देवेन्द्र सम्बाहाम्फे

कोरियाली नया बर्षमा रमाए नेपाली
[2012-01-29 오후 9:09:00]

गत शनिबार जनवरी २१ परेकाले कोरियामा सर्बाधिक चिसो हुने दिन थियो । त्यहि दिन कोरियाली संचार माध्यमहरुले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरु गाउ फर्कदै छन् भनेर ट्राफिक जाम सहितको समाचारहरु प्रसारण्ँ गरिरहेका थिए मानौ सोल एकप्रकारले रित्तन्दै थियो। तर कोरियाको कुना कुनाबाट नेपालीहरु आफ्नो गीत सङ्गीत र कलासंस्कृतिको रसोपान गर्न सोल आइरहेका थिए र अर्को हिसाबले तुङदेमुन यङदम्फो जस्ता क्षेत्रहरुमा भने मिनी नेपाल बन्दै थियो ।

आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसोमा भएपनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीहरुको भीड त्यतिकै थियो । फाट्ट फुट्ट रैथाने नागरिकहरु परम्परागत पोशाक हान्बोकमा सजिएर हिडिरहेका भेटिन्थे भने ढका टोपी ढल्काएर गुन्यु चोलीमा सजिएर निस्फिक्री घुमीरहेका नेपालीहरु पनि कम भने थिएनन्। तिनै नेपालीहरु कोरियाली नया बर्ष सलनालको दुइ दिने बिदामा आयोजना गरिएका सास्कृतिक कार्यक्रमहरुमा दुख पीडा भुलेर नाचिरहेका थिए हासिरहेका थिए ।

आइतबार सोङबुक कुक्मिन हलमा नेपालीहरुको ढिलो गर्ने बानीलाई व्यङग्यमा पस्किन्दै हास्यकलाकार दीपकराज गीरी देखापरेपछि गोर्खा परिवारले आयोजना गरेको मनास्लु साङगीतिक सौगात शुरु भएको थियो। गीरी भन्दै थिए ढिलो नगर्ने नेपाली नेपालीनै होइन उनले कार्यक्रम अवधिभर नेता गायक नारि पुरुष मायाप्रेमजस्ता अनेक बिषयहरुमा भएका बिकृतिहरुलाई समेटेर चुटकिला प्रहसनहरु गरे भने लोक गायक पशुपति शर्माले पनि दर्शकलाई गीत गएर जति सन्तुष्टि दिए त्यतिनै चुटकिला र सामाजिक ब्यङग्य प्रस्तुत गरेर मन जितेका थिए । लोक गायिका राधिका हमालले भने गीत गाउदा गाउदै सलल सलल भन्दै आफु पनि हासिन र दर्शकलाई पनि हसाइन् । त्यो हाँसोमा हराइरहेका दर्शकहरुलाई गायक चौबन्दी सुव्बाले भक्तराज आचार्यको गीत 'जहा छन् बुद्धका आखा' गाएपछि भावुक बनेका थिए। देश बिदेशमा कार्यक्रम चलाउदा चलाउदै पोख्त भएका दीपकराज गिरीले दर्शकहरुको बढ्ता भावुकता बुझेरै नृत्यकार पूर्णिमा श्रेष्ठलाई बोलाएर फेरी दर्शकलाई नचाए तिर्खा लाग्यो पानी खाए मैले के बिराए भन्दै।

कार्यक्रमको मध्य भागतिर उद्घोषक गीरिले गायक र नायक प्रसान्त तामाङलाई बोलाए दर्शकको ताली बेजोड बज्यो तर त्यहाँ प्रसान्त माइक्रोफोन बोकेर मन्द मुस्कान छर्दै आएनन। बरु स्टेजको बीच पर्दा बिस्तारै 'जहाँ गहभरि आशु पारेर प्रसान्त भिडियोमा बोलिरहेका थिए माफ मागिरहेका थिए जहाजको उडान तालिका नमिलेका कारण्ँ आफू उपस्थित हुन नसकेको बताइ रहेका थिए । फेनहरुलाई भेट्न चाडै कोरिया आउने बाचा गरिरहेका थिए । प्रसान्तको बाध्यता सुनेर दर्शकहरु स्तब्ध बनिरहेका बेला गीरिले प्रसान्त नआउनुको वास्तविकता फुकाउदै भने 'उहाले जे भन्नु भए पनि भीषाको कारण्ँ हो सम्पन्न मुलुकले हामी दक्षिण्ँ एसियाली कलाकारलाई घटिया दर्जामा हेर्ने गर्दछ । मैलै पनि जर्मनीको एउटा कार्यक्रममा यस्तै धोका पाएको छु।' गीरिको गुनासो सुनिरहेका दर्शकहरुले कार्यक्रम आयोजकसंग कुनै गुनासो गरेनन् बरु कलाकारहरुप्रति सहानुभूति जनाइरहेका थिए ।

