एनके संवाददाता

मदन भण्डारीको कम्युनिजम सम्झिदा
[2012-05-24 오후 7:28:00]

गिरिजा र मदन भण्डारी नाताले थोत्रो सम्शदीय व्यवस्थाको पक्षी-बिपक्षी भएपनि गिरिजाले अमर लामालाई मदन भण्डारीको पजेरो नारायणी नदीमा खसाल्नु र आफु भिरतिरै हामफाल्नु अनि ज्यान जोगाउनु भनेका थिएनन तर १४ जना निर्दोष भरिया नेपालीले ज्यान गुमाए पछी बर्तमान एमाले नाउको नपुंगसक पार्टीको नेता माधव कुमार नेपालको जयजयकार भयो अर्थात तत्कालिन मालेका संगठन बिभाग प्रमुख जीवराज आश्रितको जति पनि हैसिएत नभएका नेपालको खाँडो दासढुंगा दुर्घटनाले जगाएको अबको २४ घण्टा पछी दुई दशक पुरा हुँदैछ ।

नेपालमा गरिबी, दुखि र सधै आशै आशमा जीवन गुजारा गरि खाने मानिसहरुको ठुलो हिस्साले कम्युनिस्टहरुको राजनीति गरि खानेहरुलाई मलजल गरिआएको छ । गरिबी र कम्युनिजम एक अर्काका पर्याय हुन् भन्ने कुरो नेपालीहरुले जून दिन बुझ्छन, त्यो दिनबाट सदाका लागि कम्युनिजम नेपालबाट हट्छ, यति मात्र होइन खप्परमा श्री लेखिएका प्रचण्ड, माकुने, झल्लु जस्ता कम्युनिस्ट खप्पर अनि अवसरबाद शरीर भएका झन्डै ३ दर्जन जति कम्युनिजम खेति गर्नेहरुको बाँझो खेतमा कंक्रिट र बालुवा उब्जनी हुन्छ ।

इलाममा कुनैबेला साइकल चढ्ने झल्लु र रौतहटमा गोरु गाडा चढ्ने माकुनेहरुको कम्युनिजमको जग बसाली दिने मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा जिप दुर्घटना एउटा सहज माध्यम भएपनि बाफल र कोटेश्वरको बंगलाको पिलार उकासी दिने गिरिजाको संसदीय ब्यबस्था थियो, कृष्ण प्रसाद भट्टराइले माकुनेलाई चिर कालसम्म बिपक्षी दलको नेता हुनु भनेर आशिर्बाद दिएका कारण माकुनेको धन दौलतको चुचुरो थप्ने काममा गरिब कम्युनिजम भन्दा धनि संसदीय ब्यबस्थाले भरथेग झन्डै आजसम्म गरि आएकै छ ।

हुन् त मदन भण्डारी आज जीवितै भएको एकछिन अनुमान गर्ने हो भने पनि कम्युनिजम उबेलाको देउसी भैलो माग्ने पद्दति भन्दा अलि फरक तर संसदीय लूटतन्त्रकै हाराहारिमा हुन्थ्यो, जून प्रजातन्त्रको एकमात्र ठेकेदार कांग्रेसले बिंडो थाप्दै आएको र लोकतन्त्र भन्दै धनको नियन्त्रक र गरिबीमाथि शासन गर्ने उपल्लो सोसिएल डिमोक्रेसी हुन्थ्यो, नेपालमा मदन भण्डारीको अबसानले कांग्रेसले सोसिएल डिमोक्रेसी अंगाल्नु परेन, माकुने र झल्लुले कम्युनिजम बसाल्नु परेन । यसबाट बुझ्न जरुरि छ, थांगने संसदीय ब्यबस्थामा बर्तमान कांग्रेस र एमाले भाइ-बन्धु हुन्, यिनलाई राजनीतिको सिमाना भनेको कम्युनिजम भन्दा एक कदम अगाडी सिधै निल्ने र पचाउने ब्यबस्था हो भन्ने ज्ञान छ । यो ब्यबस्थाभित्र झन्डै २० बर्ष एकादुई नेताले देशको ढुकुटी निल्न र पचाउन सहजै पाएकाले आम मानिसहरुको रोजाईको सोसिएल डिमोक्रेसी मात्रै पनि अबलम्बन गर्न नेपाली गणतन्त्रभित्र उनीहरु हिच्किच्याई रहेका छन ।

कम्युनिजममा एकल व्यक्तिले हसुर्न र पचाउन सहज हुन्न, सोसिएल डिमोक्रेसीमा पनि त्यो सम्भव रहन्न तर गिरिजाको संसदीय ब्यबस्थामा सारा देशबासीलाई देशको ढुकुटी समानुपातिक हिसाबले बाड्न र बिकास निर्माणमा लगानी गर्न पनि सम्भव हुन्न । यहि विरोधाभासका कारण कांग्रेसभित्र एकादुई टाउका लक्ष्मी नारायण भए भने बाँकीको चपरी मुनि बास रही आएकोछ । एमाले नाउको नपुंगसक दलको पनि यहि हविगत छ, माकुने, झल्लु लगाएत केहि चपरीमुनिबाट रास्ट्रिय पुँजीपति भए, मोहनचन्द्र अधिकारि र बिरेन राजबम्सिहरु जस्ता अधिकाम्सको चपरी मुनि बासले कहिल्यै छोड्नेवाला छैन । खड्ग ओली, भिम रावल, प्रदीप नेपाल, मुकुन्द नेउपाने जस्ता देख्दा कम्युनिस्ट छाम्दा लुटेरा संसदीय अनुहारका नेताहरुको हैसिएत निर्माण पनि गिरिजाको संसदीय व्यवस्थाकै उपज हो । कांग्रेस-एमालेका उपल्ला नेताहरुको ''कमाउ सिद्दान्त'' मदन भण्डारीको अबसानले जन्माएको हो, भलै मदन भण्डारीको हत्यामा गिरिजाको हात रहेको तुस पालेर अझै बसिरहेका एमालेका हजारौ कार्यकर्तामा रणभुल्लता कायमै छ, बिचरा सच्चा कम्युनिस्टहरु ! नेपालमा सच्चा कम्युनिजम अब फेरी फर्क्यो भने नेपाल १ सय बर्ष अघिको नर्कटघारीमा परिणत मात्र हुनेछैन, केराको पातले लाज ढाकेर हिड्ने संस्कारमा बदलिने पनिछ, यो आज कदापि सोच्न पनि सकिन्न ।


