कृष्ण बहादुर तामाङ

मेरो मृत्यु कि हुन्छ दरबारमा कि हुन्छ तरबारमा
[2013-01-16 오후 7:31:00]

२०६० साल मङ्सिर २ गते बिहान ५:३० बजे काठमाण्डौबाट अराणिको राजमार्ग हुँदै जिरी सम्माको मेरो यात्रा सुरु हुन्छ । काठमाण्डौदेखी जिरी सम्माको यात्रा गर्ने क्रम्मा कैयौ ठाँउमा हुने सुरक्षाफौजको चेकजाँचले हामी चढेको बस बेलुकी ६ बजे मात्र जिरी बजार पुग्छ । त्यही समयमा जिरी बजारमा संयुक्त सुरक्षाफौजले गस्ती गरिरहेको हुन्छ । गस्ती गरिरहेको संयुक्त सुरक्षाफौजमा तत्कालिन शाहीनेपाली सेना र नेपाल प्रहरी मात्र नभएर मैले देखेको र चिनेको माओबादी लडाकुहरु पनि हुन्छ । उनिहरु मलाई देखेर मुसुमुसु हाँस्ने गर्छ, म उनिहरुलाई देखेर छक्का पर्छु । अन्त्यमा मलाई उनिहरुलेनै होटल गौरीसंकारमा बस्ने ब्यवस्था मिलाउने काम गर्छ । त्यो रातको मेरो बास त्यही हुन्छ ।

मङ्सिर २ गते बिहान १० बजे मेरो पदयात्रा जिरी देखी रामेछापको बन्चारे सम्माको निम्ती निर्धारित हुन्छ । जिरीबाट रामेछापको रस्नालु पुग्दा दिनको २ बजेको हुन्छ । यही गाबिसमा पर्छ २०५६ सालमा रामेछाप जिल्ला निर्बाचन छेत्र नं. एक बाट निर्बाचित समसद कमल प्रकाश सुनुवारको घर । उनि हाल नेकपा एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ । म उनको घर नजिकै पुग्दा दिनको २:३० बजेको थियो ।

२०५९ सालको पौष महिनाको पहिलो हप्ता रातको समयमा करिब ९ बजे तिर म यही गाँउमा र यही ठाँउमा पुगेको थिए । तर मलाई किन हो कसैले पनि त्यो ठाँउमा बस्नको निम्ती बास दिएन । मैले त्यो रात त्यही एउटा घरको नजिक थुप्रीएको परालको थुप्रोमा सुतेर बिताएको थिए । बिहानै कसैले देखेर मलाई बास बस्न नदिनुको कारण यथार्थ सहित बताएको थिए । किनकी २०५८ साल भाद्र २५ गते आईताबारको दिन देखी तत्कालीन सत्ताले मलाई राजद्रोहको अभियोगमा मुद्धा चलाएको थियो ।

तर अचम्मको कुरा २०६० साल मङ्सिर २ गते त्यही ठाँउमा पुग्दा मलाई त्यहाँको जनताले भब्य रुप्मा स्वागत गर्नु भयो । म उनिहरुको स्वागतलाई सहर्षा स्विकार गर्दै करिब ४ बजे मेरो यात्रा पलाते तर्फा हुन्छ । म करिब ४:३० बजे पलाते पुग्छु । म पलातेमा पुग्दा त्यहाँ तत्कालीन शाही नेपाली सेनाको जवानहरु भलिबल खेलिरहेको हुन्छ । उनिहरुले खेलिरहेको भलिबल केहि समय हेरेर म बन्चारे तर्फा लम्कन्छु । मैले त्यो रात त्यही बन्चारेमा बिताउने योजना बनाएको थिए ।

पलातेबाट एक किलोमिटार जती अघी बढ्ने बित्तिकै मलाई तत्कालिन शाही नेपाली सेनाले घेराउ गर्छ । उनिहरुको नियन्त्रणमा पर्ने बित्तिकै मेरो आँखामा पट्टी बाँध्ने काम सुरु हुन्छ । मलाई ४ जनाले बोकेर पलाते स्थित शाही नेपाली सेनाको गुल्मामा पुर्‍यायो । मलाई पलाते स्थित गुल्ममा पुर्‍याँउदा त्यहाँ सेनाको जवानहरु खाना खाईरहेको हुन्छ । सेनाले मलाई पनि खान लिएर दिन्छ र भन्छ । राम्रोसंग खानु माछाको तरकारी छ अड्केला । मलाई उनिहरुले दिएको खान अतिनै गिलो थियो । मलाई पक्राउ गर्ने बित्तिकै सेनाले मेरो आँखामा पट्टी बाँधिदिएको कारण म केही देख्न सक्दिना । त्यो खान फोहोर, जुठो थियो या सफा थियो त्यो छुटाउने सामर्थ्य म संग थिएन । तर पनि मैले त्यो भात मिठो मानेर खाएको थिए । खान खाई सक्ने बित्तिकै मलाई सेनाले एउटा कोठामा लगेर थुन्छ र दुवै हातलाई पछाडी लगेर मोटो डोरिले कसेर बाँध्छ । अनि मलाई एउटा कुर्सिमा लगेर बसाउँछ र त्यो चिसो ठाँउमा पंखा चलाएर राख्छ । मङ्सिर महिनाको चिसो दिन आँखामा पट्टी बाँधिनु, दुई हातलाई पछाडी लगेर मोटो डोरिले बाँध्नु अनि चिसो ठाँउमा मङ्सिर महिनामा पंखा चलाएर राख्दा कस्तो भयो होला मलाई ? त्यो अनुमान तपाईंहरु स्वायम गर्न सक्नु हुनेछ ।

