एनके संवाददाता

एनआरएनको कागजी परियोजना: स्की ट्रान्सफर
[2011-10-04 오전 9:34:00]

भ्यागुताका उफ्राई भएका प्रधानमन्त्री बाबुरामका गैर आबासीय सहयोगी एनआरएन अध्यक्ष देवमान हिराचनको २ बर्षे कार्यकालको शुरुवात हुनु अघि चौथो गैर आबासीय सम्मेलनको अन्त्यमा घोषणा पत्र जारि होइ रहंदा सारा गैर आबासीय नेपालीहरुलाई लागेथ्यो - दक्षता, ज्ञान र आविस्कार (स्किल, नलेज एण्ड इनोभेसन अर्थात स्की) स्थानान्तरणबाट दुखि नेपालबासीहरुका लागि सुखका दिन आगमन हुँदैछ । गडगडाहट तालिका बीच प्रधानमन्त्री माकुने र एनआरएन अध्यक्ष हिराचनको प्रसन्न चेहराले गैर आबासीयहरु उत्साहित देखिन्थे - नेपालमा साच्चै केहि ठोस कार्यहरुको शुभारम्भ हुन्छ भनेर । एकसय डलरको उपस्थिति सुल्क बुझाएर होटलमा ६० रुपैयाको भात खाँदै गरेका अस्ट्रेलियाका एक गैर आबासीयले भनेका थिए - नेपालको रास्ट्रिय योजना आयोगको चाला झैँ एनआरएन घोषणा पत्रका बुँदाहरु अध्यक्ष हिराचनको कार्यकालको अन्त्यसम्ममा पनि कागजमा सिमित नहोला भन्न सकिन्न । यो मिठो बात सुनेर होटलका डाइनिंग कक्षका पाहुनाहरु सबैको मुख हासोमय भएको थियो । सत्य कुरा उनले ओकलेका थिए-सबै अन्तररास्ट्रिय रास्ट्रिय सम्मेलनहरुका घोषणा पत्रहरु प्राय अर्को सम्मेलन शुरु हुँदाका बखतसम्म पनि कागजमा सुतिरहेका हुन्छन ।

सन् २००३ मा सम्पन्न पहिलो गैर आवाशीय नेपाली सम्मेलन पछिका ८ बर्षमा झन्डै आधा दर्जन घोषणा पत्र र दर्जन भन्दा बढी टास्कफोर्स एनआरएनले निर्माण गरिसकेको रेकर्ड उसको सचिवालयमा थाति रहेको छ तर ति सब टास्कफोर्सहरू अहिले सम्म पनि सबै कागजमै सिमित रहिआएका छन । संघको सुरुका दिन देखिने भन्दै आईएको हो - गैर आबासियहरुमा रहेको दक्षता, ज्ञान र अन्वेषण नेपालको सामाजिक-आर्थिक बिकासमा स्थानान्तरण गर्ने । यो भनाई यति पट्यार लाग्दो भैसक्योकी कछुवाको चालमा हिड्ने संघका टास्कफोर्सका सदस्यहरुबाट भ्यागुताको धार्नी कहिले पुग्ला?

सन् २००९ मा सम्पन्न संघको घोषणा पत्र अनुरुप स्की ट्रान्सफर टास्कफोर्स एनआरएन अस्ट्रेलियाका डा. राजु अधिकारि, एनआरएन क्यानाडाका डा. प्रमोद ढकाल, एनआरएन अमेरिकाका अम्बिका अधिकारि र द्रोण रसाली सम्मिलित बनेको थियो । उक्त टास्कफोर्सले ओपन युनिभर्सिटी, साइन्स एण्ड टेक्नोलोजी, साइन्स फेलोशिप, इ-लाइब्रेरी, स्किल इन्भेंटरि एण्ड प्रोफेसनल मेन्टरिंग, हेल्थ इनिसिएटिभ्स जस्ता स्की ट्रान्सफर परियोजना बारे कार्ययोजना तय गर्ने निधो गरेको थियो ।

