नरेन्द्रराज प्रसाई

पहलमानसिंह स्वार
[2012-12-10 오전 6:46:00]

पहलमासिंह स्वारको जन्म १९३५ साल मडसिर ७ गते अछामको रिडीकोटमा भएको थियो । उनी कप्तान लक्ष्मीसिंह स्वार र माइली कजिनी डिकुरादेवी स्वारका सातौं छोरा थिए । त्यसबेला उनका बुबा लक्ष्मीसिंह त्यसै जिल्लाका बडाहाकिम थिए ।

स्वारको प्रारम्भिक शिक्षा आफ्नै गाउामा भएको थियो । अनि उनी १५ वर्षकै उमेरमा जागीर खाने मनसायमा बाधिएका थिए । परिणाम स्वरुप १६ वर्षको उमेरमा उनी नया मुलुक अर्थात् बााके, बर्दिया, कैलाली र कञ्चनपुरको बनजड्गल हेर्ने लप्टन भएका थिए । त्यसै फेरोमा उनका बुबाले ठेक्कापट्टाको काममा केही ढिला गरेको बेहोराले त्यस परिवारमाथि बज्रपात भएको थियो । कुरा के भने छापा मारेर राणाका सेनाले उनका घरमा २२ वटा बन्दुक फेला पारेका थिए । त्यसै बिगोमा यिनका सबै दाजुभाइलाई समातियो । तर स्वारले चाहिं भाग्ने मौका पाए र उनी भागेर भारततिर लागे । लप्टन भएको दुई वर्षपछि उनले देश छोड्नु परेको थियो ।

स्वारको घर राणा सरकारबाट पटकपटक घेराबन्दी भैरह्यो । जम्मा जम्मी ७ पटकसम्म नै उनको घरमा राणाले सााचो ठोकेका थिए । त्यति बेलै उनको घर सर्वस्व हरणमा पनि परेको थियो ।

भारतमा स्वारले धेरै कष्ट खेपे । तर सिघााई पुगेपछि त्यहााकी रानीले यिनलाइै खुबै राम्रो गरिन् । किनभने ती रानी पनि अछामे थिइन् । तर यिनलाई रानीकै दरबारमा घ्याक पसारेर बसिरहन मन लागेन । अनि दुक्ख कष्ट खेप्तै यी कामको खोजीमा अन्यत्रै हान्निएका थिए ।

त्यसैबीच स्वारले भोकतीर्खै बम्वैदेखि बनारससम्मको परिक्रमा गरिसकेका थिए । अनि उनी
बडौदासम्म पनि पुगे । त्यहा चाहिं यिनले हस्तकला तथा सिलाई बुनाईको काम पनि पाए । त्यहाा त्यही सीप सिकेर उनी बसे । त्यही ठाउमा उनले हस्तकला तथा सिलाई बुनाई विषयक प्रमाणपत्र पनि पाएका थिए । भारत बसेकै बेला सिघाई रानीको पहलमा डोटीकी सिंह बमकी छोरी मनोरममा कुमारीसाग यिनको बैबाहिक सम्बन्ध कायम भएको पनिथियो।

स्वारले भारतमै बसेका बेला विभिन्न भाषा सिके । उनले नेपाली र संस्कृत लेख्न चाहिं नेपाल मै जानेका थिए । त्यहाा पुगेर उनले उर्दू, फारसी, गुजराती, मराठी, ब्रज आदि भाषाको ज्ञान आर्जन गरेका थिए । त्यसै कालखण्डमा उनले केही साहित्यिक रचना पनि गरे ।
१९६५ सालको कुरा हो, त्यतिबेला श्री ३ चन्द्रशमशेर बेलायत जानेक्रममा नेपालबाट बम्बै पुगेका थिए । त्यसबेला ३० वर्षीय स्वारले आफ्नो सीपका अनेक प्रसङ्ग गाभेर राणालाई आफूप्रति अन्याय भएको बिन्ती बिसाएका थिए । अनि त्यसैबेला उनले राणाबाट नेपाल फर्कने हुकुम पाए । निर्वासित भएको १३ वर्षपछि उनी नेपाल आएका थिए ।

श्री ३ बेलायतबाट नेपाल फर्के लगत्तै स्वारले जागीर पाए । त्यसबेला यिनलाई बार्षिक ५०० रुपिया तलब दिएर जेलको हाकिम अर्थात् नायब डिट्ठा बनाइएको थियो । उनी जेलको हाकिम भएपछि उनले केन्द्रीय कारागारको पुन: निर्माण गरे र कारगारलाई पूर्ण व्यवस्थित गर्न थाले । साथै त्यसैबेला उनले जेलका कैदीहरुबारे बृहत् अध्ययन गरे । सरकारले दिने सिधाका अतिरिक्त उनीहरुको थप आयआर्जनबारे उनले सोच्न पनि थाले । परिणमस्वरुप उनले बडौदामा सिकेको इलम नै जेलमा पनि प्रवेश गराएका थिए ।

