वागधन राई

सहयोग गरौं विज्ञान राईलाई वचाऔं
[2011-11-06 오후 11:22:00]

इपिएस प्रणालीवाट १ वर्ष अघिमात्र द.कोरिया आएका मोरङ वयरवन वडा नं ७ का २८ वर्षिय विज्ञान राईको अहिले सउल स्थित खङनाम शिवुरान अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । राई १ वर्षदेखि फोहर प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए भने अत्याधिक रुपमा दुर्गन्धित हुने भएकोलॆ भरखरै मात्र उक्त कम्पनी छोडी सिरक डस्ना वनाउने कम्पनीमा सरेका थिए । नयाँ कम्पनीमा काम सुरु गरेको ५ औ दिनमा राई एक्कासी लडेर वेहोस भएका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा चिकित्सकले राईलाई व्रेन ट्युमर भएको र उनको अवस्था ज्यादै चिन्ताजनक भएकोले तुरुन्तै शल्यकि्रया गर्नु पर्ने वताएको छ ।

उनको अप्रेशनको लागि नेपाली ३३ लाख रुपैया ५ करोड वन लाग्ने र तुरुन्तै रकम जम्मा गर्नुपर्ने कुरा चिकित्सकले वताएका छन् । घरमा रहेका ७ जना परिवारलाई समेत हेरिरहेका राई आज पैसा जम्मा गर्न नसकिएको कारण अप्रेसन नभइ अस्पतालको सघन कक्षमा लडिरहेका छन् । परिवारले राईको उपचार रकम जम्मा गर्न नसक्ने भएपछि घर पठाइदिन आग्रह गरेपनि चिकित्सकहरुले उनको अवस्था नाजुक भएको वताउदै विरामीलाई घर पठाउन नमिल्ने वताएका छन् ।

यस्तो वेला तपाई हामी सवैले विज्ञान राईलाई सहयोग गर्नै पर्छ । हामी कोरियामा विभिन्न पेशा व्यावसाय अध्ययन तथा काम गर्न आएका नेपालीहरु सवैले सहयोग गरेमा विज्ञान राईको उपचार संभव छ । राईको उपचारमा रकम संकलनका लागि नेपाल एम्वैसी कोरियाले पनि सवैसंग अपिल गरेको छ । त्यस्तै कोरियामा रहेका संस्था मोरङ समाज लगायत किरात राई यायोख्खा द कोरियाले पनि यायोख्खा निबर्तमान अध्यक्ष वागधन राई तथा नब निर्बाचित अध्यक्षको सकि्रयतामा रकम संकलन अभियान सुरु गरेको छ ।

तपाइले पनि टिका राम राई city bank खाता नं ३०५०४७२२२६२०१ मा सहयोग रकम जाम्मा गरी विज्ञान राईलाई सहयोग गर्न सक्नु हुनेछ आज विज्ञान राईलाई जस्तो समस्या भोलि तपाइ हामीलाई पनि पर्न सक्दछ र तपाई हामीले पनि सहयोगको अपिल गर्नु पर्ने हुन सक्छ तसर्थ सक्दो सहयोग गरौं विज्ञान राईलाई वचाऔं ।

किरात राई यायोक्खा
दक्षिण कोरिया

बर्तमान अध्यक्ष, टिका राई ०१०-४३०५-१०२५
निबर्तमान अध्यक्ष, वागधन राई ०१०-५६४१-५५९१
नेपाल सम्पर्क समिति, डेबिट राई ०१०-८७६२-१९६५
एनआरएन उपाध्यक्ष, लोचन राई ०१०-३७९४-५३६८
राम कुमार राई ०१०५७८१९०३० मा सम्पर्क गरी थप जानकारी लिन सक्नु हुनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com