ओपन युनिभर्सिटी अर्थात खुला बिश्वबिद्यालय परियोजना आम रुपमा बिबादास्पद र कार्यान्वयनमा ब्यापक संकास्पद परियोजनाको प्रिस्ठभुमी निर्माण अमेरिकाको ह्युस्टनमा सन् २०१० मा आयोजित सम्मेलनमा भएको थियो भने यस सम्बन्धि ४ वटा अनुगमन कार्यशालाहरु क्यानाडा, कोरिया र अस्ट्रेलियामा हजारौ डलर खर्च गरि सम्पन्न भएका थिए । सन् २०१० को सेप्टेम्बरमा गैर आबासीय संघ, क्यानाडा फाउन्डेसन फर नेपाल, क्यानाडा स्थित अथाबास्का बिश्वबिद्यालय बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरि परियोजनाको कार्ययोजना तय भएको थियो । खुला बिश्वबिद्यालय स्ट्रेरिंग कमिटि अक्टोबर २०१० मा निर्माण गरि काठमान्डूमा सचिबालय समेत खोलिएको थियो, जसले सचिवालयको अतिरिक्त श्रोत परिचालन, शैक्षिक बिकास, संस्थागत संरचना जस्ता कमिटीहरु डा. ढकाल, अधिकारि, रसाली, राजु अधिकारि र महाबिर पुनको नेतृत्वमा बनाएको थियो । खुला बिश्वबिद्यालय परियोजना सुरुवातका लागि डाएस्पोराका नेपालीहरुबाट उठाइएको एक लाख तीस हजार अमेरिकी डलर स्वाहा हुनु सिबाए त्यसको प्रतिफल सुन्य रह्यो । गैर आबासीय नेपाली संघका अध्यक्ष हिराचन र उनका टास्कफोर्सका सदस्यहरु चिर निद्रामा रहेका कारण परियोजना हावामुखी भयो र गति लिन सकेन । आसन्न पाचौ सम्मेलनमा पनि टास्कफोर्सका सदस्यहरुको प्रगति विवरण उल्लेखित भन्दा केहि फरक हुनेवाला छैन । एनआरएन टास्कफोर्स र एनजीओ-आइएनजिओहरुका टास्कफोर्सहरुमा तात्विक भिन्नता सम्मेलन सहभागीहरुले भेट्ने नै छन । साथै तास्क्फोर्सको काम नसकिएको बहानाबाजीमा पुन कति गैर आबासियहरुको थाप्लामा अर्को १ लाख ३० हजारको थप भार पारिने हो अनुमान गर्न गाह्रो छैन ।

साइन्स एण्ड टेक्नोलोजी प्रोजेक्ट गैर आबासीय नेपाली सम्मेलनले दिशा निर्देश गरेको टास्कफोर्सको अर्को कार्ययोजना हो । अक्टोबर २०१० मै संघ र नेपाल बिज्ञान तथा प्रबिधि प्रतिस्ठान बीच सम्झौता भै स्टेरिंग कमिटी निर्माण भएको थियो । प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र काफ्ले र संघका अध्यक्ष हिराचन बिच हस्ताक्षर भै स्टेरिंग कमिटिको काम थालनी भएको भनिएको थियो । सम्झौता बमोजिम अस्ट्रेलिया सरकारसंग नेपालमा बायोटेक्नोलोजी, क्लाइमेट रिसर्च र फेलोशिप स्किमका लागि प्रस्ताब पठाउने काम भएको भनिएको थियो । आसन्न सम्मेलनमा यहि देखावटी कागजी कामहरुको फेहरिस्त टास्कफोर्सले पेस गर्दैछ, जून आबासीय वा गैर आबासीय कसैका लागि पनि ठोस उपलब्धिपूर्ण भएकै छैन, कामको नाममा दाम पचाउने रिपोर्ट मात्र सबैले देखिहाल्नेछ्न । काम भए त प्रतिफल आइहाल्छ नि तर कामै भएको छैन भने के प्रतिफल आस गर्ने? कसैले प्रतिफलकै आसमा अल्झिरहनु पर्ने छैन, त्यो प्रतिफल त अस्ट्रेलियाको आकाशमा तैरिरहेको एनआरएन अस्ट्रेलियाका पदाधिकारीले मात्र देख्ने शुभअवसर पाउलान । अनि के फरक होला त नेपाल सरकारको हचुवा काम र एनआरएनको हावादारी कार्ययोजनामा भन्ने प्रश्न सबैको जिब्रोमा झुण्डीहाल्छ्नी ।

