नयाा परियोजनाको प्रभावले गोरखा सैनिकहरु आफ्नो मुलुकबाट विरानो मात्रै होइन सुकुम्बासी हुादैछन् । केही हुने खाने बाहेक अधिकांश गोरखा सैनिक र तिनका परिवार बेलयात जानका लागि ऋण खोजेर जान बाध्य छन् ।

यस्तो छ पीडा
ऋण तिर्ने चिन्तामा छु
बानसिङ गुरुङ
२ जिआर २११४८११२
म दोस्रो गोरखा राइफल्स सैनिक नं. २११४८११२ हुा । मेरो स्थायी ठेगाना सोह्र पाचोक लमजुङ हो । म सन् १९५७ अक्टोवरमा भर्ती भई सन् १९६८ मा पेन्सन निस्केको हुा । उतिबेला पेन्सनमा निस्कादा भारु २९ मात्र पेन्सन थियो । पछिल्लो समय म गाउामै बसिरहेको थिएा । जिआरयु पनि गइना । किनभने बुढाहरुलाई उमेरको हदबन्दीले नलिने भनेको थियो । गाउामै बस्दै गर्ला लालबुक हुनेहरु बेलायत जान पाउाछन् भन्ने हल्ला चल्यो । काम गर्नु पर्दैन, भत्ता पनि दिन्छन् रे, घरबहाल खर्च प्नि दिन्छन् रे भन्नु सुनियो । अझ पैसा बचाएर नेपाल पनि पठाउन सकिन्छ रे भनेको सुनियो ।

पदमबहादुर गुरुङले बेलायतलाई जितेर यस्तो भएको रे भन्ने सुनो । घरमा पैसा थिएन, ऋण पनि पाइएन । गाउाको दोहोरो कुलो लाग्ने खेत बेच्नुपर्‍यो । पासपोर्ट बनाउन मात्र दलाललाई बीस हजार दिनुपर्‍यो । २ लाख ११ हजार बेलायती दुतावासलाई बुझाउनु पर्‍यो । अहिले हामी घर बहाल ३ सय ५ पाउन्ड तिर्छौ । तर, हामीलार्य २ सय ९०पाउन्ड मात्रै दिइन्छ । नियमानुसार हामीले सिङ्गो घर पाउने रहेछौ । तर गोरखाली भएको कारण काउन्सिल अफिसले घर बहाल जति पनि दिादैन । गेसोको आन्दोलनले हामी बेलायत त आउन सक्यौ । तर आशा गरे जस्तो व्यवस्था नहुादा ऋण कसरी तिर्ने भनेर चिन्तामा छु ।

आवासीय भिसाले ऋणमा डुबायो
थमने दमाइ
२११४७८०० लान्स कर्पोरल
म सैनिक नं. २११४७८०० लान्स कर्पोरल हुा । म सन् १९५६ मा भर्ती भएर सन् १९७९ मा पेन्सन निस्केको हुा । मेरो स्थायी ठेगाना गाउा सहर लमजुङ हो । म यसै वर्षको सेप्टेम्बरमा बेलायत प्रवेश गरेको हुा । अवकाश पछि जिआरयुमा जान खोजेको थिएा । तर उमेरको कारण भन्दै जान दिइएन । त्यसपछि गाउामै बस्दै गर्दा लालबुक हुनेहरु बेलायत जान पाउाछन् रे भन्ने हल्ला सुनियो । छोराछोरीहरुले पनि जानुपर्छ भनेर कर गर्न थाले । म र मेरी श्रीमतीले ऋण गरेर २ लाख ४० ह्जरु बेलायती राजदुताबासमा बुझायौ । मेरी श्रीमती हरिमाया दमाई परियार अपाङ्ग छिन् । सगोल परिवारमा बस्न सक्दिनन् । तर काउन्सिलरले एउटा मत्रा कोठा पाउने भनिरहेका छन् । यसले मलाई ठुलो आर्थिक भार पर्ने भएको छ । महङ्गो भिसा शुल्कको कारण ऋणले थिचिरहेको छ ।

