कृष्णबहादुर तामाङ

बख्खुलाई राष्ट्रिय पोशाक बनाऊ
[2011-08-31 오후 4:39:00]

तिमीलाई राष्ट्रिय पोशाक चाहियो त्यसो भए बख्खुलाई बनाऊ राष्ट्रिय पोशाक । हिम्मत छ ? हिन्दु आर्यन बिदेशी बाहुन क्षेत्रीहरु यस मुलुकमा राजस्थानको चितौडगडतिर र अन्यत्र ठाउँहरुमा मुगलहरुले आक्रमण गरेपछि भगौडा शरणार्थी भएर यस मुलुकमा भित्रिएका हुन् । पृथ्वीनारायण शाहका पुख्र्यौली द्रव्य शाहहरु सन् १४९५ मा मात्र भिर्कोटबाट भित्रिएर त्यसको ६४ वर्षपछि नै षड्यन्त्रपूर्ण ढंगले यहाँका अहिन्दु मूलबासी मंगोल घले राजालाई ठुन्क्याउन सफल भएपछि र गुरुङ र मगरका गाउँहरुमा अत्यन्त गोप्य तरिकाले हात-हतियार लुकाएर लुकी-छिपी बसेका बाहुन क्षेत्रीहरुले राती नै गुरुङ-मगरमाथि अत्यन्त निर्मम तरिकाले आक्रमण गरेका हुन् र त्यसताका गुरुङ-मगरहरु धेरै नै मारिएका थिए किनकि तिनीहरु लडाइँका निम्ति तयार थिएनन् मात्र होइन कि त्यस्तो आक्रमण हुने शंका नै थिएन । त्यसैताका भागेर मनाङ पुगेका गुरुङहरुले बचाए आफ्नो भाषा र भेषभूषा पनि । यो षड्यन्त्रलाई साकार रुप दिनेमा गणेश पाण्डे र नारायण अर्याल थिए । गुरुङ-मगरको मुटु द्रव्य शाहले खाइदिएझैँ नेवारहरुको मुटुचाहिँ पृथ्वीनारायण शाहले खाइदियो । त्यसैकारण यिनीहरु आज पनि आफ्नो निम्ति आँटी नभएर बाहुन-क्षेत्रीको हरुवा-चरुवा मात्र हुन रुचाउँछन् । त्यसपछि उदय भयो जंगेको ।

राजस्थानकै चितौडबाट नै खेदिए राणाहरु पनि । राणाहरु मंगोल सम्राट अकबरको आक्रमणमा परेर भागे र यस भेकमा पसे एउटा शाखाचाहिँ । जनजातिहरुका पुर्खाहरु पनि तिनै राणाहरुको कमारा खेताला गोठाला भएका कारणले तिनै राणाहरुको भारी बोकेर हरुवा-चरुवा भएर यतातिर आएका हुन् १५५९ मा । शाहका पुख्र्यौलीहरु भित्रिएको ६४ वर्षपछि भित्रिए राणाहरु । शाहहरुले यस भेकमा सुरक्षित ठाउँ पाएकाले राणाहरुलाई यसतर्फ पसेर जिउ-ज्यान जोगाउन सजिलो पनि भयो । थारु रानाहरुको राना पद यिनै राणाहरुसँग गाँसिएको छ । शाहहरुले हिन्दु साम्राज्य बनाउँदै यस मुलुकका अहिन्दु मुलबासी मंगोलहरुलाई हिन्दुकरण तीव्ररुपमा लादेर यी अहिन्दु मूलबासीको धर्म-संस्कृति सबै नै नष्ट-भ्रष्ट पार्दै अघि बडेको बेला जंग बहादुरको तरवारीया जंगले दरबारिया शासन हत्याउन सफल भए र १०४ वर्ष शासन सत्तामा टिके । चाहे शाह क्षेत्री होस्, चाहे राणा क्षेत्री, चाहे जैसीदेखि भैसीसम्मको बाहुन होस्, चाहे हिन्दु समाजको पाती पढेर मागी खाने बाहुन होस्, चाहे नागको नक्सा टाँसेर मागी खाने बाहुन सबैले नै हामी यसै मुलुकका उत्पत्ति अहिन्दु मूलबासी मंगोलको पतन नै चाहे, पतन नै गरे, यी सबै नै हाम्रा निम्ति लुटाहा सामन्त शोषक नै बने ।