कार्यक्रमको चरमोत्कर्ष बन्यो लोक गायक पशुपति शर्मा र गायिका राधिका हमालको- 'क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आखा जुधाउने चित्त बुझाउने' लोक दोहोरीमा पूर्णिमा श्रेष्ठ लगायत अन्य कलाकारहरुको नृत्य यो दोहोरि संग संगै जो जहाँ उभिएर होस् या बसेर होस् सबै दर्शकहरु कम्मर मर्काई मर्काई नाची रहे राती अबेरसम्म ।

आइतबार कम्मर मर्काउनेहरु उही जोश र जागरमा मेट्रो ट्रेनबाट सजिलै पुग्न सकिने सोलको हुकसक दोङस्थित वोन बुल्ग्यो हेग्वानमा पनि भेटीए । मुस्ताङ परिवारले आयोजना गरेको यस साङगीतिक सौगातमा शुरुमै लोक गायीका सुनिता दुलालको कार्यक्रम प्रस्तुतिले अल्लारे ठिटाहरु मख्ख थिए । तिनै ठिटाहरु स्थानीय गायक भारत गुरुङ र अशोक थुलुङको स्वरहरुमा मात्र होइन स्थानीय ट्रीनिटी बेण्डको रक प्रस्तुतिले चिच्याइरहेका थिए ।

पप र रकपछि कार्यक्रम प्रस्तोता दुलालले लामो भूमिका सहित नायीका सौजन्या सुब्बालाई निमत्याइन स्टेजमा । नेपाली पारामा फेरी दर्शकलाई नचाइन अनि दाजु घमेश दुलाललाई बोलाइन र नेपालको पूर्वदेखि पश्चिमसम्मको भन्ज्याङ र चौतारीमा दर्शकलाई घुमाईन । कार्यक्रमको मीयो मानिएका मनोजलाई बोलाइन आफू नेपथ्यमा गइन् । मन्चमा मनोजलाई देखेर दर्शकहरु हाँस्न थाले।कोरियामा मनोजका प्रस्तुतिहरुको खुव चर्चा हुने गर्दछ । त्यसैले उनलाई बोलाउन आयोजकहरुबिच निक्कै प्रतिस्पर्धा हुने गर्दछ । यो चोटीको उनको कोरिया यात्रा आठौं थियो। उनि बार्हौं पल्टमा कोरिया यात्रा टुङग्याउन चाहान्छन्। नेपालका नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक अनेक विकृतिहरुलाई व्यङग्यको निशाना बनाउन खप्पीस मनोजले यसपाली भने भारतले गरेको भगवान गौतम बुध्दको जन्मस्थल बारे भ्रमलाई बिषय बनाएका थिए र बने रामदेव ।

कार्यक्रममा धेरै दर्शकहरुको आकर्षण्ँ बने नेपथ्याका बेण्डका राजु लामा उनले राष्ट्रिय भावनाले ओतप्रोत मेरो नेपाल लगायत फेनहरुको अनुरोधमा समेत आफ्ना चचिर्त गीतहरु गाएका थिए । र यो पनि......

गत साता 'भारतीय अभिनेता अमिताभ बच्चनका पूर्खा नेपालको मुस्ताङका थकाली थिए'भन्ने समाचार केहि चचिर्त संचार माध्यमहरु र देश विदेशबाट संचालित विभन्न अनलाइनहरुमा समेत निक्कै चचिर्त बन्यो । यसबारे हजारौं प्रतिकृयाहरुब्यक्त गरिएका छन् । त्यो समाचार वास्तवमा मनोज गजुरेलले साढे दुईबर्षअघि एक पत्रिकामा ग्रेरेटर नेपाल र ग्रेटेस्ट नेपाली शीर्षकमा लेखिएको हाँस्यव्यङग्य लेख मात्र थियो यस बारे वास्तविकता बुझ्न गजुरेलसंग लिईएको अन्तरबार्ताको मुख्य अंशहरु:

