मनोज कुमार डाँगी

कोरियामा डिप्रेशन र आत्महत्याको समस्या
[2012-11-29 오전 12:31:00]

“जीवनको नयाँ शुरुवातीमा आफ्ना जवानीका साथीहरु सँगको बिछोड, घर परिवारबाट टाढीनु, पैशा कमाउने महत्वकांक्षा असिमित हुानु, अल्कोहलको नसाले सिमा नाघ्नु, यौन सन्तुष्टिका आकांक्षाले धैर्‍यता टुटाउनु, उच्च शिक्षाको बाबजुद प्रबाशी भूमिमा कडा परिश्रमको पिडाले बिरक्त हुँनु नै डिप्रेशन र आत्महत्याका प्रमुख कारण हुँन सक्छन्”

धेरै नेपालीहरुको सपना बोकेको देश दक्षिण कोरियाको पर्खाइमा बेरोजगार यूवाहरु लालाहित देखिन्छ । नेपालको जागिर मायाँ मारेर आउने धेरै छन कोरियामा । साना तथा मझौला कारखानाका कठिन काममा नेपाली यूवाहरुको बाक्लो उपस्थित छ भने कृषि र फिसिङ्ग को क्षेत्रमा पनि मानसिक तथा श्रम शोषणको समस्या भोग्ने पनि प्रशस्त भेटिन्छन् । नेपालमा रोजगारको अवस्था नहुँदा केहि नगन्य यूवाहरु आफूले कठिन परिश्रम गर्नुपरे पनि संतुष्ट भेटिन्छन कोरियाको काम र ब्यावहार प्रति । उच्च शिक्षा हाँसिल गर्ने र ब्यापार ब्यावसाय गर्नेको संख्या पनि प्रशस्त छ । कोरियन नागरिक सँग बिवाह गरेर खुसि र सुखि जीवनको सपनालाई संगालेका तर निकै कष्टपूर्ण जीवन शैलिमा पश्चाताप गर्ने नेपाली चेलीहरुको पिढाले समाधानको बाटा खोजिरहेको छ ।

नेपालमा शारीरिक, मानसिक रुपमा पूर्ण स्वस्थ्य यूवाहरु किन आत्माहत्या सम्मको कठोर निर्णयमा पुगे ? यसको बास्तविक कारण पत्तागलाई भविश्यमा यस्ता घटनाहरु दोहोरिन नदिने तर्फ यहाँका सामजीक संस्था र बिषेशत नेपाल सरकारका संबन्धित निकायको ध्यान केन्द्रित आवश्क देखिन्छ । समस्या परेका नेपालीहरुको कम्पनी, हस्पिटल, लेवर अफिस, इमिग्रेसन र कानूनी कार्यालय सम्म भाषा अनुबाद गर्दा देखेका समस्यालाई आफ्नै समस्या ठानेर समिक्षात्मक बिश्लेसण र समाधानको उपायहरुको बारेमा नेपाल सरकारको ध्यानाकृष्ट गर्दै कोरियाको सपनामा लालायित यूवाहरुले ध्यान दिनु पर्ने बिषेश आधारहरु उल्लेख गर्न गइरहेको छु ।

कोरियनहरुले बिदेसी कामदारहरुको शरीर भन्दा काम धेरै प्यारो ठान्दछन् । “जती जानो त्यति गाह्रो धेरै जान्दा झन गाह्रो” छ कोरियको काम । नेपालीहरुको राम्रै छाप छ कामगर्ने ठाउँमा । उनिहरुले काम गरेका ठाउँमा, “फस्ट इम्प्रेशन इज द लाष्ट इम्प्रेशन” को सिद्धान्तले काम गर्दा धेरै नेपालीहरु शारीरिक असक्त भएर बसेका छन् । किनकी शुरुको दिनमा जति काम गरियो त्यति नै काम गर्न बाध्य बनाइने हुँदा आफ्नो स्वास्थ्यको ख्यालगरेर मात्र काम शुरु गर्नु पर्दछ । त्यसो भन्दैमा अल्छि र ठग प्रबृत्तिले पनि टिम वोर्कमा समस्या आउन सक्छ । कोरियन मालिकहरु, उनीहरुले भनिसक्दादायाँ-बायाँ नसोची काममा दौडिनेलाई बढी रुचाउने तर आफ्नोसोंच अनुरुप नभए झनक्क रिसाउने सन्कि खालका हुन्छन ।कम्पनीमा छिरेको पहिलो दिनमै अरु सरह काम गरोस भन्ने चाहना उनिहरुको हुन्छ, त्यसैले आाफूले गर्ने कामको बारेमा अरु कामगरिरहेका साथिहरुसँग सोधेर साबधानीपूर्वक गर्नुपर्दछ ।

