एनके संवाददाता

धनपति जिबा लामिछानेको चुनावी चर्चा
[2011-09-26 오후 7:39:00]

चितवन निबासी जिबा लामिछाने सिभिल इन्जीनिएरिंग अध्ययनका लागि सन् १९८६ मा सोभिएत संघ गए ।सन् १९८९ मा सोभिएत संघ १५ टुक्रामा विभाजित भएपछी लामिछानेको रोजाई बसाई रसिया मै हुन् थाल्यो । सिभिल इन्जिनिएरिंगको पगरी गुथेपछी लामिछानेले इन्जिनिएरिंग पेशा गरेनन, उनी इन्जिनिएरिंगलाई गोली मारी रसियामा बढ्दो इलेक्ट्रोनिक्स ब्यापारतिर हाम्फाले।गर्दै जाँदा उनको लागि सोनी, एलजी र स्याम्सुंगको ब्यापारइन्जिनिएरिंग पेशा भन्दा लाभदायी हुन् थाल्यो । ३५ देखि ३५० प्रतिशतसम्म पनि मुनाफाको आकार देखिन थाले पछी लामिछानेको घरजम रसियामै भयो भने व्यापारले संस्थागत रुप पनि लियो । दिनमा एक गुणा ब्यापार र रातमा १० गुणा मुनाफा कमाउने मेसोले उनलाई इन्जिनिएरिंग पेशा गर्न र नेपाल सरकारले दिने चुत्थो तलब हात पार्न काठमान्डू फर्कनु परेन, भलै उनि त्यहि पेशामा फर्केर नेपाल सरकारसंग मिलेर काम गर्ने कसम खाँदै रसिया पुगेका थिए ।

व्यक्तिगत सम्पत्ति राख्न नपाउने पूर्ब सोभिएत संघका बासिन्दाहरु गोर्बाचोभले पश्चिमा पुँजीपतिहरुसंगको साँठगांठमा सोभिएत संघ विघठन गरेपछि त्यहा बढ्दो व्यक्तिगत सम्पत्तिको मालिक अझ बिशेष गरी चाइनिज र जापानिज इलेक्ट्रोनिक्स सामानहरुको क्रेता बन्ने होडबाजीमा लामिछानेको आँखा त्यसतर्फ मोडियो र इन्जिनिएरिंग अध्ययन केवल रसिया पुग्ने माध्यम मात्र बन्न पुग्यो, उ बेला उनको रसिया जाने बाटो अड्किएको भए अहिले उनि थापाथलीस्थित इन्जिनिएरिंग क्याम्पसका उपप्राध्यापक हुन्थे र उही नेपाल सरकारले दिने १४ हजार तलब मासिक थाप्ने इन्जिनिएर साप हुन्थे भन्ने कुरो इन्जिनिएरिंग एसोसिएसन नेपालका पूर्ब अध्यक्ष बिमल ढकाललाई सोध्दा स्पस्ट हुन्छ नै, भाग्यबस त्यस्तो दुर्गति उनले भोग्नु परेन र रसिया पुग्ने सौभाग्य र इलेक्ट्रोनिक्स सामानको व्यापारले गर्दा लामिछाने अहिले बिदेसिएका नेपालीहरुको सुचिमा टप टेन भित्र पर्छन ।

रसियामा कमाएको अकुत सम्पत्ति थुपार्न लामिछानेले टेक्नो ट्रस्ट स्थापना गरे । उनले कमाएको धनकै तुजुककै कारण उनि अहिले सर्बत्र छाइरहेछ्न । काठमान्डूमा नै पनि कान्तिपूर इन्जिनिएरिंग कलेज, कान्तिपुर टेलिभिजन नेटवर्क, मेडिकेयर अस्पताल, सानिमा बिकास बैंक, सानिमा हाइड्रोपावर, महाजी फिल्म प्रालि, मोलिना पावर प्रालि जस्ता सुनका अण्डा पार्ने कम्पनीहरुका उनी अहिले बोर्ड अफ डाइरेक्टर छन । रसियामा कमाएको धन नेपालमा नाफा कमाउन मात्र लगानी भएको छैन, त्यहि धनले लामिछानेको ब्यापार दुबईमा समेत बिस्तार भएको छ । दुबईस्थित नेक्टर इन्टरनेसनल मार्फत रियाल थुपार्ने धनाड्य नेपालीहरुको सुचिमा दुबईमा समेत गनिन थालेका छन । उता मस्कोमा उनको व्यापारले उच्च शिखर चुम्न आँटेको छ क्रिस्टल एलएलसी मार्फत, जसले उनलाई ५० मीलिएन डलरको हाउजिंग ब्यापार गर्ने अर्का धनाड्य नेपाली उपेन्द्र महतोको हाराहारीमा पुर्याएको छ । जहा पनि उनको ब्यापार उही सोनी, एलजी र स्याम्संग ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरुको बिक्रि वितरण गर्नु हो । उनको ब्यापारबाट आर्जित मुनाफा रसियन रुबल, नेपाली रुपैया, कतारी रियाल हुँदै अमेरिकी डलर तिर कन्भर्ट हुँदैछ ।

