BIJAYA TIMILSINA

सामुदायिक वन अवधारणा उत्कृष्ट
[2012-11-23 오후 12:48:00]

उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेले बिहानै मनकामनाको डाँडा ओहोरदोहोर गर्न थालेको बर्षौ भइसकेको छ । हेटौंडा बजारबाट केही किलोमिटर मात्रै टाढाको मकवानपुरगढी गाविसस्थित मनकामना मन्दिर पुग्न आधा घन्टाको उकालोमा बाक्लो जंगल पार गर्नुपर्ने हुन्छ । एक दशक अघिसम्म फुड्ड धुलो उड्लाझैंको नाड्डो डाँडो पिप्ले पोखरा सामुदायिक वनको व्यबस्थापनमा हरियालीले ढाकेकेको छ ।

हरेक बिहान मन्दिर ओहोरदोहोर गर्नेहरुले बाक्लो जड्डलमा स्वच्छ हावा त पाएका छन् नै, यहाँ ओहोरदोहोर गर्ने बिभिन्न जंगली जनावरले उनीहरुको मनै आनन्द बनाउँछ । सामुदायिक वनको कुशल व्यबस्थापनको नमूना बनेको पिप्ले पोखरा सामुदायिक वनजस्तै चौघडाको रानी सामुदायिक वन नेपालमै प्रख्याति कमाएको समुदायको व्यबस्थापनमा सञ्चालित वन हो । मकवानपुरमै पनि यीबाहेक अन्य दर्जनौं सामुदायिक वनले कुशल व्यबस्थापनसाथ नाड्डिएको जमिनलाई हरियालीमा परिणत गरेका छन् ।

मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा व्यबसायी अरुणराज सुमार्गीको दृष्टिकोणमा सामुदायिक वनको अवधारणा नेपालमा अड्डालिएको राम्रो प्रयोगमध्ये एक हो । ‘नेपालमा गरिएका धेरै प्रयोगमध्ये सामुदायिक वनको अवधारण राम्रो प्रयोग हो’, उनले भने, ‘यसलाई अझ व्यबस्थित पार्न प्रयास गर्नुपर्छ ।’

नेपालका वनहरु समुदायलाई व्यबस्थापन गर्न दिन थालिएको पछिल्लो २० बर्षको तथ्याड्ढ हेर्ने हो भने मात्रै पनि यसको प्रभावकारिता र सफलता खोज्न टाढा जानु पर्दैन । सरकारको स्वामित्वमा रहेको चुरे क्षेत्रको वन बिनाश दिनप्रतिदिन बढ्दो छ भने समुदायको स्वामित्वमा सञ्चालित सामुदायिक वनहरुको झाड्डिदै गएका छन् । नेपालका सामुदायिक वनले गरिबी निवारण गर्ने सरकारी लक्ष्यलाई टेवा पु-याउँदै पहुँचबिहीनहरुलाई वनको सुविधा प्रदान गर्न सक्षम बनेको भन्दै प्रशंसा हुने गरेको पनि छ ।

सरकारी स्वामित्वमा रहेको गाउँबस्ती नजिकका जंगलहरु स्थानीय समुदायलाई संगठित पारी कानुनसम्मत् रुपमा सामुदायिक वन उपभोक्ता समूह (सावउस) गठन गरी समूहकै सक्रियतामा वनको योजना र बिधान बनाएर सो मुताविक सञ्चालन हुने जनसंगठन, प्रक्रिया र वन विकासलाई सामुदायिक वन मानिदै आएको छ । नेपालको परिप्रेक्ष्यमा यसलाई सफल प्रयोगको रुपमा मानिदै आएको छ । मकवानपुरमा भएका करिब चारसय सामुदायिक वनले पनि यसको मर्मलाई न्याय गरेकैले हालसम्म प्रशंसित छन् ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठ सामुदायिक वनले उत्कृष्ट काम गरिरहेको धारणा राख्छन् । वनलाई सामुदायमा हस्तान्तरण गर्ने सरकारी नीति उनलाई मन परेको छ । ‘समुदायलाई वन हस्तान्तरण गर्ने सरकारी नीति राम्रो छ’, श्रेष्ठ भन्छन्, ‘वनमा समुदायको स्वामित्व बढाउँदै लैजानुपर्छ ।’ वनबाट उत्पादन हुने पैदावारहरु समुदायकै व्यक्ति वा स्थानीय व्यक्तिलाई खपत् गर्न प्रोत्साहन गरिनुपर्ने उनको धारणा छ ।

समुदायिक वनलाई उनको सुझाव पनि छ, ‘सामुदायिक वनको पदाधिकारी राम्रो छान्नुपर्छ ।’ राम्रो पदाधिकारी भएको सामुदायिक वनले उत्कृष्ट काम गर्ने उनको विश्वास छ । मउवा संघका निवर्तमान अध्यक्ष सुमार्गीको विचारमा वन बिनाश रोक्नको लागि अचुक उपाय सामुदायिक वन सावित भएको छ । जहाँजहाँ सामुदायिक वन स्थापना गरिएको छ, त्यहाँत्यहाँ वन बिनाश रोकिएको उदाहरणले यसको प्रभावकारिता आंकलन गर्न सकिन्छ ।

