भवानी बराल

मानुषी उर्फ ईन्दिरा 'व्यंग्य'
[2012-09-26 오후 9:23:00]

स्थान : त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल
तिथिमिति : भदौ १६ गते शनिबार २०६९
कार्जेकरम : पत्रकार सम्मेलन ।

ईरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रहरुको १६ औं सिखर सम्मेलन भ्याएर प्रधानमन्त्री डा. बाबुराम भट्टराई विमानस्थलमा उत्रे । उनका प्रेस सल्लाहकारले पत्रकार सम्मेलन राखेको कुरा पत्ता लागेपछि छिटोछिटो अति विशिष्ठ कक्ष तिर लम्कदै थिए । यतिकैमा उनलाई एक झट्का दिन परराष्ट्रमन्त्री नारानकाजी भने पत्रकार सम्मेलनको वास्तै नगरी विमानस्थल बाहिर निस्किए । एमाओवादीमा क्रृषि धमलाको नामले चिनिने काजीले क्यामेराको मोह पहिलोपल्ट त्यागेर हिँडेको देख्दा पत्रकाहरु तिनछक्क परे । केहि पत्रकारले काजीलाई पछ्याई हेरे । तर तिनको केही लागेन । काजी सुँईकुच्चा ठोकिसकेका थिए ।

काजीबाट ‘एक्सक्लुसिब न्युज’ लिन नपाएपछि हस्याङफस्याङ गर्दै पत्रकारहरु प्रधानमन्त्री कक्षमा फर्किए । प्रधानमन्त्री बोल्नलाई पत्रकारका टाउका मनमनै गन्दै थिए । यतिकैमा एकजना पत्रकारले प्वाक्क सोधे प्रधानमन्त्रीणी चैं खोइ ? प्रधानमन्त्रीले पनि ठाडो जबाफ फर्काए ‘मलाई के थाहा ? ‘रुपचन्द्र बिष्ट मरेपछि ‘थाहा’ हरायो उनले थपे ।‘हैन अनी उनी त नेपालकी प्रथम महिला होईनन् । प्रथम महिला कहाँ छिन कसो गर्दैछिन तपाईले याद गर्नु पर्ने होईन, प्रथम पुरुषले ?’ एकै सासमा पत्रकारले सोधे ।

पत्रकारको बटारिएको प्रश्नले प्रधानमन्त्री मुर्मरी सकेका थिए । तर, यो प्रश्नको जबाफ नफर्काएसम्म पत्रकारले बाँकी कुरो नसुन्ने हाउभाउ देखाएपछि उनले पनि मुख छाडे ‘हिसिला हिलो हुन् । दुनियाभरकै सफा म जस्तो प्रधानमन्त्रीले यस्ता हिलोहरुलाई बोक्ने कुरै आउँदैन ।’ छेउको सोफामा बसेकी प्रधानमन्त्री पुत्री मानुषी भने मुसुमुसु मुस्काईन् । हाब्रो त उनको पनि ठूलै हो तर, उनको घैंटोमा घाम नलागि सकेकोले त्यस्तै ३३ प्रतिशत मुख च्यातिन होला । पत्रकारहरु हिलोवाला कुरोको भेउ नपाएर जिल्लाराम परे ।

कुरोको चुरो थाहा नपाएपछि पत्रकार तैं चुप मै चुप भए । पत्रकार सम्मेलन मौनधारण गरे जसरी नै शान्त थियो । कुरोको पोयो बटार्न कसैले सकिरहेको थिएन । कता असंलग्न राष्ट्रहरुको सम्मेलन कता हिलोको कुरो । बाबुरामको माक्र्सवादी भाका नबुझेर पत्रकार हैरान परेसान हुँदै गए । फोटो पत्रकारले फोटो खिच्ने काम सकिसकेका थिए । उनीहरु हिंडने तरखरमा थिए । तर अरु पत्रकारले केहि भेटिरहेका थिएनन् ।

यतिकैमा बाबुरामले अर्थ लगाउँदै भने ‘हि’ माने हिलो, ‘लो’ माने लोभीपापी ।’ ‘हिलो र लोभीपापीलाई पनि कसैले साथै लान्छ ?’ उनले प्रतिप्रश्न पनि थपे । ‘कहिलेदेखि हिसिला हिलो भइन ?’ एकै स्वरमा पत्रकारले सोधे । अब भने पत्रकारहरु ‘टु द पोइण्ट’मा आउँदै थिए ।

