प्रविण हुमागाई

हे युवा १ इतिहासले हामीलाई धिक्कार्ला
[2012-12-25 오후 2:58:00]

कसरी भनौं, देश यतिबेला चरम अस्थिरताको भूमरीमा रुमलिइरहेछ, ढलपल गरिरहेछ । तपाई हामी सबैले भन्ने गरेको नीतिहरुको पनि नीति राजनीति बेकाम भैरहेछ । देशको कुनै निकाय छ, जुन बिधिको शासनमा चलेको ? भएका उद्योग कलकारखानाहरु कयन् बन्द भइसके, कयन् कोमामा पुगिसकेका छन्, जहाँ हजारौं परिवारका सदस्यहरु आश्रित थिए ।

कारण उही आन्दोलन, बन्द, हडताल जुन अब झन रोकिनेवाला पनि छैन । दिनदहाडै मुख्य चोकमै चोरी, डकैती, लुट, कुटपिट, अपहरण, हत्या हुन्छ अनि त्यो धमिलो रात र एकान्त कुनाहरुमा तपाई हामी कोही छौं र सुरक्षित ? कानुनी राज्यको ठाडै उपहास् ।

तर पनि राज्य निरीह छ, सुरक्षा निकाय प्रकृया पु¥याउँदैमा भ्याउँदैन, कानुनी प्रकृया सुरु हुन्छ, त्यो पनि सोझा–साझा र सिधालाई । चोर, फटाहा, शोसक, अत्याचारी र डाँकाहरु त त्यो प्रकृयामा नै पर्दैनन्, अपबाद बाहेक । हामीले सधैं नाक फुलाएर भन्ने गरेको एक वाक्य छ– ‘संसारको सर्बश्रेष्ठ र चेतनशील प्राणी हामी मानब ।’ तर आज हामी मानव चेतनाहीन बनिरहेका छौं । पशुको बिक्री बरु पहिलेको तुलनामा निकै कम भैसक्यो, त्यो स्थान अहिले हामी मानबले नै ओगटेका छौं ।

अनि स्वरुप पनि फेरियो, आज तपाई हामी बुज्रुक युवा नै आफैं पैसा तिरेर आफैं बेचिँदैछौं, स्वेच्छाले । कुनै दलाल आउँछ, हामीलाई फकाउँछ, हाम्रा अभिभाबकलाई केही रकम दिन्छ, अनि झुट्टो आश्वासनमा हामीलाई लगेर बेच्छ । यो त अब उहिलेका कुरा भैसक्यो । आज हजारौं युवा बिदेशी भूमिमा बेचिएका छन् । दिनहुँ खबर सुन्छौं, हामी कत्ति भोकभोकै भएको कति दिन बितिसकेका, कति अत्याचार सहन नसकेर आत्महत्या गरेका, कोही बिना कसुर गोबिन्द मैनाली जस्तै बिदेशी जेलमा छन् । अनि कोही जाँदाको सारस हुँदो शरीरमा रोग र पीडा भरेर रित्तो हात मुलुक फिरेका ।

गाउँगाउँका सारा खेतियोग्य जमिन बाँझो पल्टिसके, बिचरा किसान मिर्मिरेमै काममा जान्छ । साँझ झमक्क हुन्जेल उसलाई फुर्सत र्नै हुँदैन, दुःख गरेर फलाएको उब्जनीको लागत मूल्य बराबर पनि बजार भाउ पाउँदैन । लाला–बाला रुन्छन्, कराउँछन् । बर्षभरिको कमाइले छ महिना टर्दैन । अनि किन गर्नु र त्यो किसानले खेती ? छैन यहाँ उन्नत जातको बीउ–बिजन र आधुनिक खेती प्रणाली । अनि किसानलाई राज्यको प्रोत्साहन ।

