भवानी बराल

बलजिते, बहुलाईनी र बाबुरामहरु
[2012-08-26 오후 8:08:00]

उहिले नै उहिले निक्कै नै पहिले, धरानमा बलजिते नामका एक जना बहुला बिचरण गर्दथे । अहिलेको चिकित्सा विज्ञानको भाषामा त्यस्ता पात्रलाई मानसिक सन्तुलन ठीक नभएका वा मानसिक बिरबमी भन्नु पर्ने हुन्छ । जे होस बोलचालको भाषामा बहुला नभनेसम्म आम पाठकलाई बुझ्न कठिन होला भन्ठानी यहि शब्द प्रयोग गर्न‘पर्ने बाध्यता छ । यहॉ कथा बलजितेको छ । त्यतिबेलाका एकाध बहुला मध्ये बलजितेको फरक विशेषता भएकोले नै यहॉ चर्चा गर्न खोजिएको हो । उनी एकजना भूपू सैनिक पनि थिए । लामो समय वेलायती सेनामा काम गरेर रिटायर्ड भएका बलजितेको पेन्सन पाउ‘दर पनि थियो । तर पनि उनी किन बौलाए केहि थाहा छैन । धेरै जनाको मगज आर्थिक दुराबस्थाको कारण खुस्किन्छ । या त कुनै ठूलो मानसिक आघात ह‘ुदा ‘भेजा आउट’ हुन सक्ला । बलजितेको चैं के कारणले भएको थियो भनेर अनेक किस्सामात्र सुन्न पाईन्छ । उतिखेर मगज ठीक गर्न रॉची लानु एकमात्र विकल्प थियो । रॉची लाने क्रियाकर्म नहुदा बहुला, बहुलीहरुको थातथलो सडकमा हुने गर्दथ्यो । त्यस्तै एउटा पात्र थिए बलजिते लिम्बू ।

प्रायः बहुला, बहुलीहरु लोकप्रिय हु‘दैनन्, तर बलजिते भने लोकप्रिय थिए धरानेहरुका लागि । उनी कबिलाई युगका बहुला जस्ता देखिन्थे । नजिकै रहेको चारकोशे झाडीमा पाउने अनेक लहरालुहुरी, झारपात, नाङ्लो, मान्द्रो जिउमा बेरेर शरीरको अश्लिल पाटपुर्जा भरसक नदेख्ने गरी ढाकेका हुन्थे । भैंसीको सिङ्ग बोकेर हिंड्थे । त्यहि भैंसीको सिङ्ग उनको कमण्डलु थियो । चिया दोकानमा पुगेर भैसीको सिङ्ग थाप्थे । भैंसीको सिङ्गमा अटाउने जति चिया हाली दिनु पर्दथ्यो । सिङ्ग भरी चिया दिन आनाकानी गरे उसकै मुखमा तातो चिया पोखिदिएको प्रसंग पनि भुक्तभोगीहरु सुनाउ‘थे । तरैपनि बलजिते लोकप्रिय थिए । उनी सर्बसाधारणको विरोधमा उपद्रो गर्दैनथे । सडकमै धान नाचेर, पालाम, हाक्पारे गाएर रामरमिता देखाउ‘थे । खस नेपाली भाषामा आफ्नो कथा लिम्बू टोनमा सुनाउ‘दा अर्कै रमाइलो हुन्थ्यो । यसरी बलजितेले जिवनको अन्तिम समय धरानमा रमाईलो गर्दै गुज्रान गरे ।

उनी बॉकी समय बौलाए पनि आफन्तहरुले पेन्सन थाप्ने बेलामा चिरिच्याट्ट पारेर लान्थे रे । पेन्सन थापेर आफन्तले बुझिसकेपछि उनको बौलाहा दिनचर्या सुरु हुन्थ्यो । बलजिते धरानको रामरमिताका एक सडकछाप कलाकार थिए । उनको आकर्षणमा परेर उतिबेलाका युवाहरुले बलजितेको नाममा फूटबल समूह नै बनाएका थिए । बलजितेको बलिष्ठ शरीर र उनको कारनामाका अनेक किस्सा सुनेर युवाहरु आकर्षित थिए । बलजिते फूटबल क्लब सशक्त थियो । केहि युवाहरुले बलजितेको नाममा कल्चरल गु्रप पनि खोलेका थिए । अहिलेको चल्तीको भाषामा भन्दा बलजिते कल्चरल ब्याण्ड । अर्थात बलजिते त्यसबखतको जिताजाग्दा ‘ट्रेड मार्क’ थियो । मगज खुस्केको एउटा बहुलाप्रतिको स्वतस्फूर्त आकर्षण सायदै हुन्छ । तर, यो सत्य हो ।

