मनोज कुमार डाँगी

हुण्डी कारोबार : गुम्दै राजश्व
[2013-01-03 오후 10:44:00]

बिदेशमा कमाएको पैशालाई आफ्नो देशमा पठाउने गैर कानूनी प्रक्रियालाई हुण्डी भनिन्छ सिधा र्अथमा । बैदेसिक रोजगारको आर्कषक गन्तब्य मानिने दक्षिण कोरियाबाट हुण्डी कारोबारको बारेमा सबैलाई जानकारी भएकै बिषय हो । राष्ट्रका शिक्षित युवाहरुलाई श्रम गर्न कोरिया पठाए पनि रिमिट्यान्स भित्र्याउने सरकारको कुनै योजना नहुँदा हुण्डी कारोबारबाट बार्षिक ३४ करोड २० लाख यूयस डलर तेस्रो देशका कालाबजारीको हातमा पुगिरहेको छ ।

१९९० को दशक बाट दक्षिण कोरियामा शुरु भएको नेपालीहरुको नगन्य उपस्थिति २०१२ को अन्त्य सम्म आईपुग्दा करिब १९,००० हजारको हाराहारीमा पुगेकोछ । यसरी आउनेहरुमा बिद्यार्थीहरु, बिभिन्न क्षेत्रमा लगानी गर्ने ब्यावसायीहरु, कामदारहरु(साना तथा मझौला कारखाना, कृषी, मत्स्यपालन र तालीमको रुपमा) र बैबाहिक भिषामा रहेको पाइन्छ । सन २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली इपियस लागू हुनु अगाडी लुम्बिनी ओभरसिज मार्फत प्रशिक्षार्थी भिषामा कोरिया पठाइन्थ्यो । त्यस बेला पनि कोरिया जानु अघि १०० रुपैयाँमा हिमालय बैंकमा खाता खोलेर पठाउन सकिने ब्यवस्था थियो । हिमालय बैंकले नेपाल पैशा पठाउन कोरियाको कुक्मिन बैंकसँग सम्झौता गरेको थियो तर पनि धेरै नेपालीहरुले हुण्डी र्माफत नै पैशा नेपाल पठाउने गरेका थिए ।

त्यसताका तलब थापेको पहिलो बिदाको दिन सउलको यङ्गदम्फो यकमा हुण्डीको कारोबार गरेका नेपालीहरु पैशाको भाउ मोलमोलाई गरिरहेका भेटिन्थे । यसरि धेरै मोलमोलाई हुँनाले उक्त ठाउँ दलाल चोकको नामबाट प्रख्यात थियो । त्यसबेला बैंकबाट पैश पठाउनका लागि बैंकमा खाता खोल्न भाषाको समस्या र सार्बजनिक बिदाको दिन बैंक पनि बन्द हुँदा बैकबाट पैशा पठाउन निकै कठिन थियो । तर हालका दिनमा भने बिदेशीहरुलाई लक्षित गरेर र्साबजनिक बिदाको दिन कोरियाका कतिपय बैंकहरु खुल्ला हुनुको साथै भाषाको समस्यालाई मध्यनजर गरेर नेपाली र्कमचारी पनि र्कायरत छन् । नेपालको नबिल बैंक, सिद्धार्थ बैंक र कोरियाको केइबि बैंकले नेपाली श्रमिकहरुलाई लक्षित गरेर कानूनीरुपमा इजी खाता र्माफत नेपाल पैसा पठाउन धेरैलाई राहात मिलेको छ । जसले र्गदा दु:ख गरेर कमाएको पैशालाई कानुनी रुपमा नेपाल बठाउन सहज भएको हो ।

हुण्डीको कारोबार गर्दा यसले ब्यक्ति र राष्ट्रलाई के फाईदा पु-याउँछ, के बेफाइदा गर्दछ भनि बिभिन्न सामाजिक संस्थाहरु र नेपाल सरकारका सम्बन्धित निकायहरुले आवश्यक जानकारी गराएको देखिंदैन । देशका शिक्षित यूवालाई नेपाल सरकारले श्रमको नाममा भिख माग्न कोरिया पठाए पनि उनिहरुले कठोर परिश्रमका साथ कमाएको पैशालाई सहज र सरल तरिकाले आफ्नो घर परिवारसम्म पुग्ने ब्यवस्था गरेमा मात्र कोरियाबाट सत प्रतिशत रिमिट्यान्स भित्रिन सक्नेछ । हुण्डीवाला सम्बधित ब्याक्तिको घरमै पुग्ने, बैक रेट भन्दा एक दुई जहार बढि दिने हुँदा प्रत्यक्ष रुपमा ब्याक्तिलाई फाईदा हुने त देखिन्छ ।

