MUKTINATH BHUSAL

अर्घाखाँची जिल्लाको प्रसिद्द सुपादेउराली मन्दिर
[2012-11-12 오후 10:31:00]

गोरुसिङ्गे सन्धिर्खक मोटरवाटो अन्र्तरगत, मोटरवाटो मै रहेको सुपादेउराली सम्पुर्णको लागी धार्मिक स्थल वनेको छ । चारैतर्फ अग्ला अग्ला पहाड हरीयाली अनि शान्त र चिसो वातावरणले यो स्थानलाई झनै प्रभाव पारेको छ ।

१९१६ मा वाईसे चोविसे राज्य अन्र्तरगत खाँचीकोटका राजकुमार र वलाराम पुरको राजकुमारी विच विवाह सम्पन्न भएको थियो । यसरी विवाह सम्पन्न भएपछि अर्घाखाँची जिल्लाकै सितापुर मसानदेवि भन्ने ठाउमा विवाह भोज सम्पन्न हुने क्रममा दुवै तर्फका मान्छेहरु जुटेका थिए । कुराकानीको प्रंसगमा खाँचीकोटका राजाले वलाराम पुरको राजकुमारीलाई झुक्काएर विवाह गरेको र दुलहीलाई जात मिलेन भन्ने विवाद उत्पन्न भएको थियो ।

जे जस्तो विवाद उत्पन्न भएपनि दुलहीलाई डोलिमा वोकेर राजकुमारको घर तर्फ लिएर जाने क्रममा यो स्थानमा एउटा रगतको थोपा चोयो अनी के भयो भनी फर्केर हेर्दा दुलही अर्थात राजकुमारि मृत अवस्थामा भेटिईन । त्यसपछी खाचीकोट राज्यमा रोग ब्याध ब्यापक वन्दै गयो । यसै क्रममा एकजना खनाल थरका वाहुन आई धामी झाक्री कब्ल्दा राजकुमारी देवीको रुपमा प्रकट भएको कुरा किम्वदन्तिमा उल्लेख गरीएको छ ।

रगतको थोपा चोहेको स्थानमा देविको पुजा , आजा सम्पन्न गरेपछी सम्पुर्ण रोग ब्याध हटयो र ठकुरी , कब्दार अनी खड्का ले वैशाके पुर्णिमामा कुल पुजा र वलीदान सुरु गरे । मुलुकी एन अनुसार, वैशाके पुर्णिमा अर्थात वुद्ध जयन्तिका दिन वली पुजा गर्न नपाईने भनेपनी यसैदिन ठकुरी , कब्दार र खड्काको कुल पुजा पर्ने कारण उनीहरुलाई छुट दिएको कुरा मन्दिर समीतीका सचीव वताउदछन । उक्त दिन कम्तिमा ४० वोका चढदछन । सुरुका दिनहरुमा वर्षको १ पटक अर्थात वैशाके पुर्णिमाका दिन मात्रै पुजा गरिने यो स्थानमा २०४० सालमा जिल्लाकै वावुराम रायमाझीले सामान्य मन्दिर निर्माण गरिदिए ।

त्यसपछी मन्दिर संरÔणका लागी समिति बन्यो र दैनिक पुजा सुरुहुन लाग्यो । परम पुज्यनीय गुरु श्रि नरनारायण वावा आश्रम सेवा संस्थाको सहयोगमा २०६४ साल मंसीर ८ गते, यो मन्दिर पुन निर्माणको लागी शीलन्यास भई २०६५ साल भाद्र २३ गते प्राचीन सैलीमा ऐतिहासिक मन्दिर सम्पन्न भएको थियो । यसरी सम्पन्न गर्ने क्रममा परम पुज्यनिय गुरु श्रि नरनारायण वावा आश्रम सेवा संस्थाले रु १ करोड २५ लाख र मन्दिरको तर्फवाट १५ लाख खर्च गरिएको थियो । सुरुवात देखीनै दैनिक १ हजार भक्तजन यो मन्दिरमा दर्शन गर्न आउदछन र दैनिक १ हजार देखी ५ हजार सम्म नगद आम्दानी हुने गर्दछ ।

