लोकनारायण सुवेदी

सात सालको क्रान्तिको सार्थकता
[2012-02-17 오후 8:55:00]

नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तनको बिशिष्ठ ऐतिहासिक महत्व रहेको छ । यसलाई आजको आँखाले हेरेर बिस्मृतिको गर्भमा बिल्कुलै धकेलिनु हुँदैन । त्यो परिवर्तनले नेपालको १०४ बर्षको निरंकूश जहाँनिया राणा शासनलाई अन्त्य गरेर पहिलो पटक देशलाई प्रजातन्त्रको दिशामा अभिमुख गराएको हो । त्यो स्थिति निर्माण गर्नका लागि नेपालका महान अमर शहीद लखन थापादेखि शुरु भएको राणा शासन बिरोधी जन आन्दोलन बिक्रम सम्वत १९९७ सालमा आइपुग्दा त्यो संगठित र सचेतरुपमा उत्कर्षमा पुगेको थियो ।

क्रुर राणाहीले सामाजिक परिवर्तन र प्रजातन्त्रको माग गर्ने नेपाल आमाका चारा महान सपूतहरु गंगालाल दशरथ चन्द शुक्रराज शास्त्री र धर्मभक्तहरुलाई फाँसीमा झुण्डुउने र गोली ठोकेर मार्ने घोर अमानबीय काम गरयो । नागरिक स्वतन्त्रता र जनाधिकार माग्नेलाई यसरी नै दबाइने छ भन्ने दमनकारी सन्देश राणाशाहीले प्रवाह गर्न खोजेको थियो । तर देशको काचुली फेर्न र नेपाली जनतालाई उन्नतिको शिखरमा पुर्याउनका निम्ति हाँसी हाँसी फाँसीमा झुण्डिन र छातीमा तातो गोली थाप्न तयार ती राष्ट्रका अमर बिभूतिहरुले कत्ति पनि बिचलित नभई आपुनो प्राणको आहुती दिए । वास्तवमा तिनले देशको निमित्त मर्न मेट्न अग्रसर हुनु पर्दछ भन्ने सन्देश दिए । गंगालाल दशरथ चन्द शुक्रराज शास्त्री र धर्मभक्त जस्ता बीर अमर शहीदहरुको त्यो उच्च बलिदानले चार भाज्यांगमा सीमित नेपाली जन आन्दोलन राष्ट्रब्यापी बन्न पुग्यो ।

यसरी आन्दोलन बिकसित हुँदै जाने क्रममा नै नेपाल राणा शासनलाई पल्टाएर प्रजातन्त्र ल्याउन नेपाल प्रजा परिषद नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरुको प्रादुर्भाव भयो । राणा शाहीको त्यो घोर तिमिर अन्धकारमा त्यो शासन सत्तालाई पल्टाउन यस प्रकार राजनीतिक दलहरुको प्रादुर्भाव हुनु कम महत्वपूर्ण दूरगामी कदम थिएन । निरंकूतको अन्धकारलाई लल्कार्दै ती दलहरुले राजनीतिक भूमिका खेलेकै कारणले ०७ सालमा राजनीतिक परिवर्तन आएको हो । भलै राणाशाही बिरुद्ध शुरु भएको त्यो नेपाली जन आन्दोलन आपुना अनुभवको आधारमा समग्र सामन्ती ब्यवस्थाकै अन्त्यका लागि बिकसित हुन थाले पछि यो बढ्दो आन्दोलनको ज्वारलाई मत्थर पार्न र रोक्न दिल्लीमा सभ्झौता गरियो । जसले गर्दा ०७ सालको क्रान्ति अधूरो र अपूरो नै रह्यो । त्यो दिल्ली सम्झौतका कारण नै सामन्ती राजतन्त्रले जन आन्दोलकारीहरुका बीचमा खेल्ने र आप्नो ठाउ बनाउने अवसर पायो र जन आन्दोलको उपलब्धीहरुलाई एकएक गर्दै समाप्त पार्ने दिशा ग्रहण गर्यो ।

जन आन्दोलकारी दलहरुको सत्ता लोलुपता सुझबुझहीनता र राजतन्त्रको कूटीलता यसो हुनुका आधारहरु थिए । वास्तवमा ०१७ सालको प्रतिगामी कणडले देशमा राजनीतिक आर्थिक समाजिक तथा सास्कृतिक जुन अधोगति ल्यायो र नेपली जनताले पुनः राजतन्त्रका बिरुद्ध लड्नै पर्ने स्थिति सिर्जना भयो त्यो दिल्ली सम्झौताको भ्रुणमा नै हुर्किएको कुरा थियो भन्ने यथार्थ घटनाक्रमले पुष्ठी गरिसकेको छ ।

