नरेन्द्रराज प्रसाई

नेपाली भाषा साहित्यका प्रखर व्यक्तित्व त्रिपाठी
[2012-11-12 오전 7:01:00]

जगन्नाथ शर्मा त्रिपाठी नेपाली भाषासाहित्यका प्रखर व्यक्तित्व थिए । उनी संस्कृत वाड्मयका पनि प्रकाण्ड विद्वान् थिए । साथै उनी व्याकरणविद्, समालोचक र निबन्धकार थिए । उनी पूर्वीय साहित्यका एउटा गहिरो चिन्तक, अन्वेषक र अध्येता मानिन्थे ।

त्रिपाठीको वाल्यकाल पूर्वी पहाडको आफ्नै गाउामा बित्यो । गाईवस्तु हेर्नु, घरहरुमा गई यजमानी गर्नु र संस्कृतका श्लोक कण्ठ गर्नु त्यसबेलाको उनको दिनचर्या थियो । बाल्यकालमै उनी पंखफुका जस्तै थिए र रनबन चहारेर रमाइलो गर्थे । त्यतिबेला उनका लागि विश्वको सर्वप्रिय ठाउा दोलखाको सुनखानी थियो भने सबैभन्दा राम्रो काम गाईबस्तु चराउने थियो । साथै बाल्यकालमा उनी कुस्ती पनि खेल्थे र मै हुा भन्ने बहादुरलाई पनि पछार्थे ।

त्रिपाठी १९८७ साल बैशाख ८ गते दोलखामा जन्मे । उनका बुवा प्रभाकर शर्मा त्रिपाठी त्यस भेकमा भागवत वाचनका प्रख्यात पण्डित थिए भने उनकी आमा पद्मकुमारी त्रिपाठी गृहणी थिइन् ।

त्रिपाठीले आफ्नै बुवासाग कखरा पढे । त्यतिबेला उनका बुबाले पढाएको कुरा उनले कण्ठै पार्नु पथ्र्यो । त्यसबेलाको रितिथिति अनुसार गुरुले पढाएको कुरा लेखेर बुझ्न पाइादैनथ्यो र कण्ठाग्रै गरेन भने बेस्सरी कुट्ने चलन थियो । यिनको पढाइ पनि गुरुकुल परम्पराको यही शिक्षण पद्धतिमा आधारित थियो । त्यसबेला आफ्ना बुवाको प्रशिक्षणमा यिनले संस्कृतका धेरै श्लोक कण्ठ गरेका थिए र कर्मकाण्डका केही विधिहरु पनि रटेका थिए । तर त्यसबेलासम्म यिनले अक्षर चाहिं चिनेका थिएनन् ।

त्रिपाठी बाल्यकालमा नै कर्मकाण्डी बाहुन भएर नै गाउमा हिंडन् थाले । बाल्यकालमा नै एकैदिनमा चार ठाउमा पुगेर पनि उनले श्राद्ध गराएका थिए । उनले आठ वर्षदेखि २० वर्षको उमेरसम्म कर्मकाण्डी भएर गााउमा नै आफ्नो जीवन विताएका थिए ।

त्रिपाठीको किशोरावस्थामा नै रामेछापकी कुमारी काडेलसाग बिहे भएको थियो । विहे भएको केही समयमा उनकी पत्नी दिवङ्गत भइन् । त्यसताका यीचाहिं गाउ मै जजमानी गर्थे ।

त्यतिबेला उनीमा एकातिर पत्नी वियोगले छोपेको थियो भने अर्कातिर त्यस प्रकारको जजमानीले उनलाई आत्मसन्तुष्टि भएको थिएन । त्यसैले उनले वैकल्पिक सोच राखे । अनि उनी मध्यरातमा आफ्ना बुबाआमालाई थाहै नदिई आफ्नो जन्मदिनको साइतमा आफ्ना गाउाका साथीसागै घरबाट भागेर भारतको दार्जिलिग पुगे । त्यतिबेला उनी २१ वर्षमा प्रवेश गरेका थिए । एउटा राडी, एउटा गिलास, अलिकति चामल, सातु, चिउरा, गुन्दु्रक, नुनको पोको डाडेल्नोमा बोकेर उनी लुईंलुईं हिंडेका थिए । उनीसागै त्यतिखेर १६ जनाको एउटा टोली भागेर भारत पुगेको थियो । उनीहरू दोलखाबाट सातदिनमा सिलिगुडी पुगेका थिए ।

सिलिगुडीमा काम नपाएपछि त्रिपाठीचाहिं दार्जीलिड शहर छिरे । त्यहा उनी त्रिरत्न अर्थात् सूधपाका छेउ पुगे । अनि धरणीधर शर्माले होनहार देखेर उनलाई काखी चेपे । त्यसैबेला शर्माले उनलाई पढ्नुपर्छ भनेर डोर्‍याउन पनि थाले । परिणामस्वरुप उनी बिहान बेलुका जजमानी गर्दै त्यहीं पढ्न थाले । त्यतिबेलै यिनले सूधपाको नेपाली साहित्यप्रतिको जागरण प्रत्यक्ष देखे । त्यसैले यिनले त्यसै घडीदेखि लेख्ने पनि चेष्टा गरे ।

