ललित आडवुहाङृ लिम्वु

किरात धर्म के हो र किन मान्ने ?
[2011-08-31 오전 12:30:00]

किरातीहरु सर्वप्रथम आगो हावा पानी माटो आकाश मान्ने भएकोले प्रकृतिक पुजक हुन । किराती समाजमा येहाडले किराती रक्षाको लागि दिएको धर्म दर्शनलाई पुणता दिने कार्य महिगुम अंसिमामाड फाल्गुनन्द लिडदेनले आपनो जिवन भर गर्नु भयो । जति पनि लोप भएका जिवन र जगतको विषयमा विश्लेषणात्मक सोचाई राख्ने प्रमुख आधार मध्ये अध्यात्मिक माध्यम एक प्रमुख हो । हुन त आजको २१ औ शताव्दीमा आएर धर्म भनेको केवल आस्था र विश्वाश हो । हामीले - किरुत भाषामा तागेरानिवाभुमाङृ वा माङृ भन्छौ भने कसैले ईश्वर भगवान गड अल्लाह आदी भन्ने गर्दछन ।

उनै सृष्टिकत्र्ताले समयको अन्तरालमा सृष्टिको कान्छो सन्तान मानवको रुपमाकसैको छोराको रुपमा कसैको बाबुको रुपमा कसैको पतिको रुपमा कोही ब्रम्हचारी त कोही संसारीक जिवन भएर दिएर गए । तापनि उनीहरुले बोलेका कुराहरु जिवित नै छन । संसारको कुनै पनि भागमा जव अज्ञानता र पापहरुले भरिन्छ तव सो ठाउँमा वसेावास गर्नै मानव जातिको कुल वंशमा माध्र सयम ज्ञानको ज्योति लिएर आज यस संसारमा पाप संधार गर्न मानव खोक्रोमा ज्ञानीबिरपराक्रमी मानिस भई जन्म लिएर आएको पाइन्छ । जस्तै राम कृष्ण यशु सावायेहाङृ,लेप्मुहाङृ,कान्देडहाङृ,मावोहाङृ,श्रीजङृ फाल्गुनन्द र वर्तमान अडसिमाङृ आत्मानन्द लिङृदेन । वास्तविककत्र्तामा हेर्ने हो भने व्यक्ति परिवार जातिसंम्प्रदायमा टुडगिने गर्दछ । तसर्थ कुनै पनि धर्मले विश्व शान्ति तथा मानबताको विस्तृत ब्याख्या गर्नै क्रममा मौलिक पहिचानलाई सर्वोपरि ठानेको हुन्छ ।

त्यही मौलिकतालाई उजागर गर्नै क्रममा त्यो धर्मको दर्शन निमार्ण भएको हुन्छ । जहाँ त्यस जाती एवं संम्प्रदायलाई चिनाउने संस्कार संस्कृति भाषालिपि मात्र जिवित नभई सिगो मानवत नै वाँचेको हुन्छ । यदि सवैले सत्य स्वीकार्ने हो भने ईश्वर माध्र एक छन । ईश्वरको लागि कनै भेदभाव छैन कुनै साँध सिमाना छैन कुनै जात भात छैन ।धर्म त सधै सत्यपवित्र छ न्याय पि्रय छ । तर मानिसले धर्मको आडमा आफ्नो इच्छालोभ वास्नाअह्कार स्वार्थको परिपुर्ति गर्न शुरु गरेको देखिन्छ । मान्छेले जन्माएको सामाजिक विकृतीहरुलाई अन्त्य गर्न चाहने क्रान्त्रिकारी छ । धर्मले अन्याय अत्याचारको विरोध गर्ने न्यायकारी मान्छेको जन्म दिएको छ । यसमा कोही धनिगरिव,सानोठुलो,जातपातको भेदभावलाई हटाउने समानताको पक्षपाती छ । सधै सुचो सत्य सहि कुरालाई मान्यता प्रदान गर्ने वैज्ञानिक छ । सत्य भन्नु नै विज्ञान हो किनकी विज्ञान भन्नु नै जुचेरनिरिक्षण गरेर प्रयोग गरेर सत्यता सावित गर्नु हो । विज्ञान र धर्म एक अर्कामा परि पुरक हुन । त्यसैले हामी भन्ने गछौ ध्यान विना ज्ञान र ज्ञान विनाको विज्ञान हुन सम्भव छैन ।