माओवादीको नेतृत्व पक्षमा त्यसमा पनि अरुमा नभएर पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग थोर-बहुत वैचारिक क्रान्ति देखिन्छ । त्यसैकारण दाहालले कोलकत्ताको अजयब घरमा पुगिसकेको राजस्थानी पोशाक दौरा-सुरुवाल डोरा सरवालको अपभ्रंश मा ठाँटिएर सपथ (सुपथ)ग्रहण गर्नुभन्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त शुट-टाईमा सजिएर सपथ ग्रहण गर्नमा आँट गरे । स्याबास दाहाल हामी अहिन्दु मूलबासीको मुरी-मुरी धन्यवाद । ४४९ वर्षदेखि लादिएको हिन्दु साम्राज्यवादीको प्रतिक भेष-भुषालाई अजयब घरमा पठाइदेऊ । यति कुरामा आँट किन नगर्ने? एक दशकसम्म लडाइँ नै लडेर योद्धा बनेकाले । यत्तिको आँट त शायद रामबहादुर थापाले नै भए पनि गर्न सक्ने थिएनन् कि अरु बाहुनले त सजिलै घुँडा टेक्ने थिए जसरी उपराष्ट्रपति झा बाहुनले घुँडा टेके । बाबुराम भट्टराई हेर्दा लिखुरे भए पनि विचारमा दरिलो छ- यो प्रमाण त नेवार समाजको पनि यामी त्यसमा पनि कोट-पाइन्टमा सजिने युवतीलाई भित्राए श्रीमतीकै नाममा र अन्तरद्वन्द्वमा पनि झर्रो भएर टिकेका छन् दोस्रो पंक्तिका नेतामा । अरु कतिपय माओवादी नेताहरु त कोही भारतीय गुप्तचर संस्था "र" का दूतहरु होलान् कतिपय हतियारमा डर-धम्की दिएर थोरै समयमा मनग्गे लुटेर सम्पत्ति कमाएका । नेपालमा यत्तिको उथुल-पुथुल जो आएको छ त्यो माओवादीको हतियार क्रान्तिकै कारणले आएको छ, ज्ञानेन्द्रले थचिनुपरेको र कोइराला परिवारले मात्र होइन कंग्रेसी परिवारले नै किनारा लाग्नुपरेको कारण पनि माओवादी शक्ति नै हो । माओ त यस्ता मंगोल पुत्र हुन् जो बाँचुन्जेल चीनमा उधुम मचाए र चीनमा नयाँ परिवर्तन ल्याए भने मरेर पनि भारत र नेपालमा उदय नै रहेका छन् । अहिलेसम्मका बाहुन क्षेत्री शासकले शासन गरेर नै यहाँका मूलबासी मंगोललाई कहिले विदेशमा मर्न पठाउने कहिले कसाई बन्न र कट्टु धुने गोठालाइँ गर्ने मात्र बनाएका छन् । माओवादीको नाममा यस्ता वर्णशंकरहरु पनि निकै नै छन् तिनीहरुसँग भने माओवादीका इमान्दार पक्षधरहरुले मात्र होइन अरुले पनि सतर्क रहनुपर्छ र विश्वास गर्नुहुँदैन ।

