Vinod Kumar

नूनका सोझा बाबुराम
[2012-02-21 오전 9:00:00]

स्वर्गीय राजा बीरेन्द्रको सल्लाहामा स्याम गोएंकाले कान्तिपुर पल्ब्लिकेशनको स्थापना महान भ्रस्टाचारका जननी हेमराज ज्ञवालीको साझेदारीमा सन् १९९० मा गरे, जसको मिसन थियो तातोपानी भन्सारमा एकलौटी पहेंलो धातुको तस्करीबाट आर्जेको कालोधन माथि स्वेत लेपन गर्नु र बदलिँदो परिस्थितिमा अर्थात पंचायतबाट बहुदलीय ब्यबस्थातिरको अबस्थामा कसैले ज्ञवाली माथि औलो नठड्याउन ।

श्याम गोएंका वीरेन्द्रका स्वेत बिस्वासपात्र थिए तर ज्ञवाली कालोधनका भण्डार । नेपालको निजामती कर्मचारीहरुमा ऐतिहासिक कालोधन जोड्ने शिखर पुरुस ज्ञवालीको मिसन चोखिने थियो भने गोएंकाको बदलिँदो परिस्थितिमा दह्रो मिडिया हाउस निर्माण गर्ने र तत्कालिन दरबार र २०४६ को कथित आन्दोलनका ठेकेदार कांग्रेस, माले-मसालेसंगको सहकार्य मार्फत बहुदलिए राजतन्त्र सबल बनाउनु थियो । तत्कालिन दरबारको मिसन टार्न भारतीय दुताबास र कांग्रेस, माले मसालेको उक्साहटमा कालो धनका पण्डित ज्ञवालीले स्याम गोएंकाको शेयर खरिद मार्फत राजा बिरेन्द्रसंग टकराव लिन थाल्यो र कथित आन्दोलनका ठेकेदारहरु, कथित विद्वान र राजनीतिक पण्डितहरुलाई हजारौ रुपैयामा खरिद गरेर दरबार उपर बिष बमन गर्न थाल्यो । एउटा सामान्य कोलम्निस्टलाई एक लेखको पाँच सय रुपैया भुक्तानी हुँदा राजनीतिक पण्डित कथित डाक्टर सापहरुलाई पच्चिसौ हजार भुक्तानी हुन् थाल्यो ।

कान्तिपुर पब्लिकेसन्सबाट त्यस्ता मोटा रकम भुक्तानी लिनेहरुमा डाक्टर बाबुराम भट्टराई, डाक्टर प्रकाश चन्द्र लोहनी, अर्जुन नरसिंह केसी, रामचन्द्र पौडेल, माधव कुमार नेपाल, भारतीय राजदूत केभी राजन, झलनाथ खनाल, डाक्टर आरजु राणा जस्ता अनगिन्ति पात्रहरु थिए । पछी पछी कान्तिपुर पब्लिकेसन्स यति महँगो हुँदै आयो की भारतीय राजदूताबासको प्रथम सचिवको कार्यकक्षबाट लगानीको साझेदारी शुरु भयो ।

आजका महान पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लब उनै राजनको दुताबासले आर्थिक सम्पन्न बनाई दिएको थियो । राजनकै सल्लाहा बमोजिम ऋषि धमलाको रिपोर्टहरुको बार्षिक संगालो प्रकाशन हुन् थाल्यो सन् १९९६ पछी र जबर्जस्ति नेपालका नव धनाड्य राजनीतिक पण्डित, उनका भात्री संगठनका प्रमुख, व्यापारिक संघ संस्था र नेपाल उद्योग बाणिज्य महासंघका धनबान ब्यापारीहरु बिच ''पुस सेलिंग'' मार्फत धमलाले करोडौ कुम्ल्याउथे। करिब हजार पृष्ठको उक्त संगालोबाट आर्जित धनका प्रमुख साझेदार थिए - पब्लिकेसन्सका प्रकाशक ज्ञवाली ।

