SHUVA NARAYAN YADHAV

चम्किदै “डोली”
[2012-12-22 오후 9:10:00]

पाँच वर्षको कलिलो उमेरदेखि कला क्षेत्रमा होमिएकी सप्तरी राजविराज ८ निवासी डोली सरकार अहिले २१ औं वसन्त पार गरी सक्दा चर्चाको शिखरमा पुगेकी छिन् ।

कलिलो उमेर देखि नै नृत्य र संगीतमार्फत रंगमञ्चमा उदाएकी डोली अहिले रंगमंच र टेलिभिजनको श्रृखंला हुँदै ठूलो पर्दामा आएर सशक्त अभिनय गर्न थालेपछि विशेष चर्चामा आउन थालेकी हुन् । डोलीको अभिनय क्षमता र प्रतिभाको सम्मान गर्दै हालै दोहाकतार स्थित युनीभर्सल पिस फेडरेशनले उनलाई ‘युवा शक्ति दुत’ को उपाधिबाट सम्मान गरेको छ । गीत, संगीत, नृत्य र अभिनय कला मार्फत पु¥याएको योगदानको कदर गर्दै उनलाई सो उपाधिबाट सम्मान गरिएको हो । यतिमात्र होइन, नेशलन सोसलिष्ट आर्टिष्ट एसोशिएशनले पनि उनको अभिनय कलाको उच्च मूल्यांकन गर्दै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

अर्काेतिर कतारस्थित प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली सम्पर्क मंचले पनि उनको अभिनय क्षमताको कदर गर्दै ‘सदभावना दुत’ नै घोषित गरेका छन् । कतारबाट फर्केर घर आइ पुगेकी डोली भने यति मात्रले सन्तुष्ट छैनन् । उनी भन्छिन्, ‘यो त शुरुवात हो, हेर्दाै जानुस, कलाको माध्यमबाट म देशको नाम अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउने छु ।’

पाँच वर्षको उमेरमा उनी पहिलो पटक रंगमंचमा उकलेकी थिइन् । कलासिक र हिपहप डान्समा समेत खप्पिस र सयौं पल्ट रंगमञ्च र टेलिभिजन श्रृखंलामा अभिनय प्रस्तुत गर्दै ठूलो पर्दामा मैथिली फिल्मबाट फिल्मी जीवनमा प्रवेश गरेकी डोली यस पटक भने पहिलो पटक नेपालमै बन्न लागेको ‘दी रियल हिरो एसपी खरेल’ भोजपुरी फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छिन् । उत्सहित यस कारणले पनि छिन् उनी की यस फिल्ममा उनी मुख्य नायिकाको रुपमा अभिनय गरेकी छिन् ।

यो फिल्म अगामी माघ महिनामा देशै भरी रिलिज हुने तयारीमा छ । विरगंजका तत्कालिन प्रहरी उपरीक्षक रमेश खरेलले अपराध नियन्त्रणका लागि देखाएको कार्य कौशल र इमान्दारितालाई यस फिल्ममा बडो गम्भीर र रोचक ढंगले प्रस्तुत गरिएको छ । डोली भने यस फिल्ममा खरेलको प्रेमिकाको भूमिकामा देखा पर्ने छिन् । प्रहरी उपरीक्षक खरेलको भूमिकामा भने विरगंजका चर्चित कलाकार परदेशी साह देखा पर्ने छन् । एसपी खरेलकै हाउभाउ र शैली पच्छयाउँदै नायक साहले गरेको अभिनय पनि सशक्त रहेको र उनको अभिनय क्षमताबाट आफू निकै प्रभावित भएको डोली बताउँछिन् । प्रहरी वर्दीमा ठयाक्कै भारतीय सिनेकर्मी अजय देवगन जस्तो देखिने नायक साह यस अघि पनि आधा दर्जन मैथिली र भोजपुरी फिल्ममा अभिनयको जादु देखाइसकेका छन् ।

‘द रियल हिरो एसपी खरेल’ सत्य र समसमायिक घटनामा आधारित एक्सन फिल्म भएको जानकारी दिँदै डोलीले भनिन, ‘यस फिल्ममा आफू सहित सम्पूर्ण सहकर्मीले दिलोज्यानले मिहिनेत गरेकाले फिल्म सुपर डुपर हिट हुनेछ ।’