भिसा शुल्क बुझाउन घरखेत बेचो
सेनबहादुर गुरुङ
२११९५९२४५ फस्ट सेकेन्ड गोरखा राइफल्सको राइफलम्यान
म सैनिक नं. २११५९२४५ फस्ट सेकेन्ड गोरखा राइफल्सको राइफलम्यान हुा । मेरो स्थायी घर कल्दुङ गाउा लमजुङ हो । म सन् १९६७ मा भर्ती भई ५ वर्ष र १ सय ३० ीद्यन् मत्त ब्रिटिस सेनामा काम गरो । पछि रेडन्डेन्सीमा परेपछि ३ स्इ बक्सिनमा नेपाल फर्किन बाध्य भएा । मेरो पेन्सन छैन । मैले नेपालमा बेशीाशहर लमजुङ बेलफेर कार्यालयमा १२ वर्ष काम गरो । तर त्यति समयावधिमा कुनै पनि अधिकृत गतिलो दखना । अधिकृतले पेन्सन पनि खन्छ र तलब पनि १ लाख ५० हजार लिन्छ । मैले वेलफेयर भत्ता माग्दा पनि दिइएन । बरु जागिर छोड्न भनियो । पछि गाउामै बसिरहेको बेला पेन्सन नहुनेहरु पनि लालबुक देखाएर बेलायत जान पाइन्छ भन्ने हल्ला आयो । भिसा शुल्क मात्र २ लाख ४० हजार लाग्ने थियो । महंगो भिसा शुल्कले गर्दा गाउाको घर नै बिक्री गरेर बेलायत आइयो । सोचेजस्तो सुख छैन बेलायत ।

भिसा शुल्क बुझाउन खेत बेचे
दिलमान गुरुङ
२११४९२१७ राइफलम्यान
म सैनिक नं. २११४९२१७ राइफलम्यान हु । म सन् १९५८ मा भर्ती भएर १९६९ मा रेडन्डन्सीमा घर पठाइएको हुा । तर पछि २ वर्ष थपेको हुनाले पेन्सन भने पाउाछु । मेरो घर गौडा गाविस साल्मे गाउा लमजुङ हो । म अवकाश पछि गाउामा नै खेतीपाती गर्दै बसिरहेको थिएा । यस्तैमा एकदिन पदमबहादुर गुरुङले ब्रिटिशसाग लडेर गोरखाहरुलाई अधिकार दिलाए भन्ने खबर सुनो । पछि लालबुक लिएर काठमाडौां विक्रम भवन गएा । त्यहाा बुझ्दा हामी लोग्ने स्वास्नीको भिसा दस्तुर २ लाख ४० हजार लाग्छ भनियो । पैसा थिएन । छोराहरुले जानैपर्छ भनेपछि खेत नै बच्नुपर्‍यो । जहाज टिकट, भिसा शुल्क र अरु खर्चहरु सहित ४ लाख खर्च भइसकेका छ । बेलायत सोचे जस्तो भएन । अल्डरसटरको गेसोका साथीहरुको मद्दतमा बसिरहेको छु । बेलायत आएको फाइदा कसरी र कहिले होला ? पर्खिदा हैरान भइसको ।

धेरै पैसा लिएर अपमान गरियो
लालबहादुर गुरुङ
कर्पोरल, २११३६१६९
म कर्पोरल, २११३६१६९ हु । मैले श्रीमतीको सहित भिसा शुल्क मात्र ऋण गरेर २ लाख ४० हजार तिरेर बेलायत आएको हुा । यति धेरै भिसा शुल्क लिनु भनेको गोरखा सैनिकहरुको अपमान पनि हो । गेसोले आन्दोलन गरेको भए हामी बेलायत आउन पाउने थिएनौं । गेरो र पदमबहादुर गुरुङले गर्दा गाउाका बुढाबुढीहरु सबै आए तर हामीलाई राम्रो भएन भनेर भर्खरै आउनेहरुले समेत भनेको सुन्दा सुख भन्दा दु:ख पो लाग्न थालेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com