सबै गाउँका किसानहरु बिदेश गैसके । कम्युनिस्टहरुको भाषामा बुर्जुवा शिक्षाको थलो, बगेल्ती खुलेका छन् बिद्यालय र कलेजहरु, जहाँ तपाईं हामी त जसोतसो पढ्दै छौं । पढाईमा सारै अब्बल मेरो एउटा साथीले पढाइ छाडिसक्यो । एकहप्ता अघि एउटा बिद्यालयमा शिक्षक आवश्यकताको सूचना आएछ, एकजनाको कोटामा बीसौं जनाको दरखास्त । छनौट प्रकृया भयो, त्यसमा पनि नाताबाद, कृपाबाद, घुसखोरी र राजनीतिक पार्टीको धङधङी । नेपालमा बाँच्न गाह्रो छ, अब उ पनि बिदेश जाने अरे ।

आज–भोलि किन आफैं अचम्मित छु । प्रायः मेरा साथीहरु राजगार नै थिए । कोही आफ्नै होटल, पसल संचालन गरिरहेका थिए । कोही बोर्डिङ स्कुल पढाउँथे । कोही उद्योगतिर काम गरिरहेका थिए । बीचमा भेटघाट केही पातलियो । ३/४ महिनापछि उनीहरुलाई भेट्न जाँदा कोहि पनि भेटिएन । सोधेको सबै बिदेश गैसके अरे । ब्यापार राम्रो चलेन । कसैको काम गरिरहेको उद्योग नै बन्द, कसैको जागिरको तलबले घर खर्च पनि धान्नै मुस्किल भयो अरे।

उफ नेपालको कर्मचारीतन्त्र केहीदिन अघि एउटा काम लिएर नगरपालिकाको कार्यालय गा’को सम्बन्धित कर्मचारीले मेरो कामको बेवास्ता गरे । अनुरोध गर्दा झोक्किए । म फर्किएर मानसचोक आउँदा बिचरा जग्गा कारोबारमा मन्दी छाएकाले यस्तै गफ गर्दै रैछन्, सुनेँ आजकाल सरकारी कार्यालयका प्रायः कर्मचारीहरुको रक्तचाप सन्तुलनमा हुन्न अरे (कि कम, कि बढी) ।

यदि आफ्नो काम समयमै पूरा गर्नुछ भने यसो रक्तचाप सन्तुलनमा ल्याउन ओखती किन्ने खर्च नदिई हुन्न अरे । सुनेँ योजनाका अधिकांश बजेट त उद्देश्य बाहिरको टालटुलमा नै सकिन्छ अरे । बाँकि थोरै प्रतिशतको मात्रै काम । अनि के प्रभाबकारी र टिक्ने हुनु ? कान्तिराजपथमा कालोपत्रे गरेजस्तै त्यहिबेला झट्ट सुनेँ, यहाँ खासै कमाइ भएन, अब ती जग्गाका एजेन्टहरु पनि बिदेश जाने अरे ।

देशको कुनै क्षेत्र पनि आज खुशी र उज्यालो छैन । कमसेकम बत्तीको उज्यालो त होस्, एउटा काम गर्ने ब्यक्ति बिहानीको झिसमिसेमै घरबाट निस्किन्छ, बेलुकी ढिलो घर पुग्छ । घर पुग्दा घर अँध्यारो हुन्छ, खाना खाएर सुत्छ, बिहान उठेर स्वीच अन गर्छ, बत्ती बल्दैन, के भयो भन्दा लोडसेडिङ । साँच्चै नेपाल त बिश्वमा जलस्रोतको दोस्रो धनी देश पो हो क्यारे ¤ ८३ हजार मेगावाट बिद्युत उत्पादन क्षमता छ, तर अझै लोडसेडिङ ।

