नरेन्द्रराज प्रसाई

प्रजातन्त्रका सच्चा सेनानी जोशी
[2012-11-25 오후 8:42:00]

सुरेशमान जोशी सादा जीवनमा बाँचेका राजनीतिज्ञ थिए । उनको सरल जीवनशैलीलाई कुनै पनि हुरीबतासले कहिले पछारेन । उनको सौम्य रहनसहनमा पनि कहिले परिवर्तन आएन । अनि उनको सिद्धान्तमा पनि कहिले धमिरा लागेन । उनी जति बाँचे प्रजातन्त्रका लागि सङ्घर्ष गरेर नै बाँचे ।

नेपालमा २०४६ साले प्रजातन्त्र त आयो तर जोशीजस्ता राजनीतिक संस्कार बोकेका, जेलनेल र हतकडीको जीवन भोगेका र त्याग, तपस्या र निष्ठामा बाँचेका प्रजातन्त्रका सच्चा सेनानीहरु सर्लक्कै तैरन थाले । दशकैभरी राज्यशक्तिमा पुगेर पनि नेपाली काड्ग्रेसले आफ्ना कार्यकर्ताको किल्किले मात्रै समाई रह्यो । देश, प्रजातन्त्र र पार्टीका लागि समर्पित कार्यकर्तालाई सडक छाप बनाउनतिरै नेपाली काड्ग्रेस लागि पर्यो । वास्तवमा सरकारको बागडोर समाएपछि नेपाली काङ्ग्रेस अन्धो भयो, बहिरो भयो र लाटो भयो । अपार जनविश्वास प्राप्त पार्टी अन्ततः जनताद्वारा भूइँफुट्टा झैं भयो । आज माओवादीले काङग्रेसको पानीपित्त निकाली रहेको पनि त्यसैको सग्लो परिणाम हो ।

फलको आशा विनै जोशी सधैं प्रजातान्त्रिक गन्तव्यमा हिंडिरहे । उनले कहिले पद मागेनन्, व्यक्तिगत सम्पत्तिका लागि सत्तासिनसँग कहिले पौंठेजोरी खेलेनन् र व्यक्तिगत स्वार्थका लागि कहिले राजनीतिक स्वार्थ साधेनन् । उनले परिवारको सुक्ख सुविधाका लागि पार्टीलाई मागीखाने भाँडो पनि बनाएनन् । उनले आफैलाई र आफ्नो परिवारलाई देश र पार्टीका अघि सँधै गौण नै राखे। उनले मुलुकको चौतर्फी विकास र जनकल्याणका लागि मात्रै आफ्नो सम्पूर्ण जीवन तिलाञ्जली दिए । वास्तवमा उनी नेपालमा प्रजातान्त्रिक शासनकै वर्चस्व चाहन्थे । उनका लागि जनशासन भनेको आफ्नो शरीरको नसामा बग्ने रगत झैं मानिन्थ्यो । त्यसैले उनी नेपालमा बहुदलीय प्रणाली कायम राख्न भोकभोकै पनि मन, वचन र कर्मले एकोहोरो लगिरहे । अनि सुवर्णशमशेर यिनका प्रिय, आदर्श र श्रद्धेय नेता थिए ।

जोशी सादा खान्थे, सादा बोल्थे र सादा लगाउँथे । उनको शरीरले पोलिष्टर र टेरिकटनका कपडा कहिले भिरेन । उनी सँधै खादी र खाँडीका लुगा मात्रै लगाउँथे । जोशीको जन्म १९८६ साल असार ५ गते धनुषाको सबैलामा भएको थियो । यी समितमान जोशी र भुवनलक्ष्मीका जेठा छोरा थिए । समितमान भक्तपुबाट जनकपुर बसाइँ सरेका थिए ।

जोशीले आफ्ना काका गणेशमानको आडमा भारतको जयनगर र दरभड्गाबाट स्कूले शिक्षा लिए । यिनले कलकत्ता विश्वविद्यालयमा एम्कमसम्म पढे । त्यसैताका यिनलाई राणा सरकारको आग्रहमा कोलकाताकै जेलखानामा राखिएको थियो ।

जोशीले नेपाली काड्ग्रेसको स्थापनाकालमा नै सदस्यता लिएका थिए । त्यसैबेलादेखि यी जहानीया राणा शासनको विरोधमा सल्केका थिए । वास्तवमा उनी जनमन बुझ्ने नेता थिए।

युवाकालमा जोशी गाँउले किचलोको एउटा हत्याकाण्डमा मुछिएका थिए । त्यस काण्डमा यिनको कुनै कसुर थिएन । तर पनि २०११ सालमा यी जेलखाना परे । यी जेलमै रहेका बेला यिनका आमा र बुबा स्वर्गीय भए । नेपाली काड्ग्रेसले चुनाव जितेर सरकार बनाएपछि २०१६ सालमा यी जेल मुक्त भए ।