यस पटक कंग्रेस र तथाकथित एमालेलाई जागरणमा मौलाउँदै आएका जनताले किनारा लगाउन नसकेको भए कंग्रेस र तथाकथित एमालॆ ज्ञानेन्द्रलाई जदौ जय देव हजुर भनेर शक्ति केन्द्र बनाउने भूमिका अत्यन्त तीव्ररुपमा खेल्ने थिए । यसैकारण कंग्रेसी नेता राष्ट्रपति रामबरण यादव र एमालेका जनजाति नेता सुभाष नेम्बाङ राजस्थानी पोशाकलाई नै राष्ट्रिय पोशाकमा शिरोधार्य गरेर निस्के ज्ञानेन्द्रलाई सन्तुष्टि र आश्वासन दिएर । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको भए यो झनै सम्भव हुन्नथ्यो र ज्ञानेन्द्रलाई उसैको स्थानमा नियुक्ति हुने वातावरण बनाउँदै लैजान्थ्यो । ज्ञानेन्द्र भूत राजा भइसकेपछि पनि कंग्रेसले ठूलो रकम ज्ञानेन्द्रलाई अगरिम भुक्तानि दिइसकेको थियो । जबकि ठूलो संख्यामा देशमा भोकमरी र अरु कैयन संकटमा देश फसेको थियो । त्यति मात्र नभएर ज्ञानेन्द्रका सन्तानलाई राजसंस्थामा उदयमान गराउने र विश्व हिन्दु परिषद् रासस बाहुन जातीय पार्टी बिजेपी को प्रत्येक आदेशलाई शिरोधार्य गर्दै आएका थिए र नेपालमा रक्तपातको भूमिका तयार गर्दै थिए । तर संयोग ज्ञानेन्द्र र गिरिजाको विरोधमा र माओवादीको पक्षमा यति बलवान भएर निस्क्यो कि ज्ञानेन्द्र मात्र होइन उसका नाता-गोताले मृत्युअघि सन्तोषको सास फेर्न नपाउने भएर गिरिजाको पनि नामअनुसार काम भयो ।

माओवादीको अघिल्तिर निकै ठूल्ठूला चुनौतीहरु पनि छन् । सेना घटाएर निश्चितरुपमा प्याराटुप्स अर्थात् अर्धसैनिक मात्र राखेर सेनाको ठूलो रकम र भ्रष्टाचार हटाउनु । किनभने नेपाली सेना भनेको कुनै विदेशी सेनासँग लड्नका निम्ति नभएर कुनै न कुनै रुपमा नेपाली जनतालाई तर्साउन, मार्न-मराउन राजसत्ता जमाउन र आफन्तलाई ठूल्ठूलो पदमा राख्नको निम्ति थियो, जसले गर्दा नेपाली जनतालाई चुँइक्क बोल्न नदिनु र शोषण तीव्ररुपमा बढाउन-तस्करी र लागू औषधिमा लत बसाउन थियो । कंग्रेस र तथाकथित एमालेकै कारण दण्ड पाउनुपर्ने अपराधीका नाइके ज्ञानेन्द्र र पारसले आफ्नो कालो धनको कालो कर्तुतले सजिलै संरक्षण पाउन सकेको छ, त्यसलाई तह लगाउने काम र त्यसका मतियारहरुलाई थलो बसाउने चुनौति पनि कम कठोर कष्टदायक र मजबुत छैन । त्यसपछि आर्थिक स्थिति उठाउने काम मुलुकलाई प्रगतिपथको लिकमा ढाल्ने काम भूमिसुधारलाई वैज्ञानिक तवरले बढाएर शताब्दिऔँ-शताब्दी भूमिहीन बनाइएका नेपालीलाई बाँच्नसम्म सक्ने भूमि दिलाउने काम पनि निकै कठिन छ किनकि माओवादीभित्र नै पनि सबै इमान्दार निश्चय नै छैनन् ।

अपितु नेतृत्व दिने माओवादी नेताहरु निस्सासिने, निरासिने, इमान्दारिता छाड्ने छैनन् भनेर ठूलै जमातले विश्वास गरेका छन् । माओवादीको क्रान्तिकारी सपना कतिसम्म बिपना हुने हो त्यो त हेर्न बाँकी नै छ र रायमाझी आयोगले पनि आशा गरेर पर्खेर बसेको छ । भूत दरबारबाट जन्माइएर संरक्षित र संचालित हिन्दु समाजको अतिशुद्र जाति जनजातिको सबै प्रकारको राष्ट्रिय र अन्तर्राष्ट्रिय हण्डी जतिसक्दो चाँडो बन्द हुनुपर्छ र स्थानीय विकास मन्त्रालयले अबचाहिँ जनजातिको निम्ति हण्डी छुट्याउनु हुँदैन । बाहुनको पैताला हिन्दु समाजको अतिशुद्र जाति जनजाति (nomad, gypsy) ले आजसम्म मूलबासी (indigenous) को नाममा मूलबासी (indigenous) को बोर्ड झुण्ड्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ठग्दै आएको छ- ज्ञानेन्द्रको आर्शिवादको कारणले गर्दा ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com