मनोज कुमार डाँगी

प्रष्ट भिजनका साथ सदस्य वन्ने सोचमा छु-डाँगी
[2011-08-25 오전 3:09:00]

१.समाज र देशलाई समुन्नत अर्थात चेतनसिल वनाउन कुनै पनि संस्थाको नेतृत्व वाहेक सामान्य स्थान वाट पनि सम्भव छ भनि कोरियामा रहनुहुने आदरणीय मेरा अग्रज व्यापारी वुद्धिजिवीविद्यार्थी पत्रकार र कोरियाली भूमिमा दिन र रातको प्रवाह नगरी श्रम अनि पसिना वेच्न वाध्य मेरा सहयात्री मित्रहरुमा चुनौतीमुलक सन्देश दिनु ।

२ देशमा वढ्दो वेरोजगारी र उद्योगधन्दाको अभावमा तमाम शिक्षित र वुद्धिजिवि नेपालीहरुको प्रगतिसिल उर्जालाई कोरियाली भूमिमा भित्राउदा यसवाट भएका प्रत्यक्ष फाईदा र नेपाल राष्ठ्र्लाई पुर्याउने दिर्घकालीन असरको समिक्षात्मक भूमिका खेल्न विभिन्न संघ संस्थासंग हातेमालो गर्दै नेपाल एम्वेसि मार्फत नेपाल सरकार समक्ष दिर्घकालिन समाधानको प्रतिवेदन पेश गर्न अव चुनिने एन आर एन मा आफुले चुनौतीपूर्ण दवाव दिने ।

३.कोरियन सरकारले नेपाली श्रमीकमाथी गर्ने हायर एण्ड फायरको नितीवाट उत्पन्न हुन सक्ने परिस्थितीको मूल्याकन र समाधानको विसयमा नेपाली एम्वेसी मार्फत सचेतनामुलक प्रशिक्षणमा जोड दिने ।

४.कुनै पनि कारखानामा भैपरि आउने दैवि प्रकोप अर्थात दुर्घटनावाट तत्काल उद्धारको लागी नेपाल एम्वेसी मार्फत २४ घण्टे हटलाईको व्यवस्था गर्न आवश्यक दवाव दिने । जसवाट प्रत्येक नेपालीको स्वस्थ तन्दुरुस्त नेपाल फर्कन पाउने अधिकारकार सुनिश्चित हुन सकोस् ।

५.कोरियामा पेपर म्यारिज गरी आउनुभएका र आउन चाहनुहुने सवैलाई भैपरि आउने सम्भावित दुर्घटना र ठगिवाट वचाउन आवश्यक पहलकदमिको व्यवस्था गर्ने।नत्र एक पटको नेपाली सधैको नेपाली भन्ने एन आर एनको नारा चुनावी माहोल तताउने औजारमात्र हुने निश्चित छ ।

६.एनआरएनको स्थापना समुन्नत नेपालको आधार भएकोले यसलाई चुनावी नारामा मात्र सिमित नगरी कम्तिमा एक उमेर द्धार एक विचारले मात्र एनआरएनको नेतृत्व सफल हुने आत्मविश्वास दिलाउनु ।

७.कोरियामा एनआरएनको स्थापना कालदेखि आजका मिति सम्म भएका कामको समिक्षात्मक मुल्याकन र राम्रा कामको निरन्तरता प्रशंम्सनिय भुमिकामा दवाव िदंदै एन आर एन भित्र भएका सून्य विचार अनि स्वार्थी नेतृत्वको आकांक्षलाई सामाजिक तिरस्कार पुर्ण वातावरणको सिर्जना गर्नु ।

८.नेपाल र नेपालीको हितमा गरिने कुनै पनि काम गर्दा कोरियामा भएका सम्पूर्ण वुद्धिजिवि तथा संघ संगठनहरु संग सौधावाजी गरि आवश्यक रायसुझावलाई अनिवाई संकलनगरी एन आर एनको वैठकमा प्रस्तुत हुन आवश्यक सुझाव दिनु ।

९.निकट भविश्यमा हुने गैर आवासिय नेपालीहरुको काठमाण्डौं विश्व सम्मेलनमा एक राष्ट् एक औधोगिक नितीको सुझाव पेश गर्ने । यसरी एक राष्ट्र् एक उद्योगको नितीले नेपालमा औधोगिक क्रान्तिको थालनी सम्भव छ । जसको लागी नेपाल सरकार संग आवश्यक परामर्श को थालनी गर्नु जरुरी देखिन्छ ।

अन्तमा हामी नेपालीहुनुको नाताले अहिलेका सवै राजनीतिक पार्टीहरुलाई सहमति सहकार्य गरी नेपालमा संविधान लेखन र सान्तिप्रकि्रया टुगोमा पुर्याउने कामना गर्दै प्रवाशी भूमीमा पनि हाम्रो सहमती र सहकार्यलाई निरन्तरता दिनु आवश्यक ठानेको छु । सकेको सहयोग गर्ने नसके कसैलाई नविगार्ने वाचाकासाथ विदा हुन्छु। धन्यवाद



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com