बलजितेको एउटा गहिरो छाप यो लेखन्दासमा पनि परेको छ । एक दिनको कुरा हो म धरान बाहिर जान बसपार्कमा बस कुरी रहेको थिए‘ । बलजिते पनि आफ्नो बौलाहारुपी भाषण छॉटी रहेका थिए । त्यतिनैखेर एउटी बहुलाई महिला बलजितेको छेउमा आईपुगि । बौलाई सर्वांङ्ग नाङ्गै थिई । जिउमा एकसरो धागो थिएन । नाङ्गै देखेर बहुला बलजिते पनि तीन छक्क परे । अनि अलि पर सर्दै बलजितेले लिम्बू टोनमा भने, –‘लाखे–लाखे है । कुसुम मेदरन्नो हो । थुक्क जा“... । बौलिनु त बौलिनु सुठ्ठिको सारो गतिमति छाडेर त नबौलाउनु नी हौ ।’

यतिखेर नेपालका सत्ताधारी नेताहरु हेर्दा बलजितेले बौलाइनीलाई देखेर भनेको उक्त प्रसंग उस्तै लाग्छ । दरबारलाई छक्याउ“दै वा सुम्सुम्याउ“दै पञ्चहरुले भ्रष्टाचार गर्दा पञ्चायतइतर नेताहरु कोकोहोलो मच्चाउ“थे । पहिलो जनान्दोलन पछि सत्तासिन हुन पुगेका तिनै संसदवादी दलका नेताहरु बहुदलीयकालमा भ्रष्टाचारको पर्याय बने । सांसद खरिद विक्रि, पजोरो संस्कृति आयाराम गयाराम प्रवृत्तिले बहुदलीय संसदीय व्यवस्थाको हुर्मत काढे । आ“फैले गठन गरेको अख्तियारले डाम्दा समेत तिनले गरेको भ्रष्टाचारलाई राजनैतिक प्रतिषोधको विल्ला भिराउन खोजे । बहुदलीय व्यवस्थाको दिव्य बाह्र वर्षमा गरेको भ्रष्टाचारको न्यायिक हिसाव– कितावको अझै पुर्पक्ष भैसकेको छैन । गोविन्दराज जोशी, खुमबहादुर खड्का लगायतका नेता र अरु ‘राष्ट्रसेवक’ हरु भ्रष्टाचार गरेवापत जेल पसी ससकेका छन् । सञ्चार मन्त्री छ“दै जेपी गुप्ता संसदीयकालमा गरेको भ्रष्टाचारको मुद्धामा अभियोग कायम भई सजायको भागिदार भएका छन् ।

तर, उतिबेला गरेको भ्रष्टाचारमा अदालतले गरेको फैसलालाई जेपीले मधेस आन्दोलनसंग जोडेर परिपाठ लाउन खोजे । यो भन्दा नाङ्गो कुरा अरु के हुन सक्छ ? मधेस आन्दोलननै नभएको बेला गरेको भ्रष्टाचार, मधेस आन्दोलनसंग सम्बन्धित हुनु यो भन्दा उदेक लाग्दो कुरो अर्को हुन्न । सुडान घोटालाका अभियुक्त पूर्व आइजिपी हिमबहादुर गुरुङले आदीवासी जनजाति आन्दोलनसंग आफ्नो गिरफ्तारीलाई जोडे भने पनि अन्यथा मान्नु पर्ने छैन । मधेस आन्दोलनको मुद्धा त भ्रष्टाचारको अभियोगलाई अन्यत्र मोड्न सकिन्छ कि भनेर उनले गरेको राजनैतिक खेतिपाति थियो । तर, जेल जा“दाजा“दै उनले आफ्नो जसरी मुद्धा केलाईयो भने कुनैपनि नेता भ्रष्टाचारी हुनसक्ने जुन कुरा वताए, त्यो भने सा“चो हो ।

