मनोज कुमार डाँगी

नेपाल र नेपालीको नाममा मैले खाएको पहिलो कसम
[2011-08-30 오후 5:08:00]

'गैर आवासीय नेपाली वीचको एकता आजको आवश्यकता' भन्ने नाराका साथ एनआरएन कोरियाको तेस्रो अधिवेसन सम्पन्न हुँदै गर्दा मेरो मनमा एक किसिमको उत्सुकता र कौतुहलले भरिएको थियो । प्रवाशी भुमीमा आजसम्म मलाई कुनै पनि कार्यक्रममा सहभागी हुने अवसर मिलेको थिएन् । गैरआवासिय नेपालीहरुको अन्तराष्टरीय संजाल एनआरएनको स्थापना विशुद्ध गैर राजनीतिक संगठन हो भन्ने कुरा विभिन्न समाचार र नेपाल टेलिभिजन द्धारा प्रस्तुत कार्यक्रम मार्फत सुन्ने र वुझ्ने मौका पाएको थिएँ ।

समयको अन्तराल संगै विभिन्न काल खण्डहरुलाई पार गर्दै म पनि कोरियाली भूमीमा आफ्नो श्रम र पसिना पोखिरहँदा नेपाली मायाँ र हाम्रो मातृभूमी प्रती एनआरएनले देखाएको सद्मार्गले आफ्ना विचरहरु प्रश्तुत गर्ने अवसर प्राप्त भएको छ । हाल कोरियामा रहेका हामी तमाम नेपालीहरुको उन्नती र राष्ट्र विकाशका आधार खोज्दै भावीयोजना लिएर सके सहयोग गर्ने नसके नविगार्ने सोचलिदैं सउल स्थित दोङ्देमुन नजिकैको एनआरएन कोरियाको तेस्रो अधिवैसन हलतिर अधि वढें । हलमा पुग्दा एककिसिमको उमंग अनि रमाईलो अनुवभ गर्न सकिन्थ्यो।टाढा टाढावाट आएका साथिहरु एक सवल र सक्षम नेतृत्वको पर्खाइमा एक आपसमा भलाकुसारी गरिरहेका थिए ।

नेपालमा पनि राजनैतीक सहमतिमा राम्रै खडेरी परेको अनि प्रधानमन्त्रीको पनि सोहीदिन चुनाव भएकोले सवै साथीहरुको मुहामा देश अनि मातृभूमी प्रतीको आघाद प्रेम झल्किन्थ्यो। कसैलाई एनआरएनको चिन्ता त कसैलाई राष्ट् प्रतिको,अन्तत एनआरएन पनि नेपाल र नेपालीको विकाशको आधार भएको हुँदा सवैमा चिन्ता र चासो वढ्नु स्वभाविक थियो । तर म भने भिन्न कोणवाट सोचिरहेको थिएँ।किनकी सवै नेतृत्व वर्गका उमेरद्धारहरुले सुरु देखिनै सहमति र एकतामा जोड् दिईरहेका देखिन्थ्ये। विगतमा भएका सहमती र तेस्रो अधिवेशनको नारालाई मुल्याङ्कन गर्दै निर्विरोध कार्यसमिती चुनिनेमा म सतप्रतीसत विश्वस्थ थिएँ ।

धेरै साथीहरुसंगको आफ्नो पहिलो भेट् भएको हुँदा चिना परिचयमा म अलि वेस्त भएँ । यो अधिवेसनले मलाई धेरै व्यापारी वुद्धिजीवि विद्यार्थी पत्रकार अनि मेरा सहयात्री वुद्धिजीवि मजदुर युवा साथीहरुसंग चिनजान गर्दै आत्मियता वढाउने काम गरेको छ । एनआरएनमा आफ्ना धारण प्रस्तुत गर्नेक्रममा गैरआवासीय नेपालीहरुको अन्तराष्ट्रिय समितीका अध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथीवाट मैले राखेका भवी कार्ययोजनाहरुको प्रशंसाले एनआर एन कोरियमा मलाई अरु वढी जिम्मेवारी र खवरदारीको रुपमा प्रस्तुतहु हौसला मिलेको छ।

आईसीसी प्रतिनीधि र कार्यसमितीका सम्पूर्ण साथीहरुलाई प्राप्त शुभकामनाले हामीमा भएको कर्तव्यलाई हौसला मिलेकोमा निवर्तमान कार्यसमितिका सम्पूर्ण साथीहरु लगाएत सवैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । मन र वचनमा सवै निर्वाचित साथिहरु पूर्ण हुनु हुन्छ उहाँहरुलाई वधाई िदंदै कर्मले पनि पूर्ण हुन आफ्नो काँधमा थपिएको जिम्मेवारीलाई पुरा गर्न सवै साथीहरुको समान भुमीका रहनेमा आफ्नो विश्वास व्यक्त गर्दछु । त्यो दृष्टिकोण र उत्साहलाई निरन्तरता दिनसकेमात्र एनआरएनले सहीगती लिने छ ।

छात्तीमा हातराखेर मनवचन र कर्मकासाथ कसम खाएको भए संसारका विदेशहरुको पसिना सायद नेपालमा वग्ने थियो होला । ढिलै भएपनि तपाईंहरुले ँनेपाल र नेपालीको लागी मिर्मिरे विहानीमा पवित्र आत्मालाई साक्षीराखि सचेत र जिम्मेवारीकासाथ सपथ खाने सुनौलो अवसर दिनु भएकोमा पून एकपटक मेरा अग्रज व्यापारी वुद्धीजिवि विद्यार्थी पत्रकार तथा आफ्नो श्रम र पसिना वेच्न वाध्य मेरा सहकर्मी मित्रहरुमा हार्दीक धन्यवाद दिन चाहान्छु । नमस्कार

-लेखक एनआरएन कोरियाका वर्तमान कार्यसमितीका सदस्य हुनुहुन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com