SABIN NEUPANE

भूकम्पको याद अझै ताजा छ
[2013-01-15 오후 4:55:00]

चिरञ्जीबी आचार्य::-- उमेर ९३ बर्ष ::-- हेटौंडा, नगरपालिका रोड::::---- वि.सं. १९९० साल माघ दुई गते सोमबार थियो । त्यो बेलामा म १४ बर्षको थिएँ । मेरो बिहे पनि भइसकेको थियो । म घरको आगनमा बसिरहेको थिए“ । समय दिउँसो करिब साढे दुई बजेको थियो होला । आमा भने घरभित्र्रै हुनुहुन्थ्यो । त्यै बेलामा एक्कासी गुटुटुटुटु गरेर गाडीको आवाजजस्तो आयो ।

यसो हेरेको त घरको पश्चिम तिरबाट घरहरु भत्केको छारो उडेर अध्याँरो भइरहेको थियो । हाम्रो घर वरिपरिका घरहरु बङबङ लडेको थियो । तर, मेरो घर भगवानको कृपाले केही भएन । छानोको एउटा ढुंगा झरेको थियो, त्यत्ति हो । के भयो भगवानकै दया । चर्किन चैं सबै चर्कियो तर ढल्न चैं ढलेन ।

हाम्रो घर अगाडिको तीन वटा घरहरु गल्र्यामगुर्लुम ढलेको थियो । ती घरमा धनीहरु काममा गएका थिए । चार पाँचजना केटाकेटी थिए, त्यो घरमा । म र आमा दौडिदै त्यो घरमा गयौं । घरसहित गोठ पनि भत्किएर गाईभैंसी र बाख्राहरु कराउँदै थिए । गोठ ढलेर सबै छोपेको हुनाले हामीले केही गर्न सकेनौं । त्यो घरका केटाकेटी पनि सुरुमा त कसले हाम्रो घर हल्लायो भन्दै खाबो समाउन थालेका रैछन् तर पछि धेरै नै जोडले हल्लिएपछि घर छाडेर भागेका रैछन् । तै उनीहरु भागेपछि मात्रै घर भत्कियो । ज्यानको क्षति भएन । दिउँसो भएर होला ।

अलिबेर पछि त्यो घरका मान्छेहरु आइपुगे । उनीहरु रुदै आएका थिए । के काम गर्न गएका थिए भन्ने चैं मैले सम्झिन । हामीले उनीहरुलाई केही भएको छैन भनेर सम्झायौं । त्यो रात डरले सबैजना हाम्रै गोठमा बस्यौं । चारै परिवार दिउँसोको डरले गोठमा बसेका थियौं । त्यो दिउँसोको तर्कना सबैमा थियो त्यसैले ढिकी जातो गर्ने, दाउरा राख्ने त्यो गोठमा हामी रातभर बसेका थियौं । भोलिपल्ट मात्रै हामीले घरको ढोका उघारेर पकाउने खाने काम गरेका थियौं ।

त्यो बेलामा भर्खरै जुद्ध शम्शेर प्रधानमन्त्री भएको जस्तो लागेको छ मलाई । महाकालीमा गएर उनले होम गर्ने बेला थियो रे त्यो । भूकम्प गएको परिवारलाई सरकारले त्यो बेलामा केही राहत दिएको थियो । भूकम्पमा भत्किएको घरहरु छिमेकीले त्यही ठाउँ सफा गरेर बनाए । तर, माघमा भूकम्प गएपछि हामी त्यो ठाउँबाट सोही गाविसको बेतिनीमा स-यां ।

हाम्रो सपरिवार २०४४ सालमा हेटौंडा–२ नगरपालिकारोडमा आएका हौं । मेरो छोरा भने २०२६ सालमै हेटौंडा आएर बसेको थियो । २०२७ सालमा यो ठाउँमा दुईवटा कोठाको घर ठड्याएको हो, छोराले । पछि हामी सपरिवार यही ठाउँमा आयौं ।

१९९० सालको भूकम्पले संसारै क्षति भएको मैले सुनेको थिएँ । त्यो बेलामा खबर ल्याउने कुरा केही नभएपछि हल्लाको भरमा हामीले थाहा पाएका हौं । काठमाडौंको धरहरा पनि तीन टुक्रा भएर भाँचिएको सुनेको थिए“ । त्यसपछि भने गत वर्ष असोज १ गते गएको भूकम्प नै ठूलो हो जस्तो लाग्छ, मलाई । तैपनि १९९० सालको जस्तो भने होइन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com