Binod kumar

एनआरएनमा लामिछानेको ३ महिना
[2012-01-16 오후 8:09:00]

गैर आबासीय नेपाली संघको निबर्तमान चुनावमा प्रमुख संरक्षक उपेन्द्र महतोलाई धराप थापेर देवमान हिराचनलाई उम्मेद्वारी फिर्ता लिन लगाई संघको कार्यभार हडप्न पाउँदा जिबा लामिछानेको अनुहारमा कान्ति छाएथ्यो भने उपेन्द्र महतोको चालबाजीको पत्तो नहुँदा हिराचन संरक्षकको लड्डुमा चित्त बुझाउन सफल भएका थिए साथै बिजयको सुनिस्चय भैसक्दा पनि महतोको षडयन्त्रको रहस्य बुझ्न नसक्दा हिराचनको सपना चकनाचुर भएथ्यो अक्टोबर १४ अघि नै । चुनाव भनेकै साम, दाम, दण्ड र भेद हो, जसरि पनि जित्नु उम्मेदवारीको मिसनस्टेटमेन्ट हो भन्ने कुरो लामिछानेले हिराचनलाई अध्यक्ष पदको पाठ पढाउँदा र न्युयोर्क निबासी शेर्पा लामाले बोस्टन निबासी बिएम परियारको माथमा लेखिएको महासचिवको पद आफ्ना ज्वाई सिउल निबासी तेन्जी शेर्पाबाट हत्त्याएको खबर सुन्न पाउँदा एनआरएन एनसीसी युएसएका प्रल्हाद केसी र विद्या रंजित दंगदास मात्र परेनन्, खुसियालीको सिमा काटेथ्यो शेर्पा लामाको तिगडमबाजीले, भलै लामिछाने प्रशाशनले १७ बुंदे प्रतिबद्दता बाँडेको ३ महिना पुगेछ ।

लामिछानेको प्रतिबद्दता:
१) संबिधान बनाउन र शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन आग्रह गर्ने,

२) उल्लेख्य बिदेशी लगानी भित्र्याउने, १०० मेगावाट बिजुली निर्माण गरि नेपाललाई सघाउने,
३) बैदेशिक रोजगार सुरक्षाको प्रत्याभूतिका लागि ऐन परिबर्तनमा सघाउने,
४) सम्भावित भूकम्प प्रकोपका बिरुद्द आबस्यक सतर्कता अपनाउने विधिको सुरुवात गर्ने,
५) बिदेशमा जन्मिएका पुस्ताको नेपालको बिकासमा सहभागिता गराइने,
६) नेपालमा बिज्ञान तथा प्रविधिको हस्तान्तरणको लागि स्थायी संरचना निर्माण गर्ने,
७) नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु र बिकास साझेदारहरुको श्रोत परिचालन गरि खुल्ला बिस्व बिद्यालय संचालन गर्ने,
८) ''एक पटकको नेपाली संधैको नेपाली'' कायम गराउन सम्बन्धित नियम कानूनमा उल्लेख गराउन पहल गर्ने,
९) नेपाली कला, भाषा, साहित्यको बिकासमा योगदान पुर्याउन सबैमा आग्रह गर्ने,
१०) ''एक जिल्ला एक उत्पादन'' अभियानलाई जोड दिंदै नेपालको आर्थिक-सामाजिक अभियानमा काम गर्ने,
११) पहिलो र दोश्रो बिस्व युद्दमा मारिएका गोर्खा सैनिकहरुको सम्मानमा स्थापित ''गोर्खा स्मारक'' को स्वागत गर्ने,
१२) नेपालको पर्यटन प्रबर्धनका लागि हरसम्भव भूमिका बढाइने,
१३) नेपालको निकासीजन्य बस्तुहरु सम्बन्धित निकासीयोग्य मुलुकहरुमा निकासी बढाउन पहल गर्ने, नेपाल गृहको स्थापना गर्दै लगिने,
१४) गैआनेसंघको प्रत्येक रास्ट्रिय समन्वय परिषद्लाई नेपालमा कम्तिमा एउटा कल्याणकारी योजना कार्यान्वन गर्न लगाउने,
१५) गैआनेसंघका बिगत र बर्तमान घोषणा पत्रको कार्यान्वयनका लागि त्रिपक्षीय कदम अगाडी बढाइने,
१६) पाँचौ गैरआबासीय बिस्व सम्मेलन सफल तुल्याउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्ने र
१७) छैठौं गैरआबासीय बिस्व सम्मेलन अक्टोबर २०१३ मा काठमान्डूमा आयोजना गर्ने ।

