टि.आर. अवस्थी , डडेल्धुरा

सेतीको आशामा तिन दशक
[2012-11-23 오후 12:50:00]

बिक्रम सम्बत २०४० सालमा केहि उपकरण र जनशक्ति सहित फ्रान्सिस कम्पनी सोग्रेह हाईड्रोपावर को हेलिकप्टर आउदा राजाको सवारी पो भयो की ? भन्ने सोचेका बेलापुर ५ सिरोडका लगभग ६० वर्षिय गम्भीर सिंह साउँदले पश्चिम सेती बन्छ भन्ने कुरा सुनेका थिए र आश्चार्यका साथ खुशी पनि भएका थिए तर अहिले उनी दुखेसो पोख्दै भन्दैछन “पश्चिम सेती बन्छ भन्दाभन्दै आधा भन्दा बढि उमेर बितिसक्यो” ।

डडेल्धुरा जिल्लाको दुर्गम त्यसमा पनि गाविसको पनि अति बिकट वडा तर बहुआयामिक ,बहु प्रतिक्षित बहु चर्चित ,देशकै सबैभन्दा ठूलो जलबिद्युत परियोजना निर्माण गरिने भनिएको पश्चिम सेती बाँधस्थल का जनता सदरमुकामबाट कोहि आए भने पहिलो प्रश्न नै पश्मिसेतीका बारेमा जिज्ञासा रहन्छ ,प्रश्न माथी प्रश्न ???

सदरमुकाममा के छ हजुर हल्ला ? के हुन्छ ?कहिले हुन्छ ?कहिले देखि काम शुरु होला ?के होला ?कस्तो बन्छ , कस्तो बन्ला ? बन्छ की बन्दैन ?बन्ने भएपछि हाम्रो ब्यवस्था के हुन्छ ? हाम्रो यो ठाँउमा केके बन्छ ,कति मान्छे आउँछन , हामीलाई पनि केहि अवसर मिल्ला की ? आदी

उनिहरु त भन्छन, ओहो हाम्रो यति राम्रो प्रकृति,प्राकृतिक सम्पदा ,घरखेत , जग्गा जमिन ,सुन्दर वारी ढुंगाड पारी तलारको त्यो उपत्यका जस्तो वस्ती , एकठाउँमा बाँधिएका ईष्टमित्र नाता कुटुम्ब ,रहनसहन, चालचलन , बिहेवारी ,देवीदेवता ,संस्कृति ,जनजीवन र जीविका संग सम्बन्ध राख्ने बिबिध साँस्कृतिक र सामाजिक पहिचान आदीआदी सबै जलाशयको तलावमा परिणत हुँदा कस्तो होला ? पुस्तौं देखि स्थापित र चलिआएको समाज बिग्रहको डर तर सोच्न बाध्य पारेको रहेछ उनलाई की राज्यले हामीलाई अहिले सम्म केहि दिएको छैन पश्चिम सेती कै नाममा तिन दशक सम्म सरकारी गैरसरकारी संघसंस्थाबाट पश्चिम सेतीबन्ने ठाउँमा बजेट हालेर के गर्ने भन्दै पन्छिई खेर जाने र अनुत्पादक लगानी किन गर्ने भन्दै विकासका पूर्वाधार को विकासबाट बञ्चित भएको तितो यतार्थमा केहि त राहत पाईन्थ्यो की ?

हुन पनि किन नहोस , कहिले जर्मन कहिले , फ्रान्सिस ,कहिले अष्ट्रेलियन त कहिले चाईनिज कम्पनिहरुले बनाउने भनिएको पश्चिम सेती का भरमा ढुंगाड क्षेत्रका बासिन्दाहरुका लागि धोका मात्र भएको छैन “आकासको फल आँखा तरि मर” अथवा “हात्ती आयो ,हात्ती आयो फूस्सा ”भने जस्तै उखान र सपना सावित भएको रहेछ ।

भर्खरै भएको चिनियाँ कम्पनीसँगको सम्भाmौतालाई पनि हल्ला हो की साँच्च पत्याउन सकिरहेका छैनन् बेलापुरबासी , ३० वर्ष देखिको अन्योल अहिले पनि बिद्यमान छ ,शिक्षकको जागिर छोडेर फ्रन्सिस हाईड्रो कम्पनी सोग्रेहमा रोजगार पाई दुई तिन वर्ष सम्म काम गराएर अन्तिममा सन १९८५मा “जो जससँग सम्बन्ध राख्दछ ” भन्ने चिट्ठी मात्र हात प¥यो , न त सेती बन्यो न घरका न घाटको भएको आफ्नो कथा सुनाउदै सात वर्षमा बन्छ भनिएको अहिलेको सम्झौता अझै पनि विश्वसनिय नभएको बताउँछन आफूलाई पश्चिम सेतीले धोका दिएको बताउदै स्थानीय धन बहादुर साउँद ।