वन संरक्षणबाट घाँस दाउरामा निर्भरहरुलाई झन् टेवा पुगेको उनको विश्वास छ । वन संरक्षण र वनबाट निस्कने पैदावारले गरिबीको रेखामुनी रहेकाहरुको जीवनस्तर उकास्न सकिने धेरै उदाहरणहरु बाहिर आइसकेका छन् । सामुदायिक वनमा सामुहिक जडिबुटी खेती होस् वा रुख सपार्न रोक्ने वनमाराको प्रयोगबाट बनाइएको ब्रिकेट । सामुदायिक वनले गरेको आर्थिक उपार्जनको प्रयासले वन बिनाश रोक्नुको साथै आर्थिक हैसियत उकास्नमा समेत टेवा
पु-याएका छन् । हाल नेपालमा करिब १५ हजार सामुदायिक वन रहेको अनुमान गरिन्छ ।

संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यको ८ लक्ष्यमध्ये ५ लक्ष्य प्राप्तीको लागि सामुदायिक वनले सहयोग गरेका छन् । भोकमरी कम गर्ने, वातावरणीय दीगो व्यबस्थापन, लैड्डिक समानता, प्र्राथमिक तथा माध्यमिक तहमा बिद्यार्थी पहुँच बढाउने जस्ता लक्ष्य प्राप्तीका लागि सामुदायिक वन साधन बनेका छन् । नेपालका ग्रामीण महिलाहरुलाई सामुदायिक वनले व्यक्तित्व विकासको मौका दिएकाले यसलाई महिला सशक्तिकरणको हतियारको रुपमा पनि लिइँदै आएको छ । मउवा संघ निवर्तमान अध्यक्ष सुमार्गीको विचारमा सामुदायिक वनलाई सरकारले अझैं सहयोग गर्न सके वन व्यबस्थापनमा यसले अझ बढी प्रभावकारी भूमिका खेल्न सक्छ । ‘सामुदायिक वन भनेको निजी क्षेत्रजस्तै हो’, उनले भने, ‘यसलाई सरकारी तवरबाट प्रोत्साहन र सहयोग मिले अझ बढी काम गर्छ सक्छ।’ सामुदायिक वनको नाममा हुनसक्ने दोहन अन्त्य गर्न र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न राज्यले अनुगमनको प्रक्रिया बलियो बनाउनुपर्ने उनको सुझाव छ ।

उद्योग संघ अध्यक्ष घिमिरेसँग पनि सामुदायिक वनलाई अझ प्रभावकारी पार्ने केही उपायहरु छन् । उनका अनुसार सामुदायिक वनका पालेलाई वन सुरक्षाको लागि आधुनिक हतियार र वन रक्षाको आवश्यक तालिम दिनु जरुरी छ । सामुदायिक वनका पदाधिकारीहरु जनताप्रति उत्तरदायी बन्नुपर्ने उनको तर्क छ । ‘सामुदायिक वनका पदाधिकारीहरु समुदायप्रति उत्तरदायी बन्नुपर्छ’, उनी भन्छन्, ‘समुदायले पनि पदाधिकारीकले कुनै गल्ती गरे सजाय दिनसक्ने बन्नुपर्छ ।’ जिल्ला वन कार्यालयजस्ता सरकारी निकायले प्रभावकारी अनुगमन गर्ने खराब काम गर्नेहरुलाई चिर्दै राम्रो काम गर्ने सामुदायिक वन र त्यसका पदाधिकारीलाई प्रोत्साहिन गर्नुपर्ने उनको तर्क छ । मउवा संघ श्रेष्ठको सुझाव पनि सामुदायिक वन समुदायकै लागि हुनुपर्ने छ । ‘सामुदायिक वनबाट समुदायले फाइदा लिइरहेका छन्’, उनले भने, ‘झन् बढी
फाइदा दिनको लागि लाग्नुपर्दछ ।’

हाल नेपालका कूल सामुदायिक वन समितिहरुमा ३० प्रतिशत महिला रहेको तथ्याड्ढ छ । जसको संख्या ४५ हजार भन्दा बढी हुने अनुमान छ । यो भन्दा बढी सामुदायिक वनहरुको संगठन वन उपभोक्ता महासंघको गाउँ, जिल्ला र केन्द्रीय तहमा ५० प्रतिशत महिलाहरु संगठनको नेतृत्वदायी भूमिकामा छन् ।

नेपालमा २० हजार बढी दलितहरु सामुदायिक वनको नेतृत्व तहमा छन् भने आदिवासी/जनजाति क्षेत्रबाट ७० हजार व्यक्तिहरु सामुदायिक वनको नेतृत्वदायी पदमा छन् । यो तथ्याड्ढलाई मनन् गर्ने हो भने पनि नेपालको पिछडिएको वर्गलाई अगाडि ल्याउने काममा सामुदायिक वनले बिशेष भूमिका खेलेको छ । साथै, यसले अपनाएको समुदायमा आधारित अवधारणाले सामूहिक नेतृत्व र प्रजातान्त्रिक नेतृत्व छनौट प्रक्रियालाई बढावा दिएको छ । समूहले निर्णय गर्दा भेलाको निर्णयलाई सर्वोपरी मान्ने, समितिको काम कर्तव्य र अधिकार भेलाले तोक्ने, वन समूहको बिधान, कार्ययोजना सहभागितामूलक ढंगले तयार हुने, आम्दानी खर्चको हिसाब किताब बर्षेनी भेलाबाट लेखा परीक्षण हुने, दण्ड जरिवाना र नियमको पालना र नियमित अनुगमन तथा मूल्याड्ढनले सामुदायिक वनलाई थप पारदर्शी र जवाफदेही बनाएको छ ।

त्यसैले सामुदायिक वनहरु स्थानीय स्तरमै भएपनि विधिको शासनको नमूना बनेका छन् । सामूहिक निर्णयबाट चलेको सामुदायिक वनहरु लोकतन्त्रका पर्याय मान्दा पनि हुन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com