किरुत धर्मलाई विगत दिनहरुमा नयु धर्मको रुपमा बूझिन्थ्यो बूझाइन्थ्यो तर शताब्दीया देखि जति बेला आज जस्तो लिम्वु राई मगर गुरुङृ सुनवार धिमाल इत्यादी भने झै वेगल जात र वेगल थर थिएन त्यस वेला नै अस्तित्वमा रहेको यो धर्मको नामाकरण न्वारान भने महिगुम अडसिमाङृ फाल्गनन्द लिङृदेनले भविस्यवाणी गर्नू भए झै वर्तमान धर्मगुरु आत्मानन्द लिङृदेन ज्यूब्ारा नामाकरण हन पगेको हो । किरात धर्म किराती हँ भनेर दावी गर्ने सम्पूर्ण जातको परिवेशमा हर्केको यो किरात धर्म कूनै जाति विशेषपन्थ विशेषमा मात्र आवद्ध छैन किनकी यो आफैमा विविध संस्कार सस्कृति भाषालिपी भएको एक छुट्टै दर्शन भएको धर्म हो । हून सक्ला यसमा कूनै जाती बिशेषको जस्को विविध पक्षमा बहूल्यता होला तर त्यो नै सर्वोपरि र पुर्णता ठान्नू हुदैन ।

ओत तागेरानिङृवाभ माङृ ईश्वरलाई पुज्ने मनाउने भावना पोख्ने एवं मागराख्ने इत्यादी क्रममा किरातीहरुको जातिय भिन्नता अनुसार देशकालपरिस्थिती अनुसार मौलिकता ठानी संस्कार संस्कृती एवं भाषालिपीलाई मुख्य नजर राख्दै जे जसरी सेवा गरे पनि त्यो किरात धर्म नै हो । कर्म काण्डमा विविध कारणले परिबर्तन आउन सक्छ । तर दर्शन अपरिर्वतनिय रुपमा रहि रहेको हुन्छ । त्यसैले बर्तमान किरात धर्मले अगाडी ल्याउन चुहेको वास्तविक पक्ष के हो सत्य पक्ष के हो के कुरालाई अगाडी ल्याउन खोजिएको छ । के को लागि जुटाउन खोजिएको हो यस धर्म भित्रको साक्षात पक्षहरु के हुन आदि इत्यादी खोतल्न गहिरिएर लाग्नु पर्ने दिन आई सकेको छ । वर्तमान अवस्थामा किरात धर्म भित्रका कर्म काण्डिय पक्षमा वादविवाद गर्नतर्क वितर्क गर्नु भन्दा किरात धर्म दर्शन वारे चिन्तन मनन गर्नु यसलाई युग युगान्तरसम्म बचाउदै सर्वत्र मानव उपयोगी कार्यमा लाग्नु आजको आवश्यकता हो । सायद यसैमा किरातहरुको भलाई हुने छ अस्तित्व बुचि रहने छ । र बुद्धि- मानी पनि ठहर्ने छ । साथै किरात भएर किराती हुनुमा गर्व गर्न सकिने छ ।

