नरेन्द्रराज प्रसाई

जङ्गबहादुरका सल्लाहकार टण्डन
[2012-04-08 오전 8:46:00]

सनकिसंह टण्डन नेपालका एकजना वीर सैनिक थिए । उनीमा टेशभक्ति जति थियो धर्मकर्मप्रति पनि त्यति नै श्रद्धा र विश्वास थियो । उनले नेपालको गरिमा महिमा र स्वतन्त्र अस्तित्वको सम्वर्धनका लागि आफ्नो ज्यानको बाजि लगाई भोटसँगको लडाइँ र लखनउँ युद्धमा नेतृत्व गरेका थिए । वास्तवमा ती युद्धमा नेपाललाई विजय गराउन उनको पनि ठोस योगदान थियो । अनि उनको त्यही कार्य नेपालको राष्ट्रियताको इतिहासमा स्वर्णिङ्कित छ ।

टण्डनको मन वचन र कर्म नेपालको सार्वभौमिकताको संरक्षण र सम्बद्र्धनमा जोडिएको थियो । उनी देशभक्तिका एउटा सग्लो नमुना थिए । त्यसैले उनले आफ्नो सम्पूर्ण जीवन नेपालकै हितमा समर्पण गरे । उनको कामप्रति राजा र प्रधानमन्त्री खुसीले गदगद थिए । त्यसैले उनले कमाण्डिङ कर्णेलको पद पाए । जुन ओहोदा जनताका छोराका लागि सबैभन्दा ठुलो थियो । त्यतिमात्र होइन उनको वीरतापूर्णको कार्यका लागि राजा सुरेन्द्रले उनलाई काठमाडौंको बत्तिसपुतलीमा ८१ रोपनी जग्गा पनि ब_िक्सस दिएका थिए । त्यही ठाउँमा आपैषले पैसा हालेर उनले २९३ रोपनी जग्गा पनि जोडे । अनि बत्तीसपुतलीको त्यही थुम्कोमा १९२८ सालमा उनैले राममन्दिरको स्थापना गरे । तर विभिन्न चरणमा त्यहाँको जग्गा अतिक्रमण भैरह्यो र अन्ततः आज ठिङ्ग मन्दिर उभिने मात्र ठाउँ रहेको देखिन्छ ।

टण्डन दानवीरका नम्बरी सुन थिए । अर्घाखाँचीको बलकोटमा पनि उनले आफ्ना बुबा र भाइका स्मृतिमा स्थापना गरेका श्रीपरशुरामेश्वर र इन्द्रेश्वर मन्दिरको नाउँमा ८० वटा घरकुरिया सहित झण्डै १३ हजार रोपनी जग्गाको गुठी राखेका थिए । त्यहीं नै उनले सत्तल पाटीपौवा धारा पोखरी र मन्दिरहरु पनि बनाए । तर पछिपछि ती मन्दिरहरु जीर्णेद्वारको अभावमा त्यतिकै भत्कने क्रममा लागे । अनि त्यस ठाउँलाई गुठी संस्थानले आफ्नो अधिनमा लियो तर व्यवस्थापनको अभावमा त्यो लथालिङ्ग नै भयो ।

टण्डन जति दानी थिए त्यति नै इमानदार पनि थिए । उदाहरणका लागि भन्ने हो भने बत्तिसपुतलीको राममन्दिरको डाँडो पहिले धेरै अग्लो र चुचो थियो । त्यस डाँडालाई सम्याउने क्रममा तीन घ्याम्पा सुनका असर्फीहरु भेटिएका थिए । अनि उनले त्यो बेहोरा राजा सुरेन्द्रलाई जाहेर गरे । राजाले ती असर्फी तिमी आपैष लेउ भनेपछि यिनले त्यही धनसमेत गाभेर राममन्दिर बनाएका थिए ।

परशुराम खत्रीका जेठा छोरा सनकिसंह टण्डनको जन्म १८६७ साल अनुमानित अर्घाखाँचीमा भएको थियो । युवाकालको प्रवेशसँगै उनी लाहुरे भए र उनले खत्री थर छाडेर टण्डन लाहुरी क्षेत्री लेख्न थाले । यी १९०४ सालतिर गोरखादलको कप्तान भइसकेका थिए ।

जङ्गबहादुर राणासँग टण्डनको सम्बन्ध क्रमशः बाक्लो हुन थाल्यो । अनि राणासँग टण्डनले आफ्नी बहिनी नन्दकुमारीको बिहे गरिदिए । जङ्गलमा हात्ती समाएर दिनचर्या विताउने स्थितिका गरिब जङ्गबहादुरले सनकिसंहबाट धेरै दाइजो पनि पाए । वास्तवमा त्यसपछि नै जङ्गबहादुर आर्थिक रुपमा सबल पनि भए र आफ्ना जेठानसँग कृतार्थ पनि भए । जङ्गब हादुरका छोरा पद्मजङका अनुसार ख्यातिप्राप्त व्यक्तित्वकी चेली बिहे गरेपछि जङ्गबहादुरको जीवन सफल भयो ।