तर, हुण्डीमार्फत पठाउँदा काला बजारीहरु मोटाउँछन् तर यसबाट नेपाल सरकारले पाउने करोडौं रुपैयाँको राजस्व गुमेको छ , भन्ने बुझ्न बुझाउन आवश्यक छ । नेपालमा पचास हजार–एक लाखको आयस्रोत देखाउन नसकेर कानूनको कठघरामा उभिने धेरै छन । कोरियामा काम गर्ने यूवायूवतीहरुले मासिक एक डेढ लाख भन्दा बढी कमाई गर्दैनन् । यसरी कमाएको रकमलाई हुण्डी र्माफत नेपाल पठाउँदा भविष्यमा उनिहरुको आयस्रोत काहाँ खोज्ने हो < यसरी दुःख गरेर कमाएको पैशालाई पछिसम्म सुरक्षित गर्न पनि नेपाल पठाउँदा कानूनी प्रक्रिया अपनाउन जरुरी देखिन्छ । नेपालमा लगानीको वातावरण राम्रो छैन भनि कोरियामा ब्यावसाय गर्ने सबैले कानूनी रुपमा पैशा नेपाल पठाए मात्र देशमा रिमिट्यान्स भित्रिन्छ भन्ने मान्यताका साथ नयाँ र्कायको शुरुवात गर्न आवश्यक छ । जसको लागी ब्यापार संघ कोरियाले हुण्डी किन र कस्का लागी भन्ने बिषयमा बहस चलाउनु आवश्यक छ । किनकी ब्यापारी र्माफत नै कोरियामा हुण्डी कारोबार भएका छन भन्ने समाचार सुनिएका छन ।

देशमा बिकासको कायापलट गर्ने एनआरएनले ठूला ठूला योजनाको कल्पना गरेपनि कोरियाका नेपाली कामदारहरुको पैशालाई सहज रुपमा नेपाल पठाउन न कुनै यौजना छन, न त सरकारका सम्बन्धित निकायसँग सौधाबाजी नै । एक दुई हजार नाफा लिनु भन्दा एक डलर भए पनि देशमा भित्र्याउन सकेमात्र नेपालीको जीवनस्तर माथी उठ्न मद्दत मिल्दछ । कोरियामा उच्च शिक्षा हाँसिल गर्ने नेपाली बिद्यार्थीहरुको साझा संस्था सोन्सिकमा पनि हुण्डीको बारेमा बहश चलाउन जरुरी छ । कोरियाबाट प्रति महिन दुई करोड पचासि लाख अर्थात् बार्षिक चौतीस करोड बीस लाख युयस डलर नेपाल पठाउने गरिएको बताइन्छ ।

कोरियामा एक जनाको पार्सपोटबाटा बर्षमा पचास हजार डलरसम्म पठाउन पाउने ब्यावस्थाले गर्दा कामदारको पार्सपोट हुण्डी गर्नेले दुरुपयोग गरेको समाचार पनि प्रसस्त छन् । महिनाको पन्ध्रसय – दुई हजार डलर मात्र कमाउनेले कसरि पचास हजार डलर पठायो भन्ने बरेमा छानबिन भएमा हुण्डी गर्ने र पैसा पठाउने दुबैलाई कानूनी कारबाही हुँने प्रवल सम्भावना देखिन्छ । प्रवाशमा रहेका सबै नेपालीहरुले कानूनी रुपमा पैशा नेपाल पठाउने, भावी पुस्ताका श्रम र पसिना नेपालमै पोख्ने बाताबरण बनाउन सकिएमा नयाँ नेपाल निर्माणमा कोसेढुंगा हुन सक्दछ भन्ने कुरा अर्थविद् र नेपाल सरकारले बुझ्नु जरुरी छ ।
–मनोज कुमार डाँगी ( एन.आर.एन कोरियाका र्कायसमिति सदस्य )



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com