परिस्थिति परिवर्तन भएकोछ ,हुन्छ की भन्ने अहिले केहि पनि कसैलाई पनि थाहा छैन तथापी अनुत्तरित र अनिश्चित अवस्थामा पनि झिनो आशा त छोडेका छैनन् पश्चिमसेती बगरका बासीन्दाले । जेनतेन गुजाराको जीवन बाँचिरहेका दयनिय अवस्थाको जीवनशैली , खेतीपातीको मौसम अनुसार दोहोरो दुर्गम र कठोर पहाडी बस्ती र बसाईसराई भएकोले पनि के गर्ने ,कसो गर्ने , आफ्नो लगानी मा पनि केहि गर्ने की नगर्ने अलमल त्यहाँका जनमानसमा व्यापक रहेकोछ ।

२०४० सालमा भूबनोटको परिक्षण कार्य शुरु गरि बिभिन्न समयमा बिभिन्न कम्पनीहरुले काम गर्दै छोडदै गरेको अवस्थामा १९९४ देखि अष्ट्रेलियन कम्पनी स्नोवी माउन्टेन हाईड्रालिक स्किमले रोजगारी सिर्जना , स्थानीय संभावनाको उपयोग का साथै सेवासुबिधा प्रबद्र्धन तथा संरक्षण ,अर्थतन्त्रलाई बलियो बनाउन बिद्युत बिक्रि र आम्दानीको माध्यम ,आकर्षक पर्यटन गन्तव्य , अन्र्तराष्ट्रियस्तरको पूर्बाधार निर्माण समेत गर्ने गरि जिम्मा पाएको उक्त कम्पनीले १६ वर्ष सम्म पनि पश्चिम सेती बनाउन नसक्दा निरास बनेका सो क्षेत्रका स्थानीयबासीहरु अहिलेको प्रारम्भिक सम्झौता प्रति कसरी विश्वस्त हुने त्यो कुरा कार्यान्वयनमा भर पर्ने नै भयो ।

दोश्रो पुस्तामा भन्छ कि भनेर आशाबादी भएको र प्रत्यक्ष रुपमा बढी प्रभाबित र लाभान्वित हुने चार वटा जिल्ला –डडेल्धुरा ,बैतडी ,डोटी र बझाङ को त्रिकोणात्मक भूबनौटमा अवस्थित पश्चिम सेती आयोजना राष्ट्रकै गौरब र सुदूरपश्चिम को समृद्धिका लागि चोतर्फी विकासको ढोका मानिएको र देश लाई नै झलमल्ल पार्ने गरि लोडसेटिङ समस्या लाई न्यूनिकरण गर्ने भनिएको आकर्षक पश्चिम सेती आयोजनाका बारेमा बिभिन्न पक्षहरुका बारेमा जानकारी, जनचेतनामूलक कार्यक्रमहरु संचालन गरियो ,सामान्य कामहरु पनि भए , आश्वासन दिईयो ,केहि उपकरणहरु हेलिकप्टरबाट ल्याईयो पनि तर त्यो सबै तयारी काम नहुने भएपछि काम बन्द भई अन्यत्र लगिएकोले र हाल देशको स्थिति पनि ठिक नभएकोले अब पनि त्यस्तै हुने होकी भनेर कार्यान्वयन नहुँदा र बजेटमा आयोजना का बारेमा स्पष्टता एवं तत्काल शुरु गर्ने गरि उल्लेख नहुँदा सम्म ढुक्क हुने कुनै आधार नभएको गाउँलेहरुको भनाई छ ।

केहि सकारात्मक संकेत देखिएको सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिईएको पश्चिम सेती जलबिद्युत आयोजनाबाट लोडसेटिङको मार खेपिरहेका नेपाली जनतालाई अधिकतम् लाभ र राहत दिने मात्र होइन सो क्षेत्रका बर्षौ देखि पिछडिएका, राज्यको मूलधारमा विकासका गतिबिधि र सुबिधाबाट समेत उपेक्षा गरिएको कष्टकर जीवन जीउन बाध्य पश्चिम सेती क्षेत्रका करिब तीन हजार घरपविार का हजारौं हजार जनताको जीवनशैली माथी उकास्नेमा ठूलो अपेक्षा गरिएको छ ।

