विनोद कुमार

फेरी दुलोबाटनै? 'प्रजातन्त्रको उपहास'
[2013-01-05 오후 6:58:00]

एनआरएन एनसीसी यूएसएको धनि परम्परा अर्थात दुलोबाट नयाँ कार्यसमिति निस्कने प्रथाका जन्मदाता हुन् पूर्ब अध्यक्ष सुमन तिम्सिना । उनि एनआरएन यूएसएको नाटकीय निर्बाचन अर्थात दुई बर्ष तीन महिना अघि न्युयोर्कको एउटा अधेंरो दुलोबाट निस्किएर धनी परम्परा स्थापित गर्न सफल भएका थिए बर्तमान कार्य समितिका उही केहि अनुहार लिएर। अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा ''प्रजातन्त्रको उपहास'' गर्ने नेपाली मूलका संघ संस्थाहरुमा एनआरएन युएसए अग्रज हो तर उसका अग्रजहरु अम्बिका अधिकारि, द्रोण रसाली, प्रल्हाद पन्त, मदन तथा मोहन नारायणहरु दोषी होइनन ।

झन्डै पाँच महिना अघि एनआरएन युएसएको निर्बाचनका लागि त्यहि कार्य समितिले गठन गरेको अग्रज प्रल्हाद पन्तको निर्बाचन आयोगलाई बलात्कार गरि अमेरिकाभरि सर्बमान्य नेता ठानिने छेवांग शेर्पा लामाको दलबललाई निर्बाचन समिति बनाइनुको अर्थ एतिखेर खुल्दैछ। मानिसहरुमा लाग्थ्यो - निर्बाचन आयुक्त शेर्पा लामा कम्तिमा ''दुलो प्रथा'' भन्दा प्रजातन्त्र मन पराउछन, स्वतन्त्र निर्बाचनमा बिस्वास गर्छन, प्रेश स्वतन्त्रताको सम्मान गर्छन र मत प्रथाद्वारा कार्य समितिको घोषणा गर्छन, तर यो सब झूट रहेछ ।

आयुक्त लामाले एनआरएन युएसएको वेब साईटमा छापेका थिए र एद्दपी छदैछ-मेम्बर डेटाबेस नोभेम्बर चार अघिनै अपडेट गरिनेछ र वेब साइटमा प्रकाशित गरिनेछ तर सारा मेम्बरहरुको नजर नोभेम्बर चार त् के? डिसेम्बर एकतिससम्म पनि सुसुचित भएन, वेब साइटमा उल्लेखित दुईसय सन्तावन्न सदस्यहरु मध्ये बहुमतले सदस्यता नबिकरण गरेनन अनि कार्यसमितिका बहुमतले स्वेछ्याले पद त्याग गरेपछि आत्तिएर दुलोबाट निस्किएका बर्तमान अध्यक्ष प्रल्हाद केसी आयुक्त लामाको शरणमा गए, दुबैको मिलोमतोमा दुलोबाट कार्यसमिति निकालियो-यो भनाई हो निबर्तमान कार्यसमितिका बहुमत सदस्यहरुको, जसले प्रल्हाद केसीलाई वेब साइटबाट आफ्नो फोटो हटाउन दबाब दिएका थिए र अर्को निर्बाचन अघिनै प्रल्हाद केसीले उनीहरुको फोटो कार्यसमितिबाट झिकेका थिए ।

पद भनेको प्रल्हाद केसीको लागि सबै चिज रहेछ, एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को निर्बाचनमा आफ्ना चार सहकर्मीलाई घुंडा टेक्न लगाई एनआरएनको अध्यक्ष पद पड्काउँन देखि अर्को एनआरएनको दाउ थापेर सुमन तिम्सिनासंग बरिस्ठ उपाध्यक्षको बार्गेनिङ्ग टूल्स प्रयोग गर्न सम्ममा उनि खारि सकेका रहेछन तिगडमबाजीकालागि । आफ्ना प्रतिद्वन्दी छेवांग सेर्पालामालाई समेत गुमराहमा राखी एनआरएन युएसएको अध्यक्ष पुन; पड्काउँन सक्ने खुबी चानचुने चाहिँ पक्कै होइन, हिराचनलाई आइसीसीमा जसरि लामिछानेले छक्याउन सके केसीको तिगडमबाजी त्यो भन्दा कम होइन। एनआरएनए भित्र यस्ता तिगडमबाजहरुको अर्कै किचेन क्याबिनेट छ, प्रल्हाद केसी त्यसका बरिस्ठ उपाध्यक्ष हुन् भने लामिछाने अध्यक्ष भैहाले ।

जनवरी एक दुई हजार तेह्रमा छेवांग शेर्पा लामाले न्युयोर्ककै दुलोबाट निकालेका एनआरएन युएसएका अध्यक्ष प्रल्हाद केसी, बरिस्ठ उपाध्यक्ष सिब कुमार राई, उपाध्यक्ष द्वय राजेन्द्र खतिवडा र बृहस्पति लामा, महा सचिव उपमा लामा, सह सचिव जय प्रसाद मण्डल, कोषाध्यक्ष राजेन्द्र सिवाकोटी, जन सम्पर्क अधिकारि नारायण गुरुङ र प्रेस संयोजक बनिता कतिला हुन् । टेलि कन्फरेन्स जस्तो अबिस्वसनिय माध्यमको सहाराले प्रजातन्त्रको उपहास अनि दुलोबाट चयन भएकाहरुको कार्य समितिमा सदस्यहरुको खोजि भईरहेछ । केसिजस्तै पदका भोकाहरुको लामो सुचि नभए पनि डाक्टर शम्भु ढुंगाना र राजेन्द्र सिबकोटिहरुको दौराको फेद समाउनेहरुको लावालस्कर चलिसकेकै छ ।

यस्तो अधेरो दुलोबाट निकालिएका एनआरएनका पदाधिकारीहरुलाई आईसिसिका क्षेत्रीय संयोजक मुकेस सिंहले सपथ खुवाए भन्दा सारा जगत आश्चर्यमा परेका छन । सन् दुई हजार चौधको आइसिसिको निर्बाचनमा अध्यक्ष पदका उम्मेदवार हुन् सक्ने दाबेदार ठानिएका सिंह तिगडमबाजहरुको सपथ खुवाउने न्यायाधिस बन्दा नकारात्मक संदेश जादैन भन्ने कुरामा उनले पक्कै हेक्का त् राखेका होलान नै ।

दुलोबाट निक्लिने प्रथा दुईलाखको हाराहारीमा रहेका मानिसहरुको हूलमा कत्रो सम्माननीय कार्य हो? र यस्तो कार्यमा सिङ्गै नेपालको प्रतिनिधि दुतको उपस्थिति कति उपयुक्त हो? यो झन् ठुलो आश्चर्यजनक छ । ठाउँ न कुठाउ उपस्थिति अनि बक्तब्य दिने अमेरिकाका लागि नेपाली दुत शंकर शर्माको रबैयाले पनि बेथिति अनि कुसंस्कार, प्रजातन्त्रको उपहासमा मलजल गरिरहेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com