‘जबदेखि उनी मेरो जीवनमा आइन । भर्खरै उनले हिलो कार्यदिशा लिएर आईन । सुरुमा त मैले राम्रै कार्यदिशा होला भन्ठानेर समर्थन पनि गरि हेरेँ । उनी हिलो म त्यही हिलोमा फुल्ने कमल होला भन्ठानेको त होईन रहेछ । रुपमा कमल फुल्ने हिलो भन्ठानेको सारमा त अर्कै चिजवस्तु रहेछ । सारमा त ‘हि’ को अर्थ गन्धे हिलो र ‘लो’ अर्थ लोभीपापी पो रहेछ । उनले यो कार्यदिशा लागु गर्न मलाई अचाक्ली गरिन । उर्जा मन्त्रालय मागिन । मैले एकाघरकाले मात्रै मन्त्री खानु हुन्न भने । तर, तिनले तपाईको पोल्टामा भएको मन्त्रालय मैले खान नहुने भनिकन छाराष्ट खोकिन । तिनले ल्याएको लोभीपापी काम त मैले गर्देकै थिएँ । आफु बयल गाडा जस्तो ‘मुस्ताङ’ चडेर उनलाई पजेरो बन्दोबस्त गरेकै थिएँ । तर, कोनी के लाई के नपचेको जस्तो गरिन । रिसले मेरो सुट डढाइन । कुर्सी पनि भाँचिन । त्यहिँदेखि मेरो मन भाँच्चियो ।’ प्रधानमन्त्रीले सविस्तार पस्टिकरण दिए ।

तेसो भा अबदेखि औपचारिक भ्रमनमा जाँदा कसलाई लानु हुन्छ ?’ पत्रकार रिखे धमलाले गतिलो प्रश्न सोधे झैं गरे ।
‘इन्दिरालाई’ बाबुरामले कुरा फर्काए ।
‘को ईन्दिरा ?’ पत्रकारले जिज्ञासा राखे ।
‘मानुषी’ बाबुरामले थुक निल्दै भने ।
पत्रकार झन तिन छक्क परे । अनी अर्को प्रश्न सोधे ‘मानुषी कसरी इन्दिरा भइन ?’
‘जसरी म जनयुद्धकालमा लालध्वज, भएँ । प्रधानमन्त्री भएपछि एकलव्य भएँ, त्यसरी नै मानुषी अबदेखि इन्दिरा हुन्छिन भन्ने हाम्लाइ लाग्या छ ।’
‘त्यो कसरी सम्भव छ ?’ पत्रकारहरुको प्रश्नको पर्रर्रा छुट्न थाल्यो ।

जवाहरलाल नेहरुले त आफ्नो श्रीमतीको देहान्त भैसकेकोले छोरी इन्दिरालाई अगाडि बढाएका थिए । तर बाबुरामको त श्रीमती ज्युँदै छिन । फेरि इन्दिरालाई त भारतका राष्ट्रपिता महात्मा गान्धीले आशिर्वादमात्र दिएका थिएनन् गान्धी टाईटल पनि दिएका थिए । नत्र त इन्दिराले फिरोज खानसंग विहे रचेकि थिईन । गान्धीले इन्दिरालाई टाइटल नदेको भए खान हुन्थिन । अनी उनका सन्तान राजिव, सोनिया, राहुल, प्रियंका सबै यतिबेला खान हुन्थे । कस्मिरी बाहुनका सन्तान नेहरुकी छोरी कसरी नेहरुबाट खान हुँदै गान्धी भईन भन्ने बारेमा पत्रकारहरु बहस गर्दै थिए । इन्दिरा खानमात्रै भएको भए महान भारतको प्रधानमन्त्री सायदै हुन्थिन । यस्तै तर्क तरङ्ग पत्रकारका माझ चलिरहेको थियो । बाबुरामले पत्रकार सम्मेलन समापन गर्न बोडी लेङ्ग्वेज ठीक गर्न थाले । पत्रकार पनि आकर्षित भए ।

‘छलाङ् र क्रमभङ्ग गरिएको हो । उता भारतमा महात्मा गान्धीले इन्दिरा बनाए यता हामीले बनाउन लागेका हौं । ईरानको राजधानी तेहरानमा इन्दिरा बनाउने रिहर्सलको लागि मानुषीलाई लगिएको हो ।’ बाबुरामले सटिक उत्तर दिएर पत्रकार सम्मेलन समापन गरे । चुरेरो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com