कटाक्ष कबि भूपी सेरचनले देखेका भोगेका ''घुम्ने मेचमा अन्धो मान्छे'' संरचना र संस्कृतिले भरिपूर्ण नेपाली गैर नेपाली संघसंस्था र तिनका प्रतिनिधि पात्रको रुपमा रहेका हरेक नेपालीको चरित्र, बोलि र घोषणा बिस्वको जुनसुकै कुनामा जाओस किन्चित फरक भए मारिदिनु भन्ने उही सेरचनका दर सन्तान देवमान हिराचनले, अनि उनका अग्रज उपेन्द्र महतोले केहि असल कामको सुरुवात गरेको प्रमाण भए पो तिनीहरुका पछुवा लामिछानेलाई केहि ठोट अठोट गर्न र काम गरि देखाउन करै लाग्थ्यो । नेपाली ३६ वटा अक्षर जोडी बनाइएका शब्द जाल र त्यो जाल भित्रका महतो प्लस लामिछाने चालबाजी सिबाए पाचौं गैर आबासीय नेपाली विश्व सम्मेलनको घोषणा पत्रमा एउटा पनि हुने र गर्ने कामको सुचि छैन भन्ने कुरो काठमान्डूमा घोषणा पत्र जारि हुँदै नेपालका प्रधानमन्त्री बाबुराम भट्टराइको नजर गुमिसकेथ्यो । भटराईले यहि कुरोको सुइँको पाएर उनको आर्थिक परिषदमा लामिछाने सदस्य बनाइदा लामिछाने र उनको भक्ति मण्डललाई स्वर्गीय आनन्द त् प्राप्त भो तर गैआनेसंघमा गरिएका प्रतिबद्दता शुरुवात गर्न तिन महिनामा चुत्थो पहल समेत नहुनु लामिछाने प्रशाशन सर्मनाक त् साबित भएकै छ, गत अक्टोबरमा सोल्टी होटलको भात खान पुगेका गैर आबासीय भनाउँदा गैर नेपालीहरुको नाककान काटिएको महसुस पनि लस एन्जलसका डाक्टर शम्भू ढुंगाना, म्युनिखका राम थापा, बेलारुषका डाक्टर सुरेन्द्र महतो, सिड्नीका डाक्टर राजु अधिकारि, अलबरटाका डाक्टर प्रमोद ढकाल र एरिजोनाका डाक्टर अम्बिका अधिकारीलाई महशुस भयो होला नै ।


लामिछानेका तिन महिनाका गतिबिधि.....
जिबा लामिछाने गैआनेसंघको अध्यक्षमा चुनिए यता ३ महिना पुरा भो उनको कार्यकाल । रसियाका उनका भक्ति मण्डलले उनको जयजयकार गरेको एउटा समाचार आकाशबाणी भएथ्यो केहि पहिले । संघका महामानव, लक्ष्मीस्वर, सरस्वतिमण्डलका स्वामी भनाइएका उपेन्द्र महतोको पाउकस्ट गरि रसियाका गैर नेपालीहरुले उनको पाउ तामाको बडेमानको खडकौलामा राखी आच्मन गरि दुनियालाई पनि यसै गर्नु भन्ने संदेश बाडीएको उक्त समाचार वाशिंगटन डिसीको एउटा तारछापाले प्रकाशन गरि एरिजोनाका अधिकारि र न्युयोर्कका शेर्पा लामाको कर्णप्रिय नजरप्रिय बनाइरहदा बिस्वभरका गैआनेसंघका समर्थक र काठमान्डू सम्मेलनका तिर्थालुहरुमा बिशेष जागरण ल्याएकै थियो होला तर १७ बुंदे घोषणा पत्रको कार्यान्वनको १२ प्रतिशत समय खेर गैरहेको नजर अन्दाज गरिरहेका ओशाका निबाशी देवमान हिराचनलाई खुच्चिंग भनेर कसलाई सुनाउ भन्ने धौ धौ भैरहेथ्यो । शुशील कोइरालाको चिया पार्टी र बाबुराम भट्टराइको डिनर पार्टीको हौस्याइले लामिछानेको उत्शाह जगाएथ्यो गैर आबासीयको लागि काम गर्न होइन, उनकै सानिमा हाइड्रो पावरलाई नेपाल सरकारपति भट्टराइले १०० मेगावाटको बिजुली उत्पादन गर्न र नेपाली जनताले तिरेको कर सुम्पीइ मिलिएनाएरबाट बिलिएनाएरतिर उकास्ने परियोजना निर्माण गर्न तर उर्जामन्त्रि भट्टले डिजेल प्लान्टको प्लान अगाडी सार्दा लामिछानेलाई अहिले प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार परिषद्को सदस्य पद खाउँकी ओकलौ भैरहेछ । न गैआनेसंघको १०० मेगावाट बिजुली परियोजना प्रतिबद्दता कार्यान्वयन हुने भो न बिलिएनाएर् बन्न पाइने भो । बिलिएनाएर् महतोलाई जित्ने महत्वाकांक्षा कहिल्यै पुरा नहुने भो । सारा हचुवा प्रतिबद्दता पुरा त के सुरुवात सम्म पनि नहुनु ३ महिने लामिछाने प्रशाशनको उपलब्धि मान्न ५९ वटा देशका रास्ट्रिय परिषदहरुलाई करै लाग्ने भो । ९० दिने हनिमून पिरिएड रसिया-काठमान्डू-रसिया गर्दै लामिछानेले बिताए ।