तत्कालीन नेपालको तराई भेकमा औलोको प्रकोप धेरै थियो । यसबारे पनि टण्डनले चिन्तन गरे । अनि उनले अब तराईमा अवादी बढाएर औलो उन्मुलन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । त्यसपछि उनले जग्गा अवाद गर्न लगाई तराईमै गएर केही काल मुकाम जमाए । त्यसै बेला उनले आफ्ना लागि धेरै जग्गा आवाद गराएका थिए । तर उनले जति धन आर्जन गर्थे त्यो धर्मकर्म र समाजसेवामा चढाउने गर्थे । त्यसैले त्यसबेला उनले बनाएका विभिन्न मन्दिरहरु र राममन्दिर पनि स्रोत र साधनबाट पनि झकिझकाउ थियो ।

टण्डनले सुरुमै राममन्दिरमा राम सीता लक्ष्मण भरत शत्रुघनको कालो ढुङ्गामा निर्मित मूर्ति स्थापित गराए । त्यति मात्र होइन उनले मन्दिर प्राङ्गणमा नै चारवटा धर्मशाला बानेश्वरको चौबाटोमा धर्मशाला र धारा बनाए । उनैले बत्तीसपुतलीमा इनार र पाटी बनाए । तर ती सबै घरहरु प्रजातन्त्रको आगमनसँगै अर्थात् २००७ सालपछि क्रमशः प्रजाहरुले ओगट्न थले र टण्डनका दानगृहहरु जनगृहहरुमा रुपान्तरित भए ।

टण्डन पाका विचारले भरिएका दुरदर्शी थिए । उनी सिद्धान्त र व्यबहारका लखपति पनि थिए । उनका बारे धेरैले धेरै कुरा लेखे । अनि उनका वङ्शज डा।गोविन्द टण्डनले पनि लेखे- 'कमाण्डिङ कर्णेल सनकिसंह टण्डनमा भएको रणकुशलता चातुर्य इमान्दारी र राष्ट्रप्रतिको वफादारीको कारणले नै हो उनलाई संवेदनशील र महत्त्वपूर्ण कार्यहरु सम्पन्न गर्ने जिम्वेवारी विभिन्न समयमा दिएको घटनाहरु भेटिन्छन् ।'

राजा राजेन्द्रबाट १९०४ सालमा अलौको बिसौलीयामा केन्द्रको शासनका विरोध हुन थाल्दा त्यसको दमन गर्ने जिम्मा टण्डनले नै पाए । राज्यलाई जवजव अप्ठुरो पथ्र्यो तबतब उनी नै गुहारिन्थे । साथै उनलाई जुन काम सुम्पिए पनि उनी त्यसको जय गराएरै छाड्थे । उनी जङ्गी र निजामति दुबैतिर बराबरी पोख्त थिए । उनैले १९२४ सालमा गुरुङ जातिको जातको थितिमा उठेको ठूलो कचिङ्गल समेत सामसुम पारेका थिए ।

टण्डन सामाजिक भावना भएका उदार दिलका प्रतिमूर्ति थिए । राजनीतिमा पनि उनको बलियो सोच र फराकिलो विवेक देखिन्थ्यो । त्यसैले प्रधानमन्त्री भएपछि जङ्गबहादुर राणाले उनलाई सल्लाहकारमा राखे । वास्तवमा उनी जेठान भएका नाताले मात्र होइन उनको विशाल ह्दय भएका कारण उनी जङगबहादुरका पतेरा थिए । राज्यका उच्च ओहोदाका पदाधिकारीहरु प्रायः सबैले उनैको पनि सल्लाह लिन्थे । अनि विशेष गरेर उनी जङ्गबहादुरको राजनैतिक सल्लाहकारका रुपमा चािहं प्रख्यात थिए ।

टण्डनको महानताको समकालीन शासक र जनताले जयगान गाइरहे । धेरैका हृदयमा बसेका टण्डन १९५२ तिर कासीमा स्वर्गीय भए । नेपालको इतिहासले टण्डनको मूल्याङ्कन गरिरह्यो । उनको योगदानको छापलाई ज्यूँदो राख्न र उनले भोट र लखनौँ युद्धमा देखाएको वीरताको केही झलक दिने खालका उनले प्रयोग गरेका विविध सामाग्री हातहतियार र पोशाकहरु राष्ट्रिय सङ्ग्राहलयमा प्रदर्शित थिए । तर दुर्भाग्य पचासको दशकमा आएर सरकारले ती सबै सामाग्री त्यहाँबाट हटाई दियो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com