बिनोद भट्टराई

मोरङसुनसरीको सेवा समाज आव्हान
[2012-08-28 오전 12:06:00]

मोरङसुनसरी सेवा समाजमित्रहरु, सबैमा नमस्ते ।
आशा छ आराम कुशल हुनुहुन्छ ।
समय परिस्थितिले हामी आज जन्मभूमि छाडेर विश्वका विभिन्न ठाँउमा भौतारिन बाध्य छौ तथापी हामी आफ्नो माटो प्रतिको कर्तव्यबाट भाग्न सक्दैनौ । हाम्रा कठिनाईहरुलाइ समाधान गर्दै केहि समय बचाएर मातृभूमिको समृद्धिको लागि लगाउनु हाम्रो दायीत्व हुनेछ ।
यसै शिलशिलामा पहिले पनि यहाँहरुलाइ मोरङसुनसरी सेवा समाज नामक संस्थाको बारेमा केहि जानकारी गराइएको थियो । विगमा कतारमा स्थापित भएको यो संस्था आज मोरङ जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ इटहरीमा केन्द्रिय कार्यलय स्थापना गरि आफ्ना गतिविधिहरु शुरु गरेकोछ । जसको पहिलो परियोजनाको रुपमा एम्बुलेन्स सेवा संचालन गर्नको लागि कतारमा आर्थिक संकलन र नेपालमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेकोछ ।
यो संस्थाको उद्येश्य बृहत छ, यसलाइ संसार भरि छरिएर रहेका मोरङसुनसरीबासीहरुको साझा सामाजिक संस्थाकोरुपमा विस्तार गरि आपसी सम्बन्ध विकास गर्दै मोरङसुनसरी क्षेत्रको समृद्धिका लागि सक्दो भूमिका निर्वाह गर्ने सवल संस्था बनाउनुछ।जुन हामी सबैको स्वतस्फुर्त हातेमालोबाट मात्र सम्भवछ ।

त्यसैले यस सामाजिक संजालको सदुपयोग गर्दै यस अभियानमा सहभागि हुन विदेशमा रहनु भएका सम्पूर्ण मोरङसुनसरीबासीहरुमा हार्दिक अनुरोध गर्दछौं । यो संस्थागत अनुरोध हो । उपलब्ध भए सम्म यहाँहरुको इमेलमा पनि संचार गर्ने प्रयास गर्नेछौं तसर्थ यहाँहरुले आफ्नो इमेल ठेगाना पनि उपलब्ध गराइ आगामी संचार तथा सुचना प्रवाहमामा सहयोग पुर्याइदिनुहुन समेत अनुरोध गर्दछौं । यहाँहरुले आ आफ्नो मुलुमा मोरङसुनसरी नामक संस्था स्थापना गरि मोसु नेपालबाट प्रवास कमिटिको मान्यता लिएर संस्थागतरुपमा सहभागि हुन सकिनेछ। जसको लागि थप छलफल तथा जानकारीको लागि निरन्तर सम्पर्क हुनेछ भन्ने विश्वास लिएका छौं ।

संचालन तयारीमा रहेको एम्बुलेन्स सेवा लाइ सहयोग गर्न इच्छुक महानुभावहरुलाइ संस्थाको बैंक खातामा रकम पठाउन सकिने जानकारी पनि गराइन्छ ।

यसै शिलशिलामा इन्द्रेणी एफ एममा बजेको संस्थाको सन्देश पनि संलग्न छ कृपया सुन्नु होला ।
सम्पर्क :

नेपालः घनश्याम भण्डारी : ०२१५४१०३४,
कतार कुमार कार्कीः ००९७४५५७९६३७४,
गोकुल थापाः ००९७४३३०३५२३८,
बिनोद भट्टराईः ००९७४५५५३५९६८




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com