त्यसपछिका तीन दशकमा राजतन्त्रले नेतृत्व गरेको सामन्ती अधिनायकवादी पाचायती ब्यवस्थाले नेपाली जनतालाई शोषण अन्याय थिचोमिचो गरेर नेपाललाई अधोगतिमा ओरालो लगायो । त्यसको बिरोधमा २०३६ साल २०४२ साल र निर्णायकरुपमा २०४६ सालमा राजतन्त्र बिरुद्ध संयुक्त जन आन्दोलनहरु चल्दै रहे । अन्ततः २०४६ सालको ऐतिहासिक परिवर्तन पछि पनि सात साल पछिकै गलत प्रबृत्तिलाई दोहोरयाउ काम भयो । जसले गर्दा देशमा द्वन्द मात्रै सिर्जना भएन कथित संबैधानिक राजतन्त्रले पनि संबिधानको घोर उल्लंघन गर्दै स्वेच्छाचारी शासन चलाउन अग्रसर भयो । अत्यन्तै सीमित रुपमा रहेको बहुदलीय लोकतन्त्रलाई पनि अन्तिम प्रहार गरेर समाप्त पार्न खोजियो ।

तर नेपाली जनताका प्रतिनिधि राजनीतिक दलहरुले रातन्त्रको यो धुत्र्याईलाई राम्ररी बुझेका हुनाले १२बुँदे समझदारी बनाउदै एकीकृत संयुक्त जन आन्दोलन उठाउने गम्भीर प्रयत्न गरे । त्यसले मूर्त रुप पनि लियो । लाखौलाख जनता राजतन्त्र बिरुद्ध आन्दोलनकारी दलहरुको अगुवाईमा समुद्रको छाल जस्तै सडकाम उत्रिए । वास्तवमा जन माहासागर नै आएको थियो त्यतिबेला जसले गर्दा राजतन्त्र देशको केन्द्रिय राजनीतिबाट बिस्थापित भयो र जनताका प्रतिनिधिहरुको हातमा शासनको बागडोर आयो । तर यसलाई अपुनै बपौति मात्र सम्भिएर त्यसको दुरुपयोग गर्न थालियो र पुनः सात पछिकै प्रबृत्तिको पुनराबृत्ति गर्दै सत्ताको लुछाचुँडीमा लाग्न थालियो । फलतः संवधान सभाद्वारा निर्धारित समय सीमाभित्र संविधान बन्ने शान्ति प्रकृया सही टुंगोमा पुग्ने र जनताले राहत र सुरक्षा पाउने भन्ने कुरा नै आज समाप्त प्रायः भएर गएको छ ।

अतः आज सात सालदेखिको सामन्ती ब्यवस्थालाई समूलःनष्ट गर्ने र नेपाली राष्ट्र चौतर्फी उन्नतकिा ढोका खोल्ने जुन ऐतिहासिक कार्यभार थाँती रहेको छ त्यसलाई जिम्मेवारीका साथ पूरा गर्न बाम तथा लोकतान्त्रिक शक्तिहरुका बीचमा अपूर्वरुपमा एकता सहकार्य तथा अग्रगामी दिृष्टकोण र ब्यवहारकॊ आवश्यकता छ । त्यसैले कुटील चालका आधारमा कुसर्ीको अबािाछत र फोहोरी खेल खेल्न छाडेर जनता र राष्ट्रको हितमा नयाँ संविधान बनाउन सम्पूर्ण ध्यान केन्द्रित गदैै एकपछिअर्को बिश्वासिला कदमहरुकासाथ अघि बढ्नु पर्ने आज ज्वलन्त र टड्कारो राष्ट्रिय आवश्यकता छ । यसबाट बिमुख हुन गएमा सात सालदेखिको नेपाली जनताको अपूरो इच्छा पूरा हुन सक्तैन ।

सात साल पछिका जस्ता अबािछत गतिबिधिहरु दोहोर् याएर कसैले निहीत स्वार्थ सिद्ध गर्न खोज्ला र गर्ला पनि । तर त्यस प्रबृत्तिले नेपाली जनताले खोजेको र रोजेको परिवर्तन आउदैन । हाम्रो र राम्रो संविधान पनि बन्दैन । इतिहासबाट उपयुक्त पाठ सिकेर अघि बढ्न सक्नु र सिक्नु पर्दछ । ०७ सालको परिवर्तनबाट लिनुपर्ने सकारात्मक सन्देश र सार्थकता पनि यही नै हो । यही नै सात सालको क्रान्तिको सार्थक



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com