देश सुब्बा

पृथक उपन्यास अपमानको तेस्रो संस्करण
[2012-10-23 오후 7:51:00]

खोइ मान्छेको स्वतन्त्रता खोइ मान्छेको अधिकार कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरु अर्कोतिर । यो कति असान्दर्भिक कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल अन्याय अत्याचारलाई समग्रमा मिलाएर मैले "अपमान" भने र औपन्यासिकता दिन केही आधार विकास गरें ।

अपमान उपन्यासको जन्म वि.सं. २०५२ सालमा भयो । त्यसबेलासम्म नेपाली समाज आदिम युगमा जस्तै मनुस्मृति रुढिवादी अन्धविस्वासमा चलेको थियो-चलाउने थिए कथित उच्चजात र धर्म । त्यसबेला नेपाली साहित्यमा जातीय भावना समेटने 'खुला कन्सेप्ट' थिएन । सबै शासनको डरले थिचिएका थिए । त्यसबेला न माओवादी थियो न संघीयताको खाका र चर्को बहस । तर सबैको भ्रुणको विकास हँुदै थियो । केन्द्रमा रहेको शासन जातिले एउटा विशाल 'प्लेट फर्म' बनाउँदै थिए । परिणाम स्वरुप साहित्यिक राजनैतिक साँस्कृतिक विभिन्न आन्दोलन जन्मे हुर्के र देशभरि फैलिए । यो अति व्यापक हुँदै गयो गुणराज लुईटेलले अपमान उपन्यासको समिक्षा कान्तिपुर कोसेलीमा वि.सं. २०६० फागुन २३ लेखेझैँ प्रजातन्त्रको पारिलो घाममा जाति भाषा धर्म लिङ्गका मुद्दाहरु सार्वजनिक बहसमा आएका छन् । पाचायतमा पनि जातीय लिङ्गीय धार्मिक उत्पीडन नभएको होइन । तर तिनलाई प्रस्फुटन हुने अवसर थिएन । भाषा जाति लिङ्गका कुरा गर्नासाथ तिनीमाथि कारबाही हुन्थ्यो । एक दलीय शासनभित्र भाषा जाति लिङ्ग र धर्मका बहुलवादी पक्षका बारेमा चर्चा गर्ने मौका नमिल्नु स्वाभाविक हो । वास्तविक बहुलवादी शासनले विविधतापूर्ण समाजलाई स्वीकार्छ-इन्द्रेणीका सप्तरङ्ग जस्तै ।

पहिलादेखि भएको अन्याय अत्याचार प्रजातन्त्रमा झन् बढ्यो । नेपाली समाज साहित्य कला संगीत वर्षौदेखि उकुसमुकुसिएर बसेको थियो हल्लिएको थिएन । आत्मकेन्द्रित असन्तुष्ट थिए सबै । असन्तुष्टिको कारण पनि खुलेको थिएन । तर समाजमा जातीय लैङ्गिक भेदभाव उच्चतम बिन्दुमा पुगेको थियो । संस्कारले दिएको चोट दुखिरहेको थियो । यसैबेला २०४६ सालको प्रजातन्त्र आयो । दुखिरहेको घाउ प्रजातन्त्रपछि झन् दुख्न थाल्यो । राजनीतिले मात्र पालुवा फेर् यो । रुढिवादी अन्धविस्वास मनुस्मृतिको प्रभाव प्रयोग कति पनि परिवर्तन भएन । महिला जनजाति उत्पीडित हिजो जहाँ थिए प्रजातन्त्रमा त्यसभन्दा तल झरे-हेपिएका पानी नचल्ने र खुट्टाका जुत्ता । फरक यति रह्यो यसपटक उनीहरुको भावनालाई समेटन विभिन्न दृष्टिकोण दर्शन समाजशास्त्र राजनीतिका पुस्तक पत्रपत्रिका प्रकाशित हुन थाल्यो । ती सबैको केन्द्रमा जातीय र लैङ्गिक सवाल थियो । उता त्रिभुवन विश्व विद्यालयका मास्टर साहेबहरु सबाल्टर्न सिमान्तकृत किनारीयका भनेर डेरिडा गायत्री स्पाक रंजित गुवा मिसेल फुगो उत्तरसंरचना विनिर्माण विश्व साहित्य दर्शनको सुगा रटाइ गरिरहेका थिए । माक्स्रवादी स्कुलका विद्यार्थीहरु वर्ग संघर्षको झोला बोकेर साम्यवादतर्फ हिँडिरहेका थिए । तर आफ्नै देशका जनताहरुको हालत कति दयनीय थियो त्यो उनीहरुले व्याख्या गर्ने दर्शनमा थिएन न थियो वर्ग संघर्षको झोलामा । किनभने यी मास्टर साहेबहरु व्यवहारमा होइन आदर्शमा बाँचेका थिए 'युटोपिया' आदर्श डेरिडाको सुन्दर गाउँ र माक्स्रको साम्यवादी समाज । हाम्रो समाज त त्यो दर्शनभन्दा धेरै तल दबेको थियो ।