लामिछानेले पाचौं गैर आबासीय बिश्व सम्मेलनका १७ बुंदे हचुवा प्रतिबद्दता पुरा गर्ने शुरुवात नगरेपनि केहि रास्ट्रिय परिषदहरुले थोरै काम चाहिँ गरेका छन् । रास्ट्रिय परिषद-चीनले जनवरी २, २०१२ मा ग्वांगजाउ म्युजिकल नाइट आयोजना गर्यो किनकी चिनमा नेपालीहरुको सांस्कृतिक गतिबिधि गर्ने संस्था एउटा पनि छैन । रास्ट्रिय परिषद युएईले डिसेम्बर २७, २०११ मा रक्तदान कार्यक्रम गर्यो । डिसेम्बर २२ मा गैर आबासीयहरुले इराकमा गैआनेसंघ गठन गरे, यसले रास्ट्रिय परिषद्को संख्या ५८ पुर्याएको छ । रास्ट्रिय परिषद बेल्जिएमले डिसेम्बर २० मा एउटा अन्तरक्रिया गर्यो । यहि परिषदले डिसेम्बर ८ मा गेन्ट क्षेत्रीय भेला गरेथ्यो । डिसेम्बर ६ मा जाम्बियाका गैर आबासीयहरुले रास्ट्रिय परिषद गठन गरे, यसले रास्ट्रिय परिषद्को संख्या ५९ पुर्यायो । नोभेम्बर २९ मा लामिछाने सचिवालयले पत्रकार विजय बाबु खत्रीको निधनमा समबेदना दिने काम गर्यो, अत्यधिक मदिरा सेबन गरि कार चलाउने पत्रकार खत्रीको निधनले लामिछानेलाई अपुरणीय क्षेती भएको थियो किनकि लामिछानेलाई पछाडी बाट थेग्ने धेरै पत्रकार मध्ये विजयबाबु खत्री पनि एक थिए, जो सानिमा बैंक र हाइड्रो पावरको बिकाशमा लेखेर उल्लेख्य भरथेग गर्थे र लामिछानेको ड्युटी फ्री रेड लेबल मनग्ये पिउथे । नोभेम्बर २६ मा अन्तररास्ट्रिय समन्वय परिषद्को ३१ औं बैठक बस्यो । एनआरएन रसीयाको सहयोगमा केन्द्रीय बहिरा उच्च मा.वि नक्शाललाई नोभेम्बर २४ मा भ्यान हस्तान्तरण गर्यो। नोभेम्बर २० मा रास्ट्रिय परिषद जर्मनीले एक अन्तरक्रिया आयोजना गर्यो । नोभेम्बर १६ मा लामिछाने सचिवालयले एक बिज्ञप्ति प्रकाशित गरि उपाध्यक्ष रामेश्वर शाहको नेतृत्वमा उपप्रधानमन्त्रि लगाएतको सरकारी टोलीसंग भेटघाट गरेको प्रचार बाहिर ल्यायो ।

