SHAMVU SHAINI

भारतद्धारा नक्कली कपिलवस्तु निर्माण, प्राचिन कपिलवस्तु भने ओझेलमा
[2012-11-25 오전 8:56:00]

भारत सरकारले नक्कली कपिलवस्तु निर्माण गरेको छ । नेपाल भारत सिमाना अन्र्तगत उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित पिपरहवा भन्ने स्थानमा नक्कली कपिलवस्तु निर्माण गरेको हो ।

भगवान गौतमबुद्धका बाबु राजा शुद्धोधनको दरबार नेपालमा नभई भारतमा भएको दाबी गर्दै उक्त दरबार निर्माण गरेको हो । कलिबस्तुको भन्सार नाका चाकरचौडाको ३ किमि दक्षिणमा सो दरबार निमार्ण गरिएको छ । प्राचिन कला तथा संस्कृतिको नक्कल गरि भारतीय पुरातत्वविदहरुको सहयोगमा उनीहरुले नेपालको जस्तै प्राचिन कपिलवस्तु निर्माण गरेका छन्।

अलिगढवा र पिपराहवामा बनाइएका नक्कली कपिलवस्तु अझै निर्माण विस्तार भइरहेको छ । त्यहा रहेका ठूला ठूलो बोर्डहरुमा राजा शुद्धोधनको दरबार र भगवान गौतमबुद्धले २९ वर्ष विताएको स्थल भनेर लेखिएको छ । सुर्तीचुना, इट्टाको धुलो र चाक्लो इट्टाबाट अझै दरबार निर्माण कार्य भइरहेको छ। केहि वर्ष यता देखि भारतले यस क्षेत्रलाई कपिलवस्तु नामाकरण गरि व्यापक भौतिक पूर्वाधारको विकास समेत गरिरहेको छ ।

भारत सरकारले त्यहा अन्र्तराष्ट्रिय विमानस्थल समेत निर्माण कार्य सुरु गरेको छ । हरेक निकाय तथा भारतीय सञ्चारमाध्यम तथा अन्तराष्ट्रिय सञ्चार माध्यममा त्यो नै प्राचिन कपिलवस्तु भएको व्यापक रुपमा भ्रामक प्रचार प्रसार भइरहेको छ । भगवान गौतमबुद्धको अष्ठधातु राखिएको उक्त स्थललाई उनीहरुले प्राचिन कपिलवस्तु भनेर प्रचारबाजी गरेपछि नेपालमा रहेको प्राचिन कपिलवस्तु ओझेलमा परेको छ ।

सन् १९६२ मा भारतीय पुरातत्वविद श्रीमती देवला मित्राले नेपालको प्राचिन कपिलवस्तु उत्खनन गर्दा प्रयाप्त प्रमाण नभेटिएको हुदा यो प्राचिन कपिलवस्तु नभएको भन्दै भारतको पिपरहवामा रहेको भिक्षु बस्ने स्थानलाई प्राचिन कपिलवस्तु भएको दाबी गरेपछि भारतले पनि यसलाई प्राचिन कपिलवस्तु नै भएको दाबी गर्न थालेको हो । तर भारतले दाबी गरेको कपिलवस्तुमा न त बुद्ध ग्रन्थ दिव्यवादनका अनुसारको नदी पहाड र हिमाल देखिन्छ न त पाचौ तथा सातौ शताव्दीका चिनीया विश्व यात्रीले भनेका कुराहरु नै देखिन्छन् । एउटा भ्रामक प्रचारबाजीको भरमा भारतले पर्यटकहरुलाई झुक्याएर आफ्नो कपिलवस्तु सक्कली भएको दाबी गरिरहेको छ ।

प्राचिन कपिलवस्तु (तिलौराकोट दरबार)लाई जातक निदान कथा, ललित विस्तार, वौद्ध ग्रन्थ, ऐतिहासिक अभिलेख, मगध सम्राट अशोकद्धारा निर्मित स्तम्भ, चिनिया विश्वयात्री फ्याहन र ह्वेनसाङ को यात्रा विवरण लगायतले नेपालको तिलौराकोट नै प्राचिन कपिलवस्तु भएको पुष्टी भएको पुरातत्वविदहरु बताउछन् । भारतको पीपराहवामा न त संम्राट अशोकले स्थापना गरेका अशोक स्तम्भ नै भेटिएका छन् न त्यहाँ कुनै नदी नै छ तर पनि भारतीय सरकार कपिलबस्तु आफ्नै देशमा भएको सिद्ध गर्न लागि परे पनि नेपाल सरकार भने केवल मुकदर्शक बनेर बसेको छ ।

