मनोज कुमार डाँगी

नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस सरकारी स्तरबाटै समाधानको खाँचो
[2012-07-31 오후 4:02:00]

भनिन्छ गल्ति गर्ने भन्दा सहने बढी अपराधि हुन्छ कानुनको नजरमा । त्यसैले अरुले गरेका नराम्रा कामको रमिता मात्र हेर्नु पनि मानविय न्याय नहुँनाले तेस्को भागिदार हाम्रा भाबि पुस्ता हैन हामीलेनै समाधान खोज्नु आवश्यक ठान्दै नेपाली पासपोर्टलाई कोरियाली सरकारले हेर्ने दृटिकोण र परिणामको बारेमा सकारात्मक बिष्लेषण गर्ने अनुमति चाहन्छु । कोरियामा सन १९९१ देखि क्रमश नेपालीहरु भित्रिने क्रम जारी छ । शुरुका दिनमा टुरिष्टको रुपमा आएपनि हाल केहि मात्रामा बिद्यार्थीहरु र ठूलो संख्यामा श्रम गर्ने यूवाहरुको उपस्थिती देखिन्छ । सथै ब्यावसाय गर्ने नेपालीहरु पनि क्रमश बृद्धि हुँदैछन् । चर्को श्रम बेचेर बिदेशी भूमिमा कमाएको पैशाले आँफु र आफ्नो भबिश्य सुन्दर बनाउँने सपना हिजो कोरियनमा पनि थियो र आज नेपालीमा छ ।

एउटा पुस्ताले कमाएको श्रमको मूल्य धेरै देशका युवाहरुलाई बेच्दा पनि नसकिने भएको छ अहिले कोरियाको श्रम बजार । लगभग चालीर पचास बर्ष अगाडी मलेसिया साउदी कतार जापान जस्ता देशमा श्रम गर्ने कोरियनहरु राष्ट्रको निम्ति निश्चित समयका लागी श्रम बेचिरहेका हुन्थे । तर हामीले बेच्ने श्रमको कुनै समय सिमा छैन । बिदेशी भूमिमा झरेको थोपा थोपा पसिनाने नेपाली माटोमा सिन्चित गर्ने सोचलेनै भाबि पुस्ता प्रति न्याय हुँनेछ । यस्तै सोचका साथ तीन बर्ष सम्म नेपाली यूवाहरुलाई तालीमको लागी कोरिया पठाई त्याहाँ सिकेको सिपलाई नेपालमा भित्राउने उदेश्यले लुम्बिनी म्यानपावर मार्फत नेपाली यूवालाई कोरिया पठाउन शुरु भएको थियो ।

नेपाल सरकारबाट यूवाहरुलाई निश्चित समय सम्म सिकेको सिपलाई स्वदेशमा गरिने उत्पादन क्षेत्रमा प्रयोग गरिने सर्तमा सम्बन्धित म्यनपावरले स्वीकृती पाएपनि ती यूवाहरुको नागरीकता र पासपोर्ट परिबर्तन गरी पुन कोरीया प्रबेशगराई मोटो रकम असुलेको हुँनाले धेरै यूवाहरु ओभर स्टेको नाममा आजीबन कोरियाको लागी प्रतिबन्धित भएका उदहरण धेरै छन् । यसरी कोरिया सरकारले तोकेको नियम परिधिमा रहँदा रहँदै अथवा बिना ओभर स्टे धेरै नेपाली श्रमिकहरु ठूलो लगानी गर्ने ब्यापारीहरु नेपाली बिद्यार्थीहरु म्यारिज भिषाका युवाहरु आदिलाई स्वदेश फर्काएर सजायको भागीदार भैरहँदा त्यो परिस्थितिको सृजना गर्न प्रत्यक्ष अप्रत्पयक्ष रुपमा दोस्रो नागरिकता र पासपोर्टमा साइन गर्ने अधिकृत स्तरका घुस्याहा कर्मचारीलाई नेपाल सरकारले कानुनी कठघरामा नउभ्याउनाले यस्था दुःखत परिस्थितिको सृजना भएको सबैको अगाडी छर्लङ्ग छ ।

