लोकनारायण सुवेदी

सुरक्षित अवतरणको आजको सही बाटो के हुन सक्छ ?
[2012-12-17 오전 1:43:00]

आज प्रमुख दलहरुको गम्भीर असफलताले देश निकासबिहीन भएर अन्योल र अनिश्चितताको भुावरीमा नराम्रोसाग फासेको छ । संबिधान सभाबाट संबिधान दिनुभन्दा पनि यसलाई अबसान गराएर देशलाई संकटको जटील र गम्भीर स्थितिमा धकेलेका दलहरुको यो कुरा राम्रोसाग बुझेका राष्ट्रपति डा. रामबरण यादवले पुन: तेश्रो पटक सहमतिको सरकार बनाउन र संबिधान सभाको पाच दिनका लागि म्याद थप गरिदिएका छन् । यस अघिको पछिल्लो ६ दिनको समयमा दलहरुले एक दिन पनि औपचारिक बार्ता गर्नसम्म सकेका थिएनन् । तर फेरि उनीहरुले थप समयको माग गरेपछि राष्ट्रपतिले पाच दिनको थप समय दिएर यसलाई निर्णायक बनाउन निर्देशन दिएका हुन् । तर शर्म पचाएका नेताहरुले फेरि पनि सहमति गरेर जनता र राष्ट्रको हितमा अगाडि बढ्लान भन्ने कुनै बिश्वासलाग्दो र भरपर्दो आधार भने बिकसित भएको छैन । दलहरुले यसपाली जसरी पनि सहमति गरी छाड्ने भन्ने कुरा भने दोहोर्‍याउन छाडेका छैनन् ।

यस अघि एउटा बिद्यालयको समारोहमा अघाखाचीमा बोल्दा राष्ट्रपतिले उनका बारेमा नचाहिदा र हलुका टिका टिप्पणी गर्नुभन्दा देशलाई निकास दिने सही सहमति गन दलहरुलाइ चेतावनी दिएका दिएका थिए् । उनले राणा शासन र पञ्चायती शासनको कटु अनुभव बटुलेका राष्ट्रपतिलाइ सकृय हुन खोज्यो भन्ने आरोप लगाउनुको साटो मुलुकको संकट कसरी निवारण गर्ने त्यतातिर लाग्न जोड दिएका हुन् । बितेको चार बर्षमा दलहरुले संविधान सभावाट संविधान दिनुको सट्टा संविधान सभालाई नै अबसान गराए गम्भीर गल्ती गरेको उल्लेख गर्दै राष्ट्रपतिले त्यो गल्तीबाट शिक्षा लिन पनि उनीहरुलाई औंल्याएका थिए । राष्ट्रपतिले निकास चाहेको हो शक्ति हत्याउन होइन भन्ने कुरा पनि उनले प्रष्ट पारेका थिए ।

वास्तवमा सत्ताधारी दलहरुले जसरी बिना निकास कुर्सीमा सकेसम्म टासिएर बस्ने नियत देखाइरहेका छन् त्यसले गर्दा मुलुक अनिर्णयको बन्दी बनिरहेको छ । समस्या समाधान नगर्ने र यसरी नाटकीय पाराले कुर्सीमात्रै ओगटिरहने जुन गलत परम्पराको शिकार देश र देशबासीलाई बनाइएको छ त्यसले गर्दा जनतामा आक्रोश र अप्रसन्नता तीब्रतर हुदै चुलिदै गएको छ । त्यसको बिस्फोटन कहिले कसरी हुने हो कसैले अनुमान गर्न सक्तैन । किनभने ‘अति भएपछि खति हुन्छ’ भन्ने त हाम्रो मान्यता नै छ । स्थिति बिस्फोटक भइसकेपछि जनताले सही गलत कुनै बिकल्पको छानबिन गर्नतिर लागिरहादैन । त्यस्तो अनिष्टकारी अबस्था आउनुभन्दा पहिला नै राजनीतिक नेतृत्वले बुद्धि पुर्‍याएन भने निश्चितरुपमा देशमा अनपेक्षित दुर्घटना निम्तिनेछ । यो जुनसुकै मुलुकको आरोह अबरोहको इतिहासले पनि सत्य सावित गरेको कटु यथार्थ हो ।

वास्तवमा मूख्य दलहरुले जतिसुकै आदर्शका कुरा गरे पनि उनीहरुले सत्तामा बसेपछिको आफ्नो राजनीतिको प्रभाव नेपाली समाजमा के कसरी पर्न सक्दछ भन्ने कुरा राम्ररी बुझेका छन् । जनता र देशको परिवर्तनको आकांक्षा र अपेक्षाप्रति हिजो परिवर्तनका संबाहक समेत बनेको प्रमुख दलहरु आज पनि इमानदार र समर्पित रहेको भए पनि उनीहरु कुर्सीमा रहनु नरहनुले खाशै प्रभाव पार्ने थिएन ।