गोरुसिङ्गे सन्धिर्खक चल्ने कुनैपनी सवारीका गाडिहरु यो मन्दिरमा भेटी नचढाईकन अगाडी वढदैनन् अनी दाङ्ग , कपिलवस्तु , प्युठान , वुटवल , पाल्पा र वाजुरा वाट पनी मान्छेहरु यो मन्दिरमा दर्शन गर्न आउने गर्दछन । आफु अप्ठयारोमा परेको समय वा मनोकामना पुरा गर्नुछ भन्ने यो मन्दिरलाई सम्झीएमा वा भक्कल गरेमा पुरा हुने कुरामा सम्पुर्णजिल्लावासी विश्वस्त छन र अर्घाखाँची जिल्लाको ४२ वटै गाविसका अधिकासं टोल—टोलमा यो मन्दिरका शाखाहरु निर्माण गरिएको छ । सुपादेउराली मन्दिरमा २०४० सालदेखी नियमित पुजा सुरुगरीसकेपछी श्री आर्दश मा वि खाँचीकोट र शान्ति निमावि सितापुर गरी २ वटा विधालय सञ्चालन गरेको छ ।

यो मन्दिरमा संकलन गरीएको रकमवाट २ वटा विधालयको अलवा आर्थिक विपन्नता भएका लाई आर्थिक सहायता, छात्रवृति, वृद्घहरुलाई सम्मान, सितापुर र खाँचीकोट गाविसलाई खानेपानी , विजुली , टेलिफोन , स्वास्थ्यचैकिमा सहयोग पु¥याउनका साथै टेलिफोन टावरलाई आर्थिक सहयोग समेत गरेको छ ।

सुपादेउराली मन्दिरभित्र नवदुर्गा , महाकाली , महालक्ष्मी , महासरस्वति , शिवजी , गणेश , पान्चायन देवता , सिद्ध , झाक्री लगायतका थुप्रै मुर्तीहरु छन । सुपादेउराली मन्दिरमा भक्कल गरीसकेपछि ढिलाई गरेपनी भुल्नु हुदैन भन्ने ठुलो विश्वास यँहा रहेको छ । सुरुवातमा अहिलेको मोरटवाटो भन्दा तल यानिकि खोलाको किनारवाट गोरेटो वाटो थियो । एक जना वाटो हिडने युवकले, देवि म भर्ती हुन पाउ । छुट्टीमा पहिलो पटक आउदा १ तोला सुन चढाउने छु भनी भक्कल ग-यो र उ भर्ती पनि भयो । केहि दिनपछी लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र वाटो छलेर जान लाग्दा लाहुरेलाई भित्तामा टासेको कुरा किम्वदन्तिमा उल्लेख गरीएको छ । लाहुरे टासेको स्थान अर्थात पहरामा नियालेर हेर्ने हो भने लाहुरेको नक्सा र उसले वोकेको ब्यागहरु र्छल¨ देख्न सकिने कारण पनि यो स्थानको महत्व वढदै गएको हो ।

सुपादेउराली मन्दिरमा ५ जना पुजारी र चैकीदारहरु तलवमा रहेका छन । दैनीक २० देखी २५ वटा पाठा र पाठी अनी कम्तिमा २० जोडी परेवा यो मन्दिरमा चढने गर्दछन औशी , पुर्णिमा , श्राद्र , श्रावण र माघ महिना , अष्ट तृत्तिया , जन्म अष्टमी , रामनवमि र एकादशीमा यो मन्दिरमा वली पुजा गरिन्न । सुपादेउराली मन्दिर र लाहुरे टाँसेको स्थानले मात्रै लोकप्रिय वनेको यो स्थान भन्दा करीव १ आधा घण्टा पैदल यात्रा गर्ने हो भने, शिवजीले ३ पानेमा नुहाउने स्थान ,वाघको रुप धारण गरी घाम ताप्ने गरेका मुत्र्ती हरु अनी शिवजीले होमन र यज्ञ गरेका स्थानहरु देख्न सकिन्छ ।

त्यसैगरी सुपा देउराली मन्दिर भन्दा करिव आधा घण्टा टाढा अर्थात खाँचीकोट गाविस ९ मा द्वापरयुगमा सिताजी ले पारेका तितौरा र खाना पकाउने चुलो देख्न सकिन्छ ।शिवजी र सिताजी वसोवास गरेका यि स्थानहरु सम्वन्धित निकायले समयमै संरÔण गर्ने हो भने यस क्षेत्रले मनग्य रुपमा पर्यटक भित्राउन सक्ने छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com