Vinod Kumar

धन नभएका पूर्ब नेपालीहरुको के अर्थ एनआरएनमा?
[2012-02-21 오전 9:15:00]

धन नभएका पूर्ब नेपालीहरु गैर आबासीय नेपाली संघ ( गैआनेसंघ) मा कुल्लीको हैसियतका पात्र हुन् भन्दा क्यानाडाका डाक्टर प्रमोद ढकाल, अस्ट्रेलियाका राजु अधिकारि जस्ता बर्गेल्ति विद्वान गैर आबासियहरुको कन्सिरीको रौ तात्छ तर के गर्नु सधै धनबानहरुको झोला बोक्ने सिबाय वहाहरु जस्ताको संघमा केहि काम रहेनछ भन्ने कुरो अहिले संघको अन्तररास्ट्रिय समन्वय परिषदको फेलो मेम्बर, एसोसिएट मेम्बर (को-अप्टेड मेम्बर) चयन गर्दा संघका अध्यक्ष लामिछाने, महासचिव शेर्पा र कोषाध्यक्ष भट्टका गतिविधिले प्रस्ट्याएको छ ।

गैआनेसंघका बर्तमान तीन विख्यात धनबानहरुको इछ्या र दबाबले संघ भित्र प्रक्रिया र बिधि तुहिएको नबिन अनुभव गरिदैछ । धनका भण्डार लामिछाने, शेर्पा र भट्टको त्रिपक्षीय सम्झौता छ संघ भित्र धनका पोका आफु जस्ता बाहेक आफ्नो सर्कल बाहिरका कसैलाई पनि नभित्र्याउने, चाहे रास्ट्रिय परिषद बाटै शिफारिश भै आएका नै किन नहुन । यसका लागि बर्तमान अध्यक्षका ख्वामितहरु महतो र हिराचनका भिटो पनि कम महत्वका छैनन् । एकातिर संरक्षक हिराचनको दवाव अर्कोतिर पूर्व प्रबक्ता बस्नेतको घुर्की अनि बर्तमान धनाड्य कोषाध्यक्ष भवन भट्टका इछ्या बिपरित एसिया प्यासिफिक क्षेत्रबाट अर्को मान्छे संघमा आउनु हुन्न भन्ने नजिर बसाउनु पर्ने भएकाले सायद एनआरएन जापानका महासचिब डाक्टर राजेन्द्र पराजुलीले सिफारिस गरेका नम्रता पाण्डेको नामको रिकमेनडेसन लेटर केन्द्रिय अध्यक्ष लामिछानेकहा पठाउँदा समेत सदर भएन, कारण थियो - कोषाध्यक्ष भवन भट्टको धनको बिटोले नेपालमा सामुहिक लगानीमा १०० मेगावाट बिजुलीको मेसो गर्ने लामिछानेको मिसन फेल खाने भो । नेपालका नामुद बैकर्श अनि एअर ट्राभल्स बिजनेस म्यान मिस्टर भट्टको धनको अगाडी विद्वान डाक्टर पराजुलीको विद्वता भुत्ते हुने एनआरएनको मान्यता नै हो । अनि जापानमा डाक्टर राजेन्द्र पराजुली लामिछाने, शेर्पा र भट्टको कुल्ली बन्नु सिबाय अरु कुनै स्थान नहुनु स्वाभाविकै हो ।

धनको तुजुक अपरम्पार छ, धनका अगाडी विद्वताको के काम भनेको यहि हो । डाक्टर पराजुलीको रिकमेनडेसन फेल खाँदै गर्दा स्की परियोजनाका प्रमुख डाक्टर राजु अधिकारि र खुल्ला बिस्वबिद्यालय परियोजनाका प्रमुख डाक्टर प्रमोद ढकालहरुले चित्त बुझाएको हुनु पर्छ किनकी हिजो हिराचनका पालामा उनीहरुले खेपेको धनको तुजुकको अगाडी विद्वताको दमन यतिखेर डाक्टर पराजुली माथि पुनरावृत्ति भएको मात्र हो भनेर । मानिस धनको अगाडी झुक्नु पर्छ भन्ने जान्दा जान्दै पनि तिनकै दास बन्न आतुर भए पछी नम्रता पाण्डेहरुलाई बुझाउने साधन र श्रोत डाक्टर पराजुलीसंग सायद अहिले छैन होला । हुन् पनि त् के होस्, डाक्टर पराजुली र भाबि डाक्टर पाण्डेबाट भन्दा लामिछाने प्रशाशनलाई भट्टको मन खुस पार्दा नै बढी शुभ लाभ छ अनि पाण्डेको चयन गर्नुको के अर्थ ? यो कलि युगमा सबै धनकै पछी लाग्छन भनेर नम्रता पाण्डेले चित्त बुझाउनु बेशै होला । अनि यो जात जातिको बदलिदो समय हो भनेर पराजुली र पाण्डेले नबुझ्दा एनआरएन एसिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ बन्नु अनि राजन प्रधानांगले छोड्नु र पछी त्रिलोक गुरुंगले राजन प्रधानांगलाई को-अपटेड मेम्बर छान्नुको पछाडी हिराचनको भिटो छ भनेर भवन भट्टहरुले थप्पडी मार्नुको रहस्य नबुझ्दा डाक्टर पराजुलीको विद्वता धनले पराजित गरेको पूर्ब अनुमान डाक्टर अधिकारि र ढकालले पहिल्यै गरिसकेका थिए तर डाक्टर पराजुलीलाई नभनेका मात्र हुन् । एनआरएनको ९ बर्षे इतिहासमा डाक्टर पराजुली मात्र घाएल व्यक्ति होइनन यस्ता अनगिन्ति बिदेसियका विद्वानहरु छन जो एनआरएन आन्दोलनलाई धनको तुजुक भन्छन र बेवास्ता गरि आएका छन ।

