अन्जली रम्तेल, रासस

दामिनीका पीडा तस्बिरमा
[2013-01-17 오후 8:39:00]

आफू कानुनको विद्यार्थी भए पनि महिलामाथि हुने विभिन्न हिंसाले मन छोएपछि पुष्पा पलान्चोकेले हिंसा पीडित महिलाका विभिन्न भावका फोटो खिचाइन् ।दिल्लीमा हालै भएको सामूहिक बलात्कार घटनाकी पीडित ‘दामिनी’को अवस्थालाई तस्बिर मार्फत् प्रस्तुत गर्न उनले आफैं मोडल बनेर खिचाएका तस्बिरलाई प्रदर्शनीमा राखिन् । झम्सिखेलस्थित आर्टिस्ट ग्यालरीमा उनले ती तस्बिर प्रदर्शनीमा राखेपछि भने महिला हिंसाको त्यो घटनासागै उनी पनि चर्चाकी पात्र बनेकी छिन् ।

उनका ४० तस्बिरमा रङ्गले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । पाहेलो रङ्गको कपडा बेरेर हिंडेका उनका तस्बिरले दक्षिण एसियाका महिलाका अवस्थालाई प्रष्ट्याउन खोजेको छ । दक्षिण एसियाका महिलाले आफ्नो पहिचानको खोजीगरिरहेका छन् भन्ने भाव बोकेका छन् उनका ती तस्बिरले ।

उनी भन्छिन्–‘दिल्लीको त्यो घटनाले पाएको चर्चासागै नेपालमा पनि केही समयअघि भएका घटनाले मलाई निकै झक्झकाइ रह्यो । एसएलसी दिन बसेकी एक युवतीलाई गरिएको बलात्कारपछि उनको मानसिक सन्तुलन गुमेको घटना, भिक्षुणीमाथि गरिएको सामुहिक बलात्कार, भर्खरै घटेका शिवा हासमी, बिन्दु ठाकुरलगायतका यी घटनालाई सम्झन मलाई बाध्य पार्‍यो, यो क्षेत्रमा केही गर्न ।’

‘कसरी मैले महिलामाथि भएका हिंसाले उनलाई पार्ने असरबारे समाजमा अवगत गराउने भन्ने सोच्दा तस्बिर मार्फत् जादा सजिलो हुन्छ भन्ने लागेपछि फोटो सेसन गराएा’–उनले बताइन् ।

फोटो सेसन गराउदाको उनको अनुभव पनि निकै अचम्मका रहे । उनले भनिन्– ‘बसभित्र दामिनीमाथि भएको अत्याचारलाई तस्बिरमा उतार्न त्यसै भेषमा बसमा रहादा पुरुषको भीडले निकै घेर्‍यो । मैले दामिनीमाथि भएको घटना आफूमा पनि केही महसुस गरो ।’

‘ग्वार्कोमा गरिएको उक्त फोटो सेसनका क्रममा पुरुषहरूबाट घेरिादा कतै यिनै पुरुषको आक्रमणमा त म पर्दिन ? त्यतिबेला दामिनीको मानसिकता कस्तो भएको थियो होला भनेर मैले पनि महसुस गरो, त्यो सम्झादा अहिले पनि मेरो आङ् सिरिङ्ग हुने गरेको छ’–उनी बताउाछिन् ।

बलात्कृत भएपछिका विभिन्न भावका उनका तस्बिर निकै भावविह्वल बनाउने खालका छन् । बलात्कृत महिलाले बलात्कारको त्यो घटनाबाट आफू चोखिन पोखरीमा डुबुल्की मारेको तस्बिरले पनि मन छोएको छ ।

महिलाले आफू बलात्कृत भएको घटनालाई बिर्सन अनेक प्रयत्न गर्न खोजे पनि त्यसले सामाजिक तथा व्यक्तिगत जीवनमा पार्ने असर देख्न सकिन्छ, सो तस्बिरबाट । टौदहको पोखरीमा गरिएको सो फोटो सेसनका क्रममा महिलाले नै उनीमाथि गरेको व्यवहार पनि उदेकलाग्दो छ ।

उनी भन्छिन्– ‘केही युवा जोडी थिए किनारामा बसेका । युवाले मलाई हेरे भनेर युवतीले हामी यही छौं, किन उता हेरेको समेत भने । यसबाट महिलाले नै महिलाको विरोध गर्ने प्रवृत्तिलाई झन् उजागर गर्‍या’ उनले भनिन् ।

त्यतिबेला आफूलाई हेरेर अन्य केही युवाले नेपालका मोडलले के–के गर्नुपर्छ भन्दै नकारात्मक टिप्पणी गरेको पनि उनले बताइन् । अन्त्यमा बलात्कारपछि महिलाको मृत्युलाई पनि देखाइएको छ उनको तस्बिरमा । सेतो वस्त्रमा डुङ्गामा मृत्यु भएको भावमा उनले आफूलाई प्रस्तुत गरेकी छिन् ।

उनका ४० तस्बिरमा बलात्कारअघि महिलाले खोज्ने आफ्नो पहिचान, बलात्कृत हुदाका अवस्था र मृत्युलाई देखाइएको छ ।

आफू कानुनको विद्यार्थी भएकाले कानुनी रुपमा महिलामाथि हुने हिंसा कम गर्न हिंसामा परेका महिलालाई सहयोग गर्ने उनको लक्ष्य छ । मात्र २० वर्षकी पुष्पा राजनीतिमा रुचि भए पनि वर्तमान राजनीतिक अवस्थादेखि वाक्क भएको बताउछिन् ।

कलाकार राघिनी उपाध्यायले सञ्चालन गरेको सो ग्यालरीमा महिला हिंसासम्बन्धी सामग्रीलाई प्रदर्शनीमा राख्न पाएकामा उनले खुसी व्यक्त गरिन् । जबसम्म घरबाट नै महिलाप्रति गरिने व्यवहारमा परिवर्तन गरिन्न तबसम्म महिलामाथि हुने हिंसा नरोकिने उनको भनाइ छ ।

पश्चिमा सभ्यताका कारण समाजमा महिलामाथि हुने यौनहिंसा बढिरहेको भन्ने आरोपप्रति उनी भन्छिन्, “यदि त्यसो हुादो हो त पश्चिमा मुलुकमा महिलामाथि यौनहिंसा धेरै हुनुपर्ने, तर त्यहा त त्यस्तो घटना त्यति सुनिादैन, यहाामात्र किन हुन्छ त ?” ‘दामिनी’ प्रदर्शनी आज सम्पन्न भयो । रासस



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com