Vinod Kumar

बिदेसिएका नेपाली डुबाउने गम्भीर षडयन्त्र
[2012-11-22 오전 1:51:00]

नेपाल भनेको बालुवाको ढिस्को हो, जहा समुन्द्रै खन्याए पनि सिन्चित हुनेछैन भनेर नबुझ्ने भेडाहरुले मात्र एकलाखदेखि एक करोडको लगानी गर्न यहि नोभेम्बर तीस भित्र दुखले कमाएको रकम काम नपाएर पाडाको कान कन्याउने समुह (एनआरएन एनसीसी युएसए) का धनपतिहरुलाई बुझाउलान, अन्यथा त्यत्रो रकम बुझाउनु भनेको एमालेको जिफन्ट, कांग्रेसको टुका र एमाओबादीको आनट्रुफ जस्ता ट्रेड युनिएनका गुण्डाहरुलाई पोस्नु मात्र हो भनेर बुझ्न ज्याक्सन हाइटका गल्लीका कुत्तालाई समेत गाह्रो पर्ने छैन ।

सामुहिक लगानी खराब बिषय कदापि होइन न त् यो शब्दै खराब हो तर सामुहिक लगानीको गुह्य कुरो बुझ्न सकियो भने जसको ठुलो लगानी उसैको मात्रै राम रजाई कन्चट भित्र लुकेको बुझ्न सकिन्छ, एकलाख लगानी गर्नेहरुको लगानीको प्रतिफलको ठुलो हिस्सा डाक्टर उपेन्द्र महतोले उठाउने छन् भन्ने बुझ्न नपाएका भुसड़ी नेपालीहरुले पाँच बर्ष पछी बुझ्नेछन त्यसबेला रसियाको एउटा कार्यक्रममा महतोले ''संसारभरका नेपालीले गर्ने लगानी बराबरको थप लगानी गर्ने'' बचनबद्दता र दिन-एकगुणा रात-चौगुणा कमाउने गुह्य योजना पुरा हुनेछ ।

झन्डै एक महिना लगाएर कमाएको-जमाएको बाह्र सय डलर अर्थात एकलाख रुपैया उपेन्द्र महतोको सामुहिक लगानी बिजुली परियोजनामा खर्च गर्न डाक्टर शम्भु ढुंगाना, प्रल्हाद केसी, अन्जन श्रेष्ठ, पुनम रिसाल, रमाकान्त खरेल, सोनाम लामा र मुकेश सिंहको हातमा थमाई दिने विद्वान नेपाली मुलका टाउकाहरुले आफ्नो विद्वताको परिचय दिए भने जिबा लामिछानेको मनको रहर त् पुरा होला नै तर प्रतिफल लिने बेला अर्थात झन्डै दश बर्षपछी प्रचण्ड र किरणका कार्यकर्ताले, झले र माकुनेका अंगरक्षकहरुले र सेर बहादुर र रामचन्द्रका ढोके र बैठकेहरुले बुझी लाख लगानीकर्ताहरुलाई डलरमा साटी वाशिंगटन डिसीको दुताबास मार्फत थमाई देलान नै । शुशील दादा त्यसबेला सिबखुलित भैसक्नेछन र उनले लाख लगानीकर्ताको सत्तोसराप् खेप्नु पर्नेछैन ।

सामूहिक लगानीमार्फत नेपालमा बिभिन्न बिकास आयोजनाहरु भित्र्याउने लामिछाने प्रशाशनको विश्वव्यापी अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेको जलबिद्युतमा लगानी गर्न गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिले सँस्थापक शेयर खुल्ला गरेको कुरा प्रकाशमा ल्याएको छ । सामुहिक लगानीकालागि नेपालमा लामिछाने प्रशाशनले पाँच अरब अधिकृत पुंजी रहेको एनआरएन इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको दर्ता गत भदौमै गरि सकेको र एक ब्यक्तिले १ लाखदेखि १ करोडसम्म लगानी गर्न पाउने प्रावधान राखिएको लामिछानेले बताएका छन । यस प्रावधान बमोजिम शेयर रकमको २५ प्रतिशत पहिलो किस्ता रकम यहि नोवेम्बर मसान्तभित्र दाखिला गर्न लामिछानेकै संयोजकत्वमा रहेको एनआरएन सामुहिक लगानी समितिले आह्वान गरेको कुरो प्रकाशमा आएपछि धन भएका बुद्दी चाउरी परेका अमेरिकी धनाड्य नेपालीहरुको दश बर्ष पछी ठुलो भाग खाने योजना झल्झल्ती सपनामा समेत आउँछ ।

