MUKTI NATH BHUSAL

धार्मिक महत्व वोकेको डम्मरु दह
[2012-11-27 오전 12:35:00]

अर्घाखँची जिल्ला प्राकृतिक रुपमा सौन्द्रर्यको खानी हो नै, साथसाथै ऐतिहासीक र धाम्रिक रुपमा समेत प्रसिद्ध स्थल पनि । आन्तरीक र वाह्रय दुवै खाले पर्यटकीय संभावना वोकेको यस जिललामा रहेको धार्मिक र ऐतिहासीक सम्पतिको विकास र प्रचारप्रसार जति हुनु पर्ने हो,त्यति हुन नसकेको आभाष हुन्छ । जिल्लाको गोरुसिंगे सन्धिर्खक सडक खण्डवाट ६८.२ किलोमिटर सडक यात्राको लगभग आधा वाटोमा ठाडा दह अवस्थीत छ । जसलाई डम्मरु दहको नामले समेत चिनीन्छ ।

यो दह झट्ट हेर्दा उत्ति गहिरो नदेखिए पनि (स्थानीयहरुको भनाईमा )पुर्व पट्टी धेरै नै गहिरो रहेको कारण मानिसहरु हत्तपत्त जान सक्दैनन् । दहको लम्वाई ५०० हातको हाराहारीमा रहेको छ । समुन्द्र सतहवाट ३०५ मिटर देखी २५१५ मिटर सम्मको उचाईमा रहेको डम्मरु दह अर्घाखँची जिल्लाको नै एउटा संभावना वोकेको जिल्लाको अमूल्य सम्पति हो । दहको उत्पति सम्वन्धमा रोचक प्रसंग समेत रहेको छ । शुरुवातमा यस स्थानमा घनघोर जगंलका साथै पहाड रहेको र त्रेता युगमा लंका नरेस रावणले पहाड भत्काएपछि सोहि स्थानमा मुल फुटेको र जमिनमा गहिरो दहको उत्पत्ती भएको कुरा किम्बदन्तीमा उल्लेख गरीएको छ ।

त्यसै समयमा वराहको उत्पति भई कमलका विरुवाहरु उम्रन सुरु गरेको जनबिस्वास स्थानीयबासीमा रहेको छ । त्यसै समयमा राम लक्ष्मण र सीता जनकपुर वाट आई यहि दहमा स्नान गरेका थिए र सीताले सेतो कमलको फुल टिपेर वराहको पुजा गरेकी थिईन भन्ने भनाई छ । अर्को रोचक प्रसड्ड रातको समयमा ५ वटा सुनका कमलहरु देखिने र त्यो फूल जोसुकैले नदेख्ने कुरा पुराण र किम्वदन्तीमा रहेको उमेरले ९२ वर्ष पुग्नु भएका स्थानिय दामोदर गौतम वताउनुहुन्छ । विश्वामित्र ऋषिको पालामा कोटि होम र लक्ष्य होम सम्पन्न भएको हुदाँ वैशाख पुर्णिमाको दिन अह्लिय पनि यस स्थानमा भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

पानी नपरि खडेरि परेको समयमा यसै स्थानमा पुजा गर्नाले वर्षा हुन्छ भन्ने विश्वास स्थानीयमा छ । उहिल्य ललित जगं कडेलले ठाडा गाविसमा राज्य गरेको समय दह वरिपरि आँप र वैशका विरुवाहरु लगाएका थिए । पछिललो समय यस दहमा माछा समेत पालिएको थियो । सो क्रममा धाम्रिक शक्तिका कारण एउटा माछा १८ किलो सम्म भएको समझना स्थानीयले भुलेका छैनन् । दहमा रहेको कमलका विरुवाहरु माछा पालनका क्रममा नस्ट हुदैं गएका कारण दहको सौन्द्रर्यता नै गुम्ने डरले त्यो काम अह्ल्यि वन्द गरिएको छ । १२ महिना पानी रहने यस डम्मरु दहको प्रचारप्रसारको लागि जिललावासीहरुको प्रयास त छदैछ साथ अव सवैको चाहिएको छ । डम्मरु दह आफ्नो सौन्दर्यता तपाईलाई देखाउन पर्खेर वसेको छ । के एकचोटि पुग्नै की ?अनि संगै रहेको बराह मन्दिरको दर्शन गरी मनको ईच्छा पनि पुरा गर्ने की ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com