जसरि लुम्बिनी म्यान पावर लाई कार्बाहि स्वरुप लाईसेन खारेज गर् यो त्यसैगरि नक्कली नागरिकता र पाशपोर्टमा प्रमाणीत गर्नेलाई तीन पुस्ता सम्म बिदेश जान र सरकारी जागीरमा प्रति बन्ध लगाएमात्र सबैलाई कानुनी अधिकारको प्रत्याभूती महसुस हुँनेछ । यसरी राज्य स्तरबाट सानालाई ऐन र ठूलालाई चैनको भगवान भरोसा नियमले धेरै यूवाहरु दक्षिण कोरियामा कानुनको अगाडी हेपिन बाध्य छन् । त्यसैले हामीले हाम्रा पुस्ता र नेपालको शिरलाई संसारमा उच्चबनाउँनको लागी सर्ब प्रथम आँफू पनि कानुनी बाटोमा िहंड्नु जरुरी छ ।

बिदेशमा खुलेका सबै संस्थाहरुले बर्तमान नेपालको अवस्था र भाबी पुस्ताको बारेमा चिन्तन अनि समस्या समाधानका बरेमा गरेका सौधाबाजीले आसाको संकेत गरे पनि ब्यवहारीक रुपमा राष्ट्र निर्माणमा चेतनाको ढोका भने उघि्रन बाँकी देखिन्छ । राष्ट्रमा आर्थिक सम्बृद्धिको ढोका नखुलेमा जतिसुकै सम्पन्न भएपनि ती धनबहादुर र गैरआवसिय नेपालीहरुलाई हेर्ने दृष्टिकोण खासै परिबर्तन देखिँदैन त्यसैले राष्ट्रको लागी धेरै ठूलो काम गर्न नसके पनि हामीले बिदेशमा दुःखले कमाएको पैशालाई कानुनी रुपमा नेपाल पठाउँन हामी किन चुकिरहेका छौं ।

दुई पैशाको प्रलोभनमा बिदेशमा कमाएको पैशालाई गैरकानुनीरुपमा तेस्रो मुलुक पठाउँदा हामीले अप्रत्यक्ष रुपमा कालाबजारीको बृद्धिमा सहयोग गरिरहेका छौ । तेस्रो मुलुकका कालाबजारीलाई चाहिने डलर हमिले पुर् याई दिएका छौं । हामीले पठाएको डलर नेपाल नपुग्ने तर काला बजारीसँग भएको रकम नै नेपालमा बितरण भैरहेको हुँदा आज नेपालमा महँगी दिन दुई गुना रात चार गुना बढी रहेको छ । दुई पैशाको लोभमा चार पैशाको महँगी खेप्नु भन्दा एक डलर देशमा पठाएर महँगीको समस्या नहुनुनै देशप्रतीको सच्चा न्याँय हुँनेछ । आज बिदेशबाट ल्याईने नुन तेल पेट्रोल आदि किन्न राष्ट्रले डलरको समस्था खपिरहेको अवस्थामा हामीले गैर कानुनी रुपमा तेस्रो मुलुकमा डलर पठाउँदा भाबि पुस्ता र राष्ट्रप्रतिको हाम्रो गैरजिम्मेवारी प्रष्ट देखिन्छ ।

कोरियामा लगभग १५ हजार भन्दा बढी छ नेपालीहरुको संख्य । सबैलेकानुनी रुपमा आँफुले कमाएको रकम नेपाल पठाएमा प्रत्येक महिना थोरैमा दुई करोड पच्चिस लाख अथवा बार्षिक सत्ताइस करोड डलर नेपाल भित्रिने हुँदा म एक जनाले के फरक पर्ला भन्ने सोचाईलाई अन्त्य गर्न बिषेश गरेर कोरियाका अगुवा ब्यापारीहरु सबै संघ संस्थाका नेतृत्व पंति बुद्धिजिबि बिद्यार्थीहरु नेपाल पत्रकार महासंघ कोरिया साखाका मित्रहरु अनि सबै श्रमिक युवाहरुको दिमागमा नेपाल र नेपाली प्रतिको चेतना जगाउन नेपाल सरकारका सम्बन्धित निकायले समयमै रचनात्मक भुमिका खेल्नु जरुरी देखिन्छ ।

नेपाली युवाहरुको त्यो उर्जासिल शक्तिलाई कोरियन सरकारले देश निर्माणमा भरपुर उपयोग गरिरहँदा कति जना नेपाली अंग भंग कतिको अकालमा हुँने दुर्घटना र बढ्दो आत्महत्यले परिवार अनि राष्ट्रले के पाउदैछ यसको बारेमा बास्तबिक कारण त्यसको समिक्षा साथै समाधाका उपायहरु बेलैमा केलाउनु सबैको कर्तब्य हुँनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com