अ के ला

अहङ्कार न्यूनीकरणवारे
[2012-02-15 오후 8:00:00]

आदिनाथ भगवान शिवले नारदमुनीको बहकाउमा लागेकोमा आफ्नो बाहन नन्दीलाइ एकचोटी बेस्सरी फट्कारे-'नारदले जे जे सुनायो त्यो त्यो तिमी सुन्ने/मान्ने' नारदमुनीले नन्दीलाइ के मात्र भनेका थिए भने 'शीघ्रातिशीघ्र सतीको पाउ कैलासमा पर्नेछ ।' आराध्यदेवप्रति नन्दीमा अलि ज्यादा नै लगाव भएकाले जतिसक्दो चाँडो सतीको पाऊ कैलासमा परोस शिव र शक्तिको मिलन होओस र भगवानको एकाङ्कीपन दूर होओस भन्ने नन्दीको चाहना थियो र सिधै गएर उनले त्यो कुरो आफ्नो स्वामीसंग सोधे । तर भगवानले भक्तकै सात्तो लिए ।

आफुलाइ केही विश्लेषकहरुले भविष्यको राष्ट्रपति बन्ने प्रपाचमा लागेको भन्ने दुराशयपूर्ण लेखहरु लेखेर बदनाम गरेकोमा आफु अहिले पनि कुनै राष्ट्रपतिभन्दा कम शक्तिशाली नरहेको र त्यस्ता विश्लेषकहरुको बौद्धिक दिवालियापन रहेको भनेर कुर्लेपछि देशमा दाहालको जति खिल्लि उड्यो त्यति खिल्लि सायदै कहिल्यै कसैले कसैको उडाईए । जसले गर्दा प्रतिदिन बढ्दॊ दाहालको अलोकपि्रयतालाइ अझ बढी मलजल गर् यो ।

शिवजीको फट्कार र दाहालको यो फट्कारमा हल्का अन्तर छ । शिवजीको फट्कारमा सृष्टीको रहस्य छिपेको छ दैवको लिला लुकेको छ भने दाहालको यो फट्कारमा हुनसक्छ भूतो न भविष्यतीः को टेढामेढा राजनैतिक रहस्य या सिलिगुडीमा भारतीय गुप्तचर संस्था 'रअ' संग उनको भेटघाटपछि बनेको कुनै Grand design ! नत्र देशमा शासकीय स्वरुप र राष्ट्रपतीय स्वरुपवारे गम्भिर बहश भैरहेका बेला कनीकुथी केही लेखिए बापत टाउके दलका टाउकॆ नेता एकाएक त्यसरी कुर्लन जरुरतै थिएन ।

खैर छोडौं।दाहाल भविष्यको राष्ट्रपति बन्ने प्रपाचमा लागेको थियो/थिएन भनेर लेख्नु/बोल्नु अघि रामवरण यादव नेपालको राष्ट्रपति नबन्दैको त्यो फ्ल्यास ब्याकलाइ एकचोटी नियाल्नु पर्ने हुन्छ जुन फ्ल्यास ब्याकमा नेपालमा राष्ट्रपति बन्नका लागि टाउके दलहरुका घन्टाउके नेताहरु बीच चीरस्मरणीय रस्साकस्सी चलेको थियो र त्यही रस्साकस्सी नै देशको शान्ति प्रकृया तार्किक निश्कर्षमा पुग्न नसक्नु र संविधान जारी हुन नसक्नुको गाँठो अड्कियो। अर्थात टाउके टाउकेहरुको टाउको जुधाइ नै देशको शान्ति र संविधान झरेपछि खाईने 'साँढेको फल' बन्यो । त्यो फ्ल्यास ब्याक बुझेपछि सबै कुरा एकदम क्लियर-कट् हुन्छ ।

फ्ल्यास ब्याकमा राष्ट्रपति बन्न अगाडि सर्ने पात्रहरु थिए दुई क्रान्तिनायक कोईराला र दाहाल जसको अनुहार एकदम क्लियरसंग देख्न सकिन्छ । चिन्न खासै गाह्रो पर्दैन । दृश्य/परिदृश्य जे जे भने पनि फ्ल्यास ब्याकले बताउँछ कि 'प्रथम राष्ट्रपति' को उपाधी दाहालले फुत्काई सकेका थिए । नेपालको प्रथम राष्ट्रपति दाहाल बन्यो/बन्यो भन्ने थियो । किन्तु के मा कुरो मिलेन मिलेन दावेदारहरु फुत्के गाली गरेरै नथाक्ने नेपाली राजनीतिका 'शिशुपाल' चिप्लिए तर कसैले नपत्याएको 'महिषपाल'ले गणतन्त्र स्थापनापछिको प्रथम 'राष्ट्रपति' फुत्कायो ।

