SABIN NEUPANE

‘हेटौंडा कपडा उद्योग सञ्चालन गर्नैपर्छ’
[2013-01-06 오후 3:57:00]


हेटौंडा कपडा उद्योग विविध कारणले १२ वर्षदेखि बन्द अवस्थामा छ । उद्योग सञ्चालनको पुनः सरकारले बजेट विनियोजन गरेर उद्योगका मेसिनहरुसमेत मर्मत गरेर तयारी अवस्थामा आइसकेपछि पुनः अर्को सरकारले उद्योग नचलाउने निर्णय ग¥यो ।

एउटा सरकारले गरेको राम्रो निर्णय नै भएपनि अर्को सरकारले काट्ने प्रवृत्ति नेताहरुमा हावी हुँदा कपडा उद्योग लिक्विडेसनमा गयो । फेरि पनि उद्योग सञ्चालन हुनुपर्छ, मकवानपुरमा रोजगारीको सिर्जना गर्दै आर्थिक विकासको क्षेत्रमा पहल गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । आइतबार नेपाल चीन उद्योग व्यापार महासंघका केन्द्रीय पदाधिकारीसहितको एक टोलीले उद्योगको निरीक्षण गरेको छ । त्यसपछि हेटौंडामा भएको अन्तक्र्रियामा चिनियाँ सरकारको सहयोगमा स्थापित उद्योग सञ्चालन गर्न महासंघ र स्थानीय राजनीतिक दलले उद्योग सञ्चालन गर्नुपर्नेमा दलका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी सबैले आवाज उठाएका छन् । यसै सन्दर्भमा सहभागी जिल्लाका अगुवाहरुले उद्योगको विषयमा उठाएको आवाज जस्ताको तस्तैः

भुवनलाल श्रेष्ठ

अध्यक्ष, मउवा संघ
आज उद्योग निरीक्षण गर्दा कुनै एक व्यक्ति, फर्म, संस्था वा नेपाल सरकारले चाह्यो भने संचालनमा ल्याउन सक्छ । उद्योग पुनः संचालनमा ल्याउनु अति आवश्यक कुरा हो । किनकि नेपालको रकम विदेशिरहेको छ र स्वदेशी लगानी स्वदेशी उद्योग स्थापना गरी स्वदेशी वस्तुको उपभोगमा बृद्धि गर्न सक्यो भने नेपालको आर्थिक स्तर बृद्धि हुन्छ, आत्मनिर्भर रहन्छ र देशभित्र रोजगारीको सिर्जन पनि गर्न सकिन्छ । तसर्थ उद्योग संचालनको लागि हामी सबैले पहल गर्नुपर्छ ।

प्रताप विष्ट, केन्द्रीय सदस्य नेपाल पत्रकार महासंघ
कपडा उद्योग सञ्चालनका लागि पहल गर्ने कुरा राम्रो भएपनि सरकारको सहयोगी भूमिका नभएसम्म सञ्चालन गर्न गाह्रो हुन्छ । उद्योगका मेशिनहरु पुराना भएकाले बजारमा प्रतिस्पर्धा गर्नका लागि आधुनिक मेशिन तथा पार्टपुर्जा खरिद गर्नुपर्ने हुन्छ । करिब एकहजार जनाले रोजगारी प्राप्त गर्ने भएकाले सरकारले यसप्रति नयाँ निति बनाएर अगाडी बढेमा उद्योग पुनः सञ्चालन हुन्छ ।

उत्तमशर्मा ढकालपूर्वअध्यक्ष उद्योग बाणिज्य संघ मकवानपुर
हेटौंडा कपडा उद्योग विगतमा धेरै राम्रोसँग सञ्चालन भएको हो । यो उद्योग हाल जिर्ण अवस्थामा पुगेपनि सरकारले अब यसलाई सञ्चालनको लागि पहल गर्नुपर्ने हुन्छ । यहाँको कपडा उद्योग सञ्चालनहुँदा मकवानपुरका एकहजार जनाले रोजगारी प्राप्त गर्छन् । जसले गर्दा अप्रत्यक्ष रुपमा अर्का पाँचहजार जनाको व्यवसाय फष्टाउँछ । सरकारी कर्मचारीका लागि आवश्यक कपडामात्र उत्पादन गरेमा मात्रपनि यो उद्योगबाछ उत्पादीत लुगा विक्रीमा कुनै कठिनाई हुँदैन ।

अनिल अग्रवालचाइना–नेपाल उद्योग वाणिज्य संघकार्यसमिति सदस्य एवम्, मउवा संघको सहकोषाध्यक्ष
म आज यो उद्योग भित्र छिर्दाखेरी आजभन्दा २० बर्ष अघिको कपडा उद्योग र अहिलेको उद्योगबीच धेरै फरक पाएँ । उद्योगका मेसिनरी उपकरणहरु धेरै जीर्ण भइसकेका छन् । अझै पनि हामी मकवानपुरवासीहरुले चाह्यौं भने पुनः संचालन गर्न सक्ने सामथ्र्य छ । यो उद्योगलाई हामी सम्पूर्ण मकवानपुरवासी मिलेर पुनः संचालनमा ल्याउन क्रियाशील बन्नुपर्छ । कुनैपनि पहल गर्न चुक्नुहुँदैन । जसरी पनि उद्योगलाई संचालनमा ल्याउनु जरुरी छ र यसको लागि सबैसंग आग्रह पनि गर्दछु ।