करिब ३ हजार बर्ष पहिले निर्माण गरिएको यस दरबारलाई पाचौ शताव्दीका चिनिया विश्वयात्री फ्याहन र सातौ शताव्दीका ह्वेनसाङ को यात्रा विवरण अनुसार भागीरथी नदीको किनारमा अवस्थित र ठूलो पर्खालले घेरिएको यस दरबारलाई नै प्राचिन कपिलवस्तु भएको उल्लेख यात्रावृतान्तमा गरेको पाइन्छ । जापानका विश्व प्रसिद्ध पुरातत्वविद प्राध्यापक जुराइयो नाकामुरा र पूर्ण चन्द्र मुर्खजी समेतले नेपालमा रहेको तिलौराकोट दरबार नै प्राचिन कपिलवस्तु भएको पुष्टि गरेको बताउछन इतिहासकारहरु ।

भारतले नक्कली कपिलवस्तु निर्माण गरेपछि अहिले भारतको बाटो हुदै आउने पर्यटकहरुको आगमनमा निकै कमी आएको छ । भारतीय गाईडहरुले नेपालको कपिलवस्तु नक्कली भएको र भारतको असली भएको भन्दै भ्रम सिर्जना गरेपछि उनीहरु नेपाल आउनुको साटो भारतकै नक्कली कपिलवस्तु हेरेर फर्कने गरेको लुम्बिनी विकास कोषका कर्मचारी बताउछन् ।

तिलौराकोट (प्राचिन कपिलवस्तु दरबार) उत्खनन गर्दा भेटिएका सामाग्रीहरु राखिएको कपिलवस्तु संग्रालय समेत अहिले ओझेलमा परेको छ । प्रयाप्त प्रमाणको रुपमा रहेको संग्रालय एउटा जिउदो प्रमाण हो । यहाँ मौर्यकाल, कुषाणकालीन पुरातात्वीक समाग्रीहरुले प्राचिन कपिलवस्तु दरबार यहि भएको दाबी गर्छन् । यहाँ रहेका सुन तथा चांदीका अर्सर्फी, प्राचीन भाडाँकुडा, शिलास्तम्भ तथा अन्य वस्तुहरुबाट दरबार यहि भएको दाबी संग्राहलयका कर्मचारी बताउछन् ।

सरकारी उदासिनता र हेलचक्राइका कारण यस दरबारको थप उत्खनन र संरक्षण भएको देखिदैन । चारै तिर झाडी र जंगल मात्र देखिन्छ । उत्खनन भएका वस्तुहरु समेत अलपत्र अवस्थामा छन् । बाहिर बाट जंगल जस्तो देखिने उत्तर दक्षिण १७०० फिट लामो र पूर्व पश्चिम १३०० फीट चौडा क्षेत्रफलमा रहेको यस दरबारको चारै तिर ८ फिट चौडा सुरक्षा पर्खालले घेरेको छ । राजा सुद्धोधनको राजप्रसाद तिलौराकोट दरवार भित्र मुख्य दरवार,पूर्वी र पश्चिमी द्धार तथा यसको पाँच सय मिटर उत्तर राजा सुद्धोधन र मायादेवीका स्तुप छन् । नक्कली कपिलबस्तुलाई भारतले दिग्भ्रमित पार्र्न कृत्रिम नदीको रुपमा नहर समेत निमार्ण गरेको छ ।

एकातिर भारतले पिपरहवालाई प्राचिन कपिलवस्तु भएको कुरामा जोड तोडका साथ उठान गरेको छ भने त्यसको विकास तथा भौतिक पूर्वाधार निर्माणमा गर्न युद्ध स्तरमा लागेको छ । तर दिनानुदिन जंगलमा परिणत हुदे गएको नेपाल स्थित प्राचिन कपिलवस्तुको विकासमा भने सरकारले कुनै ध्यान दिएको पाइदैन । न त भारतले दाबी गरेको विषयको खण्डन नै गरेको छ न त यसको अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार नै । लुम्बिीनि विकास गुरु योजना भनि लाखौ खर्च गरिएको छ तर भगवान गौतमले तिलौराकोटमा २९ बर्षको युबा अवस्था बिताएका र उनका पिता राजा शुद्धोदनको राजप्रासादको रुपमा परिचित छ ।

बुद्ध स्थल प्राचीन कपिलवस्तु (तिलौराकोट) को पाईला टेक्दा बुद्धत्व पाएको अनुभुती गर्दछन् । शान्तिको अथाहा सरोबर तिलौराकोट आउदा मन शान्त भएको ठान्छन्, भन्ने ईतिहासंमा लेखिएको पाईएको छ । बुद्धको अमूल्य समय वितेको यस दरबारको न त कुनै गुरु योजना छ न त संरक्षण । भारतले एकपछि अर्को गर्दै नेपालको स्वाभिमानमा आँच पराउदाँ समेत सरकारले केहि गर्न नसक्नु लाजमर्दो विषय हो ।

विश्वमा नै नेपाल वुद्धको जन्मस्थल हो भनेर घाम झै छर्लड्ड भएपनि भारतले यसरी नेपाल माथि गरेको नाङ्गो हस्तक्षेपले कुन चाहि नेपालीको मन नदुख्ला र ? यसतर्फ सरकारले गम्भीरता पकट नगर्ने र चुपचाप हेरेर वस्ने हो भने भोलिको अवस्था अझ भयावह हुने देखिन्छ । सवैलाई चेतना भया..........



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com