बेलुकी ९ बजे तिर मेरो कोठामा साही नेपाली सेनाको कमाण्डो प्रबेश गर्छ । उनिहरु प्रबेस गर्ने बित्तिकै मलाई बाँसको भाटाले मेरो फिलामा भैसी कुटाई गर्छ । अनि सुरु हुन्छ म माथि मानसिक र भौतिक रुपले चरम यातना, जुन यातनाको यहाँ बर्णन पनि गर्न सक्दैन । त्यही रात हिमाल पावर लिमिटेडका अफिशरहरु गोबर्धन थापा मगर र डिबी जिरेललाई पनि शाही नेपाली सेनाले चरम रुपमा मानसिक यातना दिने काम गरेको रहेछ ।

मङ्सिर ३ गते मलाई दिउँसो चौरमा लगेर सुताउछ र बिभिन्न अपरिचित ब्यक्तिहरु आएर मलाई सोधपुछ गर्ने गर्छ । उनिहरु म संग परिचित भएको बहाना बनाउदै प्रश्ना गर्छ र भन्छ सर तपाईको कमण्डमा अहिले सम्मा कती वटा चौकी कब्जा भयो र तपाईंको कमाण्डमा अहिले सम्मा कती ठाँउमा आगजानी भयो ।

मलाई प्रश्ना सोध्दै मानसिक यातना दिनेहरु मध्य कती चाँही हिजोको दिनमा म संगै जनयुद्दामा हिडेको तर आत्मासमर्पन गरी सकेको नौटंकी पनि गर्छ र मलाई भन्छ सर तपाइले मलाई चिन्नु भएन । फलानो चौकिमा तपाइको कमण्डमा आगजानी गर्दा र आक्रमण गर्दा हामी पनि तपाईं संगै थियौनी तपाइले मलाई चिन्नु भएन । तर मेरो आँखामा पट्टी बाँधिएको र दुईवटै हातलाई पछाडी लगेर मोटो डोरिले बाँधेको कारण मलाई धेरै पिडा भईरहेको थियो ।

बेलुकी खान खाने समय हुन्छ । पहिलो दिन खाएको खानले मलाई पखला चल्न सुरु गरिसकेको थियो । खान खानु मन थिएन । तर मेरो अगाडी खान आईपुगेको छ । मेरो बाँधिएको हातको डोरी खोली दिन्छ । म खान खानु सुरु गर्छु, तर भात सार्है गिलो छ । एक दुई गाँस खान खाएर म खानलाई भुईमा राख्छु । तर मलाई खान भुईमा राख्न दिदैन । सेनाले जबर्जस्ती भात खानको लागी कर गर्छ । तर खान पोखिना पुग्छ । यही समयमा मेरो गालामा तोरिको फुल देख्ने गरी अर्को ब्यक्ती आएर किन खान खाँदैनस भन्दै दुई थप्पाड हिर्काउँछ ।

मैले मलाई पखला लागेकोले खान खानु सकेन भने पछि किन अघिनै हामीलाई यो कुरा नभनेको त भन्दै त्यो मान्छे जान्छ । केहि समय पछि मलाई खुवाउनुको लागी सेनाको मेडिकल टोली औषाधी लिएर आउँछ । तर अघी मात्रा दुई थप्पाड हिर्काएको रिस्ले मलाई औषधी खाने मन हुँदैन । मैले औषधी नखाए पछि मलाई जबरजस्ती औषधी खुवाउन थाल्छ । त्यही समयमा मेरो आँखामा बाँधिएको पट्टी खुल्न पुग्छ । बेलुकी ८ बजे तिर मलाई राखेको कोठामा सेनाको कमाण्डो प्रबेस गर्छ । उनिहरुले मलाई कोठाबाट निकालेर हिडाँउछ र पलाते खोलामा लगेर डुबाँउछ । अनि मेरो घाँटी थिच्दै मेरो टाउकोमा बाल्टीबाट पानी बर्षाउँछ । त्यो क्रम एक घण्टा सम्मा निरन्तर चलिरहन्छ ।