बिदेशी कामदारसँग कोरियन भाषाको ज्ञान कति छ,सम्बन्धित काम पहिला गरेको छ छैन, शारीरिक क्षमता आदिको मूल्याङ्कन बेगर एकोहोरो ‘गर’ मात्र भन्नाले शुरुका दिनमा मानसिक असर पर्ने हुँदा नेपाल ई पि यस शाखाले गराउने भोकेसनल् प्रशिक्षणामा नै यस्ता बिषयहरु समेटनु आवश्यक छ । काम गर्दा सुमसुम्याउने र उसकै काममा ढाड सड्किंदा भने घृणाको दृष्टि बोकेका कोरियन धेरै छन । नेपालबाट आएका अधिकांश युवाहरु उच्च शिक्षा हासिल गरेका हुँदा कामको सिलसिलामा आपसि तालमेल भन्दा पनि ब्यावहारिक मतभेद प्रशस्त हुँने गर्दछ । जटिल र पूर्णरुपमा खतरा भएका ठाउँमा साबधानिका उपायहरु प्रयोग नहुँदा केही नेपालीले ज्यान गुमाएका घटनाहरु पनि छन कोरियामा ।

बिदेशी यूवाहरुमा भाषिक, शारीरिक, मानसिक समस्याहरुको समाधानको लागी आधारभूत शिक्षाको कमि देखिन्छ । काम कति गाह्रो हुन्छ भनि पूर्व जानकारी बेगार नै कसले कति थाप्यो भन्ने तिर धेरैको ध्यान केन्द्रित हुँदा समस्या झन थपिने गरेको छ । खानपान र बसाई देखि कृषी र फिसिङ्ग क्षेत्रमा अलि बढी समस्या देखिन्छ । यसरी जीवनको नयाँशुरुवातीमा आफ्ना जवानीका साथीहरु सँगको बिछोड, घर परिवारबाट टाढीनु, पैशा कमाउने महत्वकांक्षा असिमित हुँनु,अल्कोहलको नसाले सिमा नाघ्नु, यौन सन्तुष्टिका आकांक्षाले धैर्‍यता टुटाउनु, उच्च शिक्षाको बाबजुद प्रबाशी भूमिमा कडा परिश्रमको पिडाले बिरक्त हुँनु नै डिप्रेशन र आत्महत्याका प्रमुख कारण हुँन सक्छन् । त्यसैले ‘पैसा केवल एउटा साधन मात्र हो सबै भन्दा ठूलो धन भनेको हाम्रो स्वस्थ्य हो’ भन्ने चेतनाको बिकाश गर्न बिशेष पहलको जरुरी देखिन्छ ।

केहि बिद्यार्थी र ठूलै लगानी गरेका ब्यापारीलाई कोरियन इमिग्रेसनले फर्काएका घटनाले आउँदा दिनमा यहाँको नियम कानुनको बारे थप जानकारी लीनुका सथै किन हामी अपहेलित छौ भन्ने तिर पनि सबको ध्यान केन्द्रीत हुनुपर्ने देखिन्छ । आफ्ना समस्याहरुको बारेमा नेपाली दूताबासले केहि गरेन भन्ने गुनासाहरु पनि धेरै छन् । बिबाह गरेर आउने चेलीहरु पनि समस्याले जटिल रुप लिनु पूर्व नै सम्वन्धित निकायसँगपरामर्श गरेर अगाडी बढेको खासै पाइँदैन । कसले कति कमायो भन्दा मैले कति बचाएँ ? नेपाल छोड्दा जुन शारीरिक स्वस्थता थियो, त्यहिरुपमा नेपाल फर्किनेले मात्र परिवार र देशको लागी अरु धेरै कमाउ सक्छन भन्ने बुझ्नु जरुरी छ । त्यसैले सकारात्मक सोंच पनि समाधानको पहिलो उपाय हुन सक्दछ । एक्यबद्धता मासिक मङ्सिर अंकबाट साभार
– मनोज कुमार डाँगी (एन.आर.एन कोरियाका कार्यसमितिसदस्य)





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com