एनआरएन टास्कफोर्सका कछुवा गतिको अर्को परियोजना हो -साइन्स फेलोशिप । चौथो सम्मेलनले देखाएको यो अर्को बाटो थियो । अक्टोबर २०१० मै संघ र नेपाल प्रेस युनिएन बीच सम्झौता भै साइन्स फेलोशिप परियोजना संचालन गर्ने निधो भएको थियो । ८६ प्रतिशत जनसंख्या बस्ने नेपालका ग्रामिण समुदाएका सदस्यहरुका सामाजिक आर्थिक चुनौतिहरुको सामना गर्न सक्ने बिज्ञान तथा प्रबिधिको बिकासका लागि काम गर्ने परियोजनाको लक्ष थियो । त्यो लक्ष तिब्बत, सिक्किम र नेपालको सिमाना हुँदै आएको भूकम्पले क्षत विक्षत पार्न सम्म पनि भ्याएन, उहिल्यै तुहिसकेको थियो । भलै, परियोजना बिकाश र प्रगतिका फूलबुट्टाले सुसज्जित भै पाचौ गैर आवाशीय सम्मेलनमा प्रधानमन्त्री बाबुरामले ग्रहण गर्लान नै । सरकारी, गैर सरकारी र गैर आवाशीयहरुको कर्णप्रिय वाक्य हो - गाउका नेपालीहरु प्रारम्भिक रोगब्याधी, कुपोषण, खराब स्वास्थ्य र सरसफाइका कारण अकालमा मरिरहेका छन । यसका लागि आम सम्भाव्य नेपाली मिडियाहरु मार्फत जान चेतना जगाई मृत्यु कम गर्ने अठोटका साथ् गैर नेपालि आबासिय संघ र प्रेस युनियन बिचको सम्झौताका बुंदाहरु डलरको बिटो छउन्जेल कार्यान्वन भयो, त्यसपछि सिबखुलित भयो । हरेक सरकार परिबर्तन पछी प्रेस युनियनको अध्यक्ष फेरिने त्यस्तो अस्थिर संस्थासंग एनआरएनले साझेदारी गर्नु भनेको सारा गैर आवाशीयहरुको सदस्यता दुरुपयोग हुनुमात्र हो भन्ने नबुझ्ने कुनचाहि गैर आबासीय पटमूर्ख होला? अरबौ डलर खर्चिसकेका नेपालका ३ महिने झुत्रे सरकारहरु, जाइका, ड्यानिडा, जीटीजेड, डिएफआइडि, युएसएड, सिड़ा लगाएतका दात्री निकाएहरु र तिनका गैरसरकारी निकायहरुका "सून्य काम प्रगति तमाम" भन्दा एनआरएन परियोजनामा केहि अन्तर भए पाचौ सम्मेलनमा सबैले सुन्लान नै नभए देवमान हिराचन र प्रमोद ढकालतिर फर्केर दुनियाले नगिज्याउलान भन्ने अहिले कुनै ठाउ देखिदैन । टास्कफोर्सका सदस्यहरुको साइन्स रिपोर्टिंग स्किम सम्मेलनमा पेस गर्न योजना रहेको बताइन्छ, जस अन्तर्गत साइन्स सम्बन्धि लेखन र पत्रकारिता अन्तर्गत ४ वटा फेलोशिप आयोजनामा २ हजार डलर खर्चने टास्कफोर्सको योजना छ । पत्रकारिता गर्ने र लेख्नेले टास्क फोर्स र प्रेस युनियनको संयुक्त साझेदारीको २ हजार डलर पाचन गर्ने सिबाए अर्को प्रतिफल कुनै गैर आबासीयले देख्ने छैनन् ।

