NK Reporter

संसारको उत्कृष्ट तेस्रो पर्यटकीय गन्तव्यमा मुस्ताङ
[2012-12-25 오전 10:23:00]

मुस्ताङ विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा परेको छ । नेपालको सिमानाभित्र परे पनि “लिटिल तिबेट अथवा द लास्ट फरविडन किङडोम” भनेर उपल्लो मुस्ताङलाई विश्वका १० उत्कृट गन्तव्यमध्ये तेस्रो नम्बरमा राखिएको हो ।

लोन्ली प्लानेट नामक प्रख्यात संस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य “लिटिल तिबेट अथवा द लास्ट फरविडन किङडम” हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तव्यका रूपमा व्याख्या गरेको छ ।

नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, संस्कृति, मौसम, भूवनोट तिब्बत जस्तै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तव्यमा फ्रान्सको कोरसिक, इजराएलको द नेग्याम, नेपालको मुस्ताङ क्रमश: पहिलो, दोस्रो र तेस्रोमा रहेका छन् ।

लोन्ली प्लानेट संसारमा सबैभन्दा बढी बिक्रि हुने ट्राभल बुक हो । विदेशीका लागि पूर्णरूपले निषेधित भएता पनि सन् १९९२ बाट उपल्लो मुस्ताङ केही हजार विदेशीका लागि प्रतिव्यक्ति ७०० डलर १० दिनभित्र पदयात्रा गर्ने गरी निश्चित पर्यटकमात्र आउन दिने गरिएको थियो ।

सरकारको नीति अनुसार पछिल्ला वर्षमा १० दिनका लागि प्रतिव्यक्ति ५०० डलर लिएर धेरै पर्यटकलाई अनुमति दिएर भ्रमण गर्न दिन थालिएको छ ।

लोन्ली प्लानेटले आफ्नो वेबसाइटमार्फत यसलाई महंगो पदयात्रा अनुमतिपत्रसमेत भएकाले नेपाल सरकारले सहज बनाउादै लैजाने अपेक्षा राखेको छ । संस्थाको वेबसाइटमा भनिएको छ, मोटरबाटोले जोडिएपछि यो दुर्गम भेगमा पदयात्राका दृष्टिकोणले व्यापक परिर्वतन आउने छ ।

मुस्ताङ विकासका चार आधार कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधार” भन्ने नारा साकार पार्न गुरुयोजना तयार गर्ने जमर्को गरिरहेका बेला यस्तो खुसीको खबरले हामीलाई काम गर्नसमेत उत्साहित बनाएको मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनुभयो ।

तिबेतियन सभ्यता हराउादै जान थालेकाले यो सभ्यता हेर्ने अन्तिम अवसरसमेत भएकाले सक्दो छिटो यहााको भ्रमण गर्न भनिएको छ । लोन्ली प्लानेटले सन् २००५ मा विश्वकै उत्कृष्ट १० पदमार्गमध्ये अन्नपूर्ण फेरोलाई समेत राखेको थियो ।

केही वर्षयता अन्नपूर्ण फेरोका धेरै भू–भागमा मोटरपुगेपछि १० उत्कृष्ट पदमार्गबाट हटाएको थियो । यसैगरी उपल्लो मुस्ताङको लोमन्थाङलाई गत वर्ष वर्ड सिटी नाम दिएर विश्व सम्पदा सूचीमा राखिएको छ ।

नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्रयाउन सरकारले आफ्नो सुरक्षा व्यवस्था चुस्त राखी उपल्लो मुस्ताङ आउने पर्यटकको अनुमतिपत्रलाई पहिलेको भन्दा शुल्कमा केही कमी गर्नुपर्ने छोण्हुपका कर्मसम्टुक गुरुङ बताउनुहुन्छ ।

गुरुङले विश्वका उत्कृष्ट १० गन्तव्यमा मुस्ताङ पर्नु गर्वको कुरा भएको बताउनु भयो । सरकारले उपल्लो मुस्ताङ आउने पर्यटकबाट लिइएको धेरै जसो शुल्क यहाको वैकल्पिक मार्ग एवम् पर्यटन प्रर्बद्धनमा खर्च गर्नुपर्ने गुरुङले बताउनु भयो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com