vinod kumar nepal

रास्ट्रिय डाँकाहरुबाट संबिधान तुहियो
[2012-05-28 오후 5:17:00]

नेपालका रास्ट्रिय डाँकाहरुले आफैले जन्माएको संबिधान सभा भंग गरेर देशको मूल कानून निर्माण हुन् सकेन । यो वा त्यो व्यक्ति अथवा राजनीतिक दल यसको दोषी हो भन्नै परेन संबिधान सभामा रहेका सबै दल र तिनका नेता, कार्यकर्ता र सभाषद नेपालको संबिधान नबन्नुका कारक हुन् ।

सुन्दरता नै सुन्दरताले भरिपूर्ण नयाँ नेपालको ''सुन्दरी संबिधान'' संबिधान सभामा कोहि नेपालि प्रतिनिधि थिएन, कोहि भारतीय मूलका नेपाली अनुहारका, कोहि मधिसे, कोहि दलित, कोहि अन्य जातजातिका, कोहि लुटेरा, कोहि अपहरणकारी, कोहि डाँका, कोहि भ्रस्टाचारी अनि कोहि १० बर्ष बन्दुक र खुकुरी प्रहार गरि आएका ज्यानमारा मानिसहरुको मात्रै संबिधान सभामा उपस्थिति थियो जसले दशकौ देखि आफ्नै भूमिमा शरणार्थी जस्तै बन्दै आएका नेपालीहरुलाई संबिधान दिने कुनै सुनिस्चितता गरेनन अनि नेपाली ढुकुटी रित्तो नहोउन्जेल रास्ट्रिय डाँकाहरुले संबिधान सभा नाउको नौटंकी कोटरी ओगटी रहे र नेपाली जनतालाई रित्तो किताब भिडाए अर्थात सुन्य संबिधान ।

जब देशको मूल कानून ''संबिधान'' नै छैन भने त्यो मुलुक होइन, त्यो कुनै अर्को रास्ट्रको उपनिबेस जस्तो भयो, यतिखेर नेपाल भारतको उपनिबेस भएको छ । नेकपा माओबादी, नेपाली कांग्रेस, नेकपा एमाले र मदेशबादी दलका नेता भनाउदा रास्ट्रिय डाँकाहरुको मूल उद्देस्य नेपाल स्वतन्त्र अभिभाज्य रास्ट्र भन्दा भारतको एउटा थप अर्को राज्य बनाउने र राज्य पाल को बन्ने? भन्ने घम्साघम्सिमा ४ बर्ष बितेको अनुभवले यसो भन्न सारा नेपालीहरुलाई बाध्य बनाईरहेछ । नयाँदिल्लीस्थित साउथ पोलको पनि त्यहि ईछ्या थियो र उसको निरन्तर निर्देशनमा हुने रास्ट्रिय गतिबिधि र भारती गुप्तचर संस्था ''रअ'' को निर्देशनमा हुने रास्ट्रिय डाँकाहरुको ''एक बिरुद्द अर्को'' को परिचालनले नेपालको संबिधान बन्न नदिने बाताबरणको जग ''कटुवाल काण्ड'' देखि बसाउदै ल्याईएकोबाट बुझिन्थ्यो । भारतीय दुत जयन्त प्रसादको यहि मे महिनामा ४ पटक काठमान्डू-नयाँदिल्ली-काठमान्डूको आपतकालीन भ्रमणले त्यो प्रस्ट पारिरहेछ । जयन्त प्रसाद नेपालका लागि भारतीय दुत हुन् भने माओबादी, कांग्रेस, एमाले र मधेसबादी दलका मुखुण्डा मध्ये को? नेपाल नाउको भारतीय प्रान्तको महापाल हुने हो निकट समयले देखाउने छ ।

