Vinod Kumar nepal

मुर्गाहरुको संगठन भित्रको खिचलो र पन्तको अपमान
[2012-11-01 오후 12:52:00]

एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुका कारण मुर्गाहरुको संगठनमा परिबर्तन भएको छ । यहि अक्टोबरदेखि २ बर्षे कार्यकाल सकिएका मुर्गा पदाधिकारी तथा सदस्यहरुको निर्बाचन सम्बन्धि नाटक हेरेर नेपाली मूलका अमेरिकाबासी मानिसहरु तिन छक्क मात्र परेका छैनन् त्यहि संगठनमा स्थापना कालदेखि संलग्न, संगठनको स्पन्सर र लिग्यासी फण्डका दाताहरुको अपमान गर्ने बर्तमान बोर्डका मुर्गाहरुको गतिविधिले अमेरिकामा सामाजिक सेवा क्षेत्र गन्धाम्य पारेको छ ।

मुर्गाहरुद्वारा अपमानित पन्त
एनआरएन एनसीसी युएसए यसका बर्तमान कार्य समितिका त्यहि पदाधिकारी तथा सदस्यहरु हुन्, जसले एनआरएन युएसएको बिधान निर्माण देखि हरेक २ बर्षे निर्बाचन स्वतन्त्र ढंगले सम्पन्न गर्दै आएका अग्रज प्रल्हाद पन्तलाई ४ महिना अघि २०१३-२०१४ को अवधिका लागि निर्बाचन गर्न निर्बाचन आयुक्त नियुक्त गरेको थियो, त्यहि कार्य समितिले पन्तलाई बर्खास्त गरि अहिले एकजना बिबादास्पद व्यक्तिलाई संगठनको उक्त निर्बाचन सम्पन्न गर्न निर्बाचन आयुक्त तोकेको खबर सार्बजनिक गरेको छ ।

एनआरएन एनसीसी युएसए कै बर्तमान कार्यसमितिका एक मुर्गाका अनुसार नेपालदेखि संसारका कुना कुनासम्म छाएको नेपालीको जाति, सम्प्रदाए बिशेस साम्प्रदायिकता जस्ता घृणित मनोरोगले ग्रस्त मुर्गाहरुको संगठन फिफ्नाका पदाधिकारी तथा सदस्यहरुको संगठन बनाउने ध्येयले प्रल्हाद पन्तलाई निर्बाचन आयुक्तबाट बलात हटाईएको हो । यहिनेर प्रश्न उठाउने ठाउ बनेको छ - प्रल्हाद पन्त कुन जाति बिशेष र सम्प्रदायको मान्छे थियो अनि बलात हटाईयो ?

प्रल्हाद पन्त कुनै जाति र सम्प्रदाए बिशेषका मान्छे होइनन । उनि पारिबारिक नाउ पन्त भएका व्यक्ति मात्र हुन्, थेप्चो नाक, चुच्चो नाक, उठेको वा धसिएको आँखा, कालो वा गन्हुगोरो छाला वा यो समुदाय वा त्यो समुदाएका मान्छे भन्ने होइनन । पन्त सिंसीन्याटी बिस्व बिद्यालयमा सन् १९८० देखि सन् २००३ सम्म इन्जीनियरिंग अध्यापन गराई निवृत्त प्राध्यापक हुन्, हाल उनि जर्जियामा आफ्नै पिडिपी एसोसिएट्स इनक नामक संस्थामा आबद्द छन । एनआरएन एनसिसि युएसका उनि खासमा संस्थापक पनि हुन्, एनसिसिका बिधान निर्माणकर्ता पनि हुन् र निरन्तर संस्थाको संरक्षक रही आएका समाजसेवी पनि हुन् । उनि अहिले आफ्नी पत्नी बिन्दु सहितको नाउमा संचालित टुहुरा बालबालिकाहरुका लागि कोष मार्फत नेपाली बालबालिकाहरुका लागि कार्यरत छन । समग्रमा पन्त अमेरिकाबासी नेपालीहरु मध्ये कहिल्यै बिबादमा नरहेका नपरेका समाजका आदरणीय व्यक्ति हुन् । एनआरएन एनसीसी युएसए भित्रका उनि सबैका भरोशाका व्यक्ति हुन, तर नेपाली मूलका मानिसहरुको दुर्भाग्य बन्न गयो अहिले र पन्तको अपमान त्यो पनि सार्बजनिक रुपमा मुर्गाहरुले गरे ।

नेपाली मूलका अमेरिकामा रहेका मानिसहरुलाई आकर्षण गराउन र सबैलाई सामेल गराउन पन्तले एनसीसी भित्र लिग्यासी फण्डको स्थापना गरे मे २३, २००३ मा र नेपाली मूलका मानिसहरुलाई आकर्षण गर्न ठुलो भूमिका निभाए । सन् १९७६ मा अमेरिका पसेका पन्तले नेपाली समाजमा दिएका अनेकानेक योगदान छन ति सबैको लेखाजोखा गरिरहन सम्भव छैन तर नेपाली समाजभित्र उनलाई अपमान गर्न कुनै नेपाली टाउकोलाई अधिकार पनि छैन, यस्तो अबस्थामा उनलाई बलात हटाईएको छ, यसबारे एनसिसिका अध्यक्ष केसी, बरिस्ठ उपाध्यक्ष रंजित, महासचिव राई, सचिव खतिवडा र कोषाध्यक्ष शाहसंग पन्तको बर्खास्ती बारे सोधनी गरियो तर एकले अर्कालाई दोष थुपार्ने र आफु चोखिने प्रयत्न गरे र सान्दर्भिक प्रश्नबाट उम्कने बाटो पहिल्याए अनि सम्पर्क बिच्छेद भए ।

एनआरएन संगठन भित्र संस्थापक उपेन्द्र महतोको संरक्षणमा मौलाउदै गरेको जातिएता, साप्रदायिकता, मधेस वा तराईएन आन्दोलनजस्ता समाजका दुर्घंदित तत्वको घुसपैठले एनआरएन एनसीसी युएसए यतिखेर वाशिंगटन डिसीमा सम्पन्न नेपाली तराइएन मुभमेन्टको सिकार भैरहेछ अनि जातिएता र साम्प्रदायिकताको जन्मदाता फिफ्नाका कारण थला परिरहेछ, प्रल्हाद पन्त माथिको घोर अपमान यसैको उदाहरण मात्र हो तर पन्त कसैका आँखामा बिझाउने थिएनन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com