रघु त्रिपाठी

जातिय सहिष्णुता र जनजाति अगुवाको कोरिया भ्रमणको सन्दर्भ
[2012-02-06 오전 7:10:00]

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाद्धारा आयोजित अन्तरकृया कार्यक्रम हिजो सम्पन्न भएको छ । फेब्रुवरी ५का दिन सउल स्थित कुकमिन ह्वागनको सभाहलमा सम्पन्न भएको उक्त अन्तकृया कार्यक्रमलाई नेपाल देखी पाल्नुभएका जनजातिहरुका अगुवा तथा समाजशास्त्री डा.कृष्ण भट्टचन महासंघका अध्यक्ष चंङ्ग कुमार गुरुङ्ग नेपाली राजदूतावासका कार्यवाहक राजदूत राजाराम बर्ताला लगायत एनआरएन एनसिसी तथा अन्य जातिय संघ सस्थाका प्रमूखहरुले सयूक्तरुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

दक्षिण कोरियामा हुने बिभिन्न कार्यक्रममा स्थानिय अगुवाहरुका अर्थहिन भाषणबाट दिक्क भएका कोरियावासीहरुका लागि नेपालबाट पाल्नुभएका जनजातिका अगुवा तथा समाज शास्त्री भट्टचनको सम्बोधन धेरै नेपालीहरुको आकर्षणको केन्द्र बनेको थियो ।

जनजातिका वरिष्ठ नेताहरुबाट महत्वपूर्ण नयाँ नेपालको संविधान निर्माण संघियता आदिवासीको अर्थ आत्मानिर्णयको अधिकार आरक्षण धर्म निरपेक्ष लगायत आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा सन्देश तथा जानकारी पाउने आशामा भाषणबाट तिर्खा मेटाउन आउनुभएकाहरु मध्यकॊ जनजाती भन्दा फरक बिचारका ब्यक्तिहरु ब्यवसायीक विद्यार्थी पत्रकार बुद्धिजिबी तथा श्रमिकहरुको समेत बास्लो उपस्थिती देखिन्थ्यो।

निर्धारित समय भन्दन २ घण्टा ढिलो सुरु गरिएको अन्तर्कृया कार्यक्रममा आसनग्रहन तथा जातिय क्षेत्रिय राजनीतिक समाजिक संघ सस्थाका ब्यत्तिहरुको लम्वेतान भाषणबाट बरिष्ठ अगुवाको संवोधन सम्म धैर्यता साधेर वसेका तमाम सहभागी जनजाती तथा गैर जनजाति श्रोताहरुको मुहारमा भट्टचनले नयाँ नेपालमा संघियताको स्थापना जनजाति अधिकारको रक्षा लगायत देशको वर्तमान अवस्थामा केही महत्वपूर्ण जानकारीको अपेक्षा राख्दै शान्त रहेको देखिन्थ्यो परन्तु उद्धधाटन सत्रको अन्त्यमा जनजाती लगायत प्राय सबै स्वतन्त्र पर्यवेक्षकहरुको अनुहारको रक्त संचार अपेक्षाकृत गतिमा देखिएन ।

जनजाती अगुवाको कोरिया आगमनलाई विशेष चासोकोरुपमा हेरेको कारण पत्रकारको नाताले केही सहभागीहरुसंग प्रतिकृया लिने प्रयास गरेको थिएँ ।डा.भट्चनले आफ्नो उद्धारवादको ब्याख्या जति गरे पनि जातिय सहिष्णुताको ब्यवाहरवादी ब्याख्या र उपयोग गर्न अपेक्षाकृत रुपमा सफल नभएको निरासा ब्यक्त गरे स्वतन्त्र पर्यवेक्षक तथा उपस्थित जनजाती भित्रकै सहभागीहरुले । न त सभा संन्चालकले अपेक्षा गरेझै कोरियामा रहेका आदिवासी जनजातीहरुको भावनाको पाटोनै छुनुभयो उहाँले न त बिदेशी भूभिमा एकताभाव देखाएर रहेका नेपालीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

बरु पुराना सामन्तीवाद र बाहुनवादलाई जोडेर आज क्षमताका आधारमा प्रतिस्पर्धा गरी उन्नति प्रगति गरिरहेका बाह्मणक्षेत्री ठकुरी तथा नेवार जातिहरुका कारण जनजातीहरु अउनतिअधोगति भेदभाव र कमजोरीको प्रमूख कारण बन्न पुगेको बताउनु भयो । नेपाल र नेपालीको पछौटेपनको मूल कारण बनाउने कुचेष्टा नेपालका उग्र जातिवादी अगुवाहरुले त गरिरहेका छैनन भन्ने आशंका फैलिने प्रसस्त आधारहरु छर्दै अरु जातिलाई आलोचना गर्दा नै आफूअग्लो होइन्छ भन्ने ठानेको देख्दा मुलुकको बिकाशका खातिर जातिय सहिष्णुतालाई ब्यहवारपयोगी ढङ्गले जनताको भावनालाई बुझदै अगाडि वढ्न कलम चलाउनै पर्ने महसुस भयो बिभिन्न वर्गको प्रतिकृया पछि मलाई ।

अरुको नकारात्मक कुरा भन्दा आफ्नो सकारात्मक कार्य योजना र नयाँ नेपालमा आदिवासी जनजातीहरुको अधिकार सुनिश्चिताको रोडम्यापका वारेमा केही राहत वाड्नु भएका भए राम्रो हुन्थ्यो होला जनजातिका अगुवा डा। भट्टचनले । तर जनजाती बाहेक सवै जातिहरु नयाँ नेपालको अभियानमा तगारो मात्र बन्न खोजेको भन्दै गैर जनजाति संग लड्नका लागि हत्यार उठाउन समेत तयार छौ भन्दै गैर जिम्मेवार पूर्ण तथा िहंसात्मक अभिब्यक्ति सुनिरहँदा कतै जनजातीहरुका नामका गरेको राजनीतिक त होइन भन्ने चिन्ता पनि ब्यक्त गरेको पाइयो ।

छोटो समयमै उल्लेखनीय आर्थिक बिकास गर्न सफल दक्षिण कोरियाको भूमिमा उभिएर कोरियाली बिकासको मोडेलका लागि कोरियालीहरुले देखिएको समाजिक सहिष्णुता र जातिय एक्यवद्धताको विषयमा यहाँका अगुवाहरुले बुझाउने र नेपालबाट पाल्नुभएका अगुवाले बुझने प्रयास गरेको भए समाज शास्त्री डा। भट्टचनको भ्रमण अझ बढी फलदाइ हुन्थ्यो होला । यसरी विश्लेषण गर्दा अग्रगतिका लागि नेपालमा सुहाउँदो सुझबुझ सहितको जातिय एकता र सहिष्णुता प्रत्येक नेपालीहरुको मनमुटुमै हुनुपर्दछ । असहिष्णुता द्धोषपूर्ण प्रतिष्पर्धा कष्टपूर्ण सहयात्रा र आफ्नो अनुकुलतामा बोली फेर्ने फितलो स्वभाव कुनै जातिय अगुवाहरुका लागि उपलब्धी तथा अर्थपूर्ण हुदैन । अगुवाहरु बिदेशमा रहेका नेपालीहरुको मन टुटाउन र दुखाउन खोज्नु हुदैन सवैले ह्दयगमन गर्नै पर्छ र स्वीकार्नु पर्छ तितो सत्यलाई ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com