यता तत्कालका लागि जनताले पत्याईएका माओवादीमा जङ्गली हिङ्को गन्ध कायमै रहेकाले ऊ बाहेकका अरु टाउके दलहरुले राष्ट्रपतिको रुपमा दाहाललाइ सकार्ने सहजता बनेन । उता दाहालको प्रतिद्वन्दीका रुपमा कोईराला स्वयं ठडिएकाले दुइ टाउके दल र दुइ टाउके नेता समक्ष अस्तित्वको प्रश्न उब्जियो र समाधानस्वरुप रामवरण यादवलाइ कांग्रेसले ुप्रथम गणतान्त्रिक नेताु रामराजाप्रसाद िसंहलाइ माओवादीले काँध थापे । र अन्त्यमा माथि भनेझैं जङ्गली हिङ्को गन्धले गर्दा यादवले देशको प्रथम राष्ट्रपतिको उपाधी हातपार्न सफल भयो । नत्र राष्ट्रपतिको अस्सली दावेदार दाहाल सिवाय छ नै को र यो मुलुकमा निःसन्देह दाहाल यो देशका सबैभन्दा शक्तिशाली नेता हुन् । निःसन्देह साहश त्याग र बलिदानको अर्को नाम दाहाल हो । निःसन्देह मुलुकको यो बदलावको अस्सली हकदैया पनि दाहालमै छ अरुलाई छैन तर जनसेनाको सर्वोच्चता त्यागिसकेको सरकारमा नरहेको सरकारी पदमा पनि नरहेको पूर्व प्रधानमन्त्रीको भत्ता खाने जावो १ लाखको मासिक भाडावाल घरमा बस्ने नेताले राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिभन्दा आफुलाइ शक्तिशाली ठान्न मिल्छ मानिलिउँ अन्तरमुखी दाहालले आफुलाइ त्यस्तै ठाने÷भने ।

तर के वास्तवमै उनी राष्ट्रपतिभन्दा शक्तिशाली छन् कुनै व्यक्ति या कुनै दलका कुनै नेताले स्वयंलाइ त्यति धेरै शक्तिशाली ठान्न सक्तछन् शक्तिशाली हुनसक्तछन् यदि छन्÷हुन् भने कसरी संविधानको कुन धाराले दिन्छ त्यस्तो शक्ति या अधिकार जानेर या नजानेर भावी नेपालको राष्ट्रपतिवारे दाहालको कथनमा बरु दम छ । दम् यस मानेमा कि जनताले जनताको जुन चाहीँ छोरोलाइ राष्ट्रपति बनाउन चाहन्छ आफैं खडा गर्दछ चुन्दछ र बनाउँछ । त्यस्तो राष्ट्रपति सिधा जनताप्रति नै उत्तरदायी हुन्छ न कि भेँडाबाख्रासरी बेचबिखन हुने सदन या बिधानसभाप्रति । सदनमा बहुमतको घिनलाग्दो खेल हुनसक्ने र सरकार हम्मेसी अस्थिरै हुनसक्ने भएकाले त्यस्तो सदनप्रति उत्तरदायी बनाईनुपर्ने प्रधानमन्त्रीलाइ हो । राष्ट्रपति या न्यायपालिकालाइ होईन । गलतलाइ ुगलतु र सहीलाइ 'सही' भन्ने न्यायपालिकाको आज जति जरुरत छ त्यत्तिकै जरुरत भोली पनि छ ।

प्रत्यक्ष राष्ट्रपतिको पक्षमा उभिए भन्दैमा भावी राष्ट्रपति पनि दाहाल नै हुन्छन् भन्ने पनि छैन । र उनी बिरुद्ध खेती गर्न पल्केका भाडाका टट्टुहरुलाइ बारुदको प्रतिमूर्ति दाहाललाइ बढी बिष्फोटक बनाउन सलाईको एउटै काँटी काफी छ भन्ने कुरो ज्ञात छैन÷थिएन भन्ने आधार के भाडाका टट्टुहरुले राष्ट्रपतीय स्वरुपवारे प्रत्यक्ष या कार्यकारी राष्ट्रपतीय पद्धतिले देशमा फेरी जङ्गबहादुर या तानाशाह जन्मिने खतराको घण्टा बजाएर सचेत गराएर विगतका सरकारहरु ने।sाँ र एमाले संग विगतमा आफुहरुले खाएको ऋण चुकाउने चेष्टा गरे पनि आसामीको धर्म निभाए पनि जनताद्धारा चुनिएर जाने प्रतिनिधिहरु कुन हदसम्म गिर्छन् र कतिसम्म नमकहराम हुनसक्छन् भन्ने ईतिहास उनीहरुले चटक्क बिसे्र ।