यस उपन्यासमा आफ्नै कथा घाउ दुःख अन्याय अत्याचारको उपचार आयो भन्ने मान्छेहरु भए-समाजमा सदियौदेखि पीडाबोध गरेर बसेका जनजाति र दलित समुदाय छन तिनले त आफ्नै कथा भन्दिएको महसुस गर्न सक्छन् । अपमानको दोस्रो संस्करण आएपछि गुणराज लुईटेलले यसरी लेखे कोसेलीमा । आफ्नै कथा आयो भन्ने मान्छे साहित्यिक पाठक होइनन् राजनैतिक स्रोता होइनन् । ती मान्छेहरु अनिता चमार निरमाया मगरनी गोल्छे सार्की मैना सुनार मनबहादुर विश्वकर्माहरु हुन् । उनीहरुले बोक्सीको आरोप सहनु पर् यो जिउँदै जल्नुपर् यो दिसा खानुपर् यो । मृत्यु दण्ड भोग्नुपर् यो जातीय छुवाछुत भोग्नुपर् यो । 'धार्मिकबन्दी' हुनु पर् यो । उनीहरुले धेरै न्याय मागे अदालत सेना प्रहरीमा । तर सुनवाइ भएन र नै न्याय माग्दैछन् अपमानजस्ता न्यायप्रेमी उपन्यास÷साहित्यमा । यो अदालत होइन जनताको साक्षी दिने कठघरा हो । सरकार होइन पत्रकार हो । त्यसैले अपमान उपन्यासजस्तो साहित्यको आवश्यकता छ भन्छन् साहित्यकार नारायण ढकाल निर्देशक नवीन सुब्बा निर्देशक संजोग लापामगर प्रसिद्ध जनवादी गीतकार कवि गोविन्द विकल नाटककार पत्रकार गोपाल देवान अराजक कविहरु हाङयुग अज्ञात राजन मुकारुङ उपेन्द्र सुब्बा रंगवादी कविहरु धर्मेन्द्रविक्रम नेम्बाङ स्व. स्वप्निल स्मृति चन्द्रवीर तुम्बापो समदर्शी काइला र अन्य पाँचथरका कविहरु भवानी तावा शगुन सुसारा राजमाङलाक बु्रनाइ बेलायत जर्मनी पोर्तुगल अमेरिका क्यानाडा मलेसिया कतार दुवाई साउदी कोरिया चीन बेल्जियम भारत इजराइल हङकङ जापान नेपाल लगायत स्वदेश र विदेश सबैतिरका साहित्यकार राजनीतिज्ञ पाठकहरु।

२०४६ पछि उपलब्ध पत्रपत्रिका पुस्तक पढेपछि मलाई पनि नेपाली साहित्यले छोडेको यस पाटोमा काम गर्न मन लाग्यो । पत्रपत्रिका पढ्न थालें कटिङ गर्न थालें भेला गर्न थालें । र लेख्न थालें 'अपमान' । मलाई नेपालमा थोरै मान्छे सम्मानित र धेरै मान्छे अपमानित भएको महसुस हुन थाल्यो । नेपाल सबैको साझा मुलुक हो । तर सबैले हाम्रो मुलुक भन्न पाएको जस्तो लागेन । किन सबैले हाम्रो भन्ने भावना जगाउन सकेनन् प्रश्न बन्यो । राजस्व सबैले धेरथोर तिर्छन् तर राज्यले किन सबैलाई समान वितरण गर्दैन । सबैको आ-आफ्नो विस्वासको धर्मसंस्कार हुन्छ । तर राष्ट्रले सीमित व्यक्तिको स्वार्थको लागि सबैलाई हिन्दू लाद्नु् सान्दर्भिक थिएन । केन्द्रभन्दा बाहिर बसेका आम मान्छेको सोचाइ जस्तै मेरो सोचाइ हुनु स्वाभाविक नै थियो ।