तर जसरी संविधान सभालाई पंगु बनाइयो र त्यसबाट कुनै उपलब्धी नलिई त्यसको अबसान गराइयो त्यसबाट संविधान सभामा हिजो पुगेका दलहरु आफै तर्सेका छन्। उनीहरुसाग जनतामा के मुद्दा लिएर जाने भन्ने कुराको चिन्ता छ । त्यसैले चुनावको कुरा गरेर उनीहरु एक वा अर्को बाहानामा समय गुजार्न उद्यत छन् । यस्तो स्थितिमा समेत निर्वाचनमा जानै पर्‍यो भने कुर्सीमा रहेरै चुनाव गराउादा मात्र आफ्नो पक्षमा आशातित प्रतिफल ल्याउन सकिन्छ भन्ने कुरा उनीहरुले मनमा राखेका छन् । उनीहरुले बिगतका चुनावहरु के कसरी सफल/असफल भएको मानिएको छ त्यसलाई पनि राम्ररी देखेका र अनुभव गरेका छन् ।

अर्कोतिर राजनीतिक परिवर्तनपछि देश र जनताको हितमा केही गर्न नसकेको, उनीहरुको अबस्था सुध्रिनको साटो झनपछिझन बिग्रदै र अत्यन्त असैह्य बन्दै गएको वास्तविकता पनि उनीहरुले राम्ररी बुझेका छन् । भयावह भ्रष्टाचार, कमिशनखोरी, नाताबाद, कृपाबाद र माहगीले जनता नराम्रोसाग चिडिएका छन् । यस्तो स्थितिमा मूल राष्ट्रिय मुद्दामा नै असफल भइसकेका दलहरुले जनता समक्ष गएर माफी माग्ने बाहेक अरु कुनै माग्ने कुरा बाकी छैनन् । त्यसले गर्दा पनि कुर्सी उनीहरुका लागि अपरिहार्य र जीवन मरणको सवाल जस्तै बनेको छ । एक पटक कुर्सी छोडेपछि यस्तो स्थितिमा पुन: कुर्सीमा आउन धेरै गाह्रो छ भन्ने उनीहरुले झल्झली सम्झिरहेका छन् । उनीहरुले समस्या समाधान गर्ने र जनता तथा देशलाई सही बाटोमा अभिमुख गराउने सही राजनीतिक दिशामा डोर्‍याउलान् भन्ने कुनै भरोसा र बिश्वास जनतामा छैन र अब पनि ती दलहरुले जनता र देशलाई त्यस्तो बिश्वास दिलाउन सक्ने स्थिति छैन ।

यस्तो स्थितिमा राष्ट्रपतिले कहिलेसम्म यी असफल दलहरुलाई म्याद थपिरहने हो भन्ने प्रश्न पनि अहिले सर्बत्र गम्भीररुपमा उठेको छ । त्यसै कुरालाई ध्यानमा राखेर हुनसक्छ, राष्ट्रपतिले पछिल्लो पटक राष्ट्रिय सहमतिको सरकार बनाउन दिइएको पााच दिने म्यादलाई अन्तिम र निर्णायक बनाउन समेत प्रमुख दलहरु बिशेष जोड दिएका छन् । यसबीच सत्ताधारी प्रतिपक्षी नेताहरुको स्वर पनि केही बद्लिएको जस्तै प्रतीत भइरहेको छ र उनीहरु मंसीर भित्रै सहमति हुन्छ पनि भनिरहेका छन् । तर अझे एकले अर्कोप्रति बिश्वास गर्ने स्थिति पनि बनाउन सकिरहेका छैनन् । यस्तो अबस्थामा उनीहरुले चोचोमोचो मिलाएर कुनै सहमति गरिहाले भने पनि त्यसले राष्ट्रिय सहमतिको प्रतिनिधित्व कसरी गर्ला आज ठूलो सन्देह छ ।

त्यसैले यतिबेला सबै कुराको आशा र भरोसा राष्ट्रपतिमा केन्द्रित हुन पुगेको छ । राष्ट्रपतिलाई आफ्नो सामथ्र्य र सीमा पनि राम्ररी थाहा छ । तर राष्ट्रपतिले भने जस्तै बिगतको अनुभवका आधारमा मुलुकलाई सही निकास र दिशा दिने हो भने संविधानको संरक्षक र परिपालकको हैसियतले आवश्यकताको सिद्धान्तको आधारमा जन आन्दोनलकारी सम्पूर्ण दलहरुको सहमति र बिश्वास लिएर ठोस र सकारात्मक कदम चाल्नु पर्ने राष्ट्रिय आवश्यकता बन्दै गएको छ । नेपाललाई असफल राष्ट्रको अबस्थामा धकेलेर यसबाट फाइदा उठाउन उद्यत अधोगामी प्रतिकृयावाद शक्ति र त्यसलाई आडभरोसा दिने बाह्य शक्तिहरुका जे जस्ता गतिबिधिहरु चल्दै आएकाछन् त्यसलाई पनि सामान्य मान्न सकिने स्थिति बिल्कुलै छैन ।

तसर्थ दलहरुले शर्मलाग्दो आफ्नो असफलतालाई ढाकछोप गर्न सक्ने र मुलुकलाई डोर्‍याउन सक्ने क्षमता गुमाएको बेला संविधानलाई सही ट्रयाकमा ल्याउन र राष्ट्रपतिलाई सहयोग गरेर निकासको खोजी गर्न अब बिलम्ब गर्नु नहुने यथार्थ देशका सम्मुख उपस्थित छ । दलहरुले आज आत्म समीक्षा र मनन गरेर अघि बढ्न खोज्ने हो भने यही मात्र एउटा सहज र सुरक्षित अवतरणको पाच्य बाटो छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com