तिनै संसदवादीलाई १२ वर्ष भ्रष्ट, राष्ट्रघाती, जनघाती भनेर नथाक्ने माओवादीका मन्त्रीहरु यतिखेर भ्रष्टाचार, राष्ट्रघात, नातावाद, कृपावाद, फरियावाद, जनघातमा चुल्र्लु‘म्म डुबेका छन् । बाबुरामले नै भ्रष्टाचारलाई अनुमोदन गरिदिएपछि संसदीय व्यवस्था छ“दै भ्रष्टाचारका अभियन्ता बनेका मधेसवादी दलका सत्ताधारी नेतालाई खुदो भएको छ । शान्ति र संविधान, सुशासन र समृद्धिको नाममा बाबुरामको मन्त्री परिषद भ्रष्टाचारको आहालमा छ । महंगी, असुरक्षा, अभावले दैनिक जिवन कठिन मोडमा पुगेको छ । बाबुराम सरकारको भ्रष्टाचार, अनियमितता र कुशासनको फेहरिस्त कहेर साध्य छैन् । बाबुरामको औपचारिक बौद्धिकताको किर्ति–गाथा गाउ“दै ‘बाबुरामलाई काम गर्न दिउ“’ भनेर अपिल गर्नेहरु अहिले यी सबै कुशासन देखेर लाजले भुतुक्क भएको हुनुपर्छ । राजधानीका ति कथित ब्रोईलर बुद्धिजीवीहरु बाबुराम सरकारको रफू गर्ने आ“ट गर्न सकेका छैनन् । किनकी बाबुराम सरकारको भोटो उद्रेको मात्र होइन भ्वा“ङ नै परिसकेको छ । बाबुराम सरकारका अङ्ग पतन शरदसिंह भण्डारी, जेपी गुप्ता, प्रभु शाह प्रकरणले देखाएको छ । बाबुराम आफैले भनेजस्तो यो गठबन्धन ‘आलु र घिउ मिसिए’को होइन, गोबर र खरानी मिसिएको जस्तो छ । भ्रष्टाचारलाई माओवादी पार्टीको सरकारले नै अनुमोदन गरेपछि माओवादी कार्यकर्ताले त्यै कुरा सिके भने अन्यथा मान्नु पनि पर्दैन । बहिर्गमनमा परेका अयोग्य लडाकुहरुले देशव्यापी चक्काजाम गरेर त्यै कुरा खोजेका थिए । माओवादी नेताहरु नै १० वर्षे राजनीतिक जिवनको बाली भित्राउन जेसुकै गर्न तयार छन् भने बहिर्गमनमा परेका र वाईसिएलले जनही १० लाख माग्नु कुन ठूलो कुरो थियो ? भिषण राजनैतिक विद्रोहको बाली राजनैतिकरुपमा नखोजेर आर्थिक सम्पन्नतामा नगदीकरण गर्न नेताहरु नै लागि परेको बेला लडाकु र वाइसियलले यस्ता माग उठाउनुलाइ अस्वाभाविक मान्न मिल्दैन ।

हिजोका पञ्चहरु त बलजिते जत्तिको नाङ्गिएका थिए । तरै पनि बलजिते जस्तो मानसिक विरामीलेसम्म थुकेको नाङ्गिएकी महिला झैं सर्वाङ्ग थिएनन् । पञ्चायती नेताहरुको यहा“ समर्थन गर्न खोजिएको होइन् । उनीहरु पनि संसदीय कालखण्डमा त्यत्तिकै वदनाम फरिस्ते भए । अब भन्नुस बलजितेले बहुलाईनीलाई भनेझैं नेपाली जनताले आजका नेतालाई बहुलाईनीको कोटीमा राख्दा कसो पर्ला ? बहुला बलजिते जत्तिको विवेक नभएकाहरुले यो मुलुकलाई कहॉ पु-याउलान ? बहुला बलजिते जत्तिको आकर्षण पनि नभएका कतिपय नेताहरु छन् । जसले नेपालको राजनीतिमा हालीमुहाली गर्छन । बलजितेको जत्ति नैतिकता, आदर्श, मूल्य र मान्यता नभएका नेताहरु जनतामाथि शासन गर्छन । यो बिडम्बना हो । मर्नु भन्दा बौलाउनु निको भन्ने नेपाली उखान छ । बौलाएरै भएपनि बलजितेले धरानलाई एउटा छाप छोडे । तर हाम्रा नेताहरु सद्धे भएपनि जनतामा छाप छोड्न असमर्थ हु“दैछन् । बहुलाईनी जत्तिकै नाङ्गिएका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com