उबेलाका त्यत्रा कम्युनिस्ट नेता भण्डारी राजा बिरेन्द्र र गणेशमानहरुका तारिफका पात्र थिए । चारु मजुमदारदेखि ज्योति बसुसम्मका ज्ञान विज्ञानका हिमायती थिए । माओबादीको कम्पोसा र रिमसंगको द्वन्दात्मक भौतिकबादको व्याख्याता थिए । भारतमा झन्डै पतनको सीमामा अड्किएको नक्सलबाददेखि प्रचण्डको जनयुद्द गिरिजाको संसदमा ९ सिटमा सिमित हुँदा समेत भण्डारीको गुन्जाएस देशभित्र मात्र होइन दक्षिण एसियामै चलिरहेथ्यो तर शेर बहादुर देउवाको पजेरो संस्कृतिबाट भण्डारीको कम्युनिजम लूटतन्त्रको सिकार हुँदै थियो । मसट्यांग म्याक्स त्यो बेला पनि थियो तर सार्क स्तरीय नेता सम्झिने भण्डारीको कम्युनिजमको सुरक्षा म्याक्सले गर्ने देखिएन र नेपाली जनताको बिकास लगानीको एउटा अंस तत्काल ५० हजार डलर पर्ने पजेरोमा हालियो । तर सुरक्षित पजेरो ४ बल्ड्यांग खाँदै नारायणी नदीमा हाम फाल्दा भण्डारीले नदीमा पौडिएर तर्ने साहस गुमाई सकेका थिए । भनिन्थ्यो बनारसमा पढ्दा भण्डारी गंगामा पौडीन्थे । यत्रा ठुला नेताका पत्नी घरमा भात पकाउने भान्छे जस्ती थिइन्, उनलाई कम्युनिजमको 'क' समेत जानकारी थिएन । मदन भण्डारीको पजेरो नारायणी नदीमा जेष्ठ ३, २०५० सालमा खस्दा भण्डारीकी पत्नी बिध्या माली गाउको एक पुराना पन्चको घरमा भाडामा दुइ छोरीहरु निशा कुसुम र उषा किरणका साथ् थिइन्, मदन भण्डारीको मृत्युको पहिलो प्रतिक्रियामै उनले गिरिजाले मार्यो भनेकी थिइन् ।

बलबान समयले लुतेका पनि दिन फिर्दो रहेछ, कम्युनिजमले हावा खाएर गिरिजाको संसदीय बाटो पहिल्याएपछी बिध्या भण्डारीको दिन पनि जगायो, कम्युनिजम्का प्रवर्तक मदनकी पत्नी बिध्या माओवादले ल्याएको गणतन्त्र कालमै रक्षा मन्त्रि भईन तर उनका पति हत्याका आरोपित गिरिजा जीवित नै थिए, त्यत्रो रक्षामन्त्रीले मदन भण्डारी हत्या काण्ड बारे के गर्यो? के बोल्यो? चु सम्म आवाज उनको मुखबाट निस्केन, कारण थियो मदन भण्डारीको कमयुनिजम्ले हावा खाइ सकेको थियो, मदन भण्डारी कालसम्म नेपालमा कम्युनिजमको धड्कन थियो, त्यसपछि त्यो धड्कन टुट्यो । पद र दौलतका अगाडी सत्य र धर्म निहुरिने नेपाली सस्कृतिले काम गरे पछी चिर काल बिपक्षी नेता भै खाइ टोपलेर ऐतिहासिक भ्रस्ट प्रधानमन्त्री माकुनेको मुख दासढुंगा काण्ड बारे बोलेन भने बिध्यालाई ''उहिलेका कुरा खुईले'' भन्न छोडेर आफ्ना पति भण्डारीको मृत्युको अस्तु खोतल्न जाँगर नचल्नु कुन ठुलो कुरो थियो र?

तर संसारभर रहेका उनका फ्यानहरुमा मदन भण्डारीको रहस्यमय मृत्युको कारण पत्तो होस् भन्ने ईछ्या अझै जीवित रहेको देखिन्छ, पत्नी बिध्याको ''उहिलेको कुरा खुईले'' लाई जति सहज अबलम्बन गर्न सकिन्छ, कहिल्यै सत्य नबोल्ने कम्युनिस्ट जिब्रोबाट भण्डारीको मृत्युको कारण जान्न खोज्नु त्यो भन्दा लाजमर्दो कुरो अब सारा नेपालीले अर्को नठाने हुन्छ । नेपालमा सत्य बोल्ने मान्छे न कम्युनिस्ट हुन्छ न गिरिजा मार्का संसदीय ट्रेडमार्क हुन्छ । नेता भनाउँदा सारा, कसैको जिब्रोबाट पनि आजसम्म सत्य नओकलिएकै कारण नेपाल यति पछी परेको हो भन्ने ज्ञान लिन जरुरि छ । नेपालमा यदि कोहि केहि फड्को मरेको हेर्न चाहान्छ भने पहिले सत्य बोल्ने जिब्रो छान्न आबस्यक छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com