एकादुई लाभका पुच्छरहरु विद्वताको नाममा पछ्यौटे बनेका हुन्, तिनको पनि कालान्तरमा धित मर्दै जानेछ । नेपालको दुर्दशाले एनआरएन भित्र राजनीति मौलाउन र आफ्नो भन्ने सर्कल निर्माण हुँदै आइरहेको छ, यो कुटिल मन्त्र बुझ्न समय मै सकियो भने धनाड्यहरुलाई राजनीति गर्ने ठाउ छोडी दिनु विद्वानहरुको विद्वता होला ।

लामिछाने, शेर्पा र भट्टका आफन्त र आफ्नो सर्कलका मान्छेहरुको धुइरो लगाउन खोज्दा र को-अपटेड मेम्बर छान्दा मध्यपूर्वका कतिपय देशका एनआरएन सदस्यहरुले राजिनामा गरे तर पछी भाग बण्डामै राजिनामा फिर्ता गरियो किनकी १३० डिग्री फरेनहाइट ताप शिरमा चडाएर पशिनाको भेल बगाउनेहरु नै एनआरएनका असली कुल्ली हुन् भन्ने कुरो लामिछाने, शेर्पा र भट्टले महसुश गर्दा भागबण्डा सहज बन्न गयो । अर्को कुरो अन्यत्रका भन्दा यिनैले सामुहिक लगानीमा सानै रुपमा भए पनि धेरै पैसा खन्याउछ्न भन्ने लोभी मन लामिछानेको भएरै सायद खाडी मुलुकमा लामिछाने अलि लचक देखिएका हुन् । अर्को कुरो लामिछानेको एलजीको ब्यापार पनि दुबईमा बढाउनु छ, त्यसैले उनले खाडीका एनआरएन सदस्यहरुलाई केहि दिए जस्तो गरे ।

जे जस्तो देखिए पनि खाडी क्षेत्रका बिशेषगरि साउदीकी यस्मीन बेगम, युएइका चुडामणि ढकाल र कुबेतका ध्रुब संगौला लामिछाने सर्कल बाहिरका को-अपटेड मेम्बर बनाइयो भनेर डाक्टर पराजुली आस्वस्त हुने ठाउ पक्कै छैन । यसिया प्यासिफिकका लागि हंगकंगका कृष्ण पाण्डे र जापानका राजन प्रधानांग हिराचनका भिटोले को-अपटेड मेम्बर बनेकै हुन् । कोरियामा बनेको छाता ओडेर काठमान्डूमा बसोबास गर्ने धनाड्य इन्जिनिएर महासचिब तेन्जी शेर्पाले हानेको भिटोले कोरियाबाट सरसोती राइ बनिन, त्यसमा राईको केहि दोष छैन। छ हजार माइल टाढाबाट लामिछानेले हानेको भिटोले श्रीस्टि श्रेष्ठ र सोनाम लामा अमेरिकी क्षेत्रबाट को-अपटेड मेम्बर बनेको कुरो पत्तो नपाई स्वीकृत गर्न एनआरएन युएसए कार्य समितिका सदस्यहरु बाध्य भए । एनआरएन युएसएका हर्ताकर्ता प्रल्हाद केसी र बिध्या रंजितहरुले माइन्युटमा सहि गर्दा थाहा पाए श्रीस्टि र सोनाम को-अपटेड मेम्बर बनेको भन्ने सुन्दा निबर्तमान अध्यक्ष सुमन तिम्सिनाको हासो रोकिएन । क्यानाडाका प्रमोद ढकाल को-अपटेड मेम्बर छानिनु कुनै अचम्मको कुरो होइन किनकी क्यानाडामा ढकालको ''आफ्नो हात जगनाथ'' भन्ने उखान महिला उप-संयोजक राधा बस्न्यातलाई उहिलेदेखि थाहा रही आएकै छ । महतोको पालादेखिको एनआरएनका विद्वान कुल्ली ढकालको परिचय हो भनेर नरेश वा नबराजहरुले थाहा नपाएको बिषय होइन ।

डाक्टर राजेन्द्र पराजुली र नम्रता पाण्डेहरुले बुझ्न जरुरि छ-पहिला धन आर्जन गरि थुपार्नुहोस अनि एनआरएन अन्यथा विद्वानहरु कुल्ली बन्नु सिबाय एनआरएन भित्र अर्को कुनै स्थान छैन । अनि अर्को कुरो आफ्नो सर्कल भन्ने बिस्वब्यापी मान्यता भित्र हुनुहुन्न भने एनआरएन भित्र ठुलो मुख बाउनुको केहि अर्थ रहन्न । समयमै चेतना भया ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com