इन्दिरा प्रसाई

बिहे अघिको रात
[2011-12-28 오후 11:33:00]

'अहिले कस्तो छ तपाईंलाई'उनले फेरि पनि सोधेकी थिइन् ।
'म अहिले ठीक छु धन्यवाद' कामदेवले उत्तर दिएका थिए । पाच घण्टाको उडानका क्रममा झण्डै पन्ध्र पटक भन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन् कामदेवलाई निदाएको जस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्टिय उडानमा बिताउने कामदेवलाई यस पटक भने हङ्कङ्को आकाश पार नगर्दै रिगटा लागेको थियो । रिगटा लागेको केहीबेरमै उनी बान्ता समेत गर्न लागेका थिए । त्यसै बेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइ दिएका थिए ।

त्यसो त हवाईपरिचारिकाह कामदेवका लागि नया पक्कै थिएनन् । हवाईजहाजको ढोकामा स्वागत गर्ने देखि हवाईजहाज भित्रको आवाभगतमा हरेक पटकको यात्रामा हवाई परिचारिकासगको सामीप्यता थियो उनको । तर यस पटककी परिचारिकाको आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहको सेवा प्रति कामदेव आहलादित हुन पुगेका थिए ।

त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पु-याएकी थिइन् । 'तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है' विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन् ।

'त्यस्तो खास केही नहोला' तर पनि म जचाउनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद'कामदेवले परिचारिकाको नाउ जान्न खोजेका थिए ।
'मेरो नाउ रति हो' उनले भनेकी थिइन् ।
त्यसपछि दुवैले आ-आफना भिजिङ् कार्ड एकअर्का बीच साटेका थिए ।
यसरी भेटघाट हुनु र भिजिङ् कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैको जनसम्पर्क अत्यधिक थियो र दैनिकजसो नया व्यक्तिसगको परिचय उनीहरुका लागि कौतूहलको विषय पनि थिएन ।जस्तो कि त्यस्ता सबैजसो परिचयहरु तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन अर्थात् उनीहरुको पहिलो भेट नै अन्तिम भेट हुन सकेन ।

उनीहरु बीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साझ  रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यस बखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवादहरु आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सन्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन् ।

कामदेवले आफूलाई फोन गरेर आफना बारे चासो राखेका सन्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठ बर्षे आफना हवाईपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरुलाई सेवा पु-याएकी थिइन् । तर यात्रुहरु घर पुगेपछि आफनै संसारमा हराउछन् रतिको सेवाका बारे फुस्रतमा पनि सम्झन्छ कि सम्झन्दैन जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरु मध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसग उनका लागि रमाइलो कुरा भएको थियो ।

कामदेवको व्यक्तित्व सामान्य थियो लुगाकपडामा उनको व्यक्तित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । उनको आवाज प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जो कोहीले उनको व्यक्तित्वको विराटताको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हवाईजहाजमा भेटेका कामदेव भन्दा पनि टेलिफोनमा गुजेको कामदेवको व्यक्तित्वसग रति बढी प्रभावित भएकी थिइन् ।

त्यसपछिको अर्को टेलिफोनको घण्टी कामदेवको घरमा गुाजेको थियो । बैककबाट फर्केको साझ  रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई साझको चियाका लागि तारे होटेलमा निम्तो गरेका थिए ।

रति वास्तवमै सुन्दरी थिइन्।हवाईपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले रति भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यमवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरु भोग्न चाहन्थिन् । अन्तर्राष्टिय उडानमा काम गर्नुका कारण आफनै आर्जनले जोरिएको काठमाडौ भीमसेनगोलाको आफनै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अगालोमा बाकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई हिजोआज पिरोल्न थालेको थियो ।

हवाईपरिचारिकाको जागिरमा बिताएका यी आठ वर्षबीच उनले पनि पुरुषको विविध रुपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिदा आफनो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरुका नजिक पुगेर आफनो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटकपटक आहत पारेको थियो । त्यसैले हिजो आज रति एउटा सामथ्र्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन् ।

त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् । तर पनि जतिजति उनको कामदेवसगको सामीप्यता बढ्दै गएको थियो रति कामदेवप्रति नै आकर्षित हुन थालेकी थिइन् ।कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो। त्यसै गरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि कामदेव पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसग फुस्रतको समय निकै थोरै मात्र हुन्थ्यो । तर पनि फुस्रतमा रतिसग समय बिताउन उनी मन पराउढथे । दुवैको फुस्रतका समयमा प्रायजसो कामदेवले नै रतिलाई कुनै भव्य होटेलमा निम्ता गर्थे । साझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुगिन्थ्यो । कामदेवको मदिरा वा धूमपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैले हाकेको मोटरमा रतिलाई उनको घरसम्म पु-याएर फर्किन्थे ।

उनीहरुको पहिलो भेटपछिको झ न्डै एक वर्षको समय पनि नाघिसकेको थियो । उनीहरु बीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिदै गएको थियो । कामदेवको शिष्टता र सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफना हावभाव र कटाक्ष सारा कामदेवका अघि आफनो प्रेमको प्रस्ताव धेरै पटक राखिसकेकी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौन्दर्यको आराधना गर्दै आफनो चस्मा भित्रका आखाले उनको सौन्दर्यको रसपान गर्थे । यसरी नै उनीहरु छुटिटने गर्थे । रतिको उर्लिंदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसैत्यसै मुरमुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरुपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो ।

अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाध भत्केको थियो। त्यस साझ  अन्नपूर्ण होटेलको मैनबत्तीको उज्यालोमा चिया पिउदै गरेका ती दुवैबीचको मौनता भग रतिले नै गरेकी थिइन् ।

'म तपाईंसग विवाह गर्न चाहन्छु' रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए । 'के तपाईं पनि मसग' रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरु देखेकी थिइन् । उनले यतिका समयको उनीहरुको सान्निध्यमा कामदेवको यति अध्यारो अनुहार देखेकै थिइनन् । आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराध बोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनु मै भलो ठानेकी थिइन् ।

'रति ! तिमी साच्चै मसग बिहा गर्न चाहन्छ धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन् । 'ठीकै छ मलाई तिम्रो प्रस्ताव मन्जुर छ तर विवाह गर्नुअघि मेरो पनि एउटा प्रस्ताव छ ।'
रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन् ।

'मसग वैवाहिक बन्धनमा बाधिनुअघि नै तिमीले मसग एक रात बिताउनुपर्छ । अर्थात् तिमीले मसग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुगो हुनेछ' कामदेवले अथ्र्याएर भनेका थिए ।कामदेवको प्रस्ताव सुनेपछि एकैछिन रतिको होस हराए' भएको थियो । के भन्ने?के नभन्नेको दोसाधमा उनी पुगेकी थिइन्।उनले कुनै जबाव दिन सकेकी थिइनन् । 'के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छ ? कामदेवले पुनः प्रश्न तेस्र्याएका थिए ।

'हुन्छ तर नेपालमा भने होइन पसर्ि मेरो उडान सिगापुरका लागि छ तपाईं पनि सिगापुर जाने भए रतिले केही कामेको स्वरमा भनेकी थिइन् ।
'हुन्छ म पनि तिम्रै फलाइटबाट सिगापुर जानेछु । मेरो व्यापारको पनि काम छ त्यहा । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउछु' कामदेवको आवाज भने सधै शान्त र मधुर थियो । त्यस दिन पनि उनीहरु खानपिन सकेर नै छुटिटएका थिए ।

मगलबारको दिन थियो । रति आफनो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनको आजको सम्पूर्ण कि्रयाकलाप यन्त्रचालित थियो । उनको आखा हरेक क्षण कामदेवकै प्रतीक्षमा थिए । त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त सौम्य र सुमधुर गतिमा ।आज किन हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो, हवाईजहाज भरि भरिएका सम्पूर्ण पुरुषहरु मध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन् आजको रात, कामदेवसग बिताउने पहिलो रात । आखामा मीठामीठा चित्रहरु सजाएर अनुभूतिका काउकुती सगाल्दा सगाल्दै उनीहरुको जहाजले सिगापुरको धरती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरु संवाद भएको थिएन ।

'तिमी मसगै हीड म तिमीलाई होटेलमा पु-याएर आफनो काममा जान्छु' जहाज रोकिए पछि आफू नजिक आइ पुगेकी रतिलाई कामदेवले भनेका थिए । आफनो कार्य सम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन् ।

त्यसो त सिगापुर रतिका लागि नौलो ठाउ थिएन।यसअघि पनि केही पटक रतिले सिगापुरका होटेलहरुमा रात बिताइसकेकी थिइन् । तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्णको भएको थियो ।

…एक रात बिताइसकेपछि कामदेवले मसग बिहे गर्न आनेकाने पो गर्ने हुन् कि ?अरु पुरुष र कामदेवबीच के फरक होलारु कामदेवका साथ मोटरमा होटेलतर्फ गुडिरहदा रतिको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका थिए।कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सकेत रतिले पहिल्याउन सकेकी थिइनन् ।

'तिमी प्रुेस भएर आराम गर्दै गर म साझ  सम्ममा आइपुग्छु' होटेलको कोठामा दुवैको सामान थन्क्याउदै कामदेवले भनेका थिए । त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए ।

कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोण प्रतिकोणबाट नियालेकी थिइन् । आफनो अग-अगको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफनो सुन्दरताको तुलना गर्दा आफैलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई । तर कामदेवको सौम्यता शिष्टता र भव्यताका प्रितरुपले उनको रुपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यस बेला छटपिटदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो । त्यसपछि कामदेवसग आजको रात बिताउदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझ उर्लेको थियो ।

साच्चै साझ  पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरु डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरुको खानपिन सकिएको थियो ।रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधै भन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरु शयन कक्षमा प्रवेश गरेका थिए ।

उनीहरु कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए.....



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com