त्रिपाठीले दार्जीलिडको संस्कृतटोल स्कुलमा पढे । त्यहा उनको इन्द्रबहादुर राईसाग पनि सम्पर्क भयो । अनि राई लगागतका विद्वान्बाट उनले अड्ग्रेजी सिकेका थिए । त्रिपाठीले कोलकाताबाट संस्कृतमा स्नातक गरे । अनि बनारसबाट उनले संस्कृतमा आचार्य र अलाहावादबाट हिन्दी साहित्यमा विशारद गरेका थिए । उनी ज्योतिषशास्त्रका पनि ज्ञाता थिए ।

२४ वर्षको उमेर त्रिपाठी फेरि नेपाल आए । त्यतिबेला उनका बुबाआमाले उनलाई च्याप्पै समाएर उनको जोडी बाधिदिए । काभ्रेका नागेश्वर पन्त र जसोदा पन्तकी छोरी भवानीसाग उनको लगनगाठो बाधिएको थियो । अनि बिहेपछि उनले आफ्नी पत्नीलाई पनि दार्जीलिड नै पुर्‍याए । त्यहीं उनकी जेठी पुत्री सुधाको जन्म भयो । उनीचाहिं नेपाली भाषासाहित्यकी नारीचुली डा.सुधा त्रिपाठी भइन् ।

त्रिपाठीले दार्जीलिडको टर्नबुल हाईस्कूलमा पढाएका थिए । संस्कृतका सिपालु भएकाले उनले त्यहाा सजिलै जागीर पाएका थिए । उनले मिरिक स्कूलमा पनि पढाए । भारत बसिन्जेल उनले जजमानी काम पनि गरिरहे ।

त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट ३५ वर्षको उमेरमा नेपालीमा एम्म्ए पनि पास गरे । एम्ए पास गरेपछि उनी आफ्नै गाउ गए । दोलखामा उनी कहिले प्रधानपञ्च र कहिले प्रधानाध्यापक भएर बसे । पछि उनी काठमाडौं आए र २०२९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र कलेजमा नेपाली पढाउने प्राध्यापकमा भर्ना भए । दार्जीलिडदेखि कै हिसाब गर्ने हो भने उनले ५८ वर्ष शिक्षणसेवा गरे ।

नेपाली भाषासाहित्यका क्षेत्रमा त्रिपाठीको विशिष्ट योगदान रह्यो । नेपाली समालोचना, व्याकरण, अनुवाद र सृजना गरेर उनका आधा दर्जन कृति प्रकाशित भए । यसबाहेक उनले कविता, कथा, नाटक, निबन्ध र प्रबन्धका थुप्रै फुटकर लेखरचनाको आविष्कार गरे । उनी लेखनभन्दा वाचनमा झनै प्रखर थिए । नेपाली परिवेशमा यी एउटा दार्शनिक व्यक्तित्व थिए।

त्रिपाठी हासिला, फस्र्याइला, रसिला र सहयोगी थिए । कसैले केही सोध्यो भने उनी कुनै मान, सम्मान र मर्यादा नखोजी जानेको जवाफ दिन्थे । ठूलो र अग्लो जीउडाल झैं उनको विचार र मान्छेसागको शिष्टाचार राख्ने क्षमता पनि त्यस्तै उचाइको थियो । उनको पठन कौशल पनि त्यत्तिकै सशक्त थियो । यी सबै कारणले उनी धेरैका प्रिय गुरू भएरै बाचेका थिए ।

त्रिपाठी स्वाभिमानका प्रतीक पनि थिए । उनले पैतृक सम्पत्ति पनि लिएनन् र कसैको लोभमा पनि परेनन् । आर्थिक रुपमा पनि उनी आफैले जे जति कमाउाथे त्यसैमा सन्तोक मान्थे । उनी बरु भोकै सुत्थे तर हात पसारेर खाादैन थिए । उनको सबैभन्दा ठुलो विशेषता उनी नरमका एउटा सग्लो नमुना थिए । साथै उनी सादा जीवन र उच्च विचारका हिमायती थिए । उनले दुई छोरी र पाच छोरा जन्माए र सबैलाई स्वाभिमान र स्वाबलम्बनको यस्तै पाठ पढाएका थिए ।

त्रिपाठी शिक्षा, साहित्य र समाजसेवाका प्रेरक, उदाहरणीय र सरल व्यक्तित्व थिए । अनि उनको डेरा पनि त्यस्तै सामान्य थियो । उनी लालाबालासहित ज्ञानेश्वरको एउटा घरमा निरन्तर ३५ वर्ष डेरा जमाएर बसे । काठमाडौंमा बसे तापनि उनको रहनसहन पुरै पहाडे शैलीको थियो । उनको जीवनको उत्तरार्धमा उनले सिनामड्गलमा घर बनाए । तर त्यस घरमा उनले दस वर्ष मात्र भोग गरे ।

मधुमेह र उच्च रक्तचापद्वारा एउटा पौरखी पुरूष अथवा भनौं त्रिपाठी लामो समयसम्म पिडीत भैरहे । सोही कारणसमेत जोडिनाले उनलाई मृगौलासम्बन्धी रोगले दुक्ख दियो । अन्तत: यसै रोगका कारण २०६७ साल चैत ११ गते असी वर्षको उमेरमा आफ्नै घरमा उनको निधन भयो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com