टास्क फोर्सको अर्को हचुवा कार्ययोजना हो - इ-लाइब्रेरी । क्यानाडाका स्थायी बासिन्दा नरेश कोइरालाको परिकल्पना हो इ-लाइब्रेरी । कोइराला पेशाले अन्डर ग्राउन्ड इन्जिनिएर हुन् । त्यसको मतलब हो -भूमिगत रेल परियोजना सम्बन्धि इन्जिनिएरिंग । गैर आबासीय संघको टास्कफोर्समा उनले इ-लाइब्रेरी परियोजना फालीदिए, जसलाई अर्का क्यानाडाबासी डा. ढकालले टपक्क टिपेको मात्र बताईन्छ । जेसुकै होस्, डाएसपोराका धनाड्य नेपालीहरुको डलर घटाउने यो हावादारी परियोजना एनआरएन टास्कफोर्सको बिचित्रको कार्ययोजना भएको छ । इ-लाइब्रेरीको लक्ष नेपालका पिछडिएका गाउहरुलाई सुचनाको संजालमा आबद्द गराउनु हो, जून टास्क फोर्सका एउटा कमिटि सदस्य महाबिर पुनको जोडजाममा थपिएको सबैलाई ज्ञात भएकै छ ।

जून देशमा २० घंटासम्म पनि बिजुली नबल्ने कालो अध्यारो अबस्था छ, त्यहि देशमा इ-लाइब्रेरी परियोजनाको कुरा गर्दा को नहास्ला? इ-लाइब्रेरी परियोजनालाई अरु कसैले केहि गर्नु पर्दैन, जलश्रोत मन्त्रालय र बिधुत प्राधिकरणले नै हावा ख्वाइदिन्छ्न भन्ने कुरोको परिकल्पना क्यानाडाबासीहरुलाई नहुनु कत्रो बिडम्बना? नरेश कोइरालाले इ-लाइब्रेरी भन्दा अन्डरग्राउन्ड रेलमार्गको परिकल्पना काठमान्डू उपत्यकाकै लागि पाइलट परियोजनाको रुपमा कार्यान्वायन गर्ने गरि डा. ढकालको हातमा चढाई दिएको भए त्यो बरु सार्थक हुन्थ्यो नि । कंक्रिटको जंगल र साघुरिंदै गएको काठमान्डूको सडक बाटोको दुर्दशा क्यानाडामा बसेर देखिरहेको त पक्कै थाहा थियो होला । बेलामा बुद्दी नपुर्याएर अन्डरग्राउन्ड रेलमार्ग योजना नपस्किदा इ-लाइब्रेरीले फ्लप खाने भो । बत्ति नभय पछी कम्पुटर चल्दैन, कम्पुटर नचलेपछि इ-लाइब्रेरी चल्दैन, यहि हो खाँटी कुरा । की बत्ति बाल्नु पर्थ्यो पहिले होइन र? काठमान्डूमा भूमिगत रेलमार्गको परिकल्पना गर्ने महानगरपालिकाका पूर्ब मेयर केशब स्थापितलाई सोधेको र जाईकासंग सहयोग खोजेको भय लुम्बिनी-मुक्तिक्षेत्र कोरिडरमा इ-लाइब्रेरी खोल्न जानु पर्ने थिएन ।

गैर आबासीय संघका यस्तै हावादारी कार्य योजनामा हेल्थ इनिसिएटिभ्स र स्कील इन्भेंटरि एण्ड प्रोफेसनल मेन्टरिंग पनि पर्दछन । कम्मर भाँचेर, पसिना खलखल झारेर कमाएको सारा गैर आबासीय नेपालीहरुको सदस्यताबाट उठ्ने त्यति महँगो बिदेशी मुद्रा सुन्य परिणामदायी कार्य योजनाहरुमा खर्चेर एनआरएन टास्कफोर्सले कागजी काम गरिरहेको छ । यहि कागजी कामको अनुमोदन आगामी अक्टोबर १२ देखि १४ सम्म काठमान्डूमा आयोजित गैर आबासीय नेपाली संघको पाचौ सम्मेलनले गर्दैछ । ५६ देशमा रहेका गैर आबासीय नेपालीहरुलाई मदन कृष्ण हरिबंसले त्यतिबिघ्न हसाउनु नपर्नेभो, टास्कफोर्सका काम कारबाही अनुमोदनले नै भरपूर हसाउनेछ



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com