उचित पुर्नवास वा मुआब्जा दिए देशको मुहार फेर्ने भनिएको हाम्रो पश्चिम सेती बन्छ भने हामी यस ठाउँको माया मार्छौ , घरखेत भनेको केहि होईन ,राष्ट्र विकासमा हामी अबरोध गर्दैनौं ,हाम्रो र सुदूरपश्चिम तथा देशबासीको हितमा यति ठूलो काम र संरचना बन्छ भने हाम्रोलागि पनि गौरब र खुशीको अवसर हो यो अवसरलाई न्यायपूर्ण तरिकाले सदुपयोग होस हाम्रो पनि चाहना हो यहाँका जनताले तिन दशक देखि हेरिराखेको पश्चिम सेती का कारण उपलब्ध श्रोतसाधनलाई पनि सदुपयोग गर्ने हाम्रो क्षमता र पहुँच पनि भएन ,सधै भरि अलमल्ल भयौं भन्दै सकारात्मक त्याग गर्न तयार छौं तर बन्ने भए तुरुन्त बनोस राज्यले बिलम्ब नगरि काम शुरु गर्ने बाताबरण सिर्जना गरोस हामी लालयित छौं ,हामी आफ्नो तहबाट पूर्ण सहयोग गर्छौं यसरी पटकपटकको हल्लैहल्लाले यहाँका जनतालाई दुखित बनाउदै लगेको बताउनु हुन्छ स्थानीय शिक्षक कर्ण बहादुर साउँद ।

पुरानो सम्झौता खारेज भई नयाँ सम्झौताले सो क्षेत्रका जनता उत्साहित त भएका छन शुरुवातमा हालै मात्र फिल्ड अवलोकन गर्ने कार्य त भएकोछ तर कार्यान्वयनको प्रकृया र पर्खाई अत्यन्त उत्सुक रहेकोछ , निर्माण का लागि उचित र उपयुक्त बातावरण सिर्जना गरि राजनीतिक नाफाघाटा न हेरि बिबाद रहित ढंगले काम शुरु गर्नुपर्ने माग सुदूरपश्चिमेलीहरुले राखिरहेका बेला प्रभाबकारी रुपमा अगाडी बढाईएमा मात्र सो क्षेत्रका जनता र देशबासीले आशा गरेको सपना विपनामा परिणत हुनेछ ।

महत्वाकांक्षी निर्णय मात्र गरेर हुदैन काम गरेर मात्र समग्र समाज र देशबासीको जनजीवनको पाटोमा क्रान्तिकारी परिवर्तन हुनेछ ,रोजगारीका लागि हाम्रो नेपाली श्रमले बिदेशमा जोखिम मोल्नु पर्ने थिएन भने स्थानीय श्रोतसाधन तथा जनशक्ति को उपयोग का लागि अवसरहरु जुटनेछन र गरिबी अशिक्षा ,रोग भोक ,अज्ञान सुरक्षा आदी समस्याले प्रताडित सो क्षेत्रका जनताले राहत पाउनुका साथै नागरिकको मौलिक आधारभूत सेवा सुबिधा र अधिकार सुनिश्चित भई क्रमिक विकासले सम्पूर्ण सुदूरपश्चिमबासीको जीवनशैली र जीविकोपार्जन सुलभ र सुबिधायुक्त हुने कुरामा सरोकारवालाीहरुको मत रहेको छ ।

घनघोर वनजंगलसँगै बगिरहेको पश्चिम सेती क्षेत्रमा कुनै परियोजना वा काम का लागि मात्र होईन प्राकृतिक श्रोत र सम्पदा पनि रहेकोछ साथै हाम्रा पूर्खाहरुले मान्दै आएको गंगास्नान तिर्थस्थल पनि हो सेती । त्यसैले सर्बपक्षिय लाभ र प्रभाबका विषयमा अध्ययन गरि पश्चिम सेती तटिय क्षेत्रका सर्बसाधारणले राखेको आकांक्षा र भावना सरकारले समयमै बुझ्नु जरुरी देखिन्छ र भनेको कुरा पुरा गर्नु पनि जरुरी छ ।

अनेकौं सकारात्मक र नकारात्मक कल्पना र सपना साँच्दै केहि पाउँदा र केहि गुमाउँदाको पश्चिम सेती क्षेत्रका जनताको तिब्र र चञ्चल मनको जवाफ अनुत्तरित र पश्चिम सेती को अनिश्चित सवालको चित्तबुझ्दो जवाफ पनि सायद अहिलेको अवस्थामा नेपाल सरकार वा निर्माणकर्ता कम्पनी कसैसँग पनि छैन होला ? देशमा निर्माण भईरहेका बिभिन्न ठूला आयोजनाहरुमा भईरहेको ढिलासुस्ती तथा आर्थिक अथवा प्राबिधिक कठिनाई र अबरोधले अपेक्षित समयमा सम्पन्न नभईरहेको स्थितिमा सुदूरपश्चिबासी जनता कसरी आश्वस्त हुने ? पशिम सेती बन्छ भनेर ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com