विमल ढकालउत्तरी क्षेत्र मउवा संघ, संस्थापक अध्यक्ष
आज म यो उद्योगभित्र पस्दा र उद्योगको हालत देख्दा मन दुःख्यो । वास्तवमा यत्रो संरचना भइकन पनि यो बन्द भइरहनु भनेको नेपालको गन्जागोल स्थिति र कपडा उद्योगको गन्जागोल स्थिति देख्दा मन रुन्छ । पहिले संचालनमा आउने अवस्था जुन आएको थियो अहिले पनि त्यो विद्यमान छ । र त्यसलाई चाँडोभन्दा चाँडो संचालनमा ल्याउन हामी सबै मकवानपुरवासी मिलेर अगाडि बढ्नुपर्छ ।

बीरबहादुर घलान ‘ज्वाला’ नेकपा–माओवादी
कपडा उद्योग खुल्नुपर्छ । राष्ट्रिय उद्योग सरकारको मातहतमा खुल्नुपर्छ । आम बेरोजगारीलाई रोजगारी दिने भएकाले सबैक्षेत्रबाट यसकार्यमा सहयोगको जरुरी रहेको छ । उद्योग सरकारको मातहतमा नचलाएर निजीक्षेत्र वा प्लटिङ गरेर सञ्चालन गर्न खोजेमा हाम्रो पार्टीलाई अमान्य हुनेछ । दलालहरुका कारण विगतमा यो उद्योग बन्द भएकाले आगमी दिनमा सञ्चालन गर्न सके यो प्रथाको अन्तय गर्नुपर्छ । यो उद्योग मकवानपुरको पहिचान भएकालेपनि हामी यो उद्योग सञ्चालनकालागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नेछौ ।

सुनिलकुमार दाहाल _तरुण दल, अध्यक्ष
म मकवानपुरवासी भएको नाताले देशभरी नै औद्योगिकतन्त्र एकदमै खस्कदै गइरहेको छ । त्यसमाथि पनि आफ्नै हेटौंडाको उद्योग यसरी बन्द हुनुले दुःख लागेको छ ।

उद्योग पुनः संचालनमा ल्याउन हामी सम्पूर्ण मकवानपुरवासी एवम् युवावर्गहरु जागरुक भई सरकारलाई दवाव दिनुपर्छ । यस्तो जीर्ण र धरासायी भइरहेका उद्योगहरुलाई पुनः संचालनमा ल्याउन सक्यौं भने हामी युवाहरुले रोजगारी र आर्थिक स्तर बृद्धि गर्न सक्छौं । यसको लागि हामी सबै युवाहरु र मकवानपुरवासी एकजुट भई सरकारलाई दवाव दिएर उद्योग संचालन गर्न अगाडि बढ्नुपर्छ ।

अचुतमप्रसाद ढकाल _खाद्यान्न व्यवासायी
उद्योग खोल्नुमात्र ठूलो कुरा होइन् । हिजो राज्यको निति गलत भएका कारण उद्योग बन्द भएकाले अब त्यसलाई पुर्नविचार गरेर अगाडी बढ्पर्ने हुन्छ ।

खुला सिमा भएकाले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उत्पादित लुगाको बजार खोज्नु जरुरी रहेको छ । सरकार वा निजि क्षेत्र कसले कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रष्ट नभएसम्म यस विषयको टुंगो लाग्ने देखिदैन । एउटा नितिको खाका तयार पारेर अगाडी बढ्दा सबैको हित हुने देखिन्छ ।

सरिद्धी श्रेष्ठचाइना–नेपाल उवा संघमकवानपुर च्याप्टरको सदस्य
पहिल पहिले हामीले हेटौंडामा पनि कपडा उद्योग खुल्यो भनेर सुन्ने गरेका थियौं । त्यतिबेला भ्रमण गर्ने अवसर पनि पाएको थियो । तर, अहिले हेर्दाखेरी मन कुँडिएर आउँछ । यति ठूलो लगानी भएका हाम्रो हेटौंडामा रहेको उद्योग बन्द हुँदा धेरै मन दुख्छ । यो उद्योग संचालन गर्नको लागि सम्पूर्ण राजनीतिक दल, उद्योगी, व्यवसायी, संघसंस्थाहरुसंग उद्योग खोल्नको लागि विशेष पहल गरिदिनुहुन आग्रह गर्दछु ।

आनन्दराम पराजुलीअध्यक्ष निर्माण व्यवासायी संघ मकवानपुर
कपडा उद्योग मकवानपुरको पर्यावाची हो । निर्माण व्यवासयाीलाई यस उद्योग सञ्चालनले प्रत्यक्ष रुपमा फाइदा नभएपनि अप्रत्यक्ष रुपमा सहयोग पुगिरहेको हुन्छ । हामी निर्माण व्यावसायीले उद्योड सञ्चालनका लागि गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको छ । यो उद्योग सञ्चालनमा ल्याउन सकेको खण्डमा मकवानपुरबासीको आर्थिकवृद्धि दर नै बढेर जान्छ जुन हाम्रो लागि गौबरको विषय हो । त्यसैले सबैले यसको लागि पहलगर्नुपर्ने देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com