चन्द्रशमशेरका कार्यकालमा जेलभित्रै कैदीहरुलाई इलम सिकाउनु भनेको त्यति सजिलो थिएन । राणाले रैतीहरुलाई जति दुक्ख दियो त्यति टिक्न सक्छौं भन्ने बेलामा स्वारले जनताको जीवनस्तर उकास्ने क्रान्तिकारी अभियान नै चलाएका थिए । उनकै बलबुतामा जेलका कैदीले काम सिक्न थाले र आय आर्जन गर्न पनि थाले । अनि जेलबाहिर रहादा पनि उनीहरुले त्यही इलम गर्न थाल्ने भए । जेलमा पहिलो कारखाना उनैले निर्माण गरेका थिए । यिनले ९ वर्षसम्म जेलरको जागिर खाए । त्यसैबेला उनले हरण भएको आफ्नो घरजग्गा पनि उकासेका थिए ।

त्यसैबखत एउटा कैदीले सवारका विरोधमा राणा समक्ष उजुर गरे । त्यो उजूरले उनी जेलका हाकिमबाट जड्गी अदालतका हाकिममा सरुवा भए । अदालत पुगेपछि त्यहााका एकजना कैदी भागेका थिए । ती कैदीलाई उनले भगाएको बात लाग्यो । अनि उनको जागीर नै हरण भयो र उनी जेलखाना पनि परे । त्यतिबेला उनलाई जेलर भएर रकम हिनामिना गरेको थप आरोप पनि लागेको थियो ।

स्वार दुई पल्ट जेल परेका थिए । अर्को पल्ट जेल पर्नुको कारण चाहिं उनी कसैको जवानी बसे बापतको थियो । ऋणीले पैसा नतिरी भागेपछि जवानी बस्नेलाई थुन्नु भन्ने आदेशले उनी थुनिएका थिए । त्यो सुइाको भेटेर उनी भागेका थिए र भागेर नैनीताल पुगे । केही वर्षसम्म त्यतै बसेर कतिञ्जेल भाग्ने भनेर फेरी उनी नेपाल पसे र खोरमा थुनिए । दुई पल्टको जेल बसाइामा यिनले धेरे लेखरचनाहरुको निर्माण पनि गरे ।

स्वार सास्कृतिक महत्वका काममा विशेष रुचि राख्थे । त्यसैले उनले चाहे गाउबाट होस् र चाहे जेलबाट होस् एतिहासिक महत्वका जति कागजात फेला पार्थे बाबुराम आचार्यलाई दिने गर्थे । किनभने आचार्य उनका प्रिय साथी थिए ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि स्वारको महत्वपूर्ण भूमिका पाइन्छ । खास गरेर उनले नाटक विधालाई हरियाली पारे । त्यसैले उनले मौलिक नाटक लेख्ने प्रथम नाटककारका रुपमा आफ्नो नाउा अड्कित गरे । उनले ४ वटा कविता कृति लेखे, ६ वटा नाटक कृति लेखे । उनको चर्चित कृतिको नाउ ‘अटलबहादुर’ नाटक हो । ‘अटलबहादुर’ पहिलो मौलिक वियोगान्त नाटक पनि हो । यो नाटक उनले प्रवासमा नै लेखेका थिए । कविता, निबन्ध, नाटक, उपन्यास र अनुवाद गरेर उनले जम्मा २६ वटा कृति लेखे । उनका अरु अनेक पाण्डुलिपी पनि हुन सक्ने अन्वेषकहरुको राय छ । उनको कार्यको प्रसंशा गरेर इतिहास शिरोमणि बाबुराम आचार्यले यिनलाई त्यसैबेला उच्चस्तरीय र धैर्यशाली स्रष्टा भनेर लिखित घोषणा पनि गरेका थिए ।

कैलालीमा आफैले बस्ती बसाएको ठाउ पहलमानपुरमा बसेका बेला स्वारलाई औलाको ज्वरोले समात्यो । मृत्युको ७ दिन अघि उनले स्थानीय गरीबदास थारुलाई भनेका थिए ‘मलाई आापको बोट मुनी लगेर सुताउनु र दाह संस्कारका लागि भानिजका छोरा पहलध्वज बमलाई बोलाउनु ।’ अनि उनी १९९१ साल जेठ ७ गते ५६ बर्षमा स्वर्गीय भए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com