कुनै पनि धर्मको जड भनेको दर्शन पक्ष नै मुल पक्ष हो । धर्म र दर्शन विच कटु सत्य सम्वन्ध रहि रहेको हुन्छ । अर्को तर्फ विस्रनै नहुने सवल पक्ष भनेको दर्शन दाता अर्को अभिन्न पक्ष हो । किरात धर्म भित्र पनि दार्शनिक पक्ष भनु या त दर्शन दाता । उहाँहरुको विषयमा कलम चलाउदा केवल शुरु मात्र हुन्छ अन्त्य हुन गाह्रो वा धरै समय लाग्छ अत सेकेन्ड मिनेट घण्टा संक्षेपमा कुरालाई पुरा गर्न मात्र होइन पारदर्शक बनाउन दर्शनदाताहरुको उल्लेख गर्नु पर्ने हुन्छ ।

इतिहासको पानामा सुनौलो अक्षरले अंकित भएको किरात सभ्यता किरात शाशन, किरात राज्य, किरात भूमि १६ सय वर्ष भन्दा बढि शाशन गरि वर्तमानमा छिन्न भिन्न अवस्थामा रहेको किरातीहरुको किरात धर्म मानव श्रीष्टीको शुरुवातसगै शाशन र शाशकको थिचाई मिचाईर किचाईमा परेता पनि 'सत्य कहिल्यै मदैन' भने झै आजको घडिसम्म सत्यलाई बचाउने क्रममा हाम्रो किरात मुन्धुममा दर्शन दाताहरु क्रमशः सावायेहाङृ सोधुगेन लेप्मुहाङृ कान्देनहाङृ मावोहाङृ श्रीजङृगा फाल्गुनन्द र र्वतमानमा आडसिमाङृ आत्मनन्द लिङृदेन हुनुहुन्छ।

संसारको विषयमा हर्नै हो भने विभिन्न धर्महरुको हस्तिहरुले मानवहरुले धर्मलाई खाई पचाई आफ्‍नो कुरा सवै संरक्षित गरि अरुलाई लोभ्याउदैछन । पृथ्वी हैन चन्द्रमामा बस्ती बसालौ भन्दैछन । २१ औ वर्ष अगाडी क्राइस्ट जन्मेको २५ औ बर्ष अगाडी वुद्ध जन्मेको त्यस्तै गरि मोहम्मद राम कृष्णहरु यस संसारमा जन्मेर मरेर गए तर आज उनीहरुको वाणिलाई सन्चित वा जिउदो राख्न लाखौ करोडौ पर्नै चर्च गुम्वा मस्जितहरु असंख्यामा वनाइएको छ किन बनाइयो होला । किन रात दिन भक्तजनहरु पुजा आर्चना गरि सेवा गरेका छन । आपनो जय जेथाले भ्याएसम्म खुलेर आर्थिक सहयोग पनि गरेका प्रसस्तै सुन्नपढन पाएका छौ । तर आपनो धर्मको निम्ति छेपारोको कथा झै पानी पर्दा मात्रै घर चाहिने अन्य वेला चाही कागतालीमा हिडने हामी किरुतीहरु आपनो धर्म भाषा लिपि संस्कार सस्कृतीको कुनै प्रभाह नराखी यो वा त्यो भन्दै आफुले आफैलाई नचिनी इतिहास मेट्न खोज्दै छौ ।

आफुलाई आधुनिक विचारवादी,विज्ञानवादी भन्नेहरु खोज,अध्यन,अनुसन्धान नै नगरी किरातहरु अरे र भरेको भरमा अन्धविस्वासमा हिडेको देखिन्छ । मृगले मर्नै वेलामा आफ्‍नो विन्दामा थुतुनो परे झै हामी किरुतीहरु पनि मरे पछि कता छ पुजारी कता छ वेद कता छ सस्कार भन्दै दिउसै वत्ती वालेर खोज्ने वेला आएको छ । जस्तो जलन्त उदाहरण यहाँहरुले देखि सक्नु भएको छ ।

तसर्थ अरे र भरेको पछि नलागी यथार्थ के हो मुल्याङृकन परिक्षण खोज,अनुसन्धान,अध्यन गरि विज्ञानवादी वनि आउदो दिनहरुमा लागौ भन्ने मेरो अनुरोध गर्दै माड सेवा टक्राउद छु।

सेवारो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com