MUKTI NATH BHUSAL

दलहरुको लार्पावाहीले नौमुरे जलविद्युत आयोजना कार्यान्वयन हुन सकेन्
[2012-11-10 오후 4:08:00]

अर्घाखाँची जिल्लाको जलुगे गाविस वाड नं २ मा रहेको नौमुरे जलविद्युत आयोजना अहिले अलपत्र बनेको छ । सन्धिर्खक सदरमुकाम बाट बर्खामा करीब १० घन्टा पैदल यात्रामा पुग्न सकिने यो आयोजनालाई जिल्लाका राजनीतीक नेताहरुले चुनाबी नारा बनाउने र चुनाव सकिएपछि फर्कर नर्हेर्न गरेको कुरा स्थानीयहरु बताउदछन् ।

यो आयोजनाको प्रारम्भीक अध्यन अनुसार राज्यले २४५ मेगावाट विद्युत आर्जन् गर्न सक्ने कुरा आम नेपाली जनताहरुको लागी नौलो कुरा नभएपनी, कामको भने शुरुवातै गरीएको छैन् । २०४४ सालदेखी डिटेल सर्वै शुरु गरीएको यो स्थान अर्घाखाँची जिल्ला अन्त्र्रगत जलुगे गाविस वाड नं २ मा रहेपनी खोला पारी प्युठान जिल्ला पर्दछ । २०४४ सालदेखी पंन्चायतको अन्तिम दिन सम्म नौमुरे आयोजनामा लगातार काम भयो र पंन्चायती व्यवस्थाको अन्तय सगै यो परियोजनामा खटीएका कर्मचारी हरु आ आप्नो ब्याग बोकी यहाँ बाट बिदा भएको कुरा स्थानीय बाट बुक्षीएको छ ।

अर्घाखाँची नौमुरे जलविद्युत आयोजना बाट राज्यले दुई सय पैतालिस मेगावाट विद्युत आर्जन गर्न सक्दछ । पंन्चायती व्यवस्थाको अन्तय संग सगै सम्र्पुण काम थप्प भएको छ, जसलाई कार्यन्वयन गर्न हो भने हाम्रो देश नेपालले मनग्य आम्दानी गर्न सक्ने छ । डिटेल सर्वैको समयमा पंन्चायती सरकारको तर्फ बाट प्रस्सत धन राशी खर्च गरीएको यो आयोजनामा दैनिक ६ वटा हेलिक्पटर ओहोर दोहोर गर्नै गरेको र ७० जना भन्दा बढी स्थानीयले रोजगार पाएको अविष्मरणीय याद त्यह्को समाजले हालसम्म भुल्न सकेको छैन् ।

पञ्चायती सरकारको पालामा २०४४ साल देखी दैनिक कामको सुरुवात भएपनि पञ्चायती व्यवस्थाको अनत्य पछि सम्पुर्ण कर्मचारीहरु उक्त स्थानबाट हिडेको र हालसम्म अर्घाखाँची नौमुरे जलविद्युत आयोजना कार्यान्वयन हुन सकेको छैन् । उता अर्घाखाँची जिल्लाका नेताहरुले यसलाई कार्यन्वयन गरेरै छाडने चर्का नारा दिन छाडदैनन् त्यो पनि चुनावको समयमा । अर्कातर्फ प्युठान जिल्लाको सिमाना अर्थात अर्घाखाँची जिल्लाको जलुगे गाविस वाड नं २ मा रहेको नौमुरे जलविद्युत आयोजना लाई कहिले काही प्युठानका नेताहरुले हाम्रो जिल्लामा पर्दछ भन्दै आप्नो ठाउँमा नारा वनाउदै हिडेको आरोप नेपाल आदीबासी जनजाती महासघं अर्घाखाँची जिल्लाका अध्यक्ष तथा पुर्व जलुगे गाविस अध्यक्ष पिताम्वर शारु गुनासो गर्दछन् । शारु लगायत पुर्व जुकेना छिमेकी गाविस अध्यक्ष तिलक भाट पनी अर्घाखाँची नौमुरे जलविद्युत आयोजनाको काम रोकिनुको कारण वा प्रमुख दोषी जिल्लाका नेताहरु भएको वताउदछन् । जुन एमालेका नेता समेत मानिन्छन् ।

एकले अर्कालाई आरोप प्रत्यारोप लगाई उम्कनु भन्दा पनी एकपटक ठुलो धन राशी खर्च भई २४५ मेगावाट विद्युत आर्जन् गर्न सक्ने कुरा पक्का पक्की भएको यो आयोजनालाई कार्यनव्यन गर्नु आवस्यक देखीन्छ । जसवाट राज्यलाई प्रसस्त लाभ हुनेछ र हजारौ युवाहरुलाई रोजगार मिल्ने छ । एकपटक तुलना गरेर हेरौ त, एउटा जिल्लामा ७ ( ८ मेगावाट विद्युत प्रयाप्त मानिन्छ भने अर्घाखाँची नौमुरे जलविद्युत आयोजना सम्पन्न गर्ना साथ ३० वटा जिल्ला अर्थात काठमान्डौ जस्ता ६ वटा शहर लाई विजुली प्रर्याप्त हुनेछ । समग्रमा भन्नुपर्दा अहिलेको स्थीतिमा नेपालले भारतलाई विजुलि विक्री गर्न सक्ने छ ।

अर्घाखाँची नौमुरे जलविद्युत आयोजना बाट राज्यले २४५ मेगावाट विद्युत आर्जन् गर्न सक्नुको अलवा यहाँ भएको पानी लाई बायाँ तर्फ अर्थात अर्घाखाँची तर्फ मोडिदिने हो भने कपिलवस्तु , रुपन्देही लगायतका जिल्लाका कृषकहरु लाभान्वीत बन्ने छन् । तर अहिले जसरी पानी वगीरहेको छ , त्यसरी भारतका कृषकहरुलाई फाईदा पुरयाएको छ । भारत सकभर अर्घाखाँची नौमुरे जलविद्युत आयोजना बनेको देख्न चाहादैन र बनेपनि वा सहयोग गर्नु परेपनी पानी अहिलेकै स्थानवाट लग्न चाहन्छ , यही नै यसको वास्तबिक्ता हो । विडम्वना नेपाली जनताहरु सचेत भईसकेका कारण पनी त्यसो हुन दिनेवाला पनी छैनन् । जसको कारण अर्घाखाँची नौमुरे जलविद्युत आयोजना ओक्षलमा परेको छ ।

दिनप्रतिदिन लोडसेडिडको मारमा परेका नेपाली जनताहरुलाई मुक्ति दिलाउनको लागी पनी नेपाल सरकारले आप्नो स्वामिमानलाई झुक्न नदीई अर्घाखाँची नौमुरे जलविद्युत आयोजनाको काम शुरु गर्न र पुरा गर्न आवस्यक देखीन्छ । जसवाट नेपाल र नेपाली जनताहरु लाई फाईदा पुरयाओस । जसमा नेपाल सरकार र राजनैतीक दलका नेताहरुले ध्यान पुरयाउदै अर्घाखाँची नौमुरे जलविद्युत आयोजना लाई एउटा चुनाव जित्ने नारा मात्र नवनाई यसलाई व्यवहारमा उर्तान आवस्यक मानिन्छ ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com