ईमान्दार आसामीहरुले आफ्ना साहुहरुको नूनको सोझो गर्नु त आफ्नो ठाउँमा जायजै होला तर प्रत्यक्ष राष्ट्रपति या कार्यकारी राष्ट्रपतिमा जंगबहादुर देख्नु या नयाँ तानाशाह देख्नुमा अर्थ र दम दुवै छैन । दम् त तव रहला जव कुनै माईका लालले पुनः यो देशमा जङ्गबहादुर बन्ने या तानाशाह बन्ने दुस्वप्न देख्नेछ ।


खैर यो पनि छोडौं । अव ुएमाले कम्युनिष्ट पार्टी नै होईनु भन्ने ुकिरणु जीको कथनतिर लागौंं । ुकम्युनिष्टु को अर्थ ुकमाउनु र ुकम्युनिष्टु बन्नुको मकसद ुराज्यको ढुकुटी भ्याउनु बनेको यो राज्यमा ुकम्युनिष्टु को खाँट्टी अर्थ खुट्टयाउन जुन खोजियो त्यसको छिनोफानो नयाँ जनादेशमा जनता स्वयंले खुट्टयाउने भएता पनि आजै भैदिए राम्रो हुन्छ । तसर्थ कोईलाको दलाली गर्नेलाइ कोईलाको कालोबाट जोगिन गाह्रो पर्छ र कोईलाको दलाली गर्नेलाइ त्यस्तो कथन शोभनीय हुन्न भन्ने कुरो निज र निजका अनुयायीहरुले बुझ्नु अति जरुरी छ । त्यसो त नयाँ जनादेशप्रति माओवादीको झस्काइ आफ्नो ठाउँमा छँदैछ ।


ुकिरणु जी ुकम्युनिष्टु को नयाँ ब्याख्याता भए उनै जानून् तर आम मान्छेले पहिल्याएको ुकम्युनिष्टु को परिभाषा सच्चा देशभक्ति हो । पाचायत र पाचहरुलाइ मात् दिने र चकित पार्ने सतही अग्रगामी सोँच आज कुन हदसम्म लथालिङ्ग÷भताभुतुङ्ग छ परिवर्तनका संवाहकहरुको स्वप्न आज कसरी चक्नाचूर भए ईश्वर साक्षी छ । दुनिया साछी छ । त्यसो त मान्छे उचाल्र्ने र थेच्चार्ने आजका कट्टर ुकम्युनिष्टु हरु भोली ुकम्युनिष्टु भित्र पर्छन्÷पर्दैनन् नयाँ जनादेशले त्यसको छिनोफानो गरी नै हाल्नेछ ।

फाटेको लुगा टालटुल पारिएको पार्टी आज देशको सर्वाधिक ठूलो सर्वाधिक सर्वाधिक अग्रगामी र महान छ र कस्तै आँधीबेहरीमा पनि उसले आफुलाइ जोगाउँदै आयो यसपाली पनि जोगायो । आफु बाहेक अरुलाइ ुकम्युनिष्टु नमान्नु÷नठान्नु उभित्रको यस्तो अहङ्कार हो जसले उसलाइ सर्वनाशतिर घिच्याउँदैछ । हतियार बिसाएपछि माओको च्यादर ओढ्ने ुखाओवादीु हरुका पुनितकर्महरु ुकम्युनिष्टु को कर्तव्यभित्र पर्छन्÷पर्दैनन् नैतिकता राख्छन्÷राख्दैन त्यसको पुष्टी पनि हुनैपर्छ । नत्र नयाँ जनादेश फलामको चिउरा बन्नसक्छ सधैंकोझैं ुदुधभातु होईन ।


अन्तिम कुरो ! भुक्न÷टोक्न कुकुरलाइ सुहाउँछ मान्छेलाइ होईन । मानिस र कुकुरमा यही एउटा अन्तर छ । लुच्चामा भन्दा सच्चामा बेईमानमा भन्दा ईमान्दारमा बढी अहङ्कार हुने भएकाले सच्चा÷ईमान्दार नेता÷कार्यकर्ताहरुमा योखाले अहङ्कार देखिनु जायज छ तर त्यतिबिध्न पनि के काम जसले आफ्नै सर्वनाश गर्दछ आफ्नै सत्यानाश पार्दछ अहङ्कार कसैलाइ कहिल्यै फापेन÷फाप्दैन । न कुकुरका लागि न त मान्छेकै लागि । त्यसकारण सकिन्छ पूरै त्यागौं । सकिन्न कम गरौं र ज्ञानी बनौं ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com