ब्रुनाइमा कुटनीतिक नियोगको पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेको व्यहोराको पत्रको प्रचार गर्ने काम भयो नोभेम्बर ९ मा । यहि दिन रास्ट्रिय परिषद बेल्जिएमले नेतृत्व बिकास तथा संस्था ब्यबस्थापन तालिम आयोजना गर्यो । रास्ट्रिय परिषद फ्रान्सले नोभेम्बर ४ मा गैर आबासीय नेपाली दिबस मनायो । नोभेम्बर ३ मा विदेश जाने नेपालीहरुलाई बिभिन्न बहानामा त्रिभूवन अन्तररास्ट्रिय विमानस्थल काठमान्डूमा हुने झैँ झमेला नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गर्ने काम गर्यो संघले र त्यसको प्रचार प्रसार गर्यो । नेपालका लुटेरा प्रमुख दलहरु बिचको सहमतिको ढोंग प्रति समर्थन जनाउंदै संघले आफ्नो धारणा सार्बजनिक गर्यो नोभेम्बर ३ मै । अक्टोबर २५ मा हेल्प नेपाल नेटवर्क र संघ बिच कल्याणकारी योजना सम्बन्धि एक सहमति पत्रमा हस्ताक्षर गर्यो तर हस्ताक्षर भएको दुइ महिनाको यो अबधिमा कुनै कल्याणकारी योजना बाहिर आउन सकेन, त्यसले लामिछाने र उसको जम्बो प्रशाशनको हैसिएत प्रस्ट्याएकै छ ।

अक्टोबर १४ मा निर्बाचन हुनु अगावै उपेन्द्र महतोको घुर्की र लामिछानेको फुर्तीका बिच लुते कुकुरले पुच्छर लुकाएर भागे झैँ हिराचन खेल मैदानबाट भागे पछी लामिछानेको खाँडो जागेको थियो । ताई न तुइको सत्र बुंदे काठमान्डू घोषणापत्र जारि घरेर गैर आवाशीय नेपाली संघको श्रीपेच पहिरिनु र हनिमून बिताउंदै लामिछानेको ९० दिन कट्यो तर काम सुन्य । लामिछाने प्रशाशनको ९० दिनको सबैभन्दा ठुलो काम अक्टोबर १७ मा अन्तररास्ट्रिय समन्वय परिषद्को बैठक बस्नु रह्यो त्यसपछि उनको प्रशाशनका अन्य टाउकाहरुसंग बातचित केहि छैन ।

आनट्रुपको यात्रा एलजिको ब्यापार......
यहि जनवरी ७ मा रसियाका रुबलपति, नेपालका रुपियापति, दुबईका रियालपति हुँदै अब युरोपको युरोपति हुने सपना बुन्दै एनआरएनको कार्यक्रमको नाउमा बिलिएनाएर् मिस्टर लामिछाने बेल्जिएमको एउटा कार्यक्रममा बोल्दै थिए "अब-ठुलो सानो डलरको मुठो नभनी सारा गैर आबासीयहरुले नेपालमा खोलिने कम्पनि मार्फत सामुहिक लगानी गर्नु पर्छ ।"

बेल्जिएम युरोपीय भूभागको झन्डै केन्द्र स्थल हो, ब्रसेल्सको गुजुमुज्ज समाज त्यागेर फ्रान्सेली भाषीहरु आनट्रुप शहरलाई हडप्न पुगेपछि यो शहर सारा युरोपेलीहरुको व्यापारिक केन्द्र बिन्दु बन्दैछ, जहाका ठुल्ठुला प्रदर्शनी हलहरु चाइनिज एलजी, सोनी आदि कम्पनीका इलेक्ट्रोनिक्स सामानहरुको लागि स्वर्गद्वारी बनिरहेछन । खासामा बनेका र काठमान्डूमा बिक्नेदेखी लिएर ग्वांगझाउमा बनेर हलिवुडमा बिक्रि हुने सम्मका इलेक्ट्रोनिक्स सामानको पहिलो प्रदर्शनी आनट्रुपमै हुनेगर्छ, त्यसपछि मात्रै ति इलेक्ट्रोनिक्स सामानहरु युरोप अनि स्क्यानडिनेभिएन मुलुकहरु हुँदै अमेरिका-क्यानाडा छिर्ने हुन् । अहिले कमसली माल युरोपेलीहरु त्यति प्रयोग गर्दैनन् जति अमेरिकी-क्यानाडालीहरु गर्छन । यो कुरो चतुर कौवाको फूलसमेत दौडाउन सक्ने धनपति लामिछानेको याप्पल आइप्याड्मा घरीघरी ब्लिंक भएको झन्डै बर्ष दिन बितेको थियो, देश पनि हेर्ने मुख पनि फेर्ने उनको पुरानै रणनीति बमोजिम उनी आनट्रुपको यात्रा एलजीको ब्यापार गर्न ब्रसेल्स भन्दा ६० माइल टाढा एनआरएन बेल्जिएम, स्पेन, फ्रान्स, जर्मनी, हल्याण्ड आदिका सेनामेना सहित आएका थिए ।

गैर आवासिय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुमार पन्त, अन्तरास्ट्रिय समन्वय समिती बेल्जियमका सदस्य अर्जुन कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ हल्याण्डका अध्यक्ष नारायण आचार्य, एनआरएन फ्रान्सका अध्यक्ष निर्मल अर्याल, गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष्य अर्जुन काफ्ले, नेपाल व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि कुमार थपलिया, एनआरएन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्ग, बेल्जियमका आइसीसी सदस्यहरु रविन्द्रमान श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ तथा पिजी शेर्पा, एनआरएन आइसीसी रसियाका सदस्य डा. बद्री केसी र सपिला राज भन्डारी, एनआरएन फ्रान्सका आइसीसी सदस्य अशोक न्यौपाने, एनआरएन नेदरल्याण्डका आइसीसी सदस्य शारदा बराइली, एनआरएन स्पेनका अध्यक्ष अर्जुन काफ्ले, एनआरएन फ्रान्सका निबर्तमान आइसीसी सदस्य हरिहर अर्याल लगायतले धनपति लामिछानेको आनट्रुपमा जयजयकार गरेका थिए । दुखले बिदेशमा कमाएको धन सामुहिक लगानीको नाउमा नेपालमा लगानी गर्ने र कांग्रेस, एमाले र माओबादीका ट्रेड युनिएनका गुण्डाहरुलाई पाल्ने अनि बाँकी रहेको पुंजी एनआरएनका अफिस बियररहरुको होटल खर्च र हवाई टिकट भाडा उठाउने योजनाका साक्षी बस्दै युरोपका लामिछानेका सेनामेनाहरुको भेला टुंगिएथ्यो ।


स्मरण रहोस, रसियामा कमाएको अकुत सम्पत्ति थुपार्न लामिछानेले टेक्नो ट्रस्ट स्थापना गरे । उनले कमाएको अकुत धनकै तुजुकका कारण काठमान्डूमा कान्तिपूर इन्जिनिएरिंग कलेज, कान्तिपुर टेलिभिजन नेटवर्क, मेडिकेयर अस्पताल, सानिमा बिकास बैंक, सानिमा हाइड्रोपावर, महाजी फिल्म प्रालि, मोलिना पावर प्रालि जस्ता कांग्रेस-एमाले-माओबादी गुण्डाहरुको दुहुनो गाईको लामिछाने बोर्ड अफ डाइरेक्टर रहिआएका छन । टेक्नो ट्रस्टले थुपारेको धनले लामिछानेको ब्यापार दुबईमा बिस्तार भयो । दुबईस्थित नेक्टर इन्टरनेसनल मार्फत रियाल थुपार्ने धनाड्य नेपालीहरुको सुचिमा लामिछाने गनिन्छन । एलजी र सोनीका सामानको बिक्रीले मस्कोमा लामिछानेले क्रिस्टल एलएलसी मार्फत धन बर्षा गरि नै रहेछन । जहा पनि उनको काम उही सोनी, एलजी र स्याम्संग ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरुको बिक्रि वितरण गर्नु हो । यहि सामानको ब्यापार गर्ने महत्वाकांक्षी ब्यापार गृह रोटरड्याम, आनट्रुप वा लन्डनमा खोल्ने उनको भित्रि मनसाय पटक्कै नबुझेका युरोपका सेनामेनाले ठाने - लामिछाने नेपालमा सामुहिक लगानीका लागि सानो-ठुलो पुंजी बटुल्न आनट्रुप सबारी होइबक्सेको । '' नेपालमा लगानी गर् बिदेशिएका नेपालीहरु, पछी थाहा पाउछौ - कसरि डाबर नेपाल लगाएत बिदेशी लगानीका कम्पनीहरु एमाले-कांग्रेस-माओबादी गुण्डाहरुले धपाए भन्ने कुरो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com