जिबा लामिछाने रुप एक रंग अनेक भएका पात्र हुन् भनिन्छ । उनी केही समय अघिदेखि गैर आबासीय नेपालीहरुको संगठन (एनआरएन) का इन्टरनेसनल कोअर्ड़ीनेसनल काउन्सिल (आइसिसि) का सदस्य रहीआएका छन र आसन्न एनआरएनको निर्बाचनका सर्बसम्मत अध्यक्ष पनि हुन्, यदी चमत्कार भए अर्कै कुरा अन्यथा लामिछानेको उम्मेद्वारी एनआरएनको अर्को अध्यक्षको लागि सुनिस्चित भनिन्छ, हिजो मात्र उनले त्यहि सुनिस्चितताको फाइदा उठाई उम्मेद्वारी घोषणा गरिसकेका छन् । स्थापना कालदेखि नै एनआरएनको भूमिका र यसको संरचनाले यो बिदेशिएका नेपाली धनाड्यहरुको मातृ संस्था बनिसकेकै देखाउंछ, जहा एक नम्बर धनाड्य उपेन्द्र महतो, द्वितिए देवमान हिराचन र त्रितिए लामिछाने हुन् भन्ने प्रस्ट्याएकै छ ।

लामिछानेको धनले सामाजिक सेबा क्षेत्र पनि छाएकै छ तर सम्माननीय ढंगले होइन कोहि व्यक्तिसंग संस्थागत पुरस्कार प्रदान गर्ने प्राबधान खरिद गरेर । अन्तररास्ट्रिय नेपाली साहित्य समाज (आइएनएलएस) का संस्थापक र बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीलाई नजराना बुझाएर वाशिंगटन डिसी नजिकैको वूडब्रिज शहरस्थित अनेसास हेडक्वाटरबाट बाँडिने हेमलाल-हरिकला साहित्य पुरस्कारको लाइसेन्स लामिछानेले खरिद गरेका छन । आफ्ना पिता हेमलाल र माता हरिकलाको नाउमा स्थापित उक्त पुरस्कार आफ्ना मन परेका साहित्यकारहरुलाई बाड्ने र समाजसेबी देखाउन पाइने लालसा लामिछानेले पनि पालेका छन त्यो तस्करी र बैंक ठगि गर्ने सिताराम प्रसाईको धन्दा र हेम पाठकको चर्तिकला भन्दा एक इन्च फरक होइन । धन र साहित्य एक अर्काका समाधान हुन् भन्ने यो एउटा नबिन सुत्र लामिछानेले आफ्नो जीबनमा लागु गरेका छन ।

जे सुकै होस्, लामिछाने धन थुपार्ने अनबरत यात्राक्रममा छन, धनको थुप्रो एकातिर चुलिंदै जाँदा अर्कोतिर सामाजिक र सार्बजनिक पदको लोलुपता पनि उनमा बढ्दो छ । एनआरएनमा उनको उचाई थपिदोछ, कारण धनले जे पनि सम्बव हुँदो रहेछ । बिस्वभर रहेका झन्डै ५ मिलियन नेपालीहरुको आर्जनको श्रोत बिदेशी मुद्रा र त्यसको नेपाल ट्रान्सफर अर्थात रेमिट्यान्सको दाबेदार एनआरएन रहेपनि गैर आबासीयहरुका लागि चाहिने दोहोरो नागरिकता, सुरक्षा, सम्मानका खातिर केहि काम हुन् नसकेपनि बिदेशिएका धनाड्यहरुको पदसुरक्षा रहेकै छ । नेपालका दल बिशेषले गर्ने राजनीति र एनआरएनले गर्ने कामकाजमा खासै केहि भिन्नता नभएपनि चलिरहेकै छ । ''सून्य काम औधी नाम" कमाएका उपेन्द्र महतो र देवमान हिराचनको निरन्तरता भन्दा लामिछानेको कार्यकाल के चाहि कारणले फरक होला भनेर दंग पर्नु? -गैर आबासीयहरु भन्ने गर्छन ।

अर्को कुरा सन् १९८६ देखि १९९२ सम्म काठमान्डू पक्नाजोलका शाक्य र श्रेष्ठको एजेन्सीसंग मिलेर सयौं नेपाली गरिब बिद्यार्थीहरुलाई मस्कोका इन्जिनिएरिंग कलेजहरुमा भर्ना गराउँदा अनाबस्यक रुपमा तिराएको र दलाली गरेर खाएको आरोप मात्र धनपति लामिछानेलाई लाग्दै आएको असत्य थिएन, सतप्रतिशत सत्यता त्यसमा रहेको थियो भनेर इन्जिनिएरिंग अध्ययन संस्थान काठमान्डूका पदाधीकारीले उबेला नै बताएका थिए । उनलाई आरोप मात्र लगाएका होइनन, उनीमाथि कुनै बेला नेपाली बिद्यार्थीहरुले हातपात गर्ने अबस्था नै समेत सिर्जना भएको थियो । लामिछानेलाई पछिल्लो समयमा उनका हितैषी माओबादीका हतियार इन्जिनिएर राम बाहादुर थापा बादलले समेत निकै भरथेग गरेका थिए र माओबादीको शाशनकालमा त उनी माओबादी नै प्रवेश गरेको समेत चर्चा चलेको थियो, कारण हो अहिलेपनि एनआरएनका बहुमत सदस्यहरु विशेषगरी युरोपमा माओबादीका समर्थक रहेको अनुमान गरिन्छ



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com