बोस्टनका क्युरियो पसले, हुन्डीवाल, न्युयोर्कका ओखती पसले, कानून ब्यबसायी अनि तरकारी दोकानदार, क्यालिफोर्नियाका जागिरे, पत्रकार अनि कलाकार, वाशिंगटन डीसीका घरजग्गा दलाल, कनेक्टिकटका प्रोफेसर, न्युजर्सिका ट्राभल एजेन्ट, मेरिल्याण्डका पण्डित, भर्जिनियाका मिडिया ब्यबसायी, लुत्रकार, अनि आफ्नै परिबारले मात्र नजर दिने टेलिभिजन, रेडियो र अन लाइन खबरका प्रकाशक-सम्पादक, एलेनोयीका भात पसले, जर्जियाका धनपति समाजसेवी, फ्लोरिडाका राजनीतिक कार्यकर्ता, टेक्सासका बक्सिंगबाज, एरिजोनाका ब्रिद्दब्रिद्दा, वाशिंटनका हरुवा साम्षद, कोलोराडोका साहित्यकार, इन्डीयानाका गुरु विद्वान र न्युहाम्सरका जनजाती नेताहरुको डलरको बिटोले मात्रै लामिछानेको पच्चिस प्रतिशत हिस्सा सर्लक्कै उठाउन छाडेर बल्ल बल्ल जमाएको बाह्र सय डलर उठाउने प्रपंचका पछाडी के उद्देश्य होला? अनुमान गर्न केहि गाह्रो छैन ।

एउटा घरमा सात वटा संस्था रहेकादेखि जिउजनंगी नेपाली टाउका मनुवाहरुको अमेरिकाका पचासै राज्यका संघ संस्थाको अनुमानित विवरण पाँच सय भन्दा घटी छैन, यिनीहरुको एक संस्था एक लाख सर्लक्क उठाउन क्युरियो पसलेलाई किन गाह्रो भयो कसैले बुझ्न सकेका छैनन । एउटा नेपाली मर्दा जलाउन त् परै जावस पाँच फूट जमिनमा गाड्ने ठाउ बनाउन सकिएको छैन । सार्बजनिक मन्दिर चारजना व्यक्तिको साझेदारीमा निर्माण गर्नुपर्ने नेपालीपन, सार्बजनिक टेलिभिजन व्यक्तिको घरको बेस्मेन्टमा थुपार्नु पर्ने बैभवता, दशैँ तिहार चर्चमा आयोजना गर्नु पर्ने अनि दुर्गा र लक्ष्मीपूजा गर्नु पर्ने संस्कृति, सांस्कृतिक कार्यक्रम बिधयालयमा भिख मागी मागी गर्नु पर्ने धनि परम्परा, साहित्यिक र सांस्कृतिक कार्यक्रम लाइब्रेरीमा गर्नुपर्ने विद्वता जस्ता ड्रिम अमेरिका देखेका नेपाली मूलका टाउकाहरुको आन्द्राभुँडी बिस्लेशण गर्ने हो भने लामिछानेको सामुहिक लगानी र दश बर्ष पछि प्रतिफल आउने त्यो पनि महतोको भाग मात्रै थालको भातको चुली बराबर हुने योजनाको साक्षी बस्ने नेपालीको विवरण बिजुली परियोजनाको शिलालेखमा कोरिएको दुनियाले देख्ने नै छन । त्यो बेला परियोजनाको ढोकाबाट चियाउने चेस्टा गरियो भने अमेरिका घुसेका नेपालीको संख्या माथि उल्लेखित धनाड्य झन्डै दुई दर्जन भन्दा बढी नाघिएको देखिनेछैन ।

के त् अमेरिकी संबिधान र इमिग्रेसन एण्ड न्यास्नालिटी एक्ट (आइएनआइ) अन्तर्गत नेपालीबाट अमेरिकी बनेकाहरुले अर्को देश प्रति झुकाव राख्न पाउँछन? वा त्यो देशको बिकासमा योगदान दिन वा त्यहा स्थापित एउटा कम्पनि लिमिटेडमा लगानी गर्न पाउछन? अमेरिकी कानून अनुसार एक पटकको नेपाली सदाका लागि भन्ने लामिछानेको मनगढ़ंते आग्रह अमेरिकाको हकमा लागु हुँदैन । आएनआईले दोहोरो नागरिकता मात्र म्याच गर्ने हो लामिछानेको अधुरो इक्षा त्यसले सम्बोधन गर्दैन। न एकपटकको नेपाली सदाका लागि न दोहोरो नागरिक, के नाताले नेपाली-अमेरिकीहरु नेपालको एउटा कम्पनि लिमिटेडमा लगानी गर्छन? स्वेछ्याले नेपाली नागरिकता त्यागेको एउटा नागरिकले अमेरिकाको कानून बिपरित गइ बिदेशमा लगानी गर्न कुन नाताले पाउछ? कथम्कदाचित कोहि अमेरिकी नेपाली अन्जानमा बिदेशमा लगानी गर्न पुग्यो र अर्को देशप्रति झुकाव (लोयल) बनेको प्रमाण जुट्यो भने उसको अमेरिकाको नागरिकताको हैसिएत के होला? उसको मात्र होइन उसका सपत्नी वा श्रीमान र नाबालक छोराछोरीको भबिस्यमाथि पनि प्रश्न ठडिनेछ । अनि अर्को कुरो अमेरिकी संविधानले बिदेशमा लगानी गर्ने आधार दियो नै भने पनि बिना दोहोरो नागरिकता दश बर्ष पछी हात लाग्ने आयमा दोहोरो कर (नेपाली र अमेरिकी कर) दुबैको चर्को मार खेप्नु पर्नेछ। लाख देखी करोडसम्म लगानी गर्न पाइने लामिछानेको बिजुली परियोजनाका यी जटिलताहरुको इतिवृतान्त अमेरिकीहरुलाई बताएर, सुझाएर के केसी, ढुंगाना, श्रेष्ठ, रिसाल, खरेल, लामा र सिंहले उनको सानिमा बैंकको ढुकुटी भर्ने योजना बनाएका हुन् त्?