सात सालमा राजा त्रिभूवनले दरबारिया प्रजातन्त्र नाउको लूटतन्त्रको जग बसाल्न खोज्दा सारा भेडा नेपालीहरुले ज्यान आहुति दिए, धर्मभक्त-गंगालालहरुले जिब्रो टोक्न सहिछाप गरे । १५ सालमा नेपाली कांग्रेसको भारतीय राज्य समायोजनको योजनाको पटाक्षेप हुँदै गर्दा राजा महेन्द्रले बीपीलाई सुन्दरीजल खोरमा थुन्नुको आसयको खोजि गर्दा गर्दै भेडा नेपालीहरु सयौले देह त्याग गरे । दुखजिलो गरि खाइ आएका गरिब किसानको उन्मुक्ति भनेर घिउ भात खाने भूमिगत बस्ने ''घिउचोर कम्युनिस्टहरु'' का नाना थरिका पार्टीहरुले गरिब किसानलाई मुर्गा बनाए, जेल पठाए र अन्त्यमा पंचहरूको चरम दमनको शिकार बनाए । २०३६ सालमा बहुदल नाउको अर्को नौटंकीको पर्दाफास हुनु अघि उही बिपी, पुष्पलाल र मनमोहनहरुका धोखाधडीका पात्र भए नेपाली जनता, राजा बिरेन्द्रले लोप्पा ख्वाए पछी केन्द्र सरकारको चरण कमलमा हाजिर हुन् नेपाली रास्ट्रिय डाँकाहरुको शरण पर्यो नयाँ दिल्लीमा तर घाइते भए नेपालीकै छोरा र विरेन्द्रका बूट्धारिले कति गोदे सबैलाई जानकारी भएकै छ । ४२ सालमा लाज शरम पचाएर सत्याग्रह नाउको अर्को झूटतन्त्र भित्र्यायो कांग्रेसले काठमान्डूमा रास्ट्रिय डाँका दल कांग्रेसका टाउकाहरु मित्रपार्कको छहारीमा ओत लागे तर कटबाँसका बज्र खाए नेपालीका छोराछोरीले, सत्याग्रह झूटाग्रह बनायो पंचायतले । ४७ सालमा बल्ल बल्ल प्रजातन्त्र फर्कियो नेपालमा तर त्यसको सारा हिस्सा साउथ पोलले पाँच दसकको लगानी बापत नयाँ दिल्ली पुर्यायो तर रस बिनाको आडम्बरतन्त्र तीन बर्ष पनि टिकेन, आडम्बरतन्त्रका लागि रगत बगाए नेपालीकै छोराले तर रस चुस्ने चुसाहा बन्यो कांग्रेस र कम्युनिस्ट भनाउदा रास्ट्रिय डाँकाहरुको एउटा सानो समुह । २०५२ सालमा अर्को ठूलो रास्ट्रिय डाँका दल देखा पर्यो र झन्डै दश बर्ष ठुलो डाका दल माओबादीले रातमा र सानो डाँका दल कांग्रेस-एमालेले दिनमा नेपाली जनतालाई नै चुसे । ६३ सालमा ठुला साना सबै डाँका मिले र अर्को भयङ्कर डाँकालाई परास्त गरे, यो अभियानमा मर्ने र कुकुरको मृत्यु बहन गर्ने नेपालीकै छोराछोरी भए तर डाँका दलका कुनै टाउकाको केहि क्षेती भएन । गणतन्त्र नाउको स्वेत लूटपाटतन्त्र त्यो पनि संबिधान सभा नाउको कोटरीको रुपमा चुनाव भयो र भेडा नेपालीको अनन्त प्रेमले लुटाहाहरुको जग बस्यो । चामलको गेडो नदेखेकादेखि गिद्द उडेको देख्दा जहाज आयो भन्ने नेपालीहरु संबिधान सभाका टाउका बने तर भोट दिनेहरु मुर्गा बनेको बनै रहे, चार बर्षमा ढीड़ोको मुख नदेखेकाहरु काठमान्डूका रेस्टुरेन्ट चाहार्ने भए तर तिनका भोट बैंकहरु जहाको तही रहे । यी यस्ता गतिविधिले रास्ट्रिय डाँकाहरुलाई संबिधान बनाउन भन्दा रास्ट्रिय धन हसुर्नमा हौस्यायो, ४ बर्षमा अरबौं रुपैया हसुरे तर नेपालि जनतालाई हात लाग्यो सुन्य । नेपालको आजको दुर्दशाको कारक रास्ट्रिय डाँकाहरु मात्र होइनन नेपालीका सन्तान पनि हुन् । रास्ट्रिय डाँकाहरुले दिने झूटो आस्वाशनको नेपालीहरु कृपालु र मगन्ते बनेर पनि हो नेपालले कहिले सच्चा प्रजातन्त्र वा लोकतन्त्रको जग लिन नसकेको, अनि कसरि बन्छ संबिधान?