१ अमिताभबारे आएको समचारको वास्तविकता के हो ?
-भारतीय अभिनेता अमिताभ बच्चनका पुर्खा नेपाली भएको कुरा शतप्रतिशत साँचो हो यो मेरो दुइबर्ष लामो अनुसन्धानले पुस्टि गरेको छ ।

२ कसरि ?
-तीन सय वर्ष पहिले जोमसोमबाट अलाहावाद वसाई गएका जौबीर िसंहका छोरा हरिबंश राय बच्चन हुन र उनैका छोरा हुन अमिताभ बच्चन जो नेपाली मुलका भारती हुन्।

३ यसको पुस्टि गर्ने आधार के हो त ?
-नेपालमा जन्मिएको बुद्धलाई भारतमा जन्मिएको हो भन्न मिल्छ भने भारतमा जन्मिएका बच्चनलाई मुस्ताङको थकाली भन्न किन नमिल्ने ?

४ यो कस्तो तर्क हो तपाईको ?
-यो हास्य र व्यङग्य शास्त्रको आधारमा गरिएको हो तर्क हो ।

५ यो तपाइको प्रस्तुति त वास्तविकता भएर बाहिर आयो नि यो कसरि यस्तो हुन गयो ?
-आज भन्दा २ वर्ष पहिले मैले यहि बिषयलाई लिएर नव युवा मासिक पत्रिकामा ग्रेटर नेपाल र ग्रेटेस्ट नेपाली भन्ने शीर्षकमा एउटा लेख लेखेको थिएँ । त्यो यसरि लेखेको थिए कि पढ्नेले साँच्चै हो भनेर समाचार बनाए छन्।

६ दुई वर्ष पहिको कुरा यतिखेर मात्र किन आयो त ?
-यो सबै भाष कम बुझाईको कमाल हो त्यो व्यङग्य लेखलाई अग्ा्रेजीमा उल्था गरेर एउटा सामाजिक संजालमा हालेको थिए त्यहि भाषाको कमालले गर्दा पत्रकारहरु अलमलिए ।

७ त्यो व्यङग्यमा तपाईले के भन्न खोज्नु भाथ्यो त ?
-त्यसको उत्तर म कविता मा दिऔ है :
न बुद्ध हुन् पटनाका बिहारी
न बच्चन हुन् मुस्ताङका थकाली
नबग्यऔं ईतिहास कसैले कसैको
जो जहाँ जन्म्यो त्यो देश उसैको
यथार्थ जे हो त्यहि भन्नु राम्रो
जहाँ बुद्ध जन्म्यो त्यो देश हाम्रो।

८ के तपाइको व्यङग्यले बुद्धबारे भ्रमलाई चिर्न सक्छ त ?
-जस्तालाई त्यस्तै ढिडोलाई निस्तै भने जस्तै सम्बन्धित पक्षले पनि मनन गर्ने गरि गरिएको मेरो व्यङग्यले निश्चय पनि प्रभाव पर्छ भन्ने विश्वासमा छु ।

९ त्यसो भए अमिताभका पुर्खा नेपाली होइनन् ?
-वास्तविक भनेर समाचार प्रकाशित गर्ने संचार मध्यमदेखि यो समाचार वास्तविक मानेर पढ्नेझुक्किने पठकहरुलाई म के भन्न चाहन्छु भने यो समाचारको मूल श्रोत म मनोज गजुरेल हास्यव्यङग्यमा मात्र बच्चनका पूर्खा नेपाली भएको कुरा अवगत गराउन चाहन्छु।

१० यस्तो अफवाह फैलाएर पनि मान्छेलाई हसाउने हो त ?
-यो तपाइको प्रश्नको उत्तर पनि मा कबिता मै दिऔं है :
यस्तै कुतर्क गर्दा
जति अन्याय हुन्छ मित्र राष्ट्र माथि
बुद्धको जन्मस्थल भारत हो भन्दा
हामीलाई पनि
त्यतिनै चित्त दुख्छ साथी ।

११ आउदो योजनाहरु कस्ता छन्
-त्यही वच्चनका पुर्खा नेपाली नै रहेको पुष्टी हुने गरी भिडीयो ल्याउदै छु।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com