रमण बस्नेतद्वारा निर्देशित फिल्ममा शिवजी विश्वकर्मा, खेरुद्धिन, कलिमका साथै भारतकी चर्चित सिनेकर्मी काजलको आइटम डान्सले पनि दशर्कलाई भरपुर मनोरञ्जन दिने डोलीको भनाई छ । फिल्ममा नवीन सिंहको कोरियोग्राफी तथा सुजोययंगको क्यामराले पनि ‘सुनमा सुगन्ध’ थप्ने काम गरेको उनी बताउँछिन् ।

उनले फिल्म प्रदर्शनपछि चलचित्र भवनहरुमा दर्शक ओइरिने दावी पनि गरे । फिल्म रिलिज हुने तरखरमा छ डोलीले भनिन्, ‘प्रोमो हेर्दा नै यसले रेकर्ड व्यवसाय गर्ने प्रतिकृया आउन थालेको छ । ‘उनले दर्शकलाई ३ घण्टा सम्म कुर्सीमा टाँसी रहन र मनोञ्जन दिन ‘द रियल हिरो एसपी खरेल’ पूर्ण रुपमा सक्षम र सफल हुने दावी गर्दै फिल्म हेरेपछि सो दावी प्रमाणित हुने बताइन् ।

डोली अभिनित यो फिल्म नेपालमा मात्र होइन, भारतीय तथा नेपालीहरुको अत्याधिक बसोवास रहेको कतार, दुवई, हङकङ र साउदी अरेवीयामा पनि प्रदर्शन गरिने तयारी भएको जानकारी उनले दिइन् ।

तराई टेलिभिजनबाट प्रसारण हुने चर्चित टेली ऋृखंला ‘सिंगही मुग्री’ मा ५२ एपीसोड पुरा गरेर ‘द रियल हिरो एसपी खरेल’ फिल्मको सुटिंग सकाएर विश्राम गर्न नपाउँदै उनी अहिले ‘चाँदी के मुर्गी सोनाके अण्डा’ नामक मैथिली चलचित्रका साथै नेपाली गजल संग्रहको एल्वम तयारीमा व्यस्त भएकी छिन् ।

उनले यस अघि पहिलो मैथली फिल्म ‘अपन समाज’ तथा नेपाली फिल्म ‘कर्म भाग्य’ मा समेत अभिनय गरिसकेकी छिन् । अभिनय सम्बन्धी कुनै तालिम प्राप्त न गरेपनि आफ्नो अनुभव र क्षमताले यहाँसम्म आइपुगेकी डोली अभिनय क्षमता अझ निर्खान चाहन्छिन् । यसका लागि सरकारले सघाए विदेशमा गएर अभिनय कोर्स पुरा गर्ने उनको अभिलाषा छ ।

‘मलाई यहाँसम्म पु¥याउने स्व. पिता एमसी सरकार, आमा कल्पना सरकार र दाजु पार्थाे सरकारका साथै मिडियाको महत्वपूर्ण योगदान छ, डोलीले भनिन, ‘उहाँहरुो सहयोग विना यहाँसम्मको यात्रा कठिन थियो ।’

डोलीकी आमा कल्पना सरकार समेत हिन्दी, बंगाली तथा मैथली चलचित्र गरी आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । आमा कल्पना भन्छिन्, ‘छोरीले यसरी नाम कमाउली भन्ने लागेकै थिएन् । तरसबैको सहयोगमा यहाँसम्म छोरी आइ पुगेकामा धेरै खुशी छु ।’

गरिब परिवारमा जन्मिएकी डोली अहिले स्नातकको पढाई गर्दैछिन् । उनी अभिनय क्षेत्रमा मात्र होइन । सामाजिक क्षेत्रमा पनि उत्तीकै सकृय छिन् । हाल उनी राजविराज स्थित ‘मेरो नेपाल’ नामक गैर सरकारी संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा समेत आफ्नो योगदान पु-याई रहेकी छिन् ।

नागरिक संजाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादव डोलीलाई ‘बहुप्रतिभाकी धनी को संज्ञा’ दिँदै उनी सप्तरीको मात्र नभई देशकै गौरव भएको बताउँछन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com