खासमा संबिधान सभा जंगली डाँका माओबादी बाहेक स्वेत डाँका कांग्रेस र एमालेको एजेन्डा नै होइन, कांग्रेस एमालेका टाउकाहरुको खाने मेसो उही थोत्रे सम्सदिए ब्यबस्था छदै थियो, जसले उनीहरुलाई महंगा गाडी, आलिसान महल, बैंक ब्यालेन्स जोडी दिएकै थियो, छोराछोरीको सिक्षा बिदेशी बिध्यालयमा दिलाएकै थियो, शहिदको नाउमा सिंहदरबारमा पुर्याएकै थियो, चिनेजानेका आफन्तहरुका जागिर कर र भन्सारमा गराएकै थियो, देशका नामूद गुण्डाहरु उनको सुरक्षामा लगाएकै थियो अनि किन चाहियो गणतन्त्र अनि नयाँ संबिधान? राजा महेन्द्रले बनाएको सोसिएल हार्मोनी उपयोग गरेर जात जातिमाथि राज्य गर्ने कांग्रेस एमालेको जातीय राजनीति रात्रि डाँका माओबादीले खल्बलाए पछी अहिले नेपालको सोसिएल हार्मोनी यति कम्जोर भयोकी यसकै कारणले संबिधान सभामा राज्य पुनरसंरचना बारे सहमति हुन् सकेन र संबिधान सभा तुहियो । जातजातिको राजनीतिले रास्ट्रिय राजनीति प्रभावित भयो । रास्ट्रीयता कमजोर भयो, जातिएता, क्षेत्रीयता र साम्प्रदायिकता सबल भयो । यो अबस्थामा रास्ट्रिय डाँकाहरुको मनोबल गिर्न पुग्यो । जातीयता र क्षेत्रीयतालाई जित्न सक्ने नभएका कारण सबै परास्त भए र छोडी दिए जे सुकै होस ।

आखिर चिसो खाए पनि तातो खाए पनि हावा खाने नेपाली जनता नै हुन् । बिजुली, पानि, दैनिक उपभोग्य बस्तुहरु, बालबालिकाहरुको शिक्षा, सुरक्षा जस्ता नेपालीहरुको जिबिकोपार्जनको आधार अहिले क्षतविक्षत भएको छ, मान्छे र भुस्याहा कुकुर मर्ने र मार्ने कुरो एकै भए पछी अनुमान गरौ ५० बर्षदेखिको प्रजातन्त्रले नेपालमा के दिईरहेछ? अझै पनि झूटा आस्वाशन बाँड्ने नेताहरुको पद्दति र त्यसलाई ग्रहण गर्ने अधिकाम्स नेपालीहरुको मनोवृत्तिले नेपालीहरु कून युगमा बाचिरहेका छन बताइरहनु पर्ला? झूट नै झूटको नारा दिएर संबिधान सभामा पुगेका रास्ट्रिय डाँकाहरुले नेपालीहरुलाई सुन्दरता नै सुन्दरताले भरिपूर्ण ''सुन्दरी संबिधान'' दिन्छु भनेर ४ बर्षसम्म बाँडेको अस्वाशन आखिर सुन्यमा सिमित भयो । यो सब ताण्डवनृत्यको जिम्मेवार नेपाली जनता पनि हुन्, त्यसैले उनीहरु चुपचाप बाबुराम भट्टराइको नयाँ संबिधान सभा चुनावको रमिते बनिरहेछन । किन सक्दैनन् नेपालीहरु रास्ट्रिय डाँकाहरुलाई कालो मोसो अनुहारमा दलेर, जुत्ताको माला पहिर्याएर, तीन शहर घुमाएर अनि ४ भन्ज्यांग कटाउन? कम्तिमा ०४७ को संविधानले नागरिक अधिकार उपयोग गर्न र गद्दारलाई सार्बजनिक कारबाही गर्न बाटो खोलेकै छ हैन र?

नयाँ संबिधान नबने पनि अन्तरिम संबिधान त् छदै छ नी, त्यो नभए ०४७ को संबिधान होला, त्यसैलाई उपयोग गर नेपाली हो र रास्ट्रिय डाँकाहरुले ४ बर्ष चपाएको रास्ट्रिय धन ओकल्न लगाउन पनि केहि चाहिँ अबस्य गर्ने पर्छ । अनि अर्को कुरो रास्ट्रिय डाँकाहरुबाट अब केहि हुन्न, नयाँ नेतृत्व खोज्नु पर्छ चाहे त्यो देशभक्त तानाशाहा नै किन नहोस । जातीय दंगाले उम्लिएको नेपालको सोसिएल हार्मोनी अब लुटतन्त्रका ठेकेदारहरुले ठेगान लगाउन सक्दैनन् त्यसको मेसो मिलाउन रास्ट्रिय भावना भएको कोहि छ भने जिम्मा लगाउ नेपाल तर लुटेराहरु र डाँकाहरुलाई चाहिँ होइन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com