२०१७ साल पुस १ गते लागु भएपछि जोशी भारत पसे । त्यहींबाट उनी पञ्चायती व्यवस्थाको विरोधमा दन्कन थाले । ९ वर्षम्म भारतमै बसेर उनी नेपाल फर्के । नेपाल आएर उनी पञ्चायती व्यवस्थाकै विरोधमा सुरुड खन्ने काममा लागे । त्यसैले यी फेरि पक्राउ परे । त्यसबेला यी दुई वर्षसम्म जनकपुरको जलेश्वर र काठमाडौंको नक्खु जेलमा बसेका थिए ।
२०३६ सालको जनमत सड्ग्रहताकाको कुरा हो, नेपाली काड्ग्रेसको साँगुरो सीमामा अटाउन नसक्ने नेताहरूद्वारा बखानसिंह गुरुडको नेतृत्वमा ३८ समूह स्थापना भएको थियो ।

बहुदलीय प्रचारमा यो समूह सशक्त नै थियो । तर पञ्चायतले जितेपछि ३८ जनामध्ये कोही मन्त्री पनि भए । तर त्यसपछि पनि बहुदल नै चाहिंन्छ भनेर सडकदेखि जुलुससम्म जोशी चाहिं उभिईरहे । अनि यी वीपी कोइरालाको नेतृत्वमा संलग्न भए । तर कोइरालाको सेरोफेरोले पनि यिनको बेवास्ता गर्यो । त्यसपछि आफ्नै बुतामा उभिएर उनले प्रजातान्त्रिक क्रान्तिको ज्वाला बोकी नै रहे ।

२०४० साल साउन १७ गते सुरेशमान जोशी, गजेन्द्रनारायण सिंह, शड्कर घिमिरे कुनै मुद्धा मिलाउने सिललिामा पर्ूवाञ्चल गइरहेका थिए । त्यसैबेला राति उनीहरु चढेको मोटर महेन्द्र राजमार्गको बीच सडकमा खनेको एउटा खाल्डोमा पर्यो । त्यसै दर्ुघटनामा शड्कर घिमिरे र ड्राइभर कुमार गिरीको घटनास्थलमै निधन भयो । अन्य यात्रुका साथै जोशी चिन्तनीय अवस्थामा घाइते भए । त्यस दर्ुघटनामा उनको टाउको चिरैचिरा भएको थियो । भोलिपल्ट उनलाई काठमाडौं ल्याइयो र वीर अस्पतालमा राखियो । अनि केही दिनमै उनलाई भारत नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचारार्थ पुर्याइयो । नेपाली काङ्ग्रेसका नेता शशीशमशेरले सम्पूर्ण खर्च लगाएर झन्नै छ महिना त्यहीं अस्पतालमा जोशीको उपचार गराएका थिए । अनि जोशी नयाँ जीवन बोकेर फेरि राजनीतिमा लम्केका थिए ।

नेपाल प्रजातन्त्र सेनानी सड्घको गठनमा जोशीको पनि गुरुत्तर भूमिका जोडिएको थियो । त्यही संस्थामा समर्पित भइरहेका बेला आफूलाई क्यान्सर भएको यिनले थाहा पाए । त्यसपछि यी दिनानुदिन गल्दै गए । क्यान्सर जस्तो महंगो रोग उपचार्रार्थ पर्याप्त पैसा नहुँदा उनी झोक्रायाएर घरैमा बसे । प्रजातन्त्रकै लागि समर्पित नेतालाई प्रजातन्त्रको कुनै सरकारले पनि खोजी गरेन, सहयोग गरेन र मर्यादा नै पनि गरेन । त्यस बखतसम्ममा उनलाई चिन्ने, बुझ्ने र जान्ने सुवर्णशमशेरदेखि शशीशमशेरसम्मको निधन पनि भैसकेको थियो । वास्तवमा उनीहरूको रिक्तताले यिनको जीवनमा धेरै ठूलो धक्का परेको थियो ।

जोशीको विहे १८ वर्षो उमेरमा भक्तपुरकी १६ वर्षीय लक्ष्मी हाडासँग भएको थियो । ती दम्पत्तिबाट दुई जना छोरा र पाँच वटी छोरी जन्मे । राजनीतिमै समर्पित जोशी परिवारको अपेक्षा अनुरुपका दह्रो संरक्षक बन्न पनि सकेका थिएनन् । अनि उनले बाँचुन्जेल पारिवारिक सुख पनि पाएनन् । एकातिर राष्ट्र निर्माणका लागि उनी चिन्तित थिए भने अर्कातिर घरपरिवारको तनावमै उनले आफ्नो कपाल फुलाई रहनु पर्यो ।

अन्ततः सन्तुष्ट जीवन बाँच्ने जोशीको चाहना अपूर्ण नै रह्यो । आफ्नो सम्पूर्ण जीवन राजनीतिक सङ्घर्षमा होमेका व्यक्तिको नश्वर चोलाको काठमाडौंमा अन्त्य भयो । उनले यस धरामा जम्मा पचहत्तर वर्षमात्र भुक्तान गरेका थिए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com