बाबु हेमराज ज्ञवाली मुलुक भित्रैबाट लुट्ने छोरा बिनोद ज्ञवाली जर्मनीबाट लुट्ने योजना गरि बस्दा नेपाली गलैँचा भित्र हेरोइन र तस्करीका मुर्तिहरु जर्मनीको फ्रांकफर्ट पोर्टमा ''नमस्ते कार्पेट'' को बन्डलभित्र भेटिए पछी बिनोद ज्ञवालीको उक्त कार्पेटको चुचेपाटिको ढोका बन्द भयो, यसै बिच कार्पेट बन्द गरि बाबु छोरा काठमान्डूका बासिन्दा लुट्न स्वेत ब्यापार अर्थात कान्तिपुर पब्लिकेसन्स मार्फत सक्रिय भए, धनको बर्षा हुने देखेर कैलाश शिरोहियाहरुको आगमन भो कान्तिपुर पब्लिकेसन्समा तर उही पुरानो चलन कान्तिपुरबाट हटेन अर्थात डाक्टर सापहरुलाई हजारौ भूक्तानी दिएर पब्लिकेसन्सको झण्डा, तुल आदि बोकाउने, समर्थन बक्तब्य जारि गर्न लगाउने, रक्षा मन्तब्य जारि गर्न लगाउने र कथित राजनीतिक पण्डितहरु पब्लिकेसन्सले जे जे भन्यो उसै गरि दिने गर्न थाले ।

कान्तिपुर पब्लिकेसनका सबभन्दा महंगा लेखक डाक्टर बाबुराम भट्टराइले पब्लिकेसन्सको म्याराथनको तुल बोकेर काठमान्डू शहरमा परिक्रमा गर्दै गर्दा लेखेर धनोपार्जन-जिबिकोपार्जन गर्न नसकेका हजारौ पत्रकारहरुमा हासो जगाईरहेथ्यो । त्यो त् खासै केहि होइन, डाक्टर भट्टराइ देशका बर्तमान प्रधानमन्त्री पदकै प्रतिष्ठा बेचेर कान्तिपुरको तुल बोकेर काठमान्डू परिक्रमा गर्दा हिजो खाएको नूनको सोझो गरिरहेको अनुभव सबैलाई हुन्थ्यो ।

डाक्टर भट्टराइले नेपालको लेखकीय इतिहास लेखेर मात्र होइन नून खाएर पनि ब्रेक गरेको इतिहास छ, उनले सन् २००१ जून १ मा राजा बिरेन्द्रको बंश नास पछी शाहकालको निरन्तरता ब्रेक भएको आशयको लेखका लागि नेपालको इतिहासमै प्रकाशक ज्ञवाली पिता-पुत्रको हातबाट मोटो रकम बुझी लिएर कान्तिपुरमा छपाएका थिए, जून राजा ज्ञानेन्द्रको शाहाकालको अन्त्यस्टिको बिउ थियो । कान्तिपुर पब्लिकेसन्सका अर्थ विभागका एकजना पूर्ब कर्मचारीका अनुसार उक्त लेखका लागि डाक्टर भट्टराईलाई १ लाख पचास हजार भुक्तानी गरिएको थियो । त्यसबेला डाक्टर साप काठमान्डू भुरुंगखेलमा बस्थे र कान्तिपुरका पुत्र ज्ञवाली स्वयम् नगद १ लाख पचास हजार बोकी तत्कालिन माओबादीका काठमान्डू इन्चार्ज रबिन्द्र श्रेष्ठ मार्फत भुरुंगखेल पुगेका थिए ।

ज्ञवाली पिता-पुत्रले सिरोहियालाई अरब रुपैयामा कान्तिपुरको साँचो जिम्मा लगाउँदा सिरोहियालाई हस्तान्तरण गरेको अर्को गोप्य तर सत्य तथ्य कुरो डाक्टर भट्टराईको लेख रचना सदाका लागि कान्तिपुरमै निहित हुने भन्ने पनि हो । केभी राजन र डाक्टर भट्टराई कान्तिपुर पब्लिकेसन्सका यस्ता ''करिअर फिगर'' हुन् जसका हातका औलाहरुले हिजो ज्ञवाली पिता-पुत्रका खातिर भन्दा आजका सिरोहियाका लागि अझ बढी योगदान दिइ जानेछन। डाक्टर भट्टराइ प्रधानमन्त्री हुँदा मुलुकमा सबभन्दा बढी प्रसन्न थिए-सिरोहिया किनकी कान्तिपुर पब्लिकेसन्सको तुल र ब्यानर बोकी दिने मान्छे पाएको उनलाई भैरहेथ्यो, त्यो पनि पदमै बसेका बेला ।

नेपालको इतिहासकै सबभन्दा बढी भ्रस्टाचारी प्रधानमन्त्री माधब कुमार नेपालले उनका पालामा र चोखा अनि कान्तिपुरका महंगा कोलमनिस्ट डाक्टर भट्टराइले तुल बोकेर कान्तिपुरको सेवा त् गरे तर देशको सम्माननीय प्रधानमन्त्री पदको कुनै पर्वाह गरेनन । नूनको सोझो गर्दा प्रधानमन्त्री पदको ख्याल गर्नु पर्ला नपर्ला बिस्वभरका नेपालीहरुको हृदयले के भन्ला ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com