देवेन्द्र सम्बाहाम्फे

एक्सेलैन्ट एम्बासेडर कोइराला
[2011-12-13 오전 8:55:00]

आफ्नै बुवा मातृकाप्रसाद कोइराला देशको प्रधानमन्त्री रहेका बेला बि सं २०११ सालमा जनाअधिकार सुरक्षा समितिले अह्वान गरेको जुलुसमा हँसिया हथौडा अङकित झण्डा बोकेर सहभागी भएपछि कमलप्रसाद कोइराला नेपाली कम्युनिस्ट राजनीतिमा लागेका हुन् । त्यतिखेर उनी पार्टी सदस्य भइसकेका थिएनन् । बिसं२००७ सालमा भएको त्रिपक्षीय दिल्ली सम्झौताको बिरोधीहरुलाई समर्थन गरेकाले नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो। त्यसैले कोइराला लगायत तात्कालीन परराष्ट्र मन्त्री डिल्ली रमण रेग्मी पुत्र मदन रेग्मी र राजेन्द्र प्रधान पनि पक्राउ परेका थिए तीनै जना कङग्रेसी परिवारका भएकाले यो घटना देश बिदेशमा चर्चित बन्यो ।

जेलबाट छुटेर पनि कोइरालाले कम्युनिस्ट राजनीतिलाई छोडेनन् । उनि पार्टी सेल्टर कुपण्डोलमा कृष्णनाथ शर्माहरुसंग बसेकै बेला २०११ साल नरबहादुर कर्माचार्य समक्ष पार्टी सदस्यताका लागि निवेदन दिएका थिए । उनको जुझारुपन र लगनशीलतालाई मुल्याङकन गरेर निर्मल लामा र अरबिन्दनाथ रिमालले २०१२ सालमा विराटनगरमा सदस्यता र झण्डा दिएका थिए । त्यसपछि बि सं२०१९ मा बनारसमा भएको तेश्रो माहाधिबेशनबाट केन्द्रीय सदस्य हुन पुगे ।

नेपाली कम्युनिस्ट आन्दोलनमा आएका अनेकौं फुट र विचलनमा पनि प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्ने नेपाली कम्युनिष्टको मुलधारलाई कोइरालाले कहिल्यै छोडेनन् । त्यही त्याग र धैर्यताका कारण पटक पटक केन्द्रीय सदस्य,पोलिट्ब्युरो हुँदै बिगत लामो समयदेखि नेकपा एमालेको सल्लाहाकार समितिको सभापति रहदै आएका छन् । कोइरालासँग सांसद र राज्यब्याबस्था समिती सभापतिको कार्यानुभव समेत रहेको छ । पछिल्लो समयमा आफुले हुर्काएको बढाएको पार्टीमा बढ्दै गएको अस्वस्थ द्धन्द र स्वर्थी प्रवृतिले पार्टीका असली कार्यकर्तालाई अप्ठ्यारोमा परेको मात्र होइन सयैं शहीदहरुको बलिदानसमेत उपेक्षित भइरहेकाले कतै पार्टी दुर्घटनामा पर्ने हो कि भन्ने चिन्तामा पनि छन् कोईराला ।

काङग्रेसमय कोइराला परिवारबृतका एक्ला कम्युनिस्ट कमल आफु जीवनभर कम्युनिस्ट भएर राजनीति गरे पनि आफ्नो राजनीतिक आदर्श पुरुषको रुपमा भने नेपाली प्रजातन्त्र र लोकतन्त्रका आदी पुरुष बीपी कोइरालालाई ठानेका छन् । बीपीको दुरदर्शिता ,कार्य कुशलता र ओजस्वी ब्यक्तित्वको तुलना अन्य कुनै नेपाली नेताहरुसँग दाज्न नसकिने बताउदै उनी भन्छन् –"त्यतिखेर (२०१५ पछि) राजाको ब्यक्तिगत महत्वकांक्षा र बिदेशी शक्तिको स्वार्थका कारण उहाँले काम गर्न पाउनु भएन जुन नेपाली जनता र नेपाल राष्ट्रको दुर्भाग्य भयो बीपी जस्तो महान नेता अहिले देशलाई चाहिएको छ ।"

नेपाली राजनीतिका शीखर पुरुषहरु बीपी ,मातृका र गिरीजाप्रसाद कोइरालासंग नजिकको संगत पाएका कमल कोइराला नेपाली समाजमा ब्याप्त असंगतिहरुको बैज्ञानीक समाधान होस् भन्ने चाहान्छन् । यसका लागि जनता,कर्मचारी, राजनीतिक नेता र कार्यकर्ता सबै उत्तिकै ईमान्दार हुनु धारणा राख्दै उनि भन्छन् -"देशलाई सबैले माया गर्नु पर्यो । "