त्यो क्रम रोकिए पछि मलाई खोलाबाट निकाल्छ र ढुङ्गामा लगेर घोप्टो पारेर सुताउछ अनि पैतालामा बाँसको भाटाले हिर्काँउन सुरु गर्छ । उनिहरुले ४५ भाटा सम्मा हिर्काएको मैले थाहा पाएको थिए । त्यस पछि के भयो मलाई थाहा भएन । एक घण्टा पछि बौडदाता मेरो शरिर पुरै नाङ्गै थियो भने मेरो ढाडबाट रगत बगिरहेको थियो । त्यो ठाँउमा सिस्नु प्रसस्त हुने भएकोले ढुङ्गामा सुताएर सिस्नुपानीले हिर्काएको अनुमान मैले गरेको छु ।

यसरि यातना दिई सकेपछि मध्यराती मलाई कोठामा फर्काउछ र करेन्ट लगाउन सुरु गर्छ । त्यो रात मेरो सरिरमा करिब एक घण्टा जती करेण्ट लगाएको थियो । करेन्ट लगाउने क्रम रोकिए पछि फेरी मलाई कोठाबाट बाहिर निकाल्छ र खोलाको तिरमा पुर्‍याउँछ । अनि मलाई सोध्छ यहाँ आईरहेको र सुनिरहेको आवज के को हो र केको आवज सुनिरहेका छौ ? त्यहाँ खोला बगिरहेको हुनाले मैले खोलाको आवज भनेको थिए । यस पछि उनिहरुले मेरो टाउकोमा राईफलको कुन्दालेले हिर्काउछ र यो केहो भनेर सोध्ने गर्छ । म उनिहरुलाई राईफल भनेर उत्तर दिन्छु । अनि उनिहरु मलाई भन्छ ल यो अन्तिम मौका हो । आफ्नो घर परिवार, प्रेमिका, नातेदार कस्लाई सम्झानु हुन्छ सम्झिनु ।

मैले त्यो समय दीपेन्द्र शाहलाई सम्झेको थिए । जस्को मृत्यु २०६८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा भएको थियो । सेनाले मलाई गोली ठोक्न तयार भएको बुझेर मैले पनि भित्री मन देखिनै सेनाले हानेको गोली थाप्ने साहस बटुल्नको निम्ती मात्र दीपेन्द्रलाई मैले सम्झेको थिए । किनकी दीपेन्द्र जनबिरोधी भए पनि तत्कालिन राजाको छोरा भएकोले राजा हुने पालो उसैको थियो भने म थिए सामन्य पत्रकार । तै पनि मलाई त्यो रात सेनाले गोली ठोक्ने काम गरेन । रातभरी यातना दिने काम मात्र गर्‍यो । कती समय बन्दी बनाएर राखेको कोठामा फर्कायो मलाई केहि थाहा भएन । खोला बाट कोठामा फर्काए पछि मलाई ओढ्नको निम्ती बाक्लो खाल्को कम्बल दिएको थियो र त्यो दिन मलाई अर्कै कोठामा राखेको थियो, जहाँ मलाई मान्सिक यातना होस भनेर ठुलो टेलिफोन सेट राखेको रहेछ ।

मैले यही दिन देखी संकल्प गरेको थिएकी यहाँबाट बाँचेर घरमा फर्कन सक्यो भने म पूर्ण रुपले राजनीतिक क्षेत्रमा लाग्ने छु र यो बाहुनबादी सामन्ती सत्तालाई पूर्ण रुपले समाप्त पर्नेछु, मेरो मृत्यु कि हुन्छ दरबारमा कि हुन्छ तरबारमा । अहिले पनि मलाई त्यो घटनामा यातना दिनेहरु जिबितै छन भने कुनै पनि तथाकथित मानवअधिकारबादी अर्थत बाहुनअधिकारबादिहरुले मेरो बारेमा एक शब्द पनि बोल्ने साहस गर्न सकेको छैन । यस पछि म माथि के भयो र मैले कस्तो यातना पायो त्यो त झनै दर्दनक थियो । थाहा पाउनको निम्ती मलाई ९७४१०७८६९९ र ९८४१४२४५७१ मा सम्पर्का गर्न सक्नु हुनेछ । मलाई यातना दिएको घट्नामा किन बोल्न सकेनन् मन्दिरा शर्माहरुले । किनकी मलाई यातना दिनेहरु सबै बाहुन छेत्रीहरुनै थिए । उनिहरु परे डलरको पछि लाग्ने बाहुनअधिकारबादी । र यही कारण उनिहरुले मेरो बारेमा केहि बोल्ने साहस गर्न सकेनन् ।
२०६९ माघ २, महाराजगन्ज, काठ्माण्डौ, नेपाल



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com