अपमानमा मुलुकी ऐन नेपालको संविधान २०४७ अन्तराष्ट्रिय सन्धीसम्झौता छन् । जुन संविधानले एउटा पक्षलाई संरक्षण गर्छ अर्कोलाई अपमान । अपमानित हुने धेरै हुन्छन् थोरै सम्मानित । तर कुनै पनि सिद्धान्त धर्मले यसो भन्दैन । सबै सिद्धान्त कानुन धर्मले धेरैको संरक्षण हीत र थोरैको अपमान भन्छ । हामी कलमले देश लेख्ने खोज्ने मान्छेहरु जहिलेपनि न्यायको पक्षमा उभेर लेख्नुपर्छ । सिद्धान्तको भरमा 'हावा' लेखेर हुँदैन । अपमान उपन्यासले आफ्नो १५ वर्षे जीवनकालमा ३ चरण पूरा गरेको छ-२०५२ शैशवकाल २०६० साल यौवनकाल २०६९ वयस्ककाल । वयस्ककाल अपमानको परिपक्क काल हो । देशको राजनीतिले जातीय र संघीयतामा राम्रो अवतरण गर् यो भने अपमान मर्न सक्छ । तर झन्झन् राजनीतिले बहस विवाद खेप्दै गयो भने 'अपमान' जस्ता शक्तिशाली उपन्यास बारम्बार जन्मिन सक्छन् ।

साहित्यको नाममा जीवन भर्नु थियो व्यवहार लेख्नु थियो निर्जीव आदर्शको साहित्य लेख्नु थिएन । मदन पुरस्कार पाएर तुरुन्तै मर्ने साहित्य गर्नु थिएन । यो जीवन्त उपन्यास २०५२ सालदेखि अझै बाँचिरहेको छ । यो सँगैका मदन पुरस्कार विजेता कति उपन्यास मान्छेले बिसर्िसके होलान् । अब यसको तेस्रो संस्करण बजारमा आइपुगेको छ । सांगि्रला बूक हाउसले वितरण थालेको छ । ठूला ठूला पत्रिकाले प्रचारप्रसार नगरी सामान्य फेसबूकको प्रचारप्रसारको आधारमा तेस्रो संस्करण करीब 'बूक' भइसकेको छ । अपमान उपन्यासको सफलता 'हामी मात्र साहित्यकारु भन्नेहरुको लागि ठूलो चुनौति हो । एक्लो साहित्यको मैदानमा बहुल साहित्यको उपस्थिति हो । लाटो देशमा जो कोही पनि गाँडो तन्नेरी हुन्छन्।

२०५२ सालमा 'अपमान' को प्रकाशन भयो । मैले धेरै दुःख गरें । बोकेर हिँडे एक्लै । बेचेर हिँडे एक्लै । बोलेर हिँडे एक्लै । धेरै कठिनाइ भयो । लाज धक लाग्यो । मान्छेले के भन्ने हुन् भन्ने लाग्थ्यो । तर पनि यो राष्ट्रिय सवाल थियो । अब मलाई पहिलाको जस्तो दुःख गर्नु छैन एक्लै हिँड्नु छैन । किताब बेचेर हिँडेको भरमा कसैले कुट्छ मार्छ भन्ने पनि छैन । अहिले 'अपमान' को आम पाठक बनिसकेको छ । राष्ट्रिय अन्तराष्ट्रिय बहसको विषय बनेको छ । राजनीतिको केन्द्रमा अपमानका मुद्दाहरु छन्-समाधान हुन खोज्दाखोज्दै घाँटी सेरेर मारेका मुद्दा । हिजो युटोपियाको सिद्धान्त व्याख्या गर्ने मास्टर साहेबहरु यता फर्केका छन् । यो राष्ट्र निर्माणको एउटा अंश हो । त्यो अंशको भार हामीले उठाइरहेका छौँ । यसले राष्ट्र बिगार्दैन राष्ट्र बनाउँछ भन्ने सोचाइमा धेरै पुग्दैछौँ । यही नै अपमानको सन्देश पनि हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com