सुपेन्द्र कार्की

धेरै खाएर धेरै मृत्यु
[2012-12-25 오후 2:56:00]

नेपाललगायत विश्वका धेरै देशको प्रमुख स्वास्थ्य समस्याको रुपमा कुपोषणलाई लिइन्छ । कुपोषण एउटा यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो शारीरिक आवश्यकता अनुसार शक्ति दिने खाना, शरीरको बृद्धि विकास गर्ने खाना तथा शरीर रक्षा गर्ने खानाको अभाव हुन्छ । अथवा अत्यधिक पौष्टिक तत्वको कारणबाट मोटोपना विकास भई विभिन्न संक्रमण तथा रोगको जोखिममा पु-याउँदछ ।

भर्खरै गरिएको एक अध्ययनअनुसार संसारमा भोकमरीले भन्दा बढी खाएरै मानिसको मृत्यु धेरै गुणा बढी हुनेगरेको छ । विश्वभरी नै गरिएको अहिलेसम्मको सबभन्दा बृहत यस स्वास्थ्य सर्वेक्षणले अल्पपोषणले भन्दा अत्यधिक पोषणले मानिसको मृत्यु ज्यादा हुने गरेको देखाएको छ । हालको तथ्याड्ढलाई आजभन्दा २० बर्षअगाडिको तथ्याड्ढसंग तुलना गर्ने हो भने तीन गुणा बढी मानिसको मृत्यु धेरै खाएर नै भएको छ । अर्थात् सन् २०१० मा विश्वमा मोटोपनाको कारण विभिन्न स्वास्थ्य समस्या भई ३० लाख भन्दा बढीको मृत्यु भएको देखिन्छ । जुन संख्या अल्पपोषण र भोकमरीबाट मर्ने संख्याको ३ गुणाले बढी हो ।

क्विन्सल्याण्ड युनिभर्सिटीका प्रोफेसर एलन लोपेजका अनुसार २० बर्षयता बालबालिकाहरुमा कुपोषण घट्दै गएको तर मोटोपनाका कारण देखिने रोग तथा स्वास्थ्य समस्याहरु तीव्र गतिमा बढेको पाइएको छ । मोटोपना धनि देशको मात्र नभएर विकासशील देशहरुमा समेत ठूलो समस्या बन्दै गइरहेको छ । प्रविधिको प्रयोग र सामाजिक विकास संगसंगै जीवनशैलीमा आएको परिवर्तन यसको मुख्य आधार हो ।

५ बर्ष मुनिका बालबालिकाहरुलाई न्युन पोषणको अवस्था विकासोन्मुख देशहरुमा केहीमात्रामा देखिएता पनि जटिल अवस्था भने न्युन हुँदै गएको पाइन्छ । साथै न्युन पोषणको समस्या र न्युन पोषणजन्य रोगहरुमा कमी आएको देखिएको छ । नेपालमा पनि बालबालिकाहरुमा न्युन पोषणको अवस्थालाई सघाउन विभिन्न दातृ संस्थाहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी बालभिटा खुवाउने कार्यक्रमको साथै अन्य पोषणसम्बन्धी गतिविधिहरु गर्दै आएको पाइन्छ ।

नेपाल सरकारले पोषण अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई बिस्कुट, चाउचाउजस्ता तयारी खाजा लान नपाइने निर्णय गरिएको छ । विभिन्न तयारी खाजाहरु तथा जंक फुड जसमा पौष्टिक तत्वको अभाव हुन्छ । स्वाद र आकर्षणको लागि विभिन्न अखाद्य रंग र रासायनिक पदार्थहरुको प्रयोग भएको हुन्छ । यस्ता खाद्यवस्तुले शारीरिक विकृतिहरु देखा पर्दछन् ।

खाना हामीले हाम्रो शरीरको मर्मत सम्भारको लागि वा बृद्धिविकासको लागि खाएका हुन्छौं । त्यस्तै शरीरको रक्षा गर्न र शरीरको दैनिक कार्य संचालन गर्न आवश्यक पर्ने तापशक्ति उत्पादन गर्नको लागि यसको आवश्यकता हुन्छ । तर, विश्वमा मानव जीवनशैलीमा आएको परिवर्तनले शारीरिक आवश्यकताभन्दा स्वाद र मनोरन्जनका लागि खाना खाने प्रचलन बढ्दो छ । शारीरिक आवश्यकता भन्दा बढी खाना खाने बानी नै परिसकेको छ । जसले गर्दा विश्वमा अहिले मानिस धेरै खाएर नै धेरै मर्ने गर्दछन् ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com