मनोज कुमार डाँगी

भ्रष्टचारसँग जोडिएको राजनीतिक साइनो
[2012-09-02 오전 8:31:00]

राजनीति भनेको देशको मुल निती हो जुन मानिसले पिउने पानीको मुहान जस्तै सफा र स्वच्छ हुनु पर्दछ । मुल शुद्ध नभए सबै जना रुढा र हैजा बाट ग्रसित भएजस्तै राजनीति शुद्ध नहुँदा िसंगो राष्ट्रनै भ्रष्टचारबाट मुक्त हुने सम्भाबना रहँदैन् । भ्रष्टाचार बिहिन कुनै पार्टी र तिनका नेता खोज्नु बिष्णु भगवानको अवतार जस्तै भएको छ इमान्दार जनताहरुको लागी । भ्रष्टाचारको बिरुद्धमा सरकार राजनीतिक पार्टी र बिभिन्न संघ संस्थाहरुले गरेका अभियानले भोलिका दिनमा भ्रष्टाचार निर्मुल पार्नु भन्दा हामी भ्रष्टाचारी होईनौ भन्ने तितो यथार्थ मात्र जाहेर गरिरहेका छन् ।

निश्चित प्रयोजनको लागी निकासा गरिएको सरकारी ढीकुटीको रकम ब्याक्तिगत स्वार्थ पुर्ती र आय आर्जनको उदेश्यले हिनामिना हुनु भ्रष्टाचार हो । आम मानिसहरुको साथै मेरो बुझाई पनि यहिनै हो । भ्रष्टाचारको बिरुद्धमा परेका उजुरीको फैसला गरी सर्बोच्च अदालते देश र जनताप्रति न्याय गर्ने ती बहादुर सम्माननीय न्यायधिस लाई देश भक्ति पुर्ण अभिबादन । साउन ३० गते सर्वोच्च अदालतले खुम बहादुर खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद ८५ लाख बिगो र त्यति नै जरीवाना सुनाएर राष्ट्रलाई न्याय दिलायो । यसरी फैसला हुँदै गर्दा भ्रष्टचारीको समर्थनमा गरिएका तोडफोड बिभिन्न ठाउँका बन्द र हड्तालको बिरुद्धमा राजनीतिक पार्टीका युवा लगाएत नागरिक समाज मौन देखिनु भनेको िसंगो राजनीतिको मुहान नै भ्रष्टाचारले दुसित हुँनु हो । पहिला पनि भ्रष्टाचार गरेका राजनीतिका घुस्याहा पूर्वमन्त्री वाग्ले र बहालवाला मन्त्री गुप्ता लाई सर्वोच्चले भ्रष्टचारी ठहर गर्दा भ्रष्टचारीको समर्थनमा बन्द हड्ताल जुलुस भने देखिएन ।

त्यसैले आफ्ना पिछाडी भिड र जुलुसको नेतृत्व गर्ने पनि नामुद भ्रष्टचारी हुन्छन भन्ने संकेत खड्का काण्डले देखाएको छ । अब सबै राजनीतिक पार्टीका भातृ संगठन र नयाँ परिबर्तन चाहाने तमाम यूवाहरुले स्वच्छ नेतृत्व अथवा भ्रष्टचारीको पिछलङ्गु मा फरक नदेख्ने हो भने खड्का काण्डमा जस्तै भ्रष्टाचारीको सति जाने धेरै हुँनेछन । राज्यमा भएको फितलो कानूनले जेल पनि भ्रष्टचारीको पबित्र घर बनिरहेको अवस्थामा हदै सम्मको आजिवन काराबास वा मृत्यु दण्डको बिषयमा कानूनी छलफल गर्न सबै राजनीतिक पार्टीहरु किन मौन छन् । आँफूले खनेको खाल्डोमा आँफै जाकिने डरको मौनताले राजनीतिक पार्टीका सबै नेताहरु कुनै न कुनै दिन भ्रष्टाचारको मुद्धामा कारागारको पबित्र घरमा जाने संकेत देखिन्छ ।

यदि नेपाल सरकारको नुन खाएका कर्मचारीले नुनको सोझो मात्र गर्ने हो भने नब्बे प्रतिशत भ्रष्टाचार आँफै निमुल हुन्छ तर सरकारी कर्मचारीहरुनै आँफूलाई पैरो जाने ठाउँमा सरुवा मिलाउन भ्रष्टाचारीको पाउमा अनुनय बिनय गर्न पुग्छन् । यो तितो यथार्थको जानकारी नहुँने सायद कुनै कर्मचारी छैन होल । कलबाईपासको मुद्धामा भ्रष्टचार ठहरिएका बिदेसि नागरिक रुबेल चौधरी लाई सर्वोच्चले पक्राउपुर्जी जाहेर गर्दा पनि तत्कालिन माओबादीका गृहमन्त्रिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गर्नुको साट्टा स-सम्मान प्रस्थान गराएर भ्रष्टाचार प्रतिको सामिप्यता देखाएको तितो यथार्थ सबैको मानसपटलमा फैलिएको देखिन्छ ।

मैले थोरै मात्र बुझेको के हो भने घुस नआउने भए योजना पारित नहुने अनि पारित भैहाले पूर्ण रुपमा भ्रष्टाचार हुँने� । यसैका उदाहरण बनेका छन पोखरा बिमान स्थलको माओबादी काण्ड लाउडा काण्ड सुडान घोटला एमालेको तत्कालिन नौ महिने सरकारको पालामा गरेको अरुण तेस्रोको सम्झौत खारेज र इतिहाँसले कहिल्यै पनि नबिस्रने चार बर्षे संबिधान निर्माणको क्रममा जनताको रगत पसिनामा जम्मा भएको राज्यको ढुकुटीबाट ६०१ सभासदले गरेकॊ ९ अर्बको भ्रष्टचार । आईएनजिओएनजिओ सरकारि निकाय देखि राजनीतिक पार्टी भित्र पनि भ्रष्टाचारको संजाल खेदिन्छ ।

हालै मात्र एमाओबादी पार्टीमा पनि भ्रष्टचारको नाउमा मुद्धा दायर गरिएका छन् भने राष्ट्रको नाउमा गरिएका भ्रष्टाचारको छिनोफानो समयले गर्नेनै छ । हामी चाहन्छौ सबै भ्रष्टाचारीलाई रज्यले कानुनी कठघरामा कैद गर्दा नेपाल नेताबिहिन राष्ट्र नबनोस ।

-मनोज कुमार डाँगी, एनआरएन कोरियाका कार्यसमिति सदस्य



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com