लामिछाने लाटा मान्छे होइनन । झन्डै तीस लाखका हाराहारीका बिदेसियका भनिएका नेपाली टाउकाहरुको धन थुपार्ने बैंक सानिमा बैंक हो । त्यो लामिछानेको आफ्नै बैंक हो । जसले मह काढ्छ उसले हात चाट्छ भन्ने उखान महतो, लामिछाने, भट्ट जस्ता नेपाली धनाड्यले जति भुसडी नेपालीले पक्कै बुझेका छैनन् । सामुहिक लगानीको बिजुलीमा पनि हुने अनि आफ्नै बैंकका ग्राहकहरुका घरजग्गा, ब्यापार व्यवसायमा लगाउन पाइने त्यत्रो पाँच अर्ब रुपियाका मालिकहरुलाई मुर्गा बनाउन सक्नु लामिछानेको कम चलाखी होइन । बैंक अफ काठमान्डू र नेपाल इन्भेस्टमेन्ट बैकलाई अगाडी थापेर सानिमा बैंकमा धन थुपार्ने योजना कस्नु चानचुने कुरो होइन ।

बिशुद्द आत्माले बिजुली निकाल्ने योजना थियो त् महतोकै धनले पाइलट प्रोजेक्ट अनि उदाहरणका लागि सय मेगावाट बिजुली काठमान्डूको मध्यभागबाट बग्ने टुकुचाबाटै निकाले पनि निक्लिन्थ्यो त्यसो नभए लामिछाने, भट्ट, थापा आदिको बिटोले हनुमन्तेबाट निक्लिन्थ्यो, त्यो घेराले नपुगे त्यसमाथि शेर्पा, केसी, शर्मा, क्षेत्री आदिको बिटो थपेर त्रिशुलीबाट निक्लिन्थ्यो ।

आफ्नो धन जोगाउन र सारा बिदेशिएकालाई फसाउन महतो र लामिछाने कम्मर कसेर लागेको परिणाम हो सामुहिक लगानी, अहिले नै बिदेशिएका नेपालीले बुझे भने निकट बिगतमा खिम्ती जलबिद्युत परियोजना एमालेको ट्रेड युनिएन जिफन्टले भाग लगाएर खाएको नबिन उदाहरण बिश्व सामु छदैछ, फिनल्याण्डका राजदूत इसा हर्टिगको प्रत्यक्ष निगरानीमा निर्मित उक्त परियोजना माथि माओबादी, कांग्रेस र एमालेका गुण्डाहरुले सुरु देखिनै बारम्बार दुख दिएका कारण बिदेशी दाता हच्किएका थिए परिणामस्वरूप आफु प्रधानमन्त्रि छँदा प्रचण्ड बिजुली माग्न नर्वे र फिनल्याण्ड पुगे त्यहि कारणले नर्वे र फिनल्याण्डले पचण्डलाई लोप्पा ख्वाइदिएका थिए । दश बर्ष पछी महतो र लामिछानेले पनि भावी अभिनेताहरु प्रचण्ड, बाबुराम, शेर बहादुर, रामचन्द्र, झले र माकुनेलाई लोप्पा ख्वाउनेछ्न नै, बिस्वभरका नेपाली मूलका टाउकाहरुले लामिछाने र महतोलाई पनि लोप्पा ख्वाउनेछ्न।

पहिले दोहोरो नागरिकता नै नदिलाई वा एक पटकको नेपाली सदाका लागि भन्ने प्रमाण नपुर्याई दोहोरो लगानीमा फसाउदा यिनको बास मस्कोमै हुनेछ नकी हरिवनस्थित कमला नदि किनारमा वा रत्ननगर टांडी स्थित मनहरी नदि किनारमा । न पाउँछन दोहोरो नागरिकता, न एक पटकको नेपालि सदाका लागि ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com