देशका हरेक परिवर्तनका मोडहरुमा ओड थाप्ने युवाहरु नै हुन्, जहाँनिया राणाशासन, पञ्चायती ब्यबस्था, राजाको प्रत्यक्ष शासनलगाएतकाको अन्त्य, दश बर्षे जनयुद्ध, ०६२/०६३ को जनआन्दोलनलगायत बिभिन्न समयमा भएका विद्यार्थी र अन्य आन्दोलनहरु सबै–सबैमा आम युवाहरु नै अग्रपङ्तिमा थिए । बुझ्नु जरुरी छ, तिनै जुझारु युवाहरुकै कारण परिवर्तन सम्भब भएको हो ।

तर देशमा बहुदल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जुनसुकै तन्त्र आएपनि आम नेपालीको बास्तबिक समस्यामा कुनै फेरबदल आउन सकेन । गरिब नेपाली गरिबको गरिब नै छन् । हिजोका शासक प्रमुख राजनीतिक दल कांगे्रस, एमाले, राप्रपा वा आजका माओबादी, मधेशबादी कसैले पनि नेपाली जनताको बास्तविक घाउमा मलम–पट्टी लाउन नसकेकै हो ।

पछिल्लो समय चोक–चोकमा हल्ला थियो र छ, वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकारबिरुद्घ आन्दोलन गर्छौ भन्ने कांग्रेस, एमालेको आन्दोलन सफल हुन्न । किनकि यिनीहरुका पछाडि लाग्ने र आन्दोलनमा अघि हुने सबै युवाशक्ति बिदेश पुगिसके । अनि भएका नव युवाहरुले बुझेका छन्, यिनीहरुले हामीमा भ्रम छरेर आफू राज गर्न खोजेका मात्र हुन् । अनि कसका कारण सफल हुने आन्दोलन ?

पछिल्लो समय माओबादी, मधेशबादी मख्ख छन् । हाम्रा पछाडि युवाशक्ति छ, प्रचण्ड र बाबुरामकै भाषामा हामी जे पनि गर्न सक्छौं । तर त्यो पनि अब धेरै समय नटिक्ने निश्चित छ । माओबादीले १० बर्षे जनयुद्घ सुरु गर्दा आम नेपालीमा बाँडेका सारा सपना, सपनामै सिमित भए । पदम कुँबरकै भाषामा आम जनता, कार्यकर्तामा भ्रम छरेर तिनैको रगत, पसिनामा आल खेल्दै टाउकोमा टेकेर सत्तामा चढेकाहरु आफूलाई सर्बहाराका अगुवा भन्नेहरु आज आपूmले जनतामा बाँडेका सपना बिर्संदै ब्यक्तिगत मोजमस्ती, कमाउ, बनाउ र जामाउ धन्दामा लिप्त छन् ।

उल्टो क्यान्टोनमेन्टका युवा त लुटे, जनता÷कार्यकर्ताको कुनै वास्ता छैन, जनयुद्घमा परिवारका सदस्य गुमाएका हजारौं परिवार, घाइते, अपाड्ड, घरबारबिहीनहरु आज धिक्कार्दै छन्, तिनै नेतृत्वलाई । बचेका केही सग्ला युवा आर्थिक अभाबको चरम पीडामा बिदेशिन थालिसके । नव युवाहरुले चिनिसके, बुझिसके को–कस्ता हुन् राजनीतिक दल भनेर । घण्टौं पिच्छे भाषण सुनिन्छ, आश्वासनका । दुई घण्टा अघि भनेको एउटा कुरा दुई घण्टा पछि सुन्दा अर्कै भैसक्छ । अब तपाईं नै भन्नुस यस्तो छेपारेपाराको बिश्वास कसरी गर्ने, किन गर्ने ?

साँच्चै हेर्दा यी कानले सुनेका र दुई आँखाले बाहिरबाट हेर्दा देखेको नेपाल आज यस्तै छ । सायद यही देखाइले गर्दा नै हुनसक्छ, नेपाल आमा आज मुर्छित छिन् । कुन आमाको मनले मान्ला र ? आफ्नो घर अनि परिवारको यस्तो बिजोगपूर्ण हालत देख्दा । हे युवा,के अब यस्तो परिस्थितिमा समेत हामी मूकदर्शक मात्रै बन्ने त ? के हामी हाम्रो मुलुक अनि नेपाल आमाको कोख विश्वकालागि मजदुर उत्पादन गर्ने कारखानाको रुपमा मात्रै सोच्ने र ? यदि हाम्रो दायित्व छ भने हामी केही गर्न सक्दैनौं र ?

कुनै राजनीतिक पार्टीको आह्वानमा ज्यान आहुति दिन तयार हामी युवा के साँचो रुपमा नयाँ नेपाल निर्माणको लागि केही नगर्ने त ? हामीले हाम्रो कर्तब्यलाई चटक्क बिर्सन हुन्न । हाम्रा पुर्खाले कति मिहेनतमा सिर्जेको मुलुक पूर्ब मेची, पश्चिम महाकाली, हिमालदेखि तराई सम्मका आम जनता आजसम्म पनि गर्वकासाथ भन्न सक्दछौं, हामी वीर नेपाली । के अब त्यो बिरता कायरतामा सिमित रहनदिने र, परिणत गरिदिने र ?

जब सुन्दर नेपाल छ, तब न हामी वीर नेपाली छौं । साँच्चैको नयाँ नेपाल त्यो बेला सम्भब छ, जुनबेला देशका हरेक जनता मैले राष्ट्रबाट के पाएँ भन्दा पनि के योगदान गर्न सकेँ भनेर बुझेका हुनेछन् । अधिकारको चर्को नारा घन्काउँदा कर्तब्यलाई भुल्ने छैनन् । आज जता हेरौं, अधिकारकै लागि आन्दोलन छ । हामी आम युवाहरु पनि बास्तबिक आफ्नो लागि हैन, राजनीतिक पार्टीको एजेन्डा पूरा गर्न आन्दोलनमा होमिइरह्यौं ।

फरक–फरक राजनीतिक पार्टीद्वारा प्रयोग भैरह्यौं । एकचोटी सोच्नुहोस्, त कहिल्यै हामीले ती राजनीतिक पार्टीका बिगतका घटनाक्रमलाई फर्केर हे¥यौं, बिश्लेषण ग-यौं ? जसले हामीलाई कत्ति आश्वासन दिएका थिए के पूरा भए त ? के अझै हामी उनीहरुकै लहलहैमा दौडिरहने त ? फेरि राजनीतिक पार्टीको बिकल्प पनि त छैन ।

हामी आम युवाले सोच्नु जरुरी छ, हामी बिबेकशील युवा सँधै राजनीतिक पार्टीका एजेन्डामा मात्रै दौडिरहने हैन, हामी आम युवाका एजेन्डालाई पार्टीहरुले अगाडि बढाउनु पर्दछ । यसैका लागि हामी आम युवाहरुले दलगत स्वार्थलाई त्यागि एकजुट भएर खबरदारी गर्नु जरुरी छ ।

अझै हामी देशको यस्तो परिस्थिति र बिषयलाई युवामाझ छलफल गर्न लागेनौं, एक जुट भएनौं, र सारा स्वार्थलाई पछाडि राख्दै आम युवाको एउटै एजेन्डा र आवाज अगाडि सार्दै खबरदारी गर्न लागेनौं भने यो सुन्दर नेपाल नयाँ नेपाल हैन, वर्तमान परिस्थिति हेर्दा अस्तित्व नै नरहन पनि सक्दछ । त्योबेला आम नेपालीको वर्तमानमा केही बाँकि अबसर, अधिकार र स्वतन्त्रताको अबशेष पनि गुम्ने छ ।

भोलि हैन आज, अहिल्यै नै यो बिषय र सवाललाई छलफलमा अगाडि बढाऔं । यदि आम युवा निरिह रहे भने हे युवा ¤ हामीलाई इतिहासले धिक्कार्नेछ ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com