अध्ययन र राजनीति गर्दा गर्दै गोबिन्द प्रधानले 'भोर' मासिकको सम्पादक बनाएपछि कमलप्रसाद कोइरालाको पत्रकार जिबन सुरु हुन्छ । त्यसपछि २०१५~१६ मा शैलेन्द्रकुमार उपाध्यायले जनमत साप्ताहिकमा अर्थमन्त्री सुबर्ण सम्सेरको बजेट बारे लेख्न हौस्याएपछि अझ सशक्त हुँदै गयो। २०१७ को काण्डपछि पार्टी नेताहरु प्रबास निर्वासनमा गएकाले कम्युनिस्ट बुलेटिन पनि सम्पादन गर्न थाले। कोइरालाको राजनीतिक जिबन जति फैलन्दै गयो त्यति उनको कलम पनि खारिन्दै गयो । फलत उनले दृष्टि, रोडम्याप आदि साप्ताहिकहरुमा प्रधान सम्पादकको भूमिका मार्फत देशको समसामयीक बिषय र बिसंगतिहरुबारे आफ्ना बिचारहरुलाई आमा नेपाली सामु प्रवाहित गरेर समाज र राष्ट्रलाई सुसूचित गरे।

बिभिन्न पत्रपत्रिकाहरु मार्फत हालसम्म कोइरालाका गहन र तर्कसील बिचारहरु छ सय भन्दा बढी प्रकाशित छन् । परिपक्व पत्रकारिताको कै कारण २०११ देखि२०१४ सम्मका लागि एसियन जर्नालिस्ट एसोसिएसनको निर्देशक पदमा मनोनयन गरिएको छ । उनको यो मनोनयनले आम नेपाली पत्रकारहरुको प्रतिष्ठालाई उचो बनाएको छ । त्यसैले हुनसक्छ कोइराला आफनो पत्रकारी जिबनबाट अधिक सन्तुष्ट छन् । राजनीतिक इमान्दारिता नभएकाले पत्रकारिताले नै आजसम्म लोकतन्त्रलाई बचाएको हो भन्ने निष्कर्ष छ उनको ।

पत्रकार,राजनीतिक,वकिल समाजसेवी हुदै जीवनको पछिलो क्षणहरुमा कुटनीतिक जिम्मेवारी साथ दक्षिण कोरियाका लागि पहिलो राजदूत बनेर दक्षिण कोरिया आएका कोइरालाले यहाँ रहेका नेपाली समाजलाई सादा जीवन उच्च विचारको आदर्श पाठमात्र सिकाएका छैनन् एक असल र उत्तरदायी अभिभावकको भूमिका समेत निर्वाह गरेका छन् । सामान्य जीवनशैली र बढ्ता इमान्दार भएकै कारण अनर्गल चलखेल गर्न जानेका आफ्नै कर्मचारीहरूबाट हेपिइने गरेका समचारहरू नआएका होइनन् तर पनि तत् तत् बिषयहरूलाई गौण ठानेर राज्यले दिएको उत्तरदायित्व बहन गर्न मरिमेटेका कोइरालाले नेपाल सरकारद्धारा दक्षिण कोरियासंग गरिएको ईपीएस सम्बन्धी सम्झौताको कार्यन्वयनमा सहज र पारदर्शी भुमिका निर्वाह गरे |

जस्का कारण नेपालको रेमिटेन्स बढेर एघार अर्ब नाघेको छ भने यहाँ रहेका अवैधानिक नेपालीहरुको संख्या एकाउन्न प्रतिशतबाट घटेर चौध प्रतिशतमा झरेको छ । उनकै सकृयतामा सन २००९ मा १०५ जना कोरियन पर्वतारोहिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । यसपछि नेपाल भित्रिन कोरियन पर्यटकहरुको संख्यामा उल्लेखनिय वृद्धि भएको छ भने राष्ट्रिय र राजनीतिक स्तरका भ्रमणहरु पनि बढेका छन् । स्वच्छ छवि र कुटनीतिक कार्य कुसलताकै कारण कोइरालालाई आइसीएफडब्लुले एक्सेलैन्ट एम्बासेडर अवार्डले सम्मान पनि गरेको छ ।

नेपालको लोकतान्त्रिक इतिहास र आन्दोलनमा कोइराला परिवारको भूमिका जति स्तुत्य र अग्रणी छ त्यतिनै भ्रष्ट, विकृत र विवादस्पद पनि । यी अनेक थरी कोइरालाहरुको भीडमा स्वच्छ र पृथक कमल कोइराला चार बर्षसम्म दक्षिण कोरियामा रहेका नेपालीहरुको इमान्दार अभिभावक बनेर यतिखेर आफनो कार्यकालको अन्तिम घडीहरु धपेडी बिताइरहेका छन् । कोइरालाले यो नीमहरूको देशमा कहिल्यै नमेटिने गरि छोडेका पद डोवहरू सुदूर भिवष्यको खोजमा यहाँ आउने हरेक नेपालीले स्मरण गर्नेनै छन् | कोइरालाको कार्यकालको यी अन्तिम घडीहरू पार भइरहन्दा यहाँ रहेका सबै नेपालीहरुमा भने एउटा चिन्ता छाइरहेको छ;अब कस्तो अभिभावक पाइने हो भनेर ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com