भरत पाण्डेय,रासस

अपाङ्गलाई अवसरको खाचो/गीत गाएर चन्दा माग्दै दृष्टिविहीन
[2013-01-17 오후 8:10:00]

अपाङ्गले बोल्दैछु साचो हो, मायासागै अवसरको खाचो हो
दु:खसुखमा साथ दिनुहोस् साकार पार्न अपाङ्गको सपना, लौ न केही सहयोग गर्नुहोस् ।।

दस जना दृष्टिविहीन– कोही हार्मोनियम बजाउाछन्, कोही बासुरी, मादल अनि कोही गीत घन्काउाछन् । उनीहरूको गीत सकिनासाथ पााचदेखि हजार रुपैयासम्म सहयोग गर्ने दाताहरूको लाम लाग्छ । यसरी दिन बित्न थालेको तीन महिना भयो उनीहरूको ।

दिनमा पाच/दस हजार रुपैया उठ्छ, उनीहरू सामान्य कोठामा सुत्छन्, सादा दालभात र तरकारी खान्छन्, त्यसमा पनि सस्तोमा खाना खुवाउन होटल मालिकलाई अनुरोध गर्छन् ।

अपाङ्गताका कारण दु:ख पाइरहेका बालबालिका एवम् दृष्टिविहीन महिलाका लागि सहयोग जुटाउन तल्लीन दृष्टिविहीनहरूको एक समूहको दैनिकी हो यो । कास्कीको नया गाउ–१५ पोखरामा रहेको असहाय तथा दृष्टिविहीन संरक्षण केन्द्रका सदस्यहरू यसरी नै गीत गाउादै चन्दा सङ्कलन गर्दै गाउा घुमिरहेका हुन्छन् ।

‘हामीले पोखरा, नया गाउमा १२ वर्ष मुनिका १० जना अपाङ्ग बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिइरहेका छौ, पाचजना दृष्टिविहीन महिलालाई सीप सिकाइरहेका छौ, आफू अपाङ्ग भए पनि हामीजस्तै अरूका लागि केही गर्ने योजना छ, सहयोग गर्नुस् भन्दै गाउादै हिाडेका छौ’–सो केन्द्रका अध्यक्ष वकिल मिया अन्सारीले भन्नुभयो ।

सहयोग गर्नुस, दिदीबहिनी–दाजुभाइ,
प्रकृतिले ठगेका हामीलाई,
मनको आाखा खोली हेरौला,
यो जुनीलाई अपाङ्ग पालेर, अर्कोजुनी संसार हेरौला ।।

यसरी गीत गाएर सहयोग माग्दै गुल्मी आइपुगेका अल्पदृष्टि अपाङ्ग विराटनगरका भीम बहादुर बरालको घरमा खान–लाउनका लागि कुनै दु:ख छैन, सम्पत्ति छ, छोरा भारतको कोलकातामा चार्टर्ड एकाउण्टेन्ट पढ्दैछ, छोरी स्टाफ नर्स पढ्दैछिन् । ‘तर आफू भने अपाङ्ग भएर पनि अरूका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले घर छाडेर सहयोग माग्दै हिाडेको छु’–सो केन्द्रका कार्यक्रम संयोजक समेत रहनुभएका बरालले भन्नुभयो ।

सो समूहको काम गीत गाउदै हिाड्ने र रकम जम्मा गर्ने मात्र होइन, उनीहरूले आफूहरू पुगेको ठाउामा छदेखि १२ वर्ष उमेरका कोही दृष्टिविहीन भेटेमा सागै केन्द्रमा लिएर जान्छन् । अपाङ्गलाई सीप र क्षमता विकासको अवसर दिई आत्मनिर्भर बनाउन सरकारले पर्याप्त ध्यान नदिएकाले जनताबाटै सहयोग जुटाएर केही गर्ने योजनाका साथ आफूहरू हिाडेको कार्यक्रम संयोजक बराल बताउनुहुन्छ ।

संस्था समाजकल्याण परिषद्मा दर्ता भएको तीन महिनामात्र भयो, तर पनि यो छोटो अवधिमा धेरै काम गरेको दाबी गर्नुहुन्छ उहा । अपाङ्ग एवम् दृष्टिविहीन बालबालिकालाई एसएलसी सम्म पढाउने र महिलालाई सीप सिकाएर आयआर्जन गर्नसक्ने बनाएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने योजना संस्थाको रहेको बताइएको छ ।

तीन महिनाको अवधिमा १० बालबालिकालाई पढाइएको, पाच महिलालाई सीप सिकाइएको, साढे चार लाख रुपैया बराबरको वाद्यवादन सामग्री किनेको बताउादै उहाले भन्नुभयो– बस्नका लागि मासिक रु.६० हजार, गाडी भाडाका लागि रु ५० हजार र रु १५ हजारको पेट्रोल, कलाकार र सदस्यका लागि खाना खर्च आदि गरेर पनि अहिलेसम्म डेढ लाख रुपैया बैंकमा जम्मा गरेका छौ ।

बालबालिका एवम् महिलाको अध्ययन, पालनपोषण र सीप सिकाउनका लागि पोखरामा घरभाडामा लिएर होस्टेल सञ्चालन गरिएको र तीनजना अपाङ्गलाई जागिरसमेत दिइएको छ । गीत गाउदै सहयोग जुटाउदै कास्की, स्याङ्जा, पर्वत र पाल्पा हुादै गुल्मी आइपुगेका उनीहरूले आफूहरू सकेसम्म कम खर्च गरेर हिाड्ने गरेको बताएका छन् । सबै आाखा नदेख्ने भएकाले कहा जाने, के गर्ने भन्ने समस्या हुने भएकाले गाडी भाडामा लिएका छौं, त्यो बाहेकको खर्च जतिसक्दो कम गर्ने प्रयास गरेका छौ–बरालले भन्नुभयो ।

आफूहरूलाई अहिलेसम्म सरकारी निकाय एवम् कुनै गैरसरकारी संस्थाबाट सहयोग प्राप्त नभएको र गैरसरकारी संस्थाहरूसाग सहयोगका लागि कुरा गरे पनि पहिल्यै ५० प्रतिशत कमिसन माग्छन्–कार्यक्रम संयोजक बरालले गुनासो गर्नुभयो ।

सरकारी निकायबाट अन्य सहयोगको सट्टा स्याङ्जामा खाली रहेको सरकारी भवन उपलब्ध भएमा अपाङ्ग विद्यालय सञ्चालन गर्ने सोच रहेकाले यसका लागि सहयोग गरिदिन उनीहरूले सम्बन्धित निकायसित माग गरेका छन् ।

सहयोग सङ्कलनका लागि मेचीदेखि महाकालीसम्म पुग्ने योजना बनाएका उनीहरूले आफूहरूले सङ्कलन गरेको सहयोग रकमबाट दाताहरूको नामावलीसहितको एक पुस्तिका प्रकाशन गरी एकप्रति